सङ्गीतज्ञ रामशरण दर्नाल


  We have shifted all our notes to our new website

 Click here to View








पाठ

 

सङ्गीतज्ञ रामशरण दर्नाल

शब्दार्थ 

विमाता                      :              सौतेनी आमा

निवृत्त                         :             सेवामुक्त

सहारा नाकको डाँडी     :              दुई ओटा आँखाका बिचको डाँडोजस्तो परेको भाग, चस्मा अड्याउने ठाउँ

भिक्षाटन                    :              भिक्षा माग्दै हिँड्ने काम

बन्दना                       :              प्रार्थना

सारेगम                      :              सङ्गीत अभ्यास गर्ने प्रारम्भिक सूत्र

जीविकोपार्जन           :              जीवन निर्वाहका लागि गरिने आर्जन

मेन्डोलिन                 :             चार वा पाँच जोडी तार हुने, गहिरो गोली तुम्बा हुने बजाइने एक प्रकारको वाद्य                 

                                                 यन्त्र

पियानो एकर्डियन     :              हार्मेनियम जस्तो एक प्रकारको पाश्चात्य बाजा

तत्कालीन                 :               त्यतिखेरको

पेस्की                        :               अग्रिम रूपमा लिइने पारिश्रमिक

आघात                      :               मानसिक कष्ट वा व्यथा  

विकट                        :              अप्ठेरो, कठिन

पाण्डुलिपि                 :              लिखित वा टकित लेख रचना

अवकाश                    :              सरकारी सेवा, सार्वजनिक जीवन आदिबाट पाएको विश्राम 

विमुख                       :              विपरीत दिशातर्फ फर्कन, उल्टो 

पार्किन्सन                 :              नसा खुम्चिने रोग

पाँठाजोरी                   :             सङ्घर्ष, बल प्रदर्शनको खेल

 

अभ्यास सुनाइ 

१.      प्रस्तुत जीवनीको दोस्रो पाँचौ अनुच्छेद शिक्षक वा कक्षाको कुनै एक विद्यार्थीले वाचन गरेको सुनेर ठिक बेठिक छुट्याउनुहोस्

ð   दोस्रो अनुच्छेद

रामशरणका पिता नेपाली सेनाको ब्यान्डका नाइके थिए सबैले उनलाई 'हवल्दार मेजर' भनेर चिन्थे उनी जागिरबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो उक्त अवस्थाबाट त्राण पाउनका लागि उनी कामको खोजीमा विदेश गए । लगत्तै एक वर्षपछि नै फर्केर आई उनी फेरि पुख्यौली पेसा (बाजा बजाउने काम) गरेर गुजारा गर्ने प्रयत्नमा लागे उता उनको एउटा भएको घर पनि वि.सं. १९९० को भूकम्पले चर्किएको थियो यस विषम अवस्थाकै बिच रामशरणको बाल्यकाल बितेको थियो।

 

पाचौं अनुच्छेद : -

जीविकोपार्जनमा नै कठिनाइ भएपछि दर्नालका पिताले आफ्नो सन्ताको शिक्षादीक्षालाई निरन्तरता दिन सकेका थिएनन् विपन्नतामा वाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् केही समय उनले पुख्र्यौली पेसा गरर पनि विद्यालयको शुल्क तिर्ने प्रवन्ध मिलाए यसरी पनि धान्न सम्भव नभएपछि उनका लागि पठन पाठन स्वप्नसरि बन्न पुग्यो यसैले उनले दरबार स्कुलमा पढ्दा पढ्दै पढाइबाट हात धुनुपर्यो । फलस्वरूप कहिले आफ्नो घर कालधारा, कहिले काठमाडौंकै थली गोकर्णको मामाघरमा उनको बाल्यकाल वित्यो पछि उनले मावला काका जजी ब्याक्स (इसाई धर्म ग्रहण गर्नुभन्दा अघिको नाम पुस्कल बुढापिर्थी) का घरमा बसेर दार्जिलिङको सेन्ट रोवर्टस हाइस्कुलमा दुई वर्षजति अध्ययन गरे उनलाई प्रवे शिकासम्मको अध्ययन गर्ने मौका मिल्यो तर त्यसको शैक्षिक प्रमाण पत्र प्राप्त गर्ने अवसर भने मिलेन उनले जम्माजम्मी दस कक्षासम्म मात्र पढेका थिए

() रामशरण नेपाली सेनाको ब्यान्डका नाइके थिए। 

 => बेठिक

() रामशरणका पिता कामको खोजीमा विदेश गए। 

=> ठिक

() रामशरणका पिता दरबार हाइस्कुलमा पढ्दै थिए  

=> बेठिक।   

() रामशरणको मामाघर थली गोकर्णमा थियो  

=> ठिक।  

() रामशरणको प्रवेशिका परीक्षा मात्रै उत्तीर्ण गर्न पाएका थिए  

=> बेठिक।   

 

. तलको पाठ सुन्नुहोस् उत्तर दिनुहोस्

 

कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् । उनका पितापर्खा नेपालबाट रोजगारीका सिलसिलामा भारत पसेका थिए कालसिंहको जन्म भारतमा नै भएको थियो भारतको सिलीगडीका स्थायी बासिन्दा कालुसिंहले खर्साङ रेडियोमा तिस वर्षसम्म काम गरे अहिले उनी अवकाशको जीवन बिताइरहेका छन् मूल रूपमा पत्रकार भए पनि उनले साहित्यका क्षेत्रमा पनि उत्तिकै महत्त्वपूर्ण योगदान दिएका छन् उनको खारिएको कलमको परिचय कथा कविता विधामा पाइन्छ

() कालुसिंह रनपहेली को हुन्

=> कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन्

 

() उनलाई किन भारतीय नेपाली भनिएको हो

=> आफ्ना पितापुर्खा नेपाली भए पनि उनी भारतमै जन्मिएका कारण उनलाई भारतीय नेपाली भनिएको हो

() उनका पितापुर्खा किन भारत पसेका थिए ?

=> उनका पितापुर्खा रोजगारीका सिलसिलामा भारत पसेका थिए

() उनको मूल परिचय के हो ? ' 

=> साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका कालुसिंहको मूल परिचय पत्रकार नै हो।

() उनी साहित्यका कुन कुन विधामा चिनिएका छन् ?

=> उनी साहित्यका कथा कविता विधामा चिनिएका छन्

 

. पाठको तेस्रो अनुच्छेद श्रुति लेखन गर्नुहोस्  

 

पाठको तेस्रो अनुच्छेद

रामशरण सानामा निकै रोगी थिए हरेक समय उनलाई एउटा एउटा रोगले सताइरहेकै हुन्थ्यो जन्मेको केही महिनामा नै उनको नाकको डाँडीमा खटिरा आएको थियो त्यो खटिरो सङ्ग्रालिएपछि मर्ने ठानेर उनलाई आँगनमा सुताइएको थियो त्यतिवेलै भिक्षाटनमा आएकी एउटी महिला योगीले सो कुराको जानकारी पाइन उनले काँडाले सो खटिरो फुटाउने सल्लाह दिइन् खटिरो फुटाएपछि पिप निक्लेर नाकको डाँडी नै भासियो घरी जुकाले सताउने, घरी आउँले सताउने भएपछि बल्ल बाँचेको एउटै मात्र सन्तालाई कसरी जोगाउने भन्ने चिन्ताले उनकी आमालाई सधैं सताइरहन्थ्यो त्यतिबेला समाजमा विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ भन्ने अन्ध विश्वास व्याप्त थियो यसैले एघार वर्षकै उमेरमा उनको विवाह नौ वर्षकी हरि मायासँग गराइएको थियो

 

बोलाइ

. तलका शब्दहरू ठिकसँग उच्चारण गर्नुहोस् उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस्

जस्तैः

पर्याप्त /पर्.याप्. 

खटिरो/.टि.रो

आर्थिक, दृष्टि, उच्चारण, बुद्धिजीवी, व्यवस्था

 

=> आर्थिक     - आर. थिक्

     दृष्टि          - दृस्.टि.

     उच्चारण    - उचं.चा.रण

     बुद्धिजीवी - बुद्.धि.जि.वि

     व्यवस्था    - ब्यं.वस्.था 

 

. औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्वान् बन्न सक्छ भन्ने विषयमा आफ्ना साथीहरूका बिचमा छलफल गर्नुहोस् तयसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस्

 

ð  कक्षा ९ का सम्पूर्ण विद्यार्थी साथीहरूले 'औपचारिक शिक्षा प्राप्त नगरेका मानिस पनि विद्वान् बन्न सक्छ' भन्ने विषयमा व्यापक छलफल गरी निम्न निष्कर्षमा पुगेका छौँ :

-          जो व्यक्तिसँग तिब्र इच्छा शक्ति त्यो व्यक्तिले जसरी पनि सफलता प्राप्त गर्ने रहेछ

-          इच्छा शक्ति भएको व्यक्तिलाई औपचारिक शिक्षाको खाँचो पर्दैन रहेछ, उसले स्वध्यायन गरेर पनि सफलताको सिँडी चढ्दो रहेछ  

-          संसारमा कतिपय यस्ता मानिसहरू पनि छन जसको बोली आउँदैन, औपचारिक शिक्षाका लागि कहिल्यै विद्यालय गएका छैनन् त्यस्ता मानिसहरू संसार प्रशिद्ध भएका छन्।

-          नेपालमा झमक घिमिरे त्यस्ती प्रतिभा हुन् जो बोल्न, हिँडडुल गर्न, हात चलाउन जान्दिनन्, खुट्टाको साहाराले सम्पूर्ण काम गर्छिन्, जसले औपचारिक शिक्षाका लागि कुनै पनि विद्यालय धाएकी छैनन् तर उनले धेरै उत्कृष्ट साहित्यक कृतिहरू लेखेकी छिन् उनले लेखेको 'जीवन काँडा कि फुल' नामक कृतिले मदन पुरस्कार समेत प्राप्त गरेको छ।

 

तसर्थ: 'औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्वान् बन्न सक्छ' भन्ने अन्तिम निष्कर्ष हामीले निकाल्यौं

 

 

२.      घरको आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेको विषयलाई लिएर कक्षामा दुईजना साथी मिली अभिनयसहित कक्षामा कुराकानी गर्नुहोस्

ð  आयुष आभाष कक्षा मा पढ्ने विद्यार्थी हुन् । उनीहरू अत्यन्तै मिल्छन्  आभाष भन्दा आयुषको पढाइ राम्रो सधैं कक्षामा प्रथम हुन्छ तर उसको आर्थिक अवस्था कमजोर त्यही आर्थिक अवस्थाका कारण उसले आफ्नो पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था त्यसैले त्यस विषयमा दुवै साथीहरूको कुराकानी भइरहेछ :

आभाषः आयुष बधाइ तिमीलाई, यसपटक पनि तिमी नै प्रथम भएछौ।

आयुष : धन्यवाद ! आभाष सबैले पढाइलाई ठूलो भन्छन्, त्यही होला भन्ने लाग्थ्यो तर अहिले आएर गलत लाग्न                    थालेको (आयुषको आँखामा आँसु आउँछ ।)

आभाष : के भयो आयष ? किन तिमी कमजोर भएको ? तिमी जस्तो हिम्मती मानिस पनि यस्तो हुन मिल्छ तिमीले हामीलाई हरेक मोडमा प्रेरणा दिन्थ्यौ

आयुष : हो आभाष त्यस्तै थिएँ अहिले गलिसके मैले सुनेको थिएँ 'संसारमा सबैभन्दा साह्रो ढुङ्गो त्योभन्दा पनि सारो चाहिँ नहुनु हो' त्यसको अर्थ बल्ल 'अहिले थाहा हुँदै छ।

आभाष : के भनेको हँ ? मैले त झिन नि

आयुष : हेरनं आमाले अर्काको मेला गएर मलाई खुवाउनुहुन्थ्यो पढाउनुहुन्थ्यो तर आमा नै अहिले थला पर्नु भएको खाने कुरा केही छैन आमालाई औषधि गर्ने पैसा पनि छैन आमाले त्यसरी मलाई पढाउनु भएको तर मैले कही गर्न सकेको छैन।

आभाष: आमा कहिलेदेखि विरामी पर्नुभएको ?

आयुष : आमा बिरामी पर्नु भएको निक्कै भयो

आभाष : अचेल तिमी विद्यालय नआउनुको कारण त्यो पो हो।

आयुष: हो आभाष, आज तिमीसँग विदा माग्न मात्र आएको हो अबदेखि म विद्यालय आउँदिन मैले एउटा होटलमा काम पाएको छु । घरको आर्थिक अवस्थाको कारणले मैले मेरो पढाइलाई अगाडि बढाउन सकिन अब 

विदा हुन्छु है यति भनी आभाषसँग छुट्टिएर आयुष आफ्नो बाटो लाग्छ

 

. तपाईंका वरिपरि उपलब्ध हुने बाजाका विषयमा केही बँदा तयार गर्नुहोस् त्यसकै आधारमा कक्षामा प्रस्तुति गर्नुहोस्  

=> मेरो वरपर उपलब्ध हुने बाजाहरू निम्नानुसार छन्

. मादल

- मादल काठ छात्राद्वारा बनाइन्छ,

- गीत गाउँदा मादलको प्रयोग गरिन्छ

- यसको छालामा खरीको प्रयोग गरिएको हुन्छ।

. हारमुनियम : 

- हारमुनियम एक प्रकारको वाद्यवादन हो। 

- यो गीत गाउँदा प्रयोग गरिन्छ  

- एउटा हातले हावा दिने अर्को हातले बजाउने काम हुन्छ

. तबला

- तबला पनि एक प्रकारको वाद्यवादन हो। 

- तबलामा दुईवटा वाद्य सामग्री हुन्छन्  

- तबला पनि मादल जसरी नै निर्माण गरिएको हुन्छ ।

 

पढाइ

१.       तेस्रो अनुच्छेदलाई द्रुत वाचन गर्नुहोस् सो अनुच्छेद पढ्न तपाईलाई कति समय लाग्यो, त्यसको हेक्का राख्नुहोस्  

ð  तेस्रो अनुच्छेद : . 

रामशरण सानामा निकै रोगी थिए हरेक समय उनलाई एउटा एउटा रोगले सताइरहेकै हुन्थ्यो जन्मेको केही महिनामा नै उनको नाकको डाँडीमा खटिरा आएको थियो त्यो खटिरो सङ्ग्रालिएपछि मर्ने ठानेर उनलाई आँगनमा सुताइएको थियो त्यतिबेलै भिक्षाटनमा आएकी एउटी महिला योगीले सो कारको जानकारी पाइन् उनले काँडाले सो खटिरो फुटाउने सल्लाह दिइन् खटिरो फुटाएपछि पिप निक्लेर नाकको डाँडी नै भासियो घरी जुकाले सताउने, घरी आउँले सताउने भएपछि बल्ल बाँचेको एउटै मात्र सन्तालाई कसरी जोगाउने भन्ने चिन्ताले उनकी आमालाई सधैं सताइरहन्थ्यो त्यतिबेला समाजमा विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ भन्ने अन्ध विश्वास व्याप्त थियो यसैले एघार वर्षकै उमेरमा उनको विवाह नौ वर्षकी हरिमायासँग गराइएको थियो। 

यो अनुच्छेद द्रुत वाचन गर्दा मलाई दुई मिनेट लाग्यो।

 

२.      गति यतिमा ध्यान दिई पाठको अन्तिम अनुच्छेद सस्वर वाचन गर्नुहोस्

ð  पाठको अन्तिम अनुच्छेदः 

दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान दु: खपेका थिए उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले कल्पनासम्म पनि गर्न सक्तैनौं । स्थापित साहित्यकासमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए उनी जातीय अपमान भेदभावको यस कुरीतिलाई मिल्काउन चाहन्थे जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ भन्ने आन्दोलनका अभियन्ता थिए जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरूलाई सङ्गठित गर्ने काम गरेका थिए यति भएर पनि उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनका रूपमा उभ्याउन सफल भए उनी आफ्ना कृतिगत योगदानका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन्

 

. तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

एउटा मान्छेको जीवनमा १२ वर्ष सारै ठुलो कालखण्ड हो त्यसमाथि पनि सय सङ्घर्ष, अभावै अभावविच वितेको १२ वर्षको कुरा भिन्न हुन्छ आशै आशाको भग्न गोरेटामा घिस्रिरहेको थकित जिन्दगीको मानिसले रोक्न सक्तैन समयको प्रवाहलाई हेलिइरहन्छ त्यसमा चाहेरै वा नचाहेरै समयको क्रूर प्रवाहमा राजधानीमा हलिएपछिका नन्दलालसंग भेट भयो मेरो - वाग्मती किनारको वस्ती शवमूलमा, फराकिला चौरको विचमा बाँसका टेका लगाएर उभ्याइएको एउटा कैच छाप्रामा पाल जस्ता देखिने फाटेका टाट प्लास्टिक तानतुन पारेर उभ्याएको थियो उसको बासस्थान त्यहाँभित्र निस्लोट ज्वरो आएर सुतिरहेको थियो उसको छोरो विष्णु ओखती किन्ने पैसा नभएर नन्दलाल उसकी श्रीमती पवनी रोइरहेका थिए मलाई देखपछि बिरामीले आफ्ना रसिला आँखा उठाएर मतिर हेयो मानौं भनिरहेको थियो, “हामीसंग केही पनि छैन, पैसा खानेकुरा "

(टङ्क उप्रेती: 'नन्दलालको युग' निबन्धबाट

 

() कस्तो खाले बार वर्षको कुरा भिन्नै हुन्छ

=> सङ्घर्षे सङ्घर्ष, अभावै अभावविच वितेको बार वर्षको कुरा भिन्नै हुन्छ

() समयको प्रवाहमा मानिस कसरी हेलिन्छ ?

=> समयको प्रवाहमा मानिस चाहेर वा नचाहेर हेलिरहन्छ।

() प्रस्तुत अनुच्छेदमा नन्दलालको कस्तो अवस्थाको चित्रण

=> प्रस्तत अनुच्छेदमा चरम आर्थिक अभावले बिरामी अवस्थामा पनि उपचार गर्न नपाएको नन्दलालको चित्रण गरिएको

() नन्दलाल पवनी किन रोइरहेका थिए

=> विरामी अवस्थामा आफ्नो छोरो विष्णुलाई औषधि किन्ने पैसा नभएको कारणले नन्दलाल पवनी रोइरहेका थिए

() बिरामीका आँखा रसिला हुनुका दुई ओटा कारण के के हुन् ? ' 

=> विरामीका आँखा रसिला हुनुका दुई आटा. कारणहरू निम्नानुसार छन्

. निस्लोट ज्वरो आउन्

. कमजोर वासस्थान 

लेखाइ

. प्रस्तुत जीवनी पढी तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

 

() रामशरणका पिता किन विदेश गएका थिए

=> परिवारको आर्थिक अवस्था निक्कै दयनीय भएकोले त्यस अवस्थावाट पार पाउन रामशरणका पिता विदेश गएका थिए

() उनको पुख्यौली पेसा के थियो

=> उनको पख्यौली पेसा वादयवादन वजाउने थियो।

() रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो

=> आर्थिक विपन्नताका कारणले रामशरणका लागि पठन पाठन स्वप्नसरि बन्यो।

() उनको रुचि अध्ययनमा कसरी जाग्यो

=> आफ्ना पिताका सङ्कलनमा रहेका पुस्तकले उनको अध्ययनमा रुचि जगाइदियो।

() उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?

=> वाल्यावस्थामा एउटा एउटा रोगले सताउने भएकाले उनको वाल्यावस्थाको स्वास्थ्य नाजुक थियो

() उनकी आमाको निधन कसरी भयो ?

=> अविरल वर्षाका कारण चर्किएको घर भत्कदा घरले चेपेर उनकी आमाको निधन भएको थियो। 

 () वि.सं. २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो

=> आमाका मृत्यु, चरम आर्थिक अभाव भएकै बेला वि.सं. २०२८ सालमा विनाकसुर एकेडेमीको जागिरबाट अवकास हुनु पर्यो

() नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान गर्यो

=> नेपाल एकेडेमीको जागिरले उनलाई कला विभागको सहायक सचिव वाद्य प्रबन्धक बनाउने अवसर प्रदान गयो।

() उनले के कारणले पेसा परिवर्तन गरे

=> वि.सं. २०२५ सालमा आफ्ना महत्त्वपूर्ण वाजा घर भत्कदा पुरिनु २०२८  सालमा विना कारण आफ्नो जागिरबाट अवकास पाउनुले उनले आफ्नो पेसा परिवर्तन गरे।

() युवा पुस्तामा सङ्गीततर्फको रुचि कसरी बढाउन सकिन्छ

=> क्षमता योग्यता अनुसारको काम, दाम पद दिएमा युवा पुस्तामा सङ्गीततर्फको रुचि बढाउन सकिन्छ

 

१२. पाठको बारौं अनुच्छेदबाट मुख्य मुख्य ओटा बँदा टिपी सारांश लेख्नुहोस्  

=> पाठको बारौं अनुच्छेद

अभावै अभावका बिचमा रहेर पनि उनले गरेको योगदानको कदर गर्दै विभिन्न सङ्घसंस्थाले दर्नाललाई सम्मान प्रदान गरेका छन् । उनले डा. अम्बेडकर फेलोसि (सन् १९९०), गोरखा दक्षिणबाहु (२०४९), किराँतेश्वर सङ्गीताश्रम (२०५१), साधना कला सम्मान (२०५२), कलानिधि सङ्गीत सम्मान (२०५३) लगायतका दर्जनभन्दा बढी सम्मान प्राप्त गरेका थिए यिनका अतिरिक्त उनले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार (२०६२), जगदम्बाश्री पुरस्कार (२०६५) लगायतका राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए।

माथिको अनुच्छेदबाट

मुख्य

. अभावै अभावमा पनि दर्नालले विभिन्न क्षेत्रमा योगदान गर्नु,

. उनले गरेको योगदान स्वरूप विभिन्न सङ्घसंस्थाले उनलाई पुरस्कार दिनु,

. कला साहित्यतर्फ दर्जन भन्दा बढी सम्मान प्राप्त गर्नु, राष्ट्रिय पुरस्कार प्राप्त गर्नु,

. दर्नालले सम्मान पुरस्कार दुवै प्राप्त गर्नु,

 

सारांश :

आर्थिक अभावै-अभावमा पनि रामशरण दर्नालले साहित्य कलाका क्षेत्रमा ठूलो योगदान दिएका थिए त्यही योगदान स्वरूप उनलाई विभिन्न सङ्घसंस्थाले सम्मानका साथै राष्ट्रले राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको थियो  

 

. पाठका आधारमा कम्तीमा दस ओटा विशेषण शब्द राखी रामशरणका चारित्रिक विशेषताहरू उल्लेख गर्नुहोस्  

 

=> सबैसँग मिल्ने रामशरण परिश्रमी व्यक्ति थिए आफूमा भएको प्रतिभाकै कारण उनी सङ्गीतका क्षेत्रमा परिचित भए निरन्तर साधना गर्न सक्ने भएकाले उनले यो सफलता पाप्त गरे अरूले जातिय विभेद गरेर हेपे पनि उनले त्यसलाई वास्ता गरेनन् यसरी आफ्नो इमान्दारिता, परिश्रम, मिहिनेत, लगनशील स्वभावका कारण उनी यो स्थानमा पसेका हुन्

 

४.माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरू के के हुन् ? बुंदागत रूपमा लेख्नुहोस्

=> माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरू निम्नानुसार छन् :

- जस्तोस्कै आपत् विपत्मा आत्तिन हुँदैन,

- लगनशीलताले मानिसलाई महान बनाउँछ

- इच्छा शक्ति भने जस्तो अवस्थामा पनि मानिसले सिक्न सक्छ,

- सिर्जना सदा अमर हुन्छ

- जात पेसा भन्दा उसको काम ठूलो हुन्छ

 

. व्याख्या गर्नुहोस्

() मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ। 

 

ð  मादलको तालबाट एकप्रकारको सङ्गीत निस्कन्छ त्यस सङ्गीतले हरेक मानिसलाई छोएको हुन्छ बन्दुक पड्कदा पनि एक प्रकारको आवाज वा सङगीत निस्कन्छ यदि त्यो बन्दुक पड्कदा आवाजै निस्किएन भने त्यसको के अर्थ हुन्छ वा नपड्कने बन्दुकको कुनै अर्थ नै हुँदैन तसर्थ मादलबाट जसरी एउटा आवाज निस्किन्छ त्यो मादल कहलाएको सङ्गीतका क्षेत्रमा त्यसको सम्मान त्यस्तै बन्दुक पड्केन भने बन्दुकको नालको कुनै अस्तित्व रहँदैन

() आखिर मृत्युका अगाडि जीवनको केही लागेन

 

ð  जन्मिएको मानिस एक दिन मर्छ मृत्युलाई कसैले जित्न सकेको छैन मानिस जन्मन्छ, केही समय यस पृथ्वीमा विभिन्न प्रकारका काम गर्छ मर्छ । कतिपय मानिसहरू मरेर पनि जीवित बन्छन्, कतिपय चाहिँ मरेर सधैंलाई मर्छन् त्यसैले हामीले पाएको छोटो समयलाई सदुपयोग गरेर सँधै बाँच्ने कार्य गर्नुपर्छ दर्नालले जीवनमा दु: गरेर पनि सङ्गीत साहित्यका क्षेत्रमा ठूलो योगदान दिए अनि मरेर पनि बाँचिरहे उनको आर्थिक अभावका कारणले उनलाई मृत्युको मुखमा पुयाएरै छाड्यो।

 

() साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थितिर कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ, आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन

 

ð  लेखकले सँधै समाजको प्रदर्शन गर्छ साहित्यले समाज र राष्ट्रको यथार्थतालाई . प्रस्तुत गरेको हुन्छ लेखकले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो धर्म निभाउँछ प्रतिकूल परिस्थितिमा पनि आफ्नो लेखनलाई लेखकले अगाडि बढाउँछ सच्चा लेखकले सत्य तथ्य विषय वा कुरालाई आफ्नो लेखमा उच्च स्थान दिन्छ लेखकले आफ्नो अवस्था, परिस्थिति हेर्दैन तर लेखमा भने आफ्नोलेखलाई उच्च स्थान दिन्छ तसर्थ साँचो अर्थमा लेखक त्यही हो जो जस्तोसुकैपरिस्थिति कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता दिइरहन्छ, आफ्नो लेख्ने कार्यलाई कहिल्यै रोक्दैन।

 

६.निम्न लिखित बँदाका आधारमासाहित्यकार सम' शीर्षकमा एउटा जीवनी रचना गर्नुहोस् :

पहिलो अनुच्छेद - वि.सं. १९५९ को जन्म - जन्म स्थान काठमाडौं - आमा . कीर्तिराज्य लक्ष्मी - बुबा समरसमसेर - वैभवशाली परिवार - दाजु पुष्करसमसेर कमजोर स्वास्थ्यका - दाजुलाई बढी माया गरेकामा वालकृष्णलाई पीडा बोध।

दोस्रो अनुच्छेद - घरैमा पं. तिलमाधव देवकोटाद्वारा शिक्षारम्भ - पछि दरबार हाईस्कुलमा पढेको म्याट्रिकसम्म - त्रिचन्द्र कलेजमा आइ.एस्सी. सम्मको अध्ययन . विचैमा सैनिक बन्नु परेकाले पढाइ अपूर्ण - पछि त्यसै कलेजमा प्राध्यापन

तेस्रो अनुच्छेद - घरैमा रङ्गमञ्च - राणा दरबारमध्ये सबैभन्दा उच्चस्तरको रङ्गमञ्च उनकै घरमा - त्यहाँ नाचगान नाटक प्रदर्शन भइरहने - यसैले नाटकप्रति उनको आकर्षण - दरबार स्कुलमा पढ्दा विदेशी साहित्यकारका रचना पढ्ने अवसर - सोही क्रममा सेक्सपियरका रचना पढेका

- उनकै दुःखान्त नाटकवाट वढी प्रभावित

- नाट्य सम्राट्को उपाधि हासिल गर्न सफल

चौथो अनुच्छेद - नाटक लेख्ने मात्र होइन - अभिनय पनि गर्ने - निर्देशन पनि गर्ने - रङ्गमञ्चको तालिम पनि दिने - त्यसका लागि आवश्यक पर्ने खर्च पनि आफै व्यहोर्ने - नाटकका क्षेत्रमा उनको योगदान नरहेको भए आज नेपाली नाटक रङ्गमञ्चको हैसियत यहाँसम्म नआइपुग्ने ।। 

ð   

'साहित्यकार बालकृष्ण सम'

 

वि.सं. १९५९ सालमा काठमाडौंमा जन्मिएका बालकृष्ण समको वुवाको नाम समरसमसेर हो भने आमाको नाम कीर्तिराज्यलक्ष्मी हो सम्पन्न परिवारमा जन्मिएका वालकृष्णका दाजुको नाम पुष्करसमसेर थियो स्वास्थ्यका दृष्टिले उनको दाजु कमजोर भएकाले उनलाई परिवारको माया वढी थियो दाजुलाई परिवारमा बढी माया गरेकाले वालकृष्णलाई पीडाबोध हुन्थ्यो

वालकृष्ण मम घरमै . तिलमाधव देवकोटाद्वारा शिक्षारम्भ गरेका थिए उनले पछि दरवार हाइस्कुलबाट म्याटिकसम्मको अध्ययन पुरा गरे भने त्रिचन्द्र कलेजवाट उनले आइ.एस्सी सम्मको अध्यन पूरा गरे विचमा नै सैनिक वन्न परेकाले उनले पढाइ पुरा गर्न सकेनन तर हि यसै कलेजमा उनी प्राध पक वने

 

उनका घरमै रङ्ग, थियो राणा दर रम। भाका रङ्गमञ्चमध्ये उनकै घरमा भएको . कृष्ट थियो त्यसमा ना-गान नाटक प्रदर्शन हुन्थ्यो ।घरको वातावरणले पनि उनलाई नाटकप्रति आकर्षण बढायो उनले दरबार स्कुलमा पढ्दा विदेशी साहित्यकारहरूका रचनाहरू पढ्ने अवसर पाएका थिए त्यसैबेला उनले सेक्सपियरका रचना पढी दुःखान्त नाटकबाट बढी प्रभावित भई त्यस्तै खाले नाटक नेपालीमा लेखेका थिए ती नाटकले समलाई नाट्य सम्राटको उपाधि दिलाउन सफल भयो।

उनले आफ्नो समयमा नाटक मात्र लेखेनन् अभिनय गरे रङ्गमञ्चको तालिम पनि दिने गर्थे त्यसरी तालिम दिँदा वा नाटक प्रदर्शन गर्दा लाग्ने सम्पूर्ण खर्च आफै बेहोर्थे यसरी नाटकका क्षेत्रमा उनले योगदान नगरेका भए आज नेपाली नाट्य साहित्य  रङ्गमञ्च यो अवस्थामा आइपुग्दैन थियो

 

. जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डोऱ्याउँछ भन्ने करालाई रामशरण दर्नालको जीवनीका आधारमा विवेचना गर्नुहोस्  

 

हरेक मानिसको जीवनमा एकपटक अवसर आउँछ त्यसलाई उसले सदपयोग गर्न सकेमा महान बन्छ भने त्यसलाई सदुपयोग गर्न सकेन भने पछि पर्छ मानिसले जीवनमा सफलतामा पाउन मिहिनेतको आवश्यकता पर्छ कडा मिहिनेतले मानिसलाई प्रगतिको मार्गमा डोयाउँछ। रामशरण दर्नाल गरिब दलित परिवारमा जन्मिएका थिए । उनले जीवनमा धेरै मिहिने गरेको सङ्गीत क्षेत्रमा अगाडि बढे सङ्गीत क्षेत्रमा गरेको मिहिनेतले उनलाई एकेडेमिकको जागिर मिल्यो केही समय पछि उनको त्यो जागिर पनि छोडन पयो निरन्तरको मिहिनेत लगनशीलताले उनलाई अर्को क्षेत्रमा स्थापित गरायो उनले जीवनमा आएको अवसरलाई सही तरिकाले सदुपयोग गरी लेखन कार्यमा लागे तसर्थ हामीले जीवनमा आएका अवसरहरूलाई कहिल्यै पनि चुकाउन् हुँदैन यदि हामीले समयमा मिहिनेत प्रयत्न गर्ने हो भने जीवनमा ठूलो परिवर्तन हुन सक्छ

 

: तलको सूचीमा भएका शब्दसँग वाक्यमा रेखाङ्कित शब्दको जोडा मिलाउनुहोस्

कमजोर, गरिबी, छुट्टी, प्रतिज्ञा, मुक्त

 ....... () उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था  झन् जर्जर बन्न पुग्यो

........ () यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको ल्कसमेत तिर्न सकेनन्  

उनले अध्ययनमा लाग्ने सङ्कल्प गरे

........ () उनलाई बिना कसुर यो सेवाबाट अवकास दिइयो  

……….() मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ

 

ð  मुक्त :  () उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो गरिबी:  (ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्कसमेत तिर्न    सकेनन्।

प्रतिज्ञा: () उनले अध्ययनमा लाग्ने सङ्कल्प गरे।

छुट्टी :  () उनलाई बिना कसुर यो सेवाबाट अवकास दिइयो।

कमजोर:() मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ।

 

व्याकरण

१.तलका उदाहरण पढेर पद सङ्गति पहिचान गर्नुहोस् :

लिङ्गगत पद सङ्गति - बहिनी विद्यालय गई भाइले कथा पढ्यो  

वचनगत पद सङ्गति - एउटा खसी हरायो दुई ओटा खसी हराए भूकम्प पीडितहरू पालमा बसे।

पुरुषगत पद सङ्गति - विद्यालय जान्छ हामीले हिजोको पत्रिका पढ्यौँ तिमी विहान कति बजे आयौ ? तँ मामाघर जान्छस् कि जाँदैनस् ? मेरी छोरीले फूलबारी गोडी उनका छोराले तरकारी पकायो।

आदरगत पद सङ्गति - आमाले कलेजको काम सिध्याउनुभयो बुबा बैठक सकेर भर्खर आउनुभयो उनी हाम्रा राम्रा विद्यार्थी हुन् तँ पनि त्यस्तै राम्रो हुने प्रयत्न गर बहिनी त्यसै पनि तिमीभन्दा असल छिन्

 

२.तलको अनुच्छेदमा लिङ्गगत, वचनगत, पुरुषगत र आदरगत पद सङ्गति मिलाउनुहोस् :

 

हिजो चक्रपथमा एक्लै हिँडिरहेको थिएँ एकान्त कुनानिर पुग्दा एउटी वृद्ध महिलाले पानी वेचिरहेको थियो त्यही बेला अर्को केटी पनि आयो उसले त्यस महिलालाई सहयोग गर्यो त्यसपछि म चाँडै विद्यालय पुगें आज बिहानै हाम्रो विद्यालयमा थुप्रै मानिस आयो तीमध्ये सबैभन्दा मोटो केटो अगाडि सो। पाले दाइले पनि हत्तपत्त ढोका खोलिदिइन् त्यसपछि सबै मानिस भित्र पस्यो हिजो विद्यालयको एउटा केटो गाडीबाट खसेर घाइते भएछन् त्यसैबेला दस कक्षाका विद्यार्थीहरू पनि आयो उनीहरू सधैं म्याद नाघेपछि मात्रै फाराम बुझाउन आउँछौ तिमी त्यसो गर्दिन होला नि ? बरु तिमीहरू कहिले आउँछस्, पहिल्यै खबर गरिराख् ! सीता तिमीले यी सबैलाई समातेर समयमै ले तँहरूको मलाई पत्यारै छैन विद्यालय गएका बेलामा मेरो ठुलो मामा एकाबिहानै मेरो घरमा आएछ आमा कुकुरलाई डुलाउन निस्केकी थिई । बुबा पनि घरमा थिएन भाइ चाहिँ निदाई राख्नुभएको थियो । आमाभन्दा अघि कुकुर भित्र पस्नुभयो उनले मामालाई देख्नासाथ झम्टिहाले हल्ला 

सुनेर भाइ पनि व्युझनुभयो

ð  हिजो चक्रपथमा एक्लै हिँडिरहेको थिएँ एकान्त कुनानिर पुग्दा एउटी वृद्ध महिलाले पानी बेचिरहेकी थिइन् त्यही बेला अर्को केटो पनि आयो उसले त्यस महिलालाई सहयाग गयो त्यसपछि चाँडै विद्यालय पुगें आज बिहानै हाम्रो विद्यालयमा थुप्रै मानिस आए तीमध्ये सबै भन्दा मोटो केटो अगाडि सर्यो एउटा केटो गाडीबाट खसेर घाइते भएछन् त्यसैबेला दस कक्षाका विद्यार्थीहरू पनि आए उनीहरू सधैं म्याद नाघेपछि मात्रै फाराम बुझाउँन आउँछन् तिमी त्यसो गर्दिनौ होला नि ? बरु तिमीहरू कहिले आउँछौ,पहिल्यै खबर गरिराख सीता तिमीले यी सबैलाई समातेर समयमै ल्याउ तिमीहरूको मलाई पत्यारै छैन विद्यालय गएका बेलामा मेरो ठुलो मामा एकाबिहानै मेरो घरमा आउनु भएछ आमा कुकुरलाई डुलाउन निस्किनु भएको थियो। बुबा पनि घरमा हुनुहुन्नथियो। भाइ चाहिँ निदाई राखेको थियो आमाभन्दा अघि कुकुर भित्र पस्यो उसले मामालाई देख्नासाथ झम्टिहाल्यो हल्ला सुनेर भाइ पनि व्युझियो

 

.पद सङ्गति मिल्ने गरी खाली ठाउँ भर्नुहोस्

() आज कक्षा नौका केटाहरूले कथा ......

=> आज कक्षा नौका केटाहरूले कथा भने

() फुर्बा तामाङ कक्षाकार्य गर्नमा निपुर्ण 

=>फुर्बा तामाङ कक्षाकार्य गर्नमा निपूर्ण छन्

() ...... जति सबैले परीक्षा बिगारेछन् । 

=> केटाजति सबैले परीक्षा बिगारेछन्

() ...... ले बहिनीलाई भात खुवाई।

=> केटीले बहिनीलाई भात खुवाई।

() ...... फुटबल खेल्दै छन्  

=> केटाहरू फुटबल खेल्दै छन्

 

३.      उपर्युक्त पद सङ्गति मिलाई आफ्नो परिवारको बयान गर्नुहोस्

ð  मेरो नाम आयुष खनाल हो । कक्षा मा पढ्छु मेरो परिवारमा जना हुनुहुन्छ आमा, ठुलोबुबा, ठुलोममी, बाबा, ममी, बहिनी गरी हामी जना छौं ठुलो बुबा ठुलोममी भोजपुरमा बस्नुहुन्छ वहाँहरू दुवैजना विद्यालयमा पढाउनु हुन्छ मेरो ममी बाबा पनि शिक्षक नै हुनुहुन्छ आमा बेलबारीमा बस्नुहुन्छ हामी बाबा ममी बहिनी म चाहिँ इटहरीमा बस्छौँ म पाथिभरा इङ्लिस बोर्डिङ स्कुलमा पढ्छु

 

परियोजना कार्य

() नेपालको पर्यटन विकासको सम्भावनाबारे विभिन्न स्रोतबाट सामग्री सङ्कलन गर्नुहोस् प्राप्त सामग्रीका आधारमा नेपालको पर्यटन प्रवर्द्धनको सम्भावनाका बारेमा लिङ्ग, वचन, पुरुष आदरसमेत प्रयोग गरी आलेख तयार गर्नुहोस्

 => सामग्री सङ्कलन

- प्राकृतिक सम्पदाको धनी मुलुक

- बाटोघाटोको अभाव

-पर्यटकहरूलाई बस्ने वासस्थानको अभाव

-पहाडी भुभागमा पाइने वन्यजन्तु संसारमा नपाइनु

-खोला, नाला, झरना, वनजङ्गल, डाँडा, हिमाललाई विकास गर्न सरकारले प्रष नीति ल्याउनु,

-जनतालाई पनि सहयोग मागी आफ्नै स्रोत साधनको प्रयोग गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नु,

 

नेपाल प्राकृतिक सम्पदाको धनी राष्ट्र हो । यहाँ कृत्रिमता कम । नेपालमा प्रसस्त पर्यटन विकासको सम्भावना छ । नेपालमा प्राकृतिक सुन्दरता भए पनि यसलाई सह तरिकाले सदुपयोग गर्न सकिएको छैन नेपालमा पर्यटन व्यवसायलाई आम्दानी स्रोत वनाउने हो भने नेपाल समृद्धिको वाटोमा अगाडि बढ्छ नेपालमा रहेक प्राकृतिक सम्पदालाई उजागर गर्न वाटोघाटो, होटल आदिको व्यवस्था गर्न जरुरी छ। नेपालमा पाइने कतिपय वन्यजन्तुहरू संसारका कुनै पनि कुनामा पाइँदैन नेपालम पाइने सुन्दर कृतिम वस्तुहरूले पर्यटकहरूलाई आकर्षित गर्छ नेपालमा त्यस्ता धे पर्यटकीय स्थलहरूको सम्भावना नेपालमा नेपालले त्यसलाई सदुपयोग गर्न सकेमा 

पर्यटन व्यवसाय राम्ररी फस्टाउँथ्यो

 

() कुनै ऐतिहासिक व्यक्ति वा घटनासँग सम्बन्धित बँदाहरू सङ्कलन गर्नुहोस् तिनका आधारमा आलेख तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस्

- नाम : फ्लोरेन्स नाइटिङ्गेल 

           : सन् १८२० मे २५ इटलीको फ्लोरेन्स सहर

  पिता माता : विलियम फेनी स्मिथ

                      - पितासंग भापा, इतिहास, दर्शन, गणित आदिको अध्ययन 

                      -विरामी कुकुरलाई उपचार गरी निको बनाएपछि प्राणीको सेवाम रमाउने प्रेरणा

                      - नर्स वन्ने इच्छा नर्मलाई हेर्ने दृष्टिकोण नराम्रो

                      - परिवारको धारणा परिवर्तन गर्न सफल

                      - नर्म पेसालाई मर्यादित अनुकरणीय वनाउन सफल, ९० वर्षक उमरमा सन् १९१० मा निधन ।फ्लोरन्स नाइटिङ्गलको जन्म सन् १८२० मे २५ का दिन इटलीको फ्लोरेन्स सहरमा भएको थियो उनका पिताको नाम विलियम माताको नाम फेनी स्मिथ थियो उनले आफ्नै पितासंग भापा, इतिहास, दर्शन, गणित आदिको अध्ययन गरेकी थिइन् उनलाई एकपटक विरामी कुकुरलाई उपचार गरी निको बनाएपछि प्राणीको सेवामा रमाउने प्रेरणा मिल्यो त्यसपछि उनमा नर्स वन्ने इच्छा जाग्यो त्यतिखेर नर्सलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । तर उनले आफ्नो परिवारको धारणा परिवर्तन गर्न सफल भइन् उनले नर्स पेसालाई मर्यादित अनुकरणीय वनाउन सफल भइन् । यसरी नर्स पेसामा लामो समयसम्म संलग्न नाइटिङ्गेलको ९० वर्षको उमेरमा निधन भयो 

 

 

2 comments:

Note: Only a member of this blog may post a comment.

 
close