अनारको बोट


 



  We have shifted all our notes to our new website

 Click here to View










अनारको बोट

                                                                 - मुकुन्दराज पथिक 

१.      पाठको पाँचौ अनुच्छेद सुनी ठिक र बेठिक छुट्याउनुहोस् : 

 

पाठको पाँचौँ अनुच्छेदः

एक दिन एउटा केटाले रुखमा बसिरहेको ढुकुरलाई अचानक गुलेलीले हान्यो । उसले हानेको मट्याङ्ग्राले ढुकुरको खुट्टामा लाग्यो । ढुकुर रुखबाट खस्यो । त्यही बाटो गरेर आफ्नो घरतिर गइरहेकी कल्पलताले यस घटनालाई राम्ररी नियालिरहेकी थिइन् । त्यो केटो उनलाई देखेर ढुकुर नलिई टाप कस्यो । उनी ढुकुरको नजिक गइन् । त्यो पीडाले छटपटाइरहेको थियो । उनले त्यसलाई घर लगिन् र घाउमा औषधी लगाइदिइन् । कल्पलताको स्याहार पाएर ढकुरको खुट्टाको घाउ विस्तारै निको हुन थाल्यो । ऊ अलि अलि हिँड्न र उड्न पनि सक्ने भयो । त्यो उनीसँग असाध्यै रत्तियो । त्यो कहिले उनको हातमा, कहिले काँधमा र कहिले टाउकामा बस्थ्यो । यसरी कल्पलता र ढुकुर घनिष्ट मित्र भए ।

(क) एउटा केटाले रूखमा बसिरहेको ढुकुरलाई गुलेलीले हान्यो । 

=> ठिक।  

(ख) केटाले हानेको मट्याङ्ग्राले ढुकुरको चुच्चामा लाग्यो। 

=> बेठिक।

(ग) कल्पलतालाई देखेर केटो ढुकुर नलिई टाप कस्यो । 

=> ठिक।

(घ) ढुकुरलाई कल्पलताले घर लिएर गइन् । 

=> ठिक

(ङ) ढुकुर केही दिनपछि आफै निको भयो। 

=> बेठिक।


२. पाठको तेस्रो र चौथो अनुच्छेदको श्रुति लेखन गर्नुहोस् । 

=> पाठको तेस्रो अनुच्छेद : 

बाबुको मृत्युपछि छोरो किरियामा बस्यो । परम्पराअनुसार सबै कर्म भयो । यसपछि छोरो विद्यालयमा पढ्न थाल्यो । कल्पलता आफ्नो घरधन्दामा व्यस्त भइन् । उनीहरू दिन  प्रतिदिन उनको अनुपस्थितिमा पनि जीवन यापन गर्न अभ्यस्त भए ।

पाठको चौथो अनुच्छेद : 

कल्पलताको छोरो पढाइमा राम्रो थियो । साथीहरूका बिचमा पनि ऊ उत्तिकै प्रिय थियो । आमाको त ऊ आँखाको नानी नै थियो । सामान्य रूपमा दिन बित्दै थिए । अचानक एक दिन कल्पलताको छोरो विद्यालयका साथीहरूसँग खोलामा गयो । ऊ त्यहाँ पौडी खेल्न थाल्यो । पौडी खेल्दाखेल्दै उसलाई खोलाले बगायो । उसका साथीहरू भने रुदै घर फर्के । छोरालाई खोलाले बगाएको खबर सुनेर कल्पलता डाँको छोडी रुन थालिन् । “हे दैव ! तिमी कति निर्दयी रहेछौ ! मेरा श्रीमान्लाई त खोस्यौ, खोस्यौ ! मेरा साथमा भएका एउटा छोरालाई पनि लग्यौ । म अंब कसको मुख हेरेर बाँच्ने ? अब बरु मलाई पनि लैजाऊ” भन्दै उनी अलापविलाप गरेर निरन्तर रोइरहिन् । उनले धेरै दिनसम्म खाना पनि खाइनन् । रुदारुदै उनको शरीर झन् दुब्लो भयो । छिमेकीहरूले उनलाई धेरै सम्झाइ बुझाइ गरे । छिमेकीको अनुरोधमा उनी अलि अलि गरेर बिस्तारै खाना केही खान थालिन् । उनका बिरसिला दिन यसरी बित्दै थियो । उनलाई रुघा र ज्वरोले पनि सतायो । उनी दिन प्रतिदिन शिथिल हुन थालिन् । गाउँलेहरूले मिलेर उनको औषधोपचार गरे । केही दिनपछि उनी हिँड्डुल गर्न सक्ने भइन् । उनले बिस्तारै आफूलाई पनि सम्झाउँदै लगिन् । आखिर जे भए पनि बाँच्नै पर्ने रहेछ र मर्नेहरू फकेर आउने रहेनछन् भन्ने पनि उनले बुझिन् । उनमा अब भने बाँच्ने आशा बढ्दै गयो । ३. पाठको पहिलो अनुच्छेदको सुन्नुहोस् र त्यसका आधारमा तलका प्रश्नको उत्तर  भन्नुहोस् :

=> पाठको पहिलो अनुच्छेद:

सहरदेखि धेरै टाढा एउटा सुन्दर गाउँ थियो । गाउँको छेउबाट बग्ने नदी, वनका रुख तथा ससाना छहराले त्यसलाई आकर्षक वनाएका थिए । सहरको गन्धसमेत नपाएको त्यो गाउँ सफा मात्र थिएन, सबै खाले प्रदूषणबाट समेत मुक्त थियो । गाउँलेहरू पनि निकै उदार, श्रमशील र सरल थिए । उनीहरूले बाटोघाटो र पाटीपौवाका साथै ठाउँ ठाउँमा मठ मन्दिर पनि बनाएका थिए । यातायातको सुविधा नहुनाले एक ठाउँबाट अर्को ठाउँसम्म आउन जान भने पैदल हिँड्नुपर्थ्यो । त्यही गाउँमा एउटी बढिया रहन्थिन । उनको नाम कल्पलता थियो । परिवारमा उनका मेहनती पति र एक मात्र छोरा थिए । उनीहरू हँसिया, मिलनसार र सहयोगी थिए ।

 (क) कल्पलताको गाउँ कस्तो थियो ? 

=> सहरदेखि टाढा रहेको कल्पलताको गाउँ सफा, सुन्दर, सबैखाले प्रदषणबाट मक्त थियो।

(ख) गाउँलेहरूले आफ्ना गाउँमा के के कुराहरू निर्माण गरेका थिए ? 

=>उदार श्रमशील र सरल गाउँलेहरूले आफ्नो गाउँमा बाटो, पाटीपौवा र ठाउँठाउँमा  मठ-मन्दिरहरू निर्माण गरेका थिए ।

(ग) गाउँलेहरूमा कस्तो भावना थियो ? 

=> गाउँलेहरूमा उदार खालको सामूहिक भावना थियो। .

(घ) कल्पलताका परिवारमा कति जना र को को थिए ? 

=> कल्पलताको परिवारमा उनी, उनका पति र एक मात्र छोरो गरी ३ जना थिए ।

(ङ) कल्पलताको परिवारका सदस्यको स्वभाव कस्तो थियो ? 

=> कल्पलताको परिवारका सदस्यहरूको स्वभाव हँसिला, मिलनसार र सहयोगी खालको थियो।

 

४. 'अनारको बोट' कथा सुनेर यसका मुख्य घटना भन्नुहोस् । 

=> 'अनारको बोट' कथाको मुख्य घटनाहरूः 

 

-          सहरदेखि टाढाको एउटा सुन्दर गाउँमा कल्पलताको परिवार बसोबास गर्न,

-          तिन जनाको परिवार भएको कल्पलताको परिवार मिलनसार र सहयोगी हुनु,

-          एकदिन कल्पलताको पति रुखबाट खसेर मर्नु,

-           अध्ययनमा राम्रो रहेको कल्पलताको छोरो एकदिन साथीहरूसँग खोलामा नुहाउन गएको बेला खोलाले     बगाउनु, कल्पलता अलापविलाप गर्दै रुनु,

-           कराउनु र ईश्वरलाई गाली गर्नु, छिमेकीहरूको सम्झाइ बुझाइ गरी बिरामी कल्पलतालाई औषधोपचार   गर्नु, 

-           एकदिन एउटा केटाले रुखमा बसेको ढुकुरलाई गुलेलीले हानेर रुखबाट झार्नु तर ढुकुर नमर्नु, बाटाबाट   नियालिरहेकी कल्पलतालाई देख्नेवित्तिकै त्यो केटो भाग्नु र उनले त्यस  ढुकुरलाई घरमा ल्याई उपचार   गर्नु,

-          कल्पलताको उपचारपश्चात त्यो ढुकुर निको हुनु र कल्पलतासँग बस्नु,  

-          एकदिन त्यो ढुकुर उडेर टाढा जानु र एक महिना नआउनु, ढु

-          कुरले त्यसदिन आउँदा चुच्चामा एउटा अनारको दाना च्यापेर ल्याउनु र कल्पलताको ढोका अगाडि खसाउनु अनि ढुकुर नआउनु,

-          ढुकुरले छाडेको त्यस दानालाई कल्पलताले घर अगाडिको बारीमा रोप्नु,

-          भोलिपल्ट त्यो बीउबाट अनारको बोट देखिनु र ठूलो हुनु,

-          पर्सिपल्ट अनारका बोटमा लटरम्म फल देखिनु,

-          त्यो देखेर छक्क परेकी कल्पलता ढुकुरले लगाएको ऋण कसरी तिर्नु भनी अलमल्ल पर्नु,

-          एकदिन उनले एउटा अनार टिपेर फुटाइन, त्यस भित्र त हिराका दाना हुनु,

-           त्यो देखेर छक्क पर्दै उनले ईश्वर र ढुकुरलाई धन्यवाद दिनु,

-          कल्पलताले हिरा फलेको देखाउन गाउँलेहरूलाई बोलाउनु, देखाउनु र उनीहरूलाई एक एक हिरा दिनु,

-          कल्पलताले प्रत्येक वर्ष अनारको बोटबाट हिरा सङ्कलन गर्नु,

-          बिरामी अवस्थामा आफूलाई बचाएका कारण गाउँलेहरूलाई सहयोग गर्नुपर्छ भनी सबै हिरा   गाउँलेहरूलाई बाँडिदिनु र आफ्नो मृत्युपश्चात् आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक हितमा लगाइदिनु   भन्नु, 

-          एकदिन कल्पलताको मृत्यु हुनु,

-          गाउँलेहरूले कल्पलताको सम्पत्तिले बाटो, पुल, धारो, विद्यालय, बगैंचा, कल्पलताको प्रतिमा बनाइदिनु,

-          यसरी कल्पलताको कारण त्यो समाज र राष्ट्र नै धनी हुनु,

 

बोलाइ

१. शुद्ध उच्चारण गर्नुहोस् : 

प्रदूषण, यातायात, ओतप्रोत, अनुपस्थित, मट्याङ्ग्रो

 

२. कल्पलताले ढुकुरलाई गरेको सेवा र ढुकुरले कल्पलतालाई तिरेको गुनमा तपाई  कुनलाई बढी महत्त्वपूर्ण मान्नुहुन्छ ? साथीहरूका बिचमा छलफल गरेर निष्कर्ष  वताउनुहोस् ।

 

ð   कल्पलताले एउटा मर्न लागेको, मृत्युको मुखमा पुगेको चरोलाई आफ्नो घरमा ल्याएर  औषधि उपचार गर्नाले त्यो ढुकुरको जीवन बाँचेको छ । आर्थिक अवस्था कमजोर भएको र आफन्त (पति र छोरो) मरेको अवस्थामा आर्थिक उपार्जन गरिदिने कार्य ढुकुरले गरेकाले कल्पलताले सामाजिक कार्य गर्न सफल बनेकी छिन् । यी दुवैले परहित गरेकाले दुवैले गरेको काम राम्रो रहेको निष्कर्ष हामीले छलफलबाट निकाल्यौँ । कल्पलताले ढुकुरलाई गरेको सेवा र ढुकुरले कल्पलतालाई तिरेको गुन दुवैको कामले अरूको हित गरेकोले दुवैको महत्त्व आ-आफ्नो ठाउँमा उच्च छ। . 

३. तपाईंले जानेको कुनै एउटा लोककथा सिलसिला मिलाएर भन्नुहोस् । 

 

ð  कुनै एउटा गाउँमा एउटा लोभी व्यक्ति थियो । ऊ ज्यादै धनी थियो । तर आफ्नो  धनको कुनै पनि अंश अरूका लागि खर्च गर्न चाहँदैन थियो । गाउँलेहरू समाजविकास गर्न चाहन्थे तर खर्च हुने कुरामा त्यस धनी व्यक्तिको सहमती हुँदैन थियो । एक दिन गाउँलेहरूले आफ्नो गाउँको बाटो बढाएर बनाउने निर्णय गरे । त्यतिखेर त्यस गाउँमा बाटो बनेको थिएन । गाउँलेहरूले बाटो बनाउने निर्णय गरे पनि त्यस बाटो निर्माणमा उक्त धनी व्यक्तिले सहयोग गरेन । त्यस धनी व्यक्तिको जग्गा धेरै भएकाले त्यहाँ बाटो बन्न सकेन । गाउँभरी राम्रो बाटो बन्यो तर त्यस व्यक्तिको जमिनभरि बाटो बनेन । एक दिन त्यस धनी व्यक्तिकी श्रीमती बिरामी परिन् । रातिको बेला भएकाले र गाउँले हरूलाई अत्यन्तै दु:ख दिएको हुनाले गाउँलेहरूले पनि त्यति चासो दिएनन् । ढिलो गरेर एम्बुलेन्स आयो तर बाटो नभएकाले एम्बुलेन्स घरमा आउन सकेन र ढिलो भयो । बिरामीलाई ढिलै भए पनि अस्पताल त पुयाइयो तर समयमा पुयाउन नसकिएकै कारण ती महिलाको अकालमै मृत्यु भयो । आफूले समयमा बुद्धि नपुयाउँदा गाउँलेहरूले भनेको नमान्दा त्यस धनी व्यक्तिले गाउँलेहरूलाई बोलाएर आफूले ठूलो गल्ती गरेको स्वीकारी माफी माग्यो तर जुन घटना घट्यो त्यो फेरि कहिल्यै फर्किदैन भनी शिक्षा पाएको कुरा सुनायो। 

                                                 तसर्थ जुन काम गर्ने हो सो काम समयमै नै गर्नुपर्छ ।

 

४. यस लोकथाको शीर्षक कत्तिको उपयुक्त छ ? आफ्नो तर्क कक्षामा प्रस्तुत गर्नुहोस् । 

= > 'अनारको बोट' नामक लोक कथाको शीर्षक सार्थक छ किनभने कथामा अनारको  बोटले एउटा महिलाको जीवन, गाउँलेको जीवन र राष्ट्रलाई नै सम्वृद्ध बनाएको छ । महिलाले ढुकुरलाई सहयोग गरेकै कारण ढुकुरले अनारकों दाना ल्याइदिएको छ । त्यही अनारको दाना रोपेपछि ती बुढी महिलाको दु:खका दिन हटेका छन् । सम्पति भएपछि उनले गाउँलेहरूलाई पनि सहयोग गरेकी छिन्।

                                                         यसरी कथामा एउटा अनाथ महिलाको जीवनमा अनारको बोटले परिवर्तन ल्याइदिएको छ, कथामा अनारको बोटको प्रसङ्ग सबैतिर भएकाले र कथाको विषयमा अनारको प्रसङ्ग 'अनारको बोट' कथाको शीर्षक सार्थक रहेको छ ।

 पढाइ

१. पाठका विभिन्न अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्नुहोस् । 

=> अनुच्छेद ६: 

धेरै दिनपछि एक दिन बिहान ढुकुर पिँढीबाट भुर्र उडेर टाढा गयो । दिउँसो त्यो घर फर्केन । साँझ पयो, झमक्क रात पर्यो । तैपनि ढुकुर फर्केन । कल्पलतालाई ढकर कता गयो, किन आएन भन्ने चिन्ता लाग्यो । अर्को दिन पनि ढकर घर फर्केन । उनी झन् ठलो पिरमा परिन । 'आखिर मैलाई किन यस्तो हुन्छ ?' उनले मनमनै प्रश्न . गरिन् । शान्त भएको उनको मन पुन: बिथोलिन पुग्यो । 

- 

अनुच्छेद १३ :

कल्पलताले दिएका हिरा गाउँलेहरूले केही गहना बनाए र बाँकी सबै बेचे । त्यसबाट सबै गाउँलेहरू सम्पन्न भए । गाउँ पनि स्वर्ग जस्तै सुन्दर भयो । त्यस गाउँका बगैंचा, बाटो र मन्दिरहरू हेर्दा सबैको मन प्रफुल्ल हुन्थ्यो ।

                                                           यस्तै तरिकाले विद्यार्थी भाइबहिनीहरूले विभिन्न अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्न सक्नुहुनेछ।

 

२.पाठको चौथो अनुच्छेद पढ्नुहोस् र तलका प्रश्नको उत्तर भन्नुहोस् :

पाठको चौथो अनुच्छेद :

कल्पलताको छोरो पढाइमा राम्रो थियो । साथीहरूका बिचमा पनि ऊ उत्तिकै प्रिय थियो । आमाको त ऊ आँखाको नानी नै थियो । सामान्य रूपमा दिन बित्दै थिए । अचानक एक दिन कल्पलताको छोरो विद्यालयका साथीहरूसँग खोलामा गयो। ऊ त्यहाँ पौडी खेल्न थाल्यो । पौडी खेल्दाखेल्दै उसलाई खोलाले बगायो । उसका साथीहरू भने रुदै घर फर्के । छोरालाई खोलाले बगाएको खबर सुनेर कल्पलता डाँको छोडी रुन थालिन् । “हे दैव ! तिमी कति निर्दयी रहेछौ ! मेरा श्रीमान्लाई त खोस्यौ, खोस्यौ ! मेरा साथमा भएका एउटा छोरालाई पनि लग्यौ । म अब कसको मुख हेरेर बाँच्ने ? अब बरु मलाई पनि लैजाऊ" भन्दै उनी अलापविलाप गरेर निरन्तर रोइरहिन् । उनले धेरै दिनसम्म खाना पनि खाइनन् । रूँदाहँदै उनको शरीर झन् दुब्लो भयो । छिमेकीहरूले उनलाई धेरै सम्झाइ बुझाइ गरे । छिमेकीको अनुरोधमा उनी अलि अलि गरेर बिस्तारै खाना केही खान थालिन् । उनका बिरसिला दिन यसरी बित्दै थियो । उनलाई रुघा र ज्वरोले पनि सतायो । उनी दिन प्रतिदिन शिथिल हुन थालिन् । गाउँलेहरूले मिलेर उनको औषधोपचार गरे। केही दिनपछि उनी हिँड्डुल गर्न सक्ने भइन्।  उनले बिस्तारै आफूलाई पनि सम्झाउँदै लगिन्। आखिर जे भए पनि बाँच्नै पर्ने रहेछ र मर्नेहरू फर्केर आउने रहेनछन् भने पनि उनले बुझिन् । उनमा अब भने बाँच्ने आशा बढ्दै गयो।

(क)  कल्पलताको छोरो आफ्ना साथीसँग किन खोलामा गयो ? 

ð   कल्पलताको छोरो आफ्ना साथीसँग खोलामा पौडी खेल्न गयो।

(ख)  किन कल्पलता डाँको छोडेर रुन लागिन् ?

ð  छोरोलाई खोलाले बगाएर मारेको कारण कल्पलता डाँको छोडेर रुख लागिन् ।

(ग)   कल्पलताले आफ्नो दुःख के भनेर व्यक्त गरिन् ? 

ð  'हे दैव ! तिमी कति निर्दयी आफूसँग भएका श्रीमान् र छोरो दुवैलाई लग्यौ, अब  एक्लै कसरी बाँच्नु वरु मलाई पनि लैजाऊ' भनी दु:ख व्यक्त गरिन् ।

(घ)   कल्पलता किन दुब्लाउँदै गइन् ? 

ð   कल्पलताले धेरै दिनसम्म खाना नखाई रुदै बिताएकी हुनाले दुब्लाउँदै गइन् ।

(ङ)   कल्पलताका शरीरमा कसरी सुधार भयो ?

ð  छिमेकीहरूले सम्झाइ बुझाइ गरेर औषधोपचार गरेकाले कल्पलताको शरीरमा  सुधार आयो।

 

३. पाठको नवौँ अनुच्छेद मौन पठन गरी तलको प्रश्नको उत्तर दिनुहोस् : 

पाठको नवौँ अनुच्छेद :

कल्पलताले अनारमा हिरा फलेको देखाउन छिमेकीलाई बोलाइन् र पोल्टामा भएको हिरा देखाइन् । हिरा देखेपछि छिमेकीहरू पनि छक्क परे । 'यी कल्पलताले यति धेरै हिरा कहाँ पाइन होला' भनी उनीहरू एक आपसमा हेराहेर गर्न थाले । कल्पलताले उनीहरूलाई अनारको वृत्तान्त सुनाइन । यी कुरा सुनेपछि छिमेकीहरूले उनलाई भने, "हेर ! यो तिम्रो परीक्षण हो । तिम्रो धैर्य र श्रमप्रतिको आस्था पनि हो । यो तिमीले गरेको सेवाको फल हो । ढुकुरले समेत तिम्रो परीक्षण गयो । तिम्रो सेवाबाट खुसी भएर तिम्रो इच्छा पुरा गराउन उसले यो फल तिमीलाई दियो । 'सेवा गरे मेवा मिल्छ' भनेको यही त हो नि !" छिमेकीका यी कुरा सुनेर कल्पलता गम्भीर भइन् र भनिन्, "हो रहेछ, साँच्चै ईश्वर भनेको यही त होला नि ! ईश्वरले देख्छन्, दु:ख गरे सुख पाइन्छ भनेको त साँचो रहेछ । मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैंचो तिर्ने प्रवृत्ति पाइँदो रहेछ । ढुकुरलाई मैले बचाएँ । उसले त मलाई त्यसभन्दा पनि धेरै दिएर गयो ।”

(क) कल्पलताले छिमेकीहरूलाई के कुरा गर्न बोलाइन् ? 

=> अनारमा हिरा फलेको देखाउन कल्पलताले छिमेकीहरूलाई बोलाइन् ।

(ख) कल्पलताले आफ्ना पोल्टामा भएको हिरा कसलाई किन देखाइन् ? 

=> कल्पलताले आफ्ना पोल्टामा भएको हिरा छिमेकीलाई देखाइन किनभने ती हिरा  अनारका दानामा थिए भन्ने जानकारीका लागि उनले देखाइन ।

(ग) छिमेकीहरूले आश्चर्य मानी आपसमा किन हेराहेर गरे ?

=> कल्पलताले त्यति धेरै हिरा कहाँबाट ल्याइन् भनी छिमेकीहरूले आश्चर्य मानी  आपसमा हेराहेर गरे ।

(घ) छिमेकीले अनारको दानाभित्र हिरा भएको रहस्यका सम्बन्धमा के अनुमान गरे ? 

=> छिमेकीले अनारको दानाभित्र हिरा भएको रहस्यका सम्बन्धमा यो परीक्षण हो,  धैर्य र श्रमप्रतिको आस्था पनि हो, सेवाको फल हो, सेवाबाट खुसी भएर ढुकुरले  इच्छा पुरा गरेको हो, सेवा गरे मेवा मिल्छ भन्ने अनुमान गरे।

(ङ) कल्पलता छिमेकीका कुरा सुनेर के कुरामा विश्वस्त भइन् ? 

=> ईश्वरले सबै कुरा देख्छन्, दुःख गरे सुख पाइन्छ, मानिसमा मात्र होइन, अन्य  प्राणीमा पनि सेवाको पैंचो तिर्ने प्रवृत्ति पाइँदो रहेछ भन्ने कुरामा विश्वस्त भइन् ।

(च) 'वृत्तान्त' र 'धैर्य' शब्द वाक्यमा प्रयोग गर्नुहोस् । 

=> वृत्तान्त - आज सरले हामीलाई देवकोटाको जीवन वृत्तान्त सुनाउनुभयो । 

      धैर्य - मानिसले सबै कुरामा हतार गर्नु हुँदैन धैर्य गर्नुपर्छ । 

(६)'परीक्षण' र 'प्रवृत्ति' शब्द कसरी बनेका हुन् ? 

=> परीक्षण र प्रवृत्ति शब्द निम्नानुसार बनेका छन् : 

परीक्षण - परी + क्षण 

प्रवृत्ति - प्र + वृत्ति .

 

४. कथाका आधारमा तलका भनाइ कसले कसलाई भनेका हुन्, कापीमा सार्नुहोस् : 

(क) अब, बरु मलाई पनि लैजाऊ । 

=> कल्पलताले ईश्वरलाई।

(ख) दुःख गरे सुख पाइन्छ । 

=> कल्पलताले छिमेकीहरूलाई।

(ग) सेवा गरे मेवा मिल्छ भनेको यही त हो नि ! 

=> छिमेकीहरूले कल्पलतालाई ।

(घ) हो रहेछ, साँच्चै नै ईश्वर त रहेछन् । 

=> कल्पलताले छिमेकीहरूलाई।

(ङ) भाग्य भए डोकामा दुध दुहे पनि अडिन्छ भनेको यही रहेछ। 

=> कल्पलताले आफूले आफैलाई।

 

५. पाठका आधारमा तल दिएका घटनाहरूको क्रम मिलाई कापीमा सार्नुहोस् : 

(क) कल्पलताको छोरो खोलामा बग्नु

(ख) कल्पलताका श्रीमान् घाँस काट्न वनमा जाँदा रुखबाट लड्नु

(ग) कल्पलता रुघाखोकीले बिरामी हुनु

(घ) कल्पलताले सबै गाउँलेलाई आफ्ना घरमा बोलाउनु

(ङ) कल्पलताले छिमेकीलाई आफ्ना घरमा बोलाउनु .

(च) कल्पलताका बारीमा लटरम्म अनार फल्नु

(छ) कल्पलताले ढुकुरलाई छटपटाइरहेको देख्नु

(ज) गाउँलेहरूले कल्पलताका बारीमा बगैंचा बनाउनु

(झ) कल्पलताको मृत्यु हुनु

 

=> (क) कल्पलताका श्रीमान् घाँस काट्न वनमा जाँदा रुखबाट लड्नु 

     (ख) कल्पलताको छोरो खोलामा बग्नु

     (ग) कल्पलता रुघाखोकीले बिरामी हुनु

     (घ) कल्पलताले ढुकुरलाई छट्पटाइरहेको देख्नु  

     (ङ) कल्पलताका बारीमा लटरम्म अनार फल्नु

     (च) कल्पलताले छिमेकीलाई आफ्ना घरमा बोलाउनु ।

     (छ) कल्पलताले सवै गाउँलेलाई आफ्ना घरमा बोलाउन

     (ज) कल्पलताको मृत्यु हुनु

      (झ) गाउँलेहरूले कल्पलताका बारीमा बगैंचा बनाउनु 

 

६. पाठका आधारमा कल्पलतासँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू पाँच बुदामा टिपोट  गर्नुहोस् । 

 

-          कल्पलताको परिवारमा तिनजना सदस्य हुन, 

-          तिनजना मध्ये दुई जनाको अकालमै मृत्यु हुनु,

-          कल्पलताले घाइते ढुकुरलाई उपचार गर्नु,

-           ढुकुरले ल्याएको अनार रोपेर अनारमा भएको हिराले उनी सम्पन्न हुनु,

-          कल्पलताको मृत्युपश्चात् त्यो सम्पत्ति राज्यको हुनु र राज्य धनी हुनु,

 

लेखाइ

१. पाठका आधारमा तलका प्रश्नको उत्तर सङ्क्षपमा लेख्नुहोस् : 

 

(क) कल्पलताले आफ्ना दिनहरू सुरुमा कसरी बिताएकी थिइन् ? 

=> कल्पलताले सुरुमा आफ्ना दिनहरू कष्टपूर्ण तरिकाले बिताइन् । घाँस काटन  रुखमा चढेका कल्पलताका पति गोडा चिप्लिएर ढुङ्गामा परी लडेर मरे । आफूसँग भएको एउटा छोरो पनि विद्यालयबाट साथीहरूसँग खोलामा पौडी खेल्दा बगेर मरेको कारण कल्पलताले आफ्ना सुरुका दिन कष्टपूर्ण तरिकाले  बिताएकी थिइन ।

 

(ख (कल्पलताले जीवनमा के कस्ता दुःख भोग्नुपर्यो ? 

ð  आफूसँग भएका आफन्तको एक पछि अर्को गर्दै मृत्यु भएकाले मानसिक पीडा र  कति दिनसम्म खाना नखाई बसेकीले शारीरिक पीडा भोग्नुपर्यो। कल्पलताको परिवारमा जम्मा तिन जना सदस्य थिए, कल्पलताको पति, उनी र छोरो । एकदिन घाँस काट्न रुख चढेका कल्पलताका पति रुखबाट झरेर मरे । त्यसपछि विद्यालयमा अब्बल ठानिएको एक मात्र छोरो साथीहरूसँग खोलामा पौडी खेल्न जाँदा खोलामा डुबेर मर्यो । यसरी आफ्नो घरका दुवै सदस्यहरूको एक एक गरेर मृत्यु भएकाले कल्पलताले धेरै दिनसम्म भोकै भइन् र बिरामी परिन् । यसरी कल्पलताले जीवनमा धेरै शारीरिक पीडाका साथै मानसिक  पीडा पनि भोग्नुपर्यो।

 

(ग) गाउँलेहरूले दुःखमा कल्पलतालाई कसरी साथ दिए ? 

=> आफ्नो परिवारका सदस्यहरू एकपछि अर्को गर्दै मरेपछि कल्पलता अलापविलाप गर्दै रुन थालिन् । उनले धेरै दिनसम्म खाना पनि खाइनन् । खाना नखाएको र धेरै रोएको कारण उनको शरीर दुब्लाउँदै गयो । त्यस्तो अवस्था देखेर गाउँलेहरूले उनलाई सम्झाइ बुझाई गरे । गाउँलेहरूले उनलाई औषधोपचार पनि गरे । यसरी  ठुलो दु:खमा गाउँलेहरूले कल्पलतालाई बोली र व्यवहार दुवै तरिकाले साथ दिए ।

 

(घ) कल्पलताले ढुकुरलाई कसरी बचाइन् ? 

=> केटाले हानेको गुलेली लागेर ढुकुर घाइते भएको थियो । त्यो दृश्य हेरिरहेकी कल्पलतालाई देखेर केटो भाग्यो अनि उनले त्यस ढुकुरलाई घरमा ल्याई उपचार गरिन् । घाउमा औषधी लगाई राम्रो स्याहार पाएपछि ढुकुर विस्तारै ठिक भयो। यसरी कल्पलताले ढुकुरलाई औषधी उपचार गरेर बचाइन् ।

 

(ङ) कल्पलताप्रति ढुकुर किन कृतज्ञ बनेको हो ?

=> केटोले गुलेलीले हानेर मरणासन्न अवस्थामा पुगेको ढुकुरलाई कल्पलताले घरमा  ल्याई औषधी उपचार गरेर बचाएकी कारण कल्पलताप्रति ढुकुर कृतज्ञ बनेको हो।

 

(च) कल्पलताले आफ्नो सुन्दर गाउँलाई झन् सुन्दर बनाउन कसरी सहयोग पुयाइन् ?

=> आफ्ना आफन्त कोही नभएकाले र आफूलाई दु:ख परेका बेला गाउँलेहरूले  सहयोग गरेकाले आफूसँग भएको सम्पूर्ण हिरा गाउँलेहरूलाई दिइन् । मानिसको मर्ने चोला भएकाले आफू मरेपछि आफ्नो घरबारी र अनारको बोटबाट उत्पादित सम्पति सार्वजनिक कार्य (विद्यालय तथा गाउँ) मा लगाइदिनु भनेर कल्पलताले  आफ्नो सुन्दर गाउँलाई अझ सुन्दर बनाइन् ।

 

(छ) कल्पलताका माध्यमबाट देश कसरी धनी भयो ? 

=> कल्पलताले आफूसँग भएको हिरा गाउँलेहरूलाई दिइन् । उनको मृत्युपश्चात गाउँलेहरूले उनको सम्पत्ति सार्वजनिक विद्यालय, बाटो, गाउँ निर्माणमा लगाए । त्यसपछि गाउँलेहरूले कल्पलताको घरमा भएको अनारको बोट सरकार लाई जिम्मा लगाइदिए । त्यस अनारको बोटबाट प्रति वर्ष उत्पादन हुन थाल्यो । 

सरकारले त्यस सम्पतिलाई विकास निर्माणका कार्यमा लगाये र देश भनी भयो।

 

(ज) कल्पलता मरेपछि गाउँलेहरूले उनीप्रति के कस्ता सम्मान प्रकट गरे ? 

=> कल्पलता मरेपछि उनको लासलाई घाटमा लगी उनकै इच्छा अनुसार दाहसंस्कार गरी उनीसँग रहेको हिराको टुक्रालाई बेचेर आएको पैसा उनको छोरो पढ़ने विद्यालयलाई दिए । त्यसपछि गाउँलेहरूले कल्पलताको बारीमा एउटा सन्दर  वगैंचा बनाइ त्यसको बिचमा वार्षिकीको दिन उनको प्रतिमा स्थापना गरिदिए ।

 

२. अनारको बोट' लोक कथाको सारांश लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

=>कल्पलताको परिवारमा पति, छोरो र उनी गरी तिन जना थिए । एकदिन कल्पलताके  श्रीमान् घाँस काट्न रुखमा चढेका थिए । रुखबाट खुट्टा चिप्लिएर उनी झरी मर । केही समय पछि विद्यालयबाट साथीहरूसँग मिली कल्पलताको छोरो खोलामा पौडी खेल्न गयो । खोलामा पौडी खेल्दा ऊ पनि डुबेर मर्यो । त्यसपछि कल्पलता परिवारमा एक्ली भइन् । एकदिन एउटा केटाले गुलेलीले ढुकुरलाई हानेर रुखबाट झायो तर कल्पलतालं त्यस ढकुरलाई उनले घर लगी औषधोपचार गरिन् र निको पारिन् । कही समय सँगै बसेको त्यो ढुकुर एकदिन कतै गयो र एक महिना पछि त्यस ढुकुरले चुच्चोमा एउटा अनारको दानो च्यापेर ल्यायो । त्यस दानोलाई कल्पलताले वारीमा रोपिन् । त्यो दानाबाट भोलिपल्ट ठुलो भयो र तेस्रो दिनदेखि त्यस बोटबाट फल फल्न थाल्यो । एकदिन त्यो फल कल्पलताले टिपिन र फुटाइन । त्यस दानाभि त हिराका दाना रहेछन् । त्यो सबै करा गाउँलेहरूलाई सुनाइन र गाउँलेहरूलाई एवं एक हिरा दिइन् ।

केही समयपछि कल्पलताले सबै गाउँलेहरूलाई आफ्नो आगनमा बोलाएर आफ्नो सम्पत्ति सबै बाँडिन् र आफ्नो मृत्यु पछि सबै सम्पत्ति सार्वजनिक खर्च गरिदिनु भनिन् । केही समय पछि उनको मृत्यु भयो । सबै गाउँलेहरूले उनको सम्पत्तिबाट विद्यालय, बाटो निर्माण गिरिदिए । उनको मृत्युको बार्षिकीमा उनको प्रतिमा निर्माण गरी गाउँलेहरूले त्यो अनारको बोट सरकारलाई जिम्मा लगाइदिए । यसरी त्यो गाउँका साथै राष्ट्र नै कल्पलताको सम्पत्तिले सम्पन्न भयो। 

 

३.उक्त लोककथाको मूल भाव लेख्नुहोस् ।

 

ð  मानिसले परहित गरेमा ईश्वरले उसलाई रानै गर्छन् । 'सेवा गरे मेवा मिल्छ' भन्ने आशय यस कथाको मूल आशय हो । मानिस मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैंचो तिर्ने प्रवृत्ति पाइन्छ भन्ने आशयलाई यस कथामा देखाउन खोजिएको छ। आफ्ना सबै आफन्त गुमाएकी कल्पलताले घाइते ढुकुरलाई व्याधाबाट बचाएर घरमा ल्याई उपचार गरेकाले त्यस ढुकुरले. अनारको दाना ल्याइदिनु, त्यही दानाबाट फलेको अनारमा हिरा हुनु, हिराले कल्पलता सम्पन्न हुनु, उनले आफूसँग भएको हिरा गाउँलेलाई पनि दिनु, बाटो, विद्यालय बनाइदिनु उनको मृत्यु पश्चात् गाउँलेहरूले उनको प्रतिमा बनाइदिनु जस्ता घटनाहरूले सेवा गर्नेलाई ईश्वरले मेवा दिन्छन् भन्ने कराको पुष्टि गर्छ । तसर्थ सेवा गरे मेवा मिल्छ भन्ने आशयलाई प्रस्तुत गर्नु नै यस कथाको मूल भाव हो।

 

४. तलका उद्धरणको व्याख्या गर्नुहोस् : 

 

(क) 'सेवा गरे मेला मिल्छ' भनेको यही त हो नि । 

 => मानिस चेतनशील प्राणी हो । मानिसमा राम्रो र नराम्रो छुट्याउन सक्ने विवेक हुन्छ । समस्यामा परेका प्राणीलाई सहयोग गर्नु पर्छ भन्ने विचार मानिसमा हुनुपर्छ । समस्यामा परेका बेलामा जो कोहीले जुनसुकै प्राणीलाई पनि सेवा गर्नुपर्छ । यस्तो सेवा गरेपछि आउने आनन्द ठूलो हुन्छ । कसैले गरेको नि:स्वार्थ सेवा भावलाई ईश्वरले नियालिरहेका हुन्छन् । समस्यामा परेको कुनै प्राणीलाई सेवा गर्ने मानिसलाई ईश्वरले सदा चुम्छन् । कल्पलताले मर्न लागेको ढुकुरलाई घरमा ल्याई उपचार गरेर बँचाए पछि त्यस ढुकुरले चुच्चामा समातेर ल्याएको अनारको दानाले कल्पलताको जीवनमा परिवर्तन ल्याएको छ । धन र संवृद्धि बढेको छ । उनले त्यस ढुकुरलाई सेवा गरे काले उसले हिरा फल्ने अनार ल्याइदिएको छ । यसरी मानिसले समस्यामा परेको कुनै पनि प्राणीलाई सेवा गरे त्यसको सट्टामा ईश्वरले उसलाई कुनै न कुनै रूपबाट मेवा दिन्छन् वा फाइदा हुन्छ भन्ने  भावलाई माथिको अंशले बताएको छ।

 

(ख) मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैंचो तिर्ने प्रवृत्ति पाइँदो रहेछ।

=> मानिसले कुनै पनि समस्यामा परेका प्राणीलाई सहयोग गर्नुपर्छ । त्यसले उसलाई कुनै न कुनै रूपबाट फाइदा मिल्छ । आफूले गरेको सहयोगले अरूको हित भएमा नेपाली कक्षा उक्त प्राणीले सहयोगी मानिसलाई सदा संवृद्धिको कामना गर्छ । कल्पलताले मरणासन्न अवस्थामा पुगेको ढुकुरलाई घरमा ल्याई उपचार गरेर निको तुल्याएको कारण नै उसलाई त्यस ढुकुरले हिरा फल्ने अनारको दाना ल्याएर दिएको छ । तसर्थ समस्यामा परेको ढुकुरलाई बचाउँदा त्यसको बदला उसले कल्पलतालाई समृद्ध बनाइदिएको छ । तसर्थ सहयोग गरेमा त्यसको बदला सहयोग नै हुन्छ चाहे त्यो मानिस होस् वा अन्य प्राणी । मानिसले अन्य प्राणीलाई पनि सहयोग गरेमा उसको जीवन राम्रो  हुन्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।

 

५.कल्पलतामा केवल दयाका भावनाहरू मात्र थिएनन्, उनमा समाज सेवाका  भावनाहरू पनि त्यत्तिकै प्रबल थिए भन्ने कुरालाई पाठका आधारमा प्रष्ट पार्नुहोस् ।

 

ð  कल्पलतामा दयाका भावका साथै सेवाको भाव पनि थियो । कल्पलताले मरणासन्न अवस्थाको ढुकुरलाई घरमा लगी औषधीउपचार गरेर बचाएको कारण उनमा दयाको भाव थियो भन्ने कुरा पुष्टि हुन्छ। आफूलाई गरेको सहयोगको पैंचो तिर्न ढुकुरले कल्पलतालाई हिरा फल्ने अनार दिलाएको छ । त्यो अनार रोपेर उनले प्रसस्त हिरा फलाएकी छिन् । आफूलाई सहयोग गर्ने गाउँलेहरूलाई पनि उनले बोलाएर हिरा दिएकी थिइन । केही समय पछि उनले गाउँलेहरूलाई आफ्नो घरमा बोलाई आफ्नो सम्पूर्ण हिरा दिइन र आफू मरेपछि आफ्नो सम्पत्तिले सार्वजनिक हित हुने काम गरिदिनु भनिन् । उनको मृत्यु पश्चात् गाउँलेहरूले उनको भनाइअनुसार सबै काम गरी बाँकी रहेको सम्पत्ति सहित .. अनारको बोट सरकारलाई जिम्मा लगाए। तसर्थ कल्पलतामा केवल दयाका भाव मात्र थिएनन् उनमा समाज सेवाका भावनाहरू पनि थिए भन्ने पुष्टि हुन्छ।

 

६. 'घाइते ढुकुर' शीर्षक राखेर आवश्यकताअनुसार परिवर्तन गरी यस कथाको पुनर्लेखन गर्नुहोस् । 

'घाइते ढुकुर'

कुनै गाउँमा एउटा परिवार थियो । त्यस परिवारमा तिन जना सदस्य थिए । त्यस घरकी गृहलक्ष्मी कल्पलता थिइन । कल्पलताको परिवारमा उनको पति र उनको छोरो थिए । एकदिन कल्पलताको पति घाँस काट्न रुखमा चढेका थिए । खुटो चिप्लिएर उनी रुखबाट झरे । उपचार गर्न गाउँलेहरूले अस्पताल त लगे तर उनी बाँचेनन् । पतिको मृत्युले कल्पलता र उनको छोरोलाई सारै पिर परेको थियो ।

                                    कल्पलताको छोरो पढाइमा ज्यादै तेजिलो थियो । एकदिन कल्पलताको छोरो आफ्ना साथीहरूसँग खोलामा नुहाउन गयो। नुहाउँदा वा पौडी खेल्दा खोलाले उसलाई बगाएर लग्यो । आफूसँग भएको छोरो पनि मरेपछि कल्पलता बेहोस भइन । ईश्वरलाई गाली गरिन् । कयौं दिन खाना नखाई रोइरहेकीले दिनदिनै उनको शरीर कमजोर हुँदै गयो । त्यो अवस्था देखेर गाउँलेहरूले उनलाई औषधोपचार गरे र सम्झाइ बुझाई गरे । 

                 एक दिन कल्पलता घर आउँदै गर्दा एउटा व्याधाले एउटा ढुकुरलाई गुलेलीले हानेर भुइँमा झायो तर त्यसले कल्पलतालाई देखेर ढकुर नलिई भाग्यो । त्यस विरामी ढुकुरलाई कल्पलताले घरमा लगी उपचार गरी निको पारिन् । केही समय त्यो ढुकुर कल्पलतासँग बस्यो । एक दिन त्यो ढुकुर कल्पलताको घरबाट उडेर अन्यत्र गयो । केही दिन पछि त्यो ढुकुर कल्पलताको घरमा आयो । त्यस ढुकुरले आउँदा चुच्चामा एउटा अनारको दाना ल्याएको थियो । त्यसलाई कल्पलताले बारीमा रोपिन् । रोपेको भोलिपल्ट त्यो अनारको दानाबाट एउटा रुख भयो। पर्सिपल्ट त्यस रुखमा लटरम्म अनार फल्यो। यस्तो अचम्म देख्दा उनी छक्क परिन् । एकदिन उनले एउटा अनार फटाएर हेरेको त त्यसमा हिरैहिरा रहेछ । त्यो कुरा गाउँलेहरूलाई देखाउन उनले सबै गाउँलेहरूलाई आफ्नो घरमा बोलाइन र सारा यथार्थ कुरा भनी एउटा एउटा हिरा दिइन् । समय बित्दै गयो । कल्पलता वृद्ध हुँदै गइन् । उनले एकदिन सारा गाउँले हरूलाई बोलाई आफूसँग भएको सबै हिरा बाँडिदिइन र आफ्नो मृत्यु पश्चात् आफ्नो चल अचल सम्पति सबै विद्यालय, बाटो, पाटी-पौवा निर्माणमा खर्च गरिदिनु भनिन् । केही समयपछि कल्पलताको मृत्यु भयो । उनको मृत्यु पश्चात् गाउँलेहरूले उनको इच्छानुसार दाहसंस्कार गरिदिए र उनको सम्पत्तिले बाटो, विद्यालय, पाटी पौवा र उनको प्रतिमा निर्माण गरे । उनको घरमा एउटा राम्रो फुलबारी निर्माण गरिदिए र बाँकी रहेको सम्पति वा अनारको बोट सरकारलाई जिम्मा लगाइदिए । त्यस ..अनारबाट आएको उत्पादनले त्यो गाउँका साथै राष्ट्र पनि धनी भयो ।

 

७. निम्न अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

'हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको सम्पत्लि चोरी नगर्नु, ब्रह्मचर्य व्रतको पालना गर्नु, आवश्यकताभन्दा बढी धन सङ्ग्रह नगर्नु' गौतम बुद्धका यी प्रमुख उपदेश हुन् । संसारमा उनका उपदेशको व्यापक रूपमा प्रचार प्रसार छ। उनका उपदेशले विश्वलाई नै मार्ग दर्शन गरेको छ । बुद्धका दृष्टिमा सबै मानिस समान मानिन्थे । सबै प्राणीको कल्याण गर्नु बुद्धको प्रमुख उद्देश्य थियो।

 

(क) माथिको अनुच्छेदमा दिइएका तलका शब्दको विपरीतार्थक शब्द खोज्नुहोस् : 

अहिंसा, सत्य, कम, असमान, अकल्याण, अनावश्यक, सीमित

ð  शब्द                                                          विपरीतार्थक शब्द

अहिंसा                                                      हिंसा 

               सत्य                                                         असत्य

               कम                                                           बढी

             असमान                                                      समान

             अकल्याण                                                  कल्याण

             अनावश्यक                                                आवश्यक

             सीमित                                                       व्यापक

 

(ख) अनुच्छेदमा उल्लेख भएका तलका शब्दको अर्थ लेख्नुहोस् : 

सम्पत्ति, व्रत, प्रमुख, संसार, उपदेश, मार्ग, प्राणी, चोरी, पालना

 

ð  शब्द                                                               अर्थ

सम्पत्ति                                                          ऐश्वर्य, धन 

               ब्रत                                                                फलफूल खाएर ईश्वरको प्रार्थना गर्ने काम

प्रमुख                                                              मुख्य

संसार                                                             विश्व / ब्रम्हाण्ड

              उपदेश                                                           अरूलाई सम्झाउने काम

              मार्ग                                                                बाटो

              प्राणी                                                               जीव

              चोरी                                                               चोर्ने काम 

               पालना                                                            स्वीकार्ने वा पालना गर्ने काम

 

(ग) अनुच्छेदमा उल्लेख भएका तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग  गर्नुहोस् : 

धन, प्रचार, दर्शन, सबै, मानिस, गर्नु, गौतम बुद्ध, उद्देश्य

 

ð  धन : धन नै जीवनको सबै कुरा हो भन्ने कुरा गलत हो । 

              प्रचार : आज शिक्षाको प्रचार प्रसारको खाँचो छ।

              दर्शन : बुद्धले बुद्ध दर्शनलाई संसारमा विस्तार गरे ।

              सबै : सबै मानवले धर्मको बारेमा जानकारी राख्नुपर्दछ।

              मानिस : मानिस चेतनशील प्राणी भएकाले मानवहीतमा हाम्रा हात अगाडि बढ्नु पर्छ ।

              गर्नु : हामी नेपालीहरूले अब उन्नति र प्रगति गर्नुपर्छ ।

              गौतम बुद्ध : गौतम बुद्ध नेपालीहरूका राष्ट्रिय विभूति हुन् । 

              उद्देश्य : हामी मानिसले महान कार्य गर्ने उद्देश्य लिनुपर्छ ।

 

(घ) प्रमुख, प्रचार, प्रसार. यी शब्दमा 'प्र' उपसर्ग लागेको छ, यसैअनुसार 'प्र'  उपसर्ग लगाएर अन्य पाँच ओटा शब्द निर्माण गर्नुहोस् ।

=>  प्र + योग = प्रयोग                                 प्र + हार = प्रहार

       प्र + माण = प्रमाण                                  प्र + कार = प्रकार 

       प्र + देश = प्रदेश

 

(ङ) 'उपदेश' देश शब्दमा 'उप' उपसर्ग लागेर बनेको हो, त्यस्तै 'देश' शब्दमा अन्य पाँच ओटा उपसर्ग लगाएर शब्द निर्माण गर्नुहोस् ।

 

प्र + देश – प्रदेश                                           महा + देश = महादेश 

वि + देश - विदेश  

 

८. अल्प विराम, अर्ध विराम, पर्ण विराम, प्रश्नवाचक र उद्गार बिहार पाँच ओटा वाक्य लेख्नुहोस् ।

 

ð  देवकोटाले कथा, कविता र नाटक लेखेका थिए । 

ð  भावनाले यसपटक शिक्षक सेवा आयोगको परीक्षा पास गरिन् ।

ð  तिमी यतिखेर कताबाट आएकी ?

ð  बुबाले भन्नुभयो, “तिमीहरू राम्ररी पढ् ।”

 

व्याकरण

 

 

१. तलको अनुच्छेदका रेखाङ्कित क्रियापद भूत कालका हुन्, तिनको वर्तमान रूप  पहिचान गरी कापीमा लेख्नुहोस् । एकजना सन्त नदीमा नुहाउन गए । त्यहाँ उनले पानीमा बिच्छी देखे । यो बिच्छीप्रति सन्तलाई दया लाग्यो । त्यसलाई बचाउनुपर्यो भनी सन्तले आफ्नो हातमा लिन खोज्दा बिच्छीले हत्केलामा टोक्यो । सन्तले बिच्छीलाई बचाउन फेरि पनि प्रयास गरे । बिच्छीले यस पटक त सन्तलाई झन् बेहोस नै हुने गरी टोक्यो । यस घटनालाई एउटा माझीले नजिकैबाट देख्यो र गएर सन्तलाई भन्यो, “बिच्छी स्वभावैले रिसाहा र दुष्ट हुन्छ । तपाईं यसलाई बचाउन किन यस्तो कष्ट गर्नुहुन्छ ?” सन्तले माझीलाई भने, “बिच्छी स्वभावैले जति रिसाहा र दुष्ट हुन्छ, मानिसले पनि त्यति नै क्षमाशील र सज्जन हुन प्रयास गर्नुपर्छ । यो बिच्छी आफ्नो स्वभाव छोड्दैन भने म पनि आफ्नो धर्मलाई कसरी छोडौँ ?” यति भनी सन्तले तेस्रो पटक पनि प्रयास गरे । यस पटक भने बिच्छीलाई पानीबाट बाहिर निकाल्न उनी सफल भए।

ð  माथिको अनुच्छेदका रेखाङ्कित क्रियापदका वर्तमान रूप: 

भूतकालीन क्रिया                                          वर्तमानकालीन रूप

 गए                                                                जान्छन् 

देखे                                                                 देख्छन् 

 लाग्यो                                                           लाग्छ 

पर्यो                                                                पर्छ 

टोक्यो                                                            टोक्छ

देख्यो                                                             देख्छ 

गरे                                                                  गर्छ 

भन्यो                                                             भन्छ 

 

२. पाठको अन्तिम अनुच्छेदमा भएका भूत कालका क्रियापदहरूलाई रेखाङ्कन गर्नुहोस् ।

 

ð  गाउँलेहरूले यसपछि कल्पलताका बारीमा एउटा सुन्दर बगैंचा बनाउने र चौबाटामा  उनको प्रतिमा स्थापना गर्ने विचार गरे । नभन्दै सुन्दर बगैचा पनि निर्माण भयो । वार्षिकीको दिन उनको प्रतिमा पनि चौवाटामा स्थापना भयो । कल्पलता मरेपछि पनि उनले रोपको अनारको बोटमा अनार उत्तिकै लटरम्म फले । अनार फुटाएर हेर्दा त्यसभित्र पहिले जस्तै हिरैहिरा थिए । गाउँलेहरूले ती सबै हिरा सरकारलाई बुझाए । यसबाट देश धेरै धनी भयो । सबै ठाउँमा विद्यालय, सडक, विजुली, टेलिफोन, खाने पानी आदिको प्रबन्ध भयो । सुन्दर घरहरू पनि निर्माण भए । प्रत्येक वर्ष अनारको बोटमा यसरी नै हिरा फलिरह्यो । यसले गर्दा ती कल्पलता मरेर गए पनि उनको नाम सधैंका लागि अमर भयो।

 

३.तलका क्रियापदमध्ये भूत कालका क्रियापदलाई मात्र कापीमा सार्नुहोस् । 

पढ्यो, पढ्छौं, लेख्यो, पढ्ने छु, भने, खायो, रोयो, बस्छ, टिप्यो, सुत्यो

 

=> पढ्यौ, लेख्यो, खायो, रोयो, टिप्यो, सुत्यो

 

 ४. तलका वाक्यलाई भूतकालका वाक्यमा बदल्नुहोस् : 

(क) गोठालो घाँस काट्छ । 

=> गोठालोले घाँस काट्यो।

(ख) सानी पानी ल्याउँछ । 

=> सानीले पानी ल्याई।

(ग) हामी विद्यालय जान्छौँ ।

=> हामी विद्यालय गयौँ।

(घ) भोलि पानी पर्ने छ।

=> आज पानी पर्यो।

(ङ) हामी आज घरमै बस्छौं । 

=> हामी आज घरमै बस्यौं ।

 

५. तलका धातुलाई प्रयोग गरेर भूतकालका वाक्य निर्माण गर्नुहोस् : 

हिँड्, पकाउ, सुताउ, गाउ, जा, लेख्, उफ्रि

 

हिँड् : रमेश तिमी यहाँबाट हिँड। 

पकाउ : आमाले छिटो भाग पकाउनुभयो।

सुताउ : दिदीले भाइलाई सुताउनुभयो।

 गाउ : कल्पनाले राम्रो गीत गाइन् ।

जा : तपाईंहरूसँग कुकुर पनि घुम्न गयो।

लेख : देवकोटाले राम्रा राम्रा कविता लेखे । 

उफ्रि : भाइ आँगनमा उफ्रियो ।

 

६. लिङ्ग, वचन र पुरुषका आधारमा 'खा' धातुबाट बन्ने भूतकालका रूपहरू लेख्नुहोस् । 

- लिङ्गका आधारमा : 

पुलिङ्ग                                         स्त्रीलिङ्ग

खान्छ                                           खान्छे

 

वचनका आधारमा :

 एकवचन                                      बहुवचन

 खान्छ                                          खान्छन्

पुरुषका आधारमाः 

प्रथम पुरुष                   द्वितीय पुरुष                तृतीय पुरुष

खान्छु                           खान्छस्                         खान्छ ।            

खान्छौ                          खान्छौ                           खान्छिन् 

                                      खानुहुन्छ                      खान्छन्

 

७. भूतकालका क्रियापद प्रयोग गरी आफूले देखेको कुनै घटनाका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस्।

=> आज बिहान मैले एउटा दुर्घटना देखें । इटहरीदेखि चार कि.मि. माथि तरहरा नजिक  एउटा टिफर र टेम्पो एक अर्कामा ठोक्किए । एउटा सानो बच्चाले असावधानीपूर्वक बाटो काट्नाले त्यो दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

 

८. तलको तालिकामा भूतकालका सबै पक्षमा आधारित केही क्रियापदहरू उल्लेख छन्, 

तिनलाई आफ्नो कापीमा लेख्नुहोस् :

 


सामान्य                      अपूर्ण                      पूर्ण                       अभ्यस्त                           अज्ञात 

गयो                           जाँदै थियो                गएछ                   गएको थियो                       जान्थ्यो

                                  खेल्दै थिएँ              खेलेको थिएँ              खेल्थें                               खेलेछ

आई                           आउँदै थिई             आएकी थिई              आउँथी                            आइछ

                                  हाँस्दै थियौँ            हाँसेका थियौँ            हाँस्थ्यौँ                           हाँसेछौँ

 

९. तलका 'क' र 'ख' समूहका बिचमा जोडा मिलाउनुहोस् : 

=>   समूह (क)                                                                             समूह (ख)

       भाइले उज्यालो भयो भनेर भन्यो।                               अभ्यस्त भूत

       हली हलो जोत्दै थियो।                                                       सामान्य भूत

      शिक्षकले विद्यार्थीलाई पढाउनुभएछ।                             अपूर्ण भूत 

      केटाकेटी कपर्दी खेल्थे।                                                       पूर्ण भूत

      हिजो विदयालय लागेको थियो।                                         अज्ञात भूत  

 

=>  समूह (क)                                                                               समूह (ख)

       भाइले उज्यालो भयो भनेर भन्यो                                       सामान्य भूत

       हली हलो जोत्दै थियो।                                                          अपूर्ण भूत

       शिक्षकले विद्यार्थीलाई पढाउनुभएछ                                 अज्ञात भूत

       केटाकेटी कवर्दी खेल्थे                                                         अभ्यस्त भूत

       हिजो विद्यालय लागेको थियो।                                            पूर्ण भूत

 

 

१०. 'आउ' धातुलाई प्रयोग गरेर भूत कालका सबै पक्षमा तिन तिन ओटा वाक्य लेख्नुहोस् : 

- सामान्य भूतः 

भाइ क्याम्पसबाट आयो ।

बुबा विद्यालयबाट आउनुभयो । 

 

बहिनी बजारबाट तरकारी लिएर आई।

अपूर्ण भूत :

भाइ क्याम्पसबाट आउदै थियो।

बुबा विद्यालयबाट आउँदै हुनुहुन्थ्यो।

बहिनी बजारबाट तरकारी लिएर आउँदै थिई ।

पूर्ण भूत : -

भाइ क्याम्पसबाट आएको थियो।

बुबा विद्यालयबाट आउनुभएको थियो।

बहिनी बजारबाट तरकारी लिएर आएकी थिई । 

अज्ञात भूत

भाइ क्याम्पसबाट आएछ ।

बुबा विद्यालयबाट आउनुभएछ ।

बहिनीले बजारबाट तरकारी लिएर आइछे ।

अभ्यस्त भूत :

भाइ क्याम्पसबाट आउँथ्यो।

बुवा विद्यालयबाट आउनुहुन्थ्यो। 

बहिनी बजारबाट तरकारी लिएर आउँथी।

 

११. कोष्ठकमा दिइएका सङ्क्तका आधारमा तलका खाली ठाउँ भर्नुहोस् : 

एक जना पुजारी सधैं मन्दिर ....... (जा, अभ्यस्त भूत) । बाटामा उसले कोइलीको सुमधुर स्वर ...... (सुन्, अज्ञात भूत)। मन्दिरमा तीर्थ यात्रीहरू पूजा ...... (गर, अपूर्ण भूत) । पुजारीले उनीहरूलाई फुल र प्रसाद ...... (दि, अज्ञात भूत)। तीर्थयात्रीहरू खुसी ...... (हु, सामान्य भूत) । उनीहरूले प्रशस्त मिठाइ ...... (ल्याउ, पूर्ण भूत) । उनीहरूले ती सबै मिठाइ त्यही मन्दिरमा नै ...... (चद, सामान्य भूत)।

 

ð   एक जना पुजारी सधैं मन्दिर जान्थे । बाटामा उसले कोइलीको सुमधुर स्वर  सुनेछ । मन्दिरमा तीर्थ यात्रीहरू पूजा गर्दै थिए । पुजारीले उनीहरूलाई फुल र प्रसाद दिएछन् । तीर्थयात्रीहरू खुसी भए । उनीहरूले प्रशस्त मिठाइ ल्याएका थिए । उनीहरूले  ती सवै मिठाई त्यही मन्दिरमा नै चढाए।

 

१२. भूतकालका सबै पक्षलाई प्रयोग गरी आफूले भ्रमण गरेको कुनै ठाउँको वर्णन गर्नुहोस् ।

 

ð  एक महिना अगाडि हामी साजीलाल उ.मा.वि. का कक्षा ९ का सम्पूर्ण विद्यार्थी झापामा रहेको तीर्थस्थल दर्शन गर्न गयौँ । त्यहाँ अर्जुनले बाण हानेर पानी निकालेको पौराणिक कुरो जोडिएको रहेछ । त्यस स्थलमा अन्य धेरै भक्तजनहरू पनि जान्थे । हानै विद्यालयबाट पनि कोही कोही साथीहरू त्यहाँ जाँदै थिए । अघिल्लो सालका दाजु दिदीहरू पनि अर्जुनधारा जानुभएको थियो । हामी त्यस दिन अर्जुन धाराको भ्रमण गरी बेलका ६ बजेतिर घर फर्कियौँ । 

 

सिर्जनात्मक कार्य

 

१. तपाईंले सुनेको कुनै एउटा लोककथा सिलसिला मिलाएर लेख्नुहोस् र कक्षामा सुनाउनुहोस् । 

मित्रता

कुनै एउटा जङ्गलमा हात्ती र लाटोकोसेरो बस्थे । उनीहरू दुवैमा राम्रो मित्रता थियो । यी दईको मित्रताको विषयमा स्यालले चाल पाएछ । स्याललाई यी दवैको मित्रताप्रति जलन भएछ । उसले यी दुवै प्राणीलाई एक अर्काका नचाहिँदा कुरा लगाएछ । स्यालको कुरा सुनेर हात्ती लाटोकोसेरोसँग एकाएक रिसायो। हात्ती रिसाएको देखेर लाटोकोसेरो छक्क पर्यो । लाटोकोसेरोले सबै यथार्थ कुरा हात्तीलाई सनायो । हात्तीले पनि सबै कुरा बुझ्यो र यी दुवैको मित्रता झन प्रगाढ बन्यो । अन्तमा खराब नियत लिँदा स्यालले आफ्ना दुवै साथी गुमायो । त्यसैले राम्रो कामले राम्रो परिणाम . दिन्छ नराम्रो कामले नराम्रो परिणाम दिन्छ भन्ने सन्देश यस कथाले दिएको छ ।

 

२. आफ्ना आमाबुबा अथवा हजुरआमा, हजुरबुबा अथवा जेष्ठ नागरिकबाट लोककथा सुनी कक्षामा सुनाउनुहोस् ।

नयाँ सिंह र पुरानो खरायो

एउटा जङ्गलमा खरायो र सिंह बस्थे । आफू सिंहको आहारा बन्ने पालो आएको हुनाले खरायो जानीजानी सिंहको गुफामा ढिलो पुग्यो । खरायो ढिलो आएको देखेर सिंहले रिसले गर्जेर भन्यो, “ए फुच्चे खरायो ! किन यति ढिलो गरिस् ?" खरायोले पुरानै जुक्ति सोच्यो र भन्यो, “महाराज ! आज वनमा मैले अर्को सिंह भेटें ।” यो सुन्नासाथ सिंहले गर्जेर अर्को सिंहलाई हेर्ने इच्छा प्रकट गर्यो। खरायोले पनि मौका यही हो भन्ने ठानी सिंहलाई इनारको नजिक पुयायो र भन्यो, “महाराज ! अर्को सिंह यही इनारभित्र छ ।” सिंहले इनारभित्र हेयो र छक्क पयो, त्यहाँ त ऊ जस्तै अजङ्गको सिंह उसका जस्तै डरलाग्दा आँखाले हेरिरहेको थियो । सिंहले निक्कै जोडले गर्जेर इनारको सिंहलाई तर्साउन खोज्यो तर त्यहाँबाट अझ जोडले उस्तै आवाज आयो । सिंह नयाँ विचारको थियो र उसले लडेर इनारको सिंहलाई जित्न सकिने देखेन । त्यसैले इनारमा हाम्फाल्ने मुर्खता उसले गरेन। बरू नम्र भएर प्रश्न गयो- “तपाईं आरामै हुनुहुन्छ ?” इनारबाट पनि त्यही प्रश्न दोहोरियो । त्यसपछि सिंहले भन्यो- “एउटा खरायो फेला परेको छ, बाँडीचुंडी खाउँ कि भनेर ।” मूर्ख सिंह इनारमा हाम फाल्यो भने आफ्नो बुद्धिमता देखाउन पाइन्छ भन्ने लोभमा परेको खरायो त्यो संवाद सुनेर निकै अलमलमा पर्यो किनभने उसले सिंहले त्यस्तो कुरा गर्ला भनेर सोचेकै थिएन । त्यसैबेला सिंहले खरायोलाई झम्ट्यो र उसको मासु खाँदै हड्डी जति इनारको सिंहलाई फालिदिन थाल्यो । यसरी नयाँ जाल रच्न सिपालु सिंहले पुरानै विचार लिएर हिड्ने खरायोलाई चकित पारिदियो। 

 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
close