यात्रा सुरु गरौं


  We have shifted all our notes to our new website

 Click here to View









पाठ २

यात्रा सुरु गरौं

- दुबसु क्षेत्री 

शब्दार्थ

आरोहरणः  माथि चढ्ने काम

सोरठी      :  गुरुङ, मगर आदि जातिमा प्रचलित गीत 

खलियान : खलो

माघी        : थारु जातिले मनाउने चाड

छठ          : तराई क्षेत्रमा मनाइने पर्व

सेलो         : तामाङ, शेर्पा आदिको लोकगीत

ल्होसार    : तामाङ, शेर्पा, गुरुङको नयाँ वर्ष

गौरा         : डोटी, डडेलधुरातिर मनाइने पर्व

देउडा        : सुदूरपश्चिमतिरको परम्परागत गीत / नृत्य

सम्यक     : राम्रो, सुन्दर

धिमे        : नेवार जातिमा प्रचलित नाच/गीत 

 

सुनाइ 

१.कविताको पहिलो गद्यांश सुनी मौखिक उत्तर दिनुहोस् :

कविताको पहिलो गद्यांशः

समयको एउटा लामो झरीपछि

बल्ल घाम उदाएको छ

बिहान भएको छ, अब हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ

पानी थामिएको छ, अब हामीले हाम्रो आरोहणको थालनी गर्नुपर्छ

आस्थाको टुकी बाल्नुपर्छ, अब हामीले उज्यालो छर्नुपर्छ

मौसम वसन्तको छ, अब हामीले गीत गुन्जाउनुपर्छ

फर्केका छन् गुराँसहरू, अब हामीले मालाहरू उन्नुपर्छ

 

(क) समयको लामो झरी भनेको के हो ? . 

=>समयको लामो झरी भनेको समयको लामो अवधी हो।

(ख) हामीले हाम्रो यात्रा किन सुरु गर्नुपर्छ ? 

=> विहानी भइ घाम उदाएको वा समयअनुकूल भएकाले हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ ।

(ग) उज्यालो कसरी छर्न सकिन्छ ? 

=> हाम्रा संस्कार र संस्कृतिको संरक्षण गर्दै सबै नेपालीहरूलाई समेटी उज्यालो छ 

सकिन्छ । 

(घ) कवि कस्तो मौसममा गीत गुन्जाउन चाहन्छन् ? 

=> गाउँदा गाउँदै रोकिएको मौसममा कवि गीत गुन्जाउन चाहन्छन् ।

 

२. कविताको दोस्रो गद्यांश सुन्नुहोस् र त्यहाँ उल्लेख भएका सांस्कृतिक नाच वा पर्वको नाम भन्नुहोस् ।

ð  कविताको दोस्रो गद्यांशः 

नाच्दानाच्दै जहाँ रोका थियौ सोरठीको ताल

त्यहींबाट चाल्दै एउटै चालका तिन कोटी पाइला

सह अस्तित्वको यात्रा सुरु गरौं

रम्दारम्दै रोदीको रन्कोमा छुटेका थियौँ जहाँ

त्यही चौतारीबाट सहमतिको यात्रा सुरु गरौं

पहेंलपुर धान खलियानमा राखेर

माघीको न्वागी खाँदै स्वावलम्बनको नयाँ यात्रा सुरु गरौं

घुम्दै विवाह पञ्चमीको मेला पर्खिदै थियौँ जहाँ

मधेसको पवित्र छठ र त्यहीँ जानकी माटाको चन्दन लगाउँदै

सहिष्णुताको यात्रा सुरु गरौं

गाउँदा गाउँदै जहाँ रोकेका थियौँ सेलोको भाका

त्यहीँबाट गाउँदै बन्धुत्वको गीत 

उज्यालोको यात्रा सुरु गरौं

मनाउँदै ल्होसार जहाँ पुज्दै थियौँ हिमाललाई मानेर देवता

त्यही आकाश छुने हिमाललाई साक्षी राखेर  

सहकार्यको यात्रा सुरु गरौं

जप्दै गौरा जहाँ नाचेका थियौँ देउडा

त्यही कर्णालीको मुहाननिर उभिएर

नव निर्माणको यात्रा सुरु गरौं

खोज्दै शान्तिका दुई सम्बोधी आँखा

जहाँ हामी लोलाएका थियौँ

उडाउँदै शान्तिका सेता परेवाहरू

तिनै सम्यक आँखाबाट शान्तिको यात्रा सुरु गरौं

 

दोस्रो अनुच्छेदमा उल्लेख भएका नाच वा पर्वहरू: 

सोरठी, रोदी, सेलो, माघी, विवाह पञ्चमी, छठ

 

३. कविताको तेस्रो गद्यांश सुनी त्यसमा भन्न खोजिएको विचारलाई कक्षामा सुनाउनुहोस् ।

४. कविताको चौथो गद्यांशको श्रुति लेखन गर्नुहोस् ।

=> कविताको चौथो गद्यांशः 

समयको एउटा निस्पट्ट अन्धकार

हामीले चिरिसकेका छौँ 

अब एउटा नयाँ जीवन सुरु गरौं

जहाबाट हामी थकान रोपेर भागेका थियौँ

अब एउटा नयाँ यात्रा सुरु गरौं त्यहींबाट

जहाँ हामीले केही क्षण विश्राम गरेका थियौँ

राष्ट्र नव निर्माणको यात्रा सुरु गरौं त्यहीँबाट

जहा हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ

 

बोलाइ 

१.तलका शब्दहरू उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस् र तिनीहरूलाई. उच्चारणअनुसार नै कापीमा लेख्नुहोस् :

 

जस्तैः उच्चारण/उच्.चा.रण 

आरोहरण, झोक्का, चकित, निस्पट्ट, प्राङ्गण, सहिष्णुता

 

आरोहरण : आ.रो.हण                                                        झोक्का     : झोक्.का

चकित      : च.कित्                                                            निस्पट्ट   : निस्.पट.ट

प्राङ्गण    : प्राङ्गण                                                           सहिष्णुता : स.हिस्.णु.ता

 

२.निम्न लिखित अवस्था व्यक्त हुने गरी अभिनय गर्नुहोस् :

 

चकित भएको अवस्था, आल्हादित भएको अवस्था, लोलाएको अवस्था, थकाइ लागेक अवस्था 

 

३.तलका शब्दलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् :

 

देउराली, टुकी, रोदी, धिमे, देउडा, सेलो

 

देउराली :  मानिसले देउरालीमा फुल चढाए । 

टुकी   :  बिजुली नभएको बेला हामी टुकीले काम चलाउँछौ ।

रोदी   :  रोदीघरमा आज नाचगान हुन्छ ।

धिमे  :  नेवार दाइकामा आज धिमे नाच चल्दै छ।

देउडा  :  यसपटक हने देउडा नाच प्रतियोगितामा म पनि जान्छ । 

सेलो   :  सेलो नाच हाम्रो संस्कृति हो।

 

४. तपाई आफूले आजैदेखि सुरु गर्न सक्ने कुनै दुई सकारात्मक कामहरू कक्षाम  सुनाउनुहोस् : 

 

जस्तैः आजसम्म मैले आफ्नो लुगा आफैं धोएको छैन, म यो काम आजैबाट सरु गर्छ ।

 

=> - मैले आजसम्म आफूले खाएको थाल सफा गरेको छैन, म यो काम आजैदेखि सुरु गर्छ ।

     - मैले आजसम्म आफू सुतेको ओछ्यान मिलाएको छैन, म यो काम आजैदेखि सुरु गर्छ।

 

५. शान्ति र समृद्धिका सपनाहरू कस्ता हुन सक्छन् ? आफ्नो विचार कक्षामा सुनाउनुहोस्:

 

=> भविष्यमा म यसो गर्नु भनेर योजना बनाउनु नै सपना हो । मानिसले सधैं राम्रो हुने राम्रो गर्ने सपना देखेको हुन्छ। हामीले राम्ररी पढेर ठूलो मानिस हुने सपना देख्न पर्छ । मानिसले शान्ति र समृदिधका सपना देखे मात्र साकार बनाउन सक्छ  सपनालाई साकार पार्न हामीले मेहनत गर्नु पर्छ । मेहनत गर्न सकेको खण्डमा हामीले २२ 

देखेका सपना साकार पार्न सक्छौँ । आफ्नो कामप्रति बफादार भई त्यसमा सन्तुष्ट हुने पर्छ । समृद्धिका लागि हामीले मिहिनेत गर्नुपर्छ । तसर्थ शान्ति र समृद्धिका सपना भनेका हामीले भविष्यमा गर्ने कार्यका सपना हुन् । सपना देखेर मात्र हुँदैन त्यसका लागि  हामीले कडा मिहिनेत गर्नु पर्छ ।

 

६. माथिको कवितामा दीर्घ इकार लागेका शब्दहरू मात्र टिपोट गर्नुहोस् र ती शब्द दीर्घ  लेख्नुपर्ने कारणबारे शिक्षकसँग छलफल गरी निष्कर्षमा पुग्नुहोस् । 

 

ð  दीर्घ इकार लागेका शब्दहरू:

झरी, हामी, पानी, थालनी, टुकी, सोरठी, केटी, माघी, पञ्चमी, जानकी, सक्षी, कर्णाली, आरती माथिका शब्दहरू दीर्घ हुनुको कारण शब्दको अन्तिमको इकार दीर्घ हुने भएकाले हो ।

 

७.कोष्ठकमा दिइएका शब्दहरूमध्येबाट खाली ठाउँ भरी कक्षामा सुनाउनहोस :

 

(क) 'अनायास' शब्दको पर्यायवाची शब्द ...... हो । (एकाएक, औधी, एक्लै) 

=> 'अनायास' शब्दको पर्यायवाची शब्द एकाएक हो।

 

(ख) 'रहर' र 'झरी' ...... शब्द हुन् । (पर्यायवाची, अनेकार्थी, श्रुतिसमभिन्नार्थक) 

=> 'रहर' र 'झरी' अनेकार्थी शब्द हुन् ।

 

(ग) 'आरम्भ' को विपरीतार्थक शब्द ...... हो । (प्रारम्भ, विलम्व, अन्त्य) 

=> 'आरम्भ' को विपरीतार्थक शब्द प्रारम्भ हो।

 

(घ) 'सब' र 'शव' ...... शब्द हुन् । (पर्यायवाची, अनेकार्थक, श्रुतिसमभिन्नार्थक) 

=> 'सब' र 'शव' श्रुतिसमभिन्नार्थक शब्द हुन् ।

 

(ङ) ...... को सानो बुझाउने शब्द 'टुकी' हो। (अँध्यारो, उज्यालो, बत्ती) 

=> 'बत्ती' को सानो बुझाउने शब्द 'टुकी' हो। 

 

 

 

 

पढाइ 

१.गति, यति र लय मिलाई कविता वाचन गर्नुहोस् ।

 

२. कविताको मौन पठन गरी सोधिएका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् : 

 

(क) कस्तो यात्रा सुरु गर्नका लागि कविले आहवान गरेका छन् ? 

=> हामीले टुकी बाल्दै, उज्यालो छर्दै आरोहणको यात्रा गर्नका लागि कविले आव्हान गरेका छन्।

 

(ख) यात्रा सुरु गर्नका लागि समय किन अनुकूल छ ? 

=> लामो समयको झरी पछि बिहानी भई घाम उदाएकोले यात्रा सुरु गर्न समय अनुकूल छ।

 

(ग) हामीले सजाएका सपना के के हुन् ? 

=> नव राष्ट्र निर्माणको यात्रा, शान्ति र समृद्धिका सपना हामीले सजाएका हौं।

 

(घ) यस कविताले के कस्ता सकारात्मक सन्देशहरू दिन खोजेको छ ? 

=> अब समय अनुकूल भएको छ त्यसैले हामीले राम्रो कामको थालनी गर्नुपर्छ । नेपाली सबै जातिका सांस्कृतिक पहिचानलाई बचाउनु पर्छ, नेपाली सबै एकजुट  भई शान्तिको यात्रा सुरु गर्नुपर्छ, सबै मठ मन्दिर, मस्जिद आदिको नवएकताको सुरु गर्नुपर्छ, अब एउटा नयाँ देश निर्माणको यात्रा सुरु गर्नुपर्छ भनी कविताले  सकारात्मक सन्देशहरू दिन खोजेको छ ।

 

(ङ) नेपाल बहु सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो भन्ने कथनलाई कविताका आधारमा स्पष्ट पार्नुहोस् ।

ð  यस कविताका सोरठी नाच, रोदीको रन्को, धान खलियानका गीत, माघी, विवाह पञ्चमीको मेला, छठ, जानकी मन्दिरको चन्दन, सेलोको भाका, ल्होसार, गौरा, देउडा गुम्बा, मस्जिद, मन्दिर, गिर्जाघर, धिमे नाच आदि संस्कृतिको चर्चा यस कवितामा  गरिएकाले नेपाल एक बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण देश भन्न सकिन्छ ।

 

३. कविताको दोस्रो गद्यांशमा तल दिइएका विभिन्न यात्राहरू उल्लेख गरिएको पाइन्छ। ती यात्राहरूको अर्थ कविता पढेका आधारमा लेख्नुहोस् ।

 

सह अस्तित्वको यात्रा, सहमतिको यात्रा, स्वावलम्बनको नयाँ यात्रा, सहिष्णुताको यात्रा, उज्यालोको यात्रा, सहकार्यको यात्रा, नव निर्माणको यात्रा, सहधर्मको यात्रा, सगरमाथा शिखरको यात्रा

ð  सह अस्तित्वको यात्रा - सबैको अस्तित्व वा पहिचान सहितको यात्रा

ð  सहमतिको यात्रा - सबै मिलेर अगाडि बढ्ने काम

ð  स्वावलम्बनको नयाँ यात्रा - आफ्नो खुट्टामा आफै उभिएर अगाडि हिँड्ने काम

ð  सहिष्णुताको यात्रा - सहने कुराको सुरुवात

ð  उज्यालोको यात्रा - विकासको यात्रा

ð  सहकार्यको यात्रा - सबै मिलेर काम गर्ने सुरुवात

ð  नव निर्माणको यात्रा - हरेक क्षेत्रमा नयाँ कामको थालनी गर्ने यात्राको सुरुवात

ð  सहधर्मको यात्रा - सबै धर्मावलम्वीहरू मिलेर अगाडि बढ्ने यात्रा । 

ð  सगरमाथाको यात्रा - विकास, उन्नति र प्रगतिको यात्रा ।

 

४. कविता पदका आधारमा 'आशावादी बन्नुपर्छ' भन्ने विषयमा एउटा अनुच्छेद लेख्नुहोस् । 

'आशावादी बन्नुपर्छ'

 देश निर्माणको कार्य एकै पटक सम्भव हुँदैन । विस्तारै स्वदेशका जनता लागिपर्ने हो भने देश विकास हुन्छ । हामीले देश निर्माण गर्नका लागि परिश्रमी हातहरू अगाडि बढाउनु पर्छ । हामीले अरूले हाम्रो देश विकास गरिदिन्छ भनेर हात बाँधेर बस्न हुँदैन । आफूबाट निर्माणका कार्यहरू सुरु गर्ने बानी बसायौँ भने त्यो सम्भव छ । हामीले राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने दृढ विश्वास र आशावादी धारणा राखी सबै नेपाली एकजुट भई काम गर्ने हो भने यसलाई साकार पार्न सक्छौँ । नेपालमा जात, धर्म, संस्कृति, पेसा, भूगोल आदिमा विविधता छ तर पनि हामी राष्ट्रियताका सवालमा एक छौँ त्यस्तै देश निर्माणमा हामीले एकजट भई लाग्ने हो भने देश चाँडै विकास हुन्छ । हामीले नबनाए कसले बनाउँछ, हामीले नगरे कसले गर्छ भनी प्रत्येक जनताले सोच्ने र आशावादी दृष्टिकोण राख्ने हो भने राज्यको हरेक क्षेत्र विकसित हुन्छ । 

 

१. सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

 

(क) कविले कवितामा माला उन्ने प्रसङ्ग किन उल्लेख गरेका हुन् ? 

=> कविले फुलेका गुराँसलाई यहाँका जनतासँग तुलना गरेका छन् । ती सबै खाले जनतालाई समेटेर एउटै मालामा गासेमा राष्ट्रिय एकता बन्नेछ, राष्ट्र सम्पन्न विकसित  हुनेछ भन्नका लागि कविले कवितामा माला उन्ने प्रसङ्ग उल्लेख गरेका हुन् ।

 

(ख) सहिष्णुताको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने पक्ष केके हुन् ? 

=>  सहिष्णुताको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने पक्ष धार्मिक सहिष्णुता हो । विवाह  पञ्चमी मेला; मधेशको पवित्र छठ, जनकपुरको धार्मिक पक्षलाई ख्याल गर्दै धार्मिक एकता कायम गर्ने हो भने सहिष्णुताको यात्रा सुरु गर्न सकिन्छ ।

 

(ग) एकताको यात्रा कविले कहाँबाट सुरु गर्न भनेका छन् ? '

=> सबै नेपालीले हातेमालो गरेर आरम्भ गरेको एकताको यात्रा काष्ठमण्डपको त्यही  देवलबाट धिमे बजाउँदै सुरु गर्नुपर्छ भनी कविले भनेका छन् ।

 

(घ) नयाँ यात्रा सुरु गर्न कविले किन आह्वान गरेका छन् ? 

=> नव राष्ट्रको निर्माण, शान्ति र समृद्धि कायम राख्न नयाँ यात्रा सुरु गर्न कविले  आव्हान गरेका छन् ।

 

२. कविताको प्रत्येक गद्यांशको आशय लेख्नुहोस् । -

 

ð  समयको लामो कालखण्ड पछि अनुकूल समय आएको छ त्यसैले अब हामीले हाम्रो 

स्रोत र साधनहरूको परिचालन गरी राष्ट्र निर्माण गर्नुपर्छ । विभिन्न जात जातिका धार्मिक र सांस्कृतिक पक्षलाई समेट्दै सहअस्तित्वको यात्रा सुरु गर्नुपर्छ । सोरठी, रोदी, माघी, विवाहपञ्चमी, छठ, सेलो आदिलाई उच्चस्थान दिनुपर्छ र धार्मिक र सांस्कृतिक एकता गर्दै अबको उज्यालो यात्रा सुरु गर्नुपर्ने छ । धार्मिक एकतालाई हामीले उच्च स्थानमा राख्नु पर्छ । गुम्बा, मन्दिर, मस्जिद र जिर्गाघरलाई एकअर्काले सम्मान गर्नुपर्छ । धार्मिक एकताका माध्यमबाट नव एकताको यात्रा सुरु गर्नपर्छ । अब सबै कुरा बिर्सिएर हामीले नयाँ यात्राको सुरु गर्नुपर्छ भन्ने भावलाई माथिको nकविताले व्यक्त गरेको छ ।

 

३. सप्रसङ्ग व्याख्या गर्नुहोस् : 

(क) अब एउटा नयाँ जीवन सुरु गरौं 

जहाँबाट हामी थकान रोपेर भागेका थियौं ।

ð  अब एउटा नयाँ ...... ....... भागेका थियौं । प्रस्तुत कवितांश कक्षा ९ को नेपाली पुस्तक अन्तर्गत पर्ने ‘यात्रा सुरु गरौं' भन्ने कविताबाट साभार गरिएको हो । यस कविताका लेखक दुबसु क्षेत्री हुन् । उनले यस कवितामा अब हामीले सबै क्षेत्रलाई समेटेर राष्ट्रिय एकीकरण गर्नुपर्छ भन्ने आशयलाई व्यक्त गरेका छन्।  लामो समय पश्चात् अब राष्ट्रमा अनुकूल समय आएको छ । हामी प्रत्येक नेपालीले अब राष्ट्रका विषयमा सोच्नुपर्छ । हामीले अब अल्छी, ढिलासुस्ती गर्न । हुँदैन । यहाँ प्रसस्त सम्भावनाहरू छन् । ती सम्भावनालाई हामीले सदुपयोग गर्नुपर्छ । विभिन्न जात, जाति, धर्मसंस्कार, संस्कृतिले भरिपूर्ण भएको देश ने पाललाई हामी सबै मिलेर माथि उठाउने बेला आएको छ । यो बेलामा पनि हामीले केही गर्न सकेनौँ भने हाम्रो राष्ट्र अब माथि उठ्दैन । अब हामीले एउटा नयाँ जीवन सुरु गर्नुपर्छ । हामीले जुन ठाउँमा थकान रोपेका थियौँ त्यही ठाउँवाट अब विकासका कामको सुरुवात गर्नु छ।

                                                                   सरल भाषा, गद्य शैली र हामीले अव थकान मेटेर नयाँ जीवनको सुरुवात गर्नुपर्छ भन्ने भावका कारण माथिको अंश उत्कृष्ट बनेको छ ।

 

 (ख) राष्ट्र नव निर्माणको यात्रा सुरु गर त्यहाँबाट 

जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ ।

ð  राष्ट्र नव ............................... .................. सजाएका थियौँ । 

प्रस्तुत कवितांश कक्षा ९ को नेपाली पुस्तक अन्तर्गत पर्ने 'यात्रा सुरु गरौं' भन्ने कविताबाट साभार गरिएको हो । यस कविताका लेखक दुबसु क्षेत्री हुन् । उनले अब सबै नेपालीहरू एक जुट भई एकले अर्कालाई सम्मान गर्दै नवनिर्माणमा लाग्नुपर्छ भन्ने भावलाई यहाँ प्रस्तुत गरेका छन् ।

                                                                       हामी नेपाली लामो समय- चुप लागेर बस्यौँ अब समय अनुकूल बनेको छ । सबै स्थान, जात, धर्म, संस्कृतिको उच्च सम्मान गर्दै हामीले नयाँ नेपाल निर्माणमा लाग्नुपर्छ । हामीले एक अर्काको सम्मान गर्दै नयाँ जीवनको सुरुवात गर्न छ । हामीले थकाइ मार्ने समय समाप्त भएको छ । अब देश र जनताका लागि केही गर्ने बेला आएको छ । अब ती सारा थकान मेटेर हामी विकास निर्माणमा लाग्नुपर्छ । अब सबै धर्म, संस्कार, जात, पर्वमा सम्मान गर्दै राष्ट्र नव निर्माणमा लाग्नु पर्छ । हामीले राष्ट्रको मुहार फेर्ने बेला आएको छ । हामीसँग प्रशस्त प्राकृतिक सम्पदा छन् तिनलाई हामीले सही सदुपयोग गर्नुपर्छ । तिनलाई सदुपयोग गर्न सके देश र जनता सम्पन्न हुनेछन् । हामीले सजाएका शान्ति र समृद्धिका सपनाहरू अनि मात्र पूरा हुनेछन् । अब हामीले राष्ट्रलाई समृद्ध वनाउनु पर्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ। सरल भाषा, गद्य शैली र हामीले अब सबै एकजुट भई नव राष्ट्र निर्माणमा लाग्ने वेला आएको छ । हामीले देशमा शान्ति कायम गरी राष्ट्रलाई सम्पन्न बनाउनु  पर्छ भन्ने भावका कारण माथिको कवितांश उत्कृष्ट बनेको छ ।

 

४.उपयुक्त लेख्य चिह्नहरू राखी पुनर्लेखन गर्नुहोस् :

उसले मलाई भन्यो हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ मैले आफ्नो व्यथा बताउँदै भनँ होइन दाइ हिजोआज मलाई सन्चो छैन ।

ð  उसले मलाई भन्यो, “हे भाइ, तिमी त ज्यादै अल्छी रहेछौ ।” मैले आफ्नो व्यथा बताउँदै भनें, “होइन दाइ हिजोआज मलाई सन्चो छैन ।” 

व्याकरण 

१.तलको अनुच्छेद पढी रेखाङ्कित शब्दमध्ये नाम र विशेषणको अलग अलग सूची बनाउनुहोस् :

 

तराईमा बस्ने गरिब गोपालले एउटा गाई किन्यो । उसले राम्रो खानेकुरा खुवायो । त्यसबाट धेरै बाछाबाछी जन्मे । गाईहरूको ठूलो बथान बन्यो । ती गाईहरूको शुद्ध द्ध बेचेर उसले प्रशस्त आम्दानी गर्यो । उसको विशेष पढाइ थिएन । वास्तवमा अधिक इमानदारी नै उसका लागि उपयुक्त रोजगारीको प्रभावकारी माध्यम बन्न पुग्यो । जुनसुकै काम गरेर पनि यस समाजमा सजिलै बाँच्न सकिन्छ भन्ने असल शिक्षा उसवाट लिन सकिन्छ । गोपालको ठुलो दाजु रमेशले भने अनेक तालिम लिएर पनि केही पेसा गरेको थिएन । अल्छी स्वभावको त्यो रमेश रिसाहा प्रवृत्तिको पनि थियो । उसको मुख्य सोख नै रातो सर्ट, सेतो पाइन्ट र कालो चस्मा लगाएर बजार घम्न मात्र थियो । उसलाई जहिले पनि आर्थिक सङ्कट मात्र पर्यो । एक दिन अचानक उसले भाइले जस्तै कुनै नयाँ काम गरेर धेरै उन्नति गर्ने विचार गर्यो । भाइले पनि उन्नत जातका वाखा पालेर राम्रो प्रगति गर्न सकिन्छ भन्ने उपयुक्त सल्लाह दियो । उस दाइलाई केही आर्थिक सहयोग पनि गर्यो । सुरुमा तिन ओटा वाखा पालेको रम, अहिले गन्दा बिस बाखाहरू भइसके । हिजोआज गाउँमा ऊ जान्ने वुझ्ने बाखा पा. भएको छ । मेहनती मान्छेलाई कहिले दु:ख हुन्छ र ?

नामः 

गोपाल, गाई, खानेकुरा, बाछाबाछी, वथान, दुध, आम्दानी, पढाइ, इमान्दारी, रोजगारी, माध्यम, काम, समाज, शिक्षा, दाजु, तालिम, पेसा, स्वभाव, रमेश, प्रवृत्ति, सोख, सर्ट, पेन्ट, चस्मा, सङ्कट, दिन, काम, उन्नति, जात, प्रगति, सल्लाह, बाखा, मान्छे

विशेषण :

गरिव, राम्रो, ठुलो, ती, शुद्ध, प्रशस्त, विशेष, अधिक, उपयुक्त, प्रभावकारी, जनस्कै, यस, असल, लो, अनेक, अल्छी, त्यो, रिसाहा, मुख्य, रातो, सेतो, कालो, आर्थिक, एक, नयाँ, धेरै, उन्नत, राम्रो, उपयुक्त, विस, जान्ने, बुझ्ने, मिहिनेती

 

२. विशेषण शब्दलाई कसरी चिन्न सकिन्छ ? तालिकाका आधारमा छलफल गर्नुहोस् । 

प्रश्न                                                                        जवाफ

कस्तो ?                                                             कालो, सोझो, लोभी, रातो, गुलियो, एकोहोरो, नयाँ, धनी, असल आदि कस्ती ?                                                      जाने बुझेकी, गोरी, मेहनेती, अल्छी, मोटी, गुणवती, सहनशील, दयालु, आदि कुन ?                                                                  त्यो, यो, ती, उही, सातौँ, पहिलो, कान्छो, माहिलो, पाश्चात्य आदि कत्रो ?                                                                 अग्लो, होचो, त्यत्रो, यत्रो, सानो, ठुलो, विशाल आदि 

कति ?                                                                 सबै, धेरै, अलिकति, आधा, आठ, धेरै, थोरै, त्यति, यति आदि

 

३. पाठमा प्रयोग भएका नाम र विशेषण शब्दहरू खोजेर लेख्नुहोस् : 

=> नामः 

झरी, घाम, यात्रा, पानी, आरोहण, टुकी, वसन्त, गीत, गुराँस, माला, सोरठी, रोदी, चौतारी, घाम, यात्रा, छठ, सेलो, ल्होसार, हिमाल, गौरा, देउडा, कर्णाली, यात्रा, आँखा, परेवा, गुम्बा, मन्दिर, मस्जिद, गिर्जाघर, सगरमाथा

 

विशेषण :

एउटा, लामो, उज्यालो, फर्केको, तिन, अस्तित्वको , पहेंलपुर, नयाँ, विवाह पञ्चमीको, पवित्र, उज्यालो, दुई, सेता, निस्पट्ट, अन्धकार, नयाँ, नव

 

४. उपर्युक्त विशेषण शब्दहरू प्रयोग गरी आफू नजिकैको साथीको परिचय दिनुहोस् ।

=>  मेरो साथीको नाम आयुष हो । कालो, होचो भए पनि ऊ मसँग धेरै मिल्छ । ऊ अचेल जानेबुझेकी, गोरी, मेहनती, गुणवती, सहनशीला, दयालु, नतासासँग अत्यन्तै मिल्छ । ती केटी सधैं परीक्षामा अब्बल आउँछिन् । होची नतासा र आयुष उमेर र उचाइमा उस्तै उस्तै छन् । सबै सरहरूले दुवैलाई औधी माया गर्नुहुन्छ । यी दुवै मेरा सबैभन्दा मिल्ने साथी हुन् ।

 

सिर्जनात्मक अभ्यास

 

नाम तथा सर्वनामको प्रयोग गरी आफूलाई मन पर्ने चाडका बारेमा कविता लेख्नुहोस् । 

नयाँ वर्ष

नयाँ वर्षको पहिलो दिन

म सबेरै उठेर

एक पटक हेर्नेछु

ऐनामा आफ्नो अनुहार 

                     नमिलेको कपाल

                    कयौँ दिन नकाटेको दारी

                    मैलो कपडा

                    न्यास्रो जीउ

                    हेर्नेछु ऐनामा 

                    छरपस्ट सामानहरू

                    चाङ नमिलेका किताबका पति

                    टेवलमा कविताका हरफ

                    ब्लेड, कलम र नेपाली टोपी

                    धूलोले पुरिएको

                    राजनेताको फोटो, 

     

नयाँ वर्षको पहिलो दिन                                                                                         थाल्ने छु दैनिकी

उठ्नेवित्तिकै                                                                                                           चल्नेछु उसै गरी

एक पटक हेर्नेछ                                                                                                    तर एउटै मात्र चिन्ता छ मलाई

ऐनामा आफ्नो अनुहार                                                                                          नयाँ वर्षको पहिलो दिन

अनि                                                                                                                       मेरो देशले पनि

उही अघिल्लै वर्षमै                                                                                               आफ्नो अनुहारलाई ऐनामा हेयो भने ।

हिजोकै दिन                                                                                                                                    - बसन्त बस्नेत

 

1 comment:

  1. thank you very much for this exercise it helped me a lot

    ReplyDelete

Note: Only a member of this blog may post a comment.

 
close