म को हुँ ?


 


 We have shifted all our notes to our new website

 Click here to View
















 We have shifted all our notes to our new website

 Click here to View




पाठ ४

  म को हुँ ?

- सुधा त्रिपाठी 

शब्दार्थ 

भाव              :            आशय                                                         लघार्नु         :      छोटो समय

प्रतीक्षा          :            पर्खाइ                                                          धैर्य            :      नआत्तिने गण

उन्मुक्त        :            स्वन्त्र                                                          शुष्क          :      सुक्खा

रुष्ट              :            रिसाएको                                                     एकाकार      :       एउटै

प्रपञ्च           :            जाँचौपाँचो                                                   निर्भीक        :      निडर

स्वाभिमान    :            आत्म सम्मान                                             पितृभाव     :       पितामा हुने भावना

विराजमान    :            रहेशोभायमान                                              अर्पण         :       श्रद्धापूर्वक दिने काम

क्रन्दन          :             रुवाइ                                                          सहृदयी       :      दयालु

नित्य            :           सधैंको                                                          निश्छल      :     छलछाम नभएको 

निष्कपट      :       कपट नभएको                                                    स्निग्ध       :     सकामल, मायालु, सुमधुर

विस्मित       :       आश्चर्यमा परेको                                               पुलकित      :      रमाएको 

उल्लास        :       खुसी                                                                 दुःखान्तक  :      दु:खमा टुङ्गिएको

सुखान्तक    :       सुखमा टुङ्गिएको                                              अक्षय कोष :      नमासिने ढुकुटी  

पाँजेर           :       टम्म मिलाएर                                                    परोक्ष         :    अप्रत्यक्ष 

चतुर्थांश       :       चार भागको एक भाग                                       स्मृतिपुञ्ज :    सम्झनाको सँगालो 

 

। अन्यास ।

सुनाइ 

. 

१.      निबन्धको पाँचौ अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् :

 

पाँचौं अनुच्छेदः

चोर्न पाएँ भनेर मैले जे पायो त्यही चोर्ने हो र ! त्यसभित्रको गाँठी कुरा चाहिं चोर्छ । जम्नो: वगैंचामा जान्छु, फुलहरूलाई आँखा र मनहरूले स्पर्श गर्छ । उसको मुस्कान चार्छ, आंसु चार्छ । 'जीवन क्षणिक छ, यस क्षणिकतामा म सन्तुष्ट छैन' भन्दै फुलले मुन्टा हल्लाउँदा फुलवाट क्षणिकताको भाव चोर्छ । वादललाई हरेक उसको गम्भीरता चार्छ । कहिलेकाहीँ त वादल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ, झिलिल्ल पार्दै अगुल्टो फ़यांक्छ । उसको गाली र रिसमा सम्पूर्ण सृष्टि लहलहाउने सिर्जनात्मकता लुकका हुन्छ । जीवनका लागि त्यस्तो सकारात्मक गाली र रिस आवश्यक हुने भएकाल म तिनका भाव चार्छ । अनि केही सिप नलागर वादल कहिले संक्क सँक्क त कहिले डाँको छाडेर रुन थाल्छ । म उसको त्यस आसको इतिहास चोरेर खुसुक्क भाग्छु । कहिल्यै नगल्ने र नथाक्ने पहाडहरूलाई हेरेर तिनीहरूको प्रतीक्षाभित्रको धैर्यको भाव चोर्छ । हिउँदमा पात झरेर नाङ्गै भएका रुखहरूमा वसन्तमा पालुवा पलाएको देखेर तिनीहरूबाट नव जीवनको भाव चोर्छ सल्लाघारीका सुसाइहरूबाट छटपटी र नि:श्वासका भाव चोर्छ । पहिराहरूबाट भित्रभित्रै उकुसमुकुस भइरहेको पहाडको चोटको भाव चोर्छ, नदीनालाबाट सङ्गीत चोर्छ । जीवनमा हिंस्रकता उखेल्नका लागि हिंसकताकै खाँचो हुन्छ । यसैले हिंसक पशुहरूका जीवनबाट हिंस्रकता चोर्छ । चरा चुरुङ्गीका चिरीविरीबाट उनीहरूका जीवनको कथा चोर्छ, उन्मुक्तता चोर्छ । शुष्क प्रकृतिबाट निरसता चोर्छ, हराभरा वासन्ती प्रकृतिबाट उत्साह चोर्छ ।

(क) फुलबाट क्षणिकताको भाव चोरिन्छ । 

=> ठिक ।

(ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । 

=> बेठिक ।

(ग) सल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ। 

=> बेठिक ।

(घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । 

=> ठिक।

 

२.      निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् :

 

अन्तिम अनुच्छेद :

कुरा के भने नि । मैले आफ्ना चोरीका मालहरू साहित्यका माध्यमबाट सबैलाई वाड्ने गरेकी छु । ऊ । ऊ ! मुस्कुराउनुभो होइन त ? मैले भनेकी थिएँ नि ! एकातिर वाट चोयो, अर्कातिर थुपार्यो गँड्यौला जस्तै भइनँ त म ? तर म सारै द:खी छ । किन भने नि ! नचोर्न चोरिसकेपछि अर्कैतिर नै भए पनि चोरीका सबै कुरा थपार्न सके त वेसै थियो । तीमध्ये कति मेरा आफ्ना मनका भावसँग मिलेर जड हुन्छन, कति परस्पर विरोधी भावहरूसँग मिलेर विलुप्त हुन्छन्, कति चाहिँ साहित्यरूपी ढकटीमा पुयाएर खन्याउँदा खन्याउदै यताउता पोखिएर खेर जान्छन् । मुस्किलले एक चतांश भाव मात्र ढुकुटीमा जम्मा हुन पुग्छन् । त्यति यत्नले सँगालेको स्मृतिपुञ्ज एकचोटि लेखिसकेपछि त्यसै त्यसै विस्मृत बन्न पुग्छ। अर्को स्मृति नसँगालिन्जेल चाहिँ बस उही मनको रिक्तता मात्रै ! यसैले त म साहित्यकार बन्न पनि अरूका हृदयको भाव चोर्न परेन र ? मित्र ! अब तपाई पनि मैले मैं खुला हृदयले भन्नुहोस् त तपाईंले मेरो कस्तो मूल्याङ्कन गर्नुभयो ?

(क) चोरीको माल बाँड्ने माध्यक के हो ? 

=> " चोरीको माल बाँड्ने माध्यम साहित्य हो ।

(ख) चोरीको कति भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ ? 

=> चोरीका एक चतुर्थांश भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ।

(ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? 

=> लेखकले चारको चोरी, चोरी होइन त्यो त साधना हो । तसर्थ लेखकले गर्ने भनेको चोरी टिक हो। 

३.तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् :

 

सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्रभावकारी हुन्छ । पत्र पत्रिका, टेलिभिजन, चलचित्र सबैमा पुरुष र महिलाको भूमिकाको वर्णन पाइन्छ । यिनले महिला र पुरुषको समान भूमिकाको वर्णन गार्जिन । चालिस वर्षअघिसम्म संसारमा यो अवस्था थिएन । सुरुमा महिलालाई छोराछोरी हर घरको काम गर्ने भूमिका दिइन्थ्यो । आमाले घर बस्ने र बावुले वाहिर गएर काम गर्ने परम्परागत प्रस्तुति अहिले पनि टेलिभिजन र चलचित्रमा देखिन्छ । यस्तो प्रस्तुतिले समाजमा लैगिक असमानतालाई कायम राख्छ । मान्छेको लैङ्गिक भिन्नता शारीरिक मात्र हो । सामाजिक सांस्कृतिक भूमिकामा महिला पुरुष समान हुन् । पूर्ण र न्यायपूर्ण समाजको स्थापनाका लागि पुरुष महिलामा सम व्यवहार आवश्यक छ।

 

(क) महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्यम कुन कुन हुन् ? 

=> महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्यम पत्रपत्रिका, टेलिभिजन र चलचित्र हुन् ।

(ख) सरुमा महिला र पुरुषलाई कसरी हेरिन्थ्यो । 

=> सरुमा महिलालाई छोराछोरी हेर्ने, घरको काम गर्ने र घरमै बस्ने मानिसको रूपमा हेरिन्थ्यो भने पुरुषलाई घरबाहिर गई काम गर्ने कमाउने मानिसका रूपमा हेरिन्थ्यो ।

(ग) लैङ्गिक न्याय किन आवश्यक छ ? 

=> समाजमा समानताका लागि वा न्यायपूर्ण समाजको स्थापनाका लागि लैङ्गिक न्याय आवश्यक छ।

(घ) यस अनुच्छेदको मुख्य सन्देश के हो ?

=> यस अनुच्छेदको मुख्य सन्देश न्यायपूर्ण समाजका लागि पुरुष र महिला बराबर हुनुपर्छ भन्ने हो।

 

४. पाठको चौधौं अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।

 ð  पाठको चौधौँ अनुच्छेद : 

यति सबै भइसकेर पनि स्वयम्लाई यसो छामी हेर्छ तर रिक्तता सिवाय केही पाउँदिनँ । जति नै चोरी गरे पनि आफू त कङ्गालको कङ्गाल नै । ल, त्यसरी किन हाँस्नु भएको ? नपत्याएर होला । अघि पनि त तपाईंले मैले आफूलाई चोर भनेर घोषणा गर्दा पत्याउनुभएको थिएन नि ! मैले सबै कुरा भनेपछि यो कुरा पनि तपाई अवश्य पत्याउनुहुन्छ । अँ त, सुन्नुहोस्, आफ्ना भावनालाई अक्षय कोषका रूपमा मनभित्रै पाँजेर राखेकी थिएँ । अन्यत्रबाट चोरिएका भावहरू रित्तिएपछि आफ्ना भावको भोग चलन गर्ने सुर थियो । पुछारमा आफ्ना भाव र त्यसैमाथि अन्यत्रबाट चोरिएका भावहरू थुपार्ने गरेकी थिएँ । ती चोरिएका भावले थिच्दाथिच्दा आफ्ना भाव त जम्मै पानी परेको सिमेन्ट झै जमिसकेछन् । कुनै दिन चोरी गर्ने इच्छा मयो भने त म ठुलो नदीका बिचको विशाल पत्थर सरह शुष्क हुन के बर । होइन त ?

 

बोलाइ

 १. तलका शब्दहरूको ठिक उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी उच्चारण गरिएको कुरा लेख्नुहोस् : जस्तैः जीवन जिबन, आज्ञाकारी/ आग्ग्याँकारि

क्षणिक, खुल्दुली, सहृदयी, प्रतीक्षा, अभीष्ट, रिक्तता, स्मृतिपुञ्ज, मूल्याङ्कन स्निग्ध, विस्मृत 

ð  क्षणिक          -      छयणिक                                                                    खुल्दुली    -    खुल्दुलि

सहृदयी         -      सहृदयि                                                                       प्रतीक्षा     -     प्रतिछया  

अभीष्ट         -      अभिस्ट                                                                       रिक्तता   -     रिकतता

स्मृतिपुञ्ज   -      स्मृतिपुन्ज                                                             मूल्याङ्कन  - मुल्याङ्कन्

स्निग्ध         -       स्निग्ध                                                                      विस्मृत     -    विस्मृत्

 

३.       निबन्धमा लेखकले केका लागि किन चोरी गर्ने विचार बनाएकी हुन् भन्ने बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।

 ð  निवन्धमा लेखकले पशुभन्दा अलि माथि उठेर वाँच्नका लागि चोरी गर्ने विचार बनाएकी रहिछन् । प्रकृतिमा रहेका प्रत्येक वस्तुसँग केही न केही चिज रहेछ । ती सबै चिजलाई मानिसले प्रयोगमा ल्याउन सक्ने हो भने मानिस मरेर पनि बाँच्दो रहेछ । घरका आमावाबासँग झनै वढी चिज चोरिँदो रहेछ । गरिव दु:खीका पीडा चोरिदो रहेछ । चरावाट शैली चोरिँदो रहेछ । यसरी चोरी गरेका सम्पूर्ण वस्तुहरू साहित्यका माध्यमवाट वाँड्नलाई लेखकले चोरी गर्ने विचार गरेकी रहिछिन् भन्ने निष्कर्ष हामीले समूहमा छलफल गरी निकाल्यौं र कक्षामा प्रस्तुत गयौँ । 

 

४.       मनिला र प्रवेश एउटा पुस्तक पसलमा भेट हुन्छन् । कस्तो पुस्तक पढ्ने भन्ने बारेमा उनीहरूका विच हुने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस् ।

ð  मनिला र प्रवेश कक्षा ९ का विद्यार्थी हुन् । आज उनीहरू एउटा पसल अगाडि वमिरहेका छन् । उनीहरू दुवै कस्तो पुस्तक पढ्ने भन्ने विषयमा छलफल गर्दैछन्):

 

मनिला : प्रवेश यो विदामा कस्तो पुस्तक पढ्ने हो ?

प्रवेश : यस पटकको विदामा अलि भिन्न खालको ज्ञानवर्द्धक पुस्तक पढौँ न ।

मनिला : कस्तो ज्ञानवर्धक भनेको नि ?

प्रवेश : साहित्यकारको जीवनी पढौं न ।

मनिला : कम्ता साहित्यका हौ ?

प्रवेश : महिला साहित्यकार, जसले नेपाली तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका छन ।

मनिला : एनी चाहिं को को हुन् त ?

प्रवेश : पारिजात, 'झमक घिमिरे, सुधा त्रिपाठी आदि । मनिला : सुधा त्रिपाठी त हामीले पढ्ने नेपाली पुस्तकको लेखक तथा सम्पादक होइन र ! 

प्रवेश : हो त नि ।

मनिला : आहा कस्तो राम्रो, ल पसलमा सोधौँ र किनौँ अनि पढिहालौँ ।' 

(यति छलफल पछि उनीहरू दुवै जना पसलतर्फ लाग्छन् ।)

 

४. तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ? आफ्ना बारेमा बँदा बनाउनुहोस् र कक्षामा 

प्रस्तुत गर्नुहोस् ।

 

ð  नाम                               :                        मधेशा खनाल

जन्म                             :                       २०५८ साल चैत्र १५ गते

जन्मस्थान                   :                       बेलबारी-४, मोरङ

पिता                              :                       आयुप खनाल

माता                              :                       गोमा सुवेदी

अध्ययन                        :                      ९ कक्षामा अध्ययनरत

विद्यालय                      :                     श्री जनता उच्च मा.वि. मधेशा 

पारिवारिक अवस्था      :                      मध्यम वर्गीय    

बावुआमाको पेसा           :                      शिक्षण  

विशेषता                         :                      मिलनसार, अध्ययनमा अब्बल, आमावावुको एक्लो छोरो, कक्षामा       

                                                              प्रथम

आभाप खनाल वि.सं. २०५८ साल चैत्र १५ गते बेलवारी ४ मोरङमा जन्मिएको हो । उनको पिताको नाम आयुप खनाल हो भने माताको नाम गोमा सुवेदी हो । आयप र गोमा दुवै विद्यालयमा पढाउँछन् । आभाष श्री जनता उ.मा.वि. मधेशामा कक्षा ९ मा पढ्छ । उसको पारिवारिक अवस्था. मध्यम खालको छ । ऊ अत्यन्त मिलनसार र पढाइमा अव्वल छ । राम्रो पढाइ भएकै कारण ऊ कक्षामा सदा प्रथम हुन्छ । ऊ वावुआमाको एक्लो छोरो हो । सदा ऊ कक्षामा प्रथम हुन्छ ।

 

पढाइ

१.       चौथो र पाँचौँ अनुच्छेदलाई सस्वर वाचन गर्नुहोस् र ती अनुच्छेद पढ्न तपाईलाई कति समय लाग्यो, शिक्षकलाई सोध्नुहोस् ।

 

चौथो अनुच्छेद : 

वल्ल अव चाहिँ अलिकति खुसी लाग्यो मलाई, किनभने अव तपाईंले मेरा का अलिकति पत्याउन थालेको भाव तपाईंको अनुहारमा देखा पर्न थालेको छ । विन्ती, त्यस भावलाई. वलेको दियो मैं अझ उकास्नुहोस् । पख्नुहोस्, तपाईंलाई म पनि सघाउछ । तपाईंको मनमा मैले के के चोर भन्ने खुल्दुली जागे जस्तो छ । धैर्य गर्नुहोस्, म भ्याएजति कुराहरू तपाईंलाई सुनाउँछ तर तपाई फुर्सदी पो हुनुहुन्छ के ? भैगो, तपाईको फुर्सदले जति थेग्न सक्छ, त्यति मात्रै स्नाउँछ । लौ हेर, किन त्यति विधि चञ्चल हुनुभएको ? सासलाई किन त्यति छिटो तान्दै छाड्दै गर्नुभएको ? म अहिले तपाईलाई केही सुनाउदै नसुनाई भागें भने नि ? ए, लघार्ने पो ! भइहाल्यो, अब तपाईलाई दुःख दिन्नं तर मैले वोल्दावोल्दै बिचमा कुनै प्रश्न नगर्नुहोला । सोधे पनि मैले सबै कुरा बताइसके पछि मात्र सोध्नुहोला। .

 

 

 

 

पाँचौँ अनुच्छेद : 

चोर्न पाएँ भनेर मैले जे पायो त्यही चोर्ने हो र ? त्यसभित्रको गाँठी कुरा चाहि चोर्छ । जस्तो: बगैंचामा जान्छु, फुलहरूलाई आँखा र मनहरूले स्पर्श गर्छ । उसको मुस्कान चोर्छ, आँसु चोर्छ । 'जीवन क्षणिक छ, यस क्षणिकतामा म सन्तुष्ट छैन' भन्दै फुलले मुन्टो हल्लाउँदा फुलबाट क्षणिकताको भाव चोर्छ । बादललाई हेरेर उसको गम्भीरता चोर्छ । कहिलेकाहीँ त बादल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ, झिलिल्ल पार्दै अगुल्टो फ्याँक्छ । उसको गाली र रिसमा सम्पूर्ण सृष्टि लहलहाउने सिर्जनात्मकता लुकेको हुन्छ । जीवनका लागि त्यस्तो सकारात्मक गाली र रिस आवश्यक हुने भएकाले म तिनको भाव चोर्छ । अनि केही सिप नलागेर बादल कहिले सुँक्क सुँक्क त कहिले डाँको छाडेर रुन थाल्छ । म उसको त्यस आँसुको इतिहास चोरेर खुसुक्क भाग्छु । कहिल्यै नगल्ने र नथाक्ने पहाडहरूलाई हेरेर तिनीहरूको प्रतिक्षाभित्रको धैर्यको भाव चोर्छ । हिउँदमा पात झरेर नाङ्गै भएका रुखहरूमा वसन्तमा पालुवा पलाएको दे खेर तिनीहरूबाट नव जीवनको भाव चोर्छ सल्लाघारीका सुसाइहरूबाट छटपटी र नि:श्वासका भाव चोर्छ । पहिराहरूबाट भित्रभित्रै उकुसमुकुस भइरहेको पहाडको चोटको भाव चोर्छ, नदीनालाबाट सङ्गीत चोर्छ । जीवनमा हिंस्रकता उखेल्नका लागि हिंसकताकै खाँचो हुन्छ । यसैले हिंस्रक पशुहरूका जीवनबाट हिंस्रकता चोर्छ । चरा चुरुङ्गीका चिरीबिरीबाट उनीहरूका जीवनको कथा चोर्छ, उन्मुक्तता चोर्छ । शुष्क प्रकृतिबाट निरसता चोर्छ, हराभरा वासन्ती प्रकृतिबाट उत्साह चोर्छ । 

यी दुई अनुच्छेद पढ्न मलाई आठ मिनेट लाग्यो ।

 

२.       पाठ पढेपछि लेखक कस्तो खालकी चोर हुन् भन्ने कुरा अनुमान गर्नुभयो, लेख्नुहोस् । 

 

ð  लेखक प्रकृति, मानव, चराचुरुङ्गी आदिबाट लेखकले राम्रा कुरा चोरेकी रहिछिन् । उनले चोरेका कुराहरू त चोरीका सामान होइनन् त्यो त साधना हो । जो कोहीले त्यसखाले सामान चोर्न सक्दैनन् । उनले चोरेको देखेर मलाई पनि चोर्न मन लाग्यो। यो पाठ पढेपछि लेखक मेहनत गर्ने साधक जस्तो लाग्यो ।

 

३.       'म को हूँ' निबन्ध पढी यसका सबै विषयलाई समेट्ने गरी समूहमा पाँच ओटा प्रश्न निर्माण गर्नुहोस् र शिक्षकलाई देखाउनुहोस् ।

पाँच समूहलाई पाँच प्रश्नहरू: 

१. लेखकले फुल, बादल, सल्लाघारी, पहिरो र नदीनालाबाट र चराचुरुङ्गीबाट के के चोरिन् ?

२. आमा र बुवाबाट लेखकले के के चोरिन् ?

३. दु:खी र पीडित मानिसबाट लेखकले के के चोरिन् ?

४. बालबालिकाबाट लेखकले के चोरेकी छिन् ?

५. साहित्यबाट लेखकले के चोरेकी छिन् ? . 

 

४. उक्त प्रश्नको उत्तर पनि तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

ð  १. लेखकले फुल, बादल, सल्लाघारी, पहिरो र नदीनालाबाट र चराचुरुङ्गीबाट के के चोरिन् ? ले

ð  खकले फुलबाट मुस्कान, आँसु, बादलबाट गम्भीरुता र सकारात्मक गाली, सल्लाघारीबाट छटपटी र नि:श्वास पहिरोबाट उकुस मुकुस भएको पहाडको चोट, नदीनालाबाट सङ्गीत र चराचुरुङ्गीबाट उनीहरूको जीवनको कथा चोरेकी छिन् ।

 

२.       आमा र बुबाबाट लेखकले के के चोरिन् ?

ð  लेखकले आमाबाट आमाभव, सन्तान वियोगको पीडा संसारलाई हेर्ने भाव. लैङ्गिक समानताका कुरा चोरिन भने बुबाबाट निर्भीकता, स्वाभिमान र पितृभाव चोरिन्।

 

३.       दुःखी र पीडित मानिसबाट लेखकले के के चोरिन् ?

ð  दःखी र पीडित मानिसबाट लेखकले उनीहरूको पीडा, क्रन्दन, रुवाइ र कुण्ठाको भाव चोरिन् ।

 

४.       बालबालिकाबाट लेखकले के चोरेकी छिन् ?

       => बालबालिकाबाट लेखकले निच्छलता, निष्कपट, पवित्र स्निग्ध माया चोरेकी छिन ।

 

५.       साहित्यबाट लेखकले के चोरेकी छिन् ?

=> साहित्यबाट लेखकले दुःखान्त वा सुखान्त र आनन्दको भाव चोरेकी छिन् ।

 

 

लेखाइ

 

१. निबन्धको सातौँ अनुच्छेदबाट मुख्य मुख्य पाँच बँदा टिपी सारांश लेख्नुहोस् । 

=> साँतौ अनुच्छेद : 

मैले आजसम्म सबभन्दा बढी चोरी आमाबाटै गरेकी छ । मेरा निम्ति जगतभरकै आमाहरू मेरी आमामा आएर एकाकार भएका छन् । मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् । यसैले त मैले आमाको विभिन्न मित्र बनेर उनीबाट आमा भाव चोरें । सन्तान वियोगको पीडा पनि मेरी आफ्नै आमाबाट चोरें । मेरी दृष्टि हुन आमा, संसारलाई हेर्ने भाव पनि उनैबाट चोरें । उनी छोरालाई पनि कम माया गर्दिनन् । छोरीलाई अझै बढी माया नगरी नहुने ठान्छिन् । छोरीले कँजिएका पखेटालाई क्रियाशील नबनाई नहुने भन्ने पवित्र भाव पनि मैले उनैबाट चोरें । समाजले सिर्जिएका छोरी जातका लैङ्गिक विषमताले रन्थनिएका उनका भाव चोरें । खै, उनीबाट त के के चोर के के।

बँदाहरू:

१. लेखकले सबैभन्दा बढी चोरी आमाबाट गर्नु,

२. संसारलाई हेर्ने भाव आमाबाट चोर्नु, 

३. छोराछोरी दुवैलाई समान आँखाले हेर्ने दृष्टि चोर्नु,

४. छोरी सक्रिय हुनुपर्छ भन्ने भाव आमाबाट चोर्नु,

५. छोरीलाई विभेद गर्ने समाजको विरोध गर्ने भाव आमाबाट चोर्नु,

 

सारांश : लेखकले सवैभन्दा बढी चोरी आमाबाट गरेकी छिन् । उनले आमावाट संसारलाई हेर्ने भाव, छोराछोरी दुवै समान हुन् भन्ने भाव, छोरी आफै सक्रिय हुनुपर्छ भन्ने भाव विभेदकारी नीतिको विरोध गर्ने भाव सिकिन् । 

जम्मा शब्द सङ्ख्या                       = ९०

सारांश गर्नुपर्ने शब्द यङ्ख्या           = ३० 

सारांश गरिएको शब्द                       = ३१

 

२. निबन्धका मुख्य मुख्य सन्देशका बारेमा विवेचना गर्नुहोस् । 

 

ð  'म को हँ ?' निबन्ध सधा त्रपाठीले लेखेको हो । उनले यस निबन्धमा चोरको प्रसङ्ग उठाएकी छिन् । उनले प्रत्यक पल केही न केही चिजबाट नयाँ कुरो चोरेको प्रसङ्ग । उठाएकी छिन् । उनले प्रकृतिका हरेक चिज, बाआमा, चराचुरुङ्गी, मानिस आदिबाट केही न केही चोरेको प्रसङ्ग उठाएकी छिन् । उनले मानिस भएपछि प्रकृतिबाट धेरै कुरा सिक्न छ भन्ने सन्देश दिएकी छिन् । मानिस चेतनशील प्राणी हो । अरू प्राणीभन्दा भिन्न विवेक भएको प्राणी नै मानिसं हो ऊ अरू प्राणी जस्तै भएर मात्र किन बाँच्ने भन्ने प्रसङ्ग लेखकले उठाएकी छिन् । एक मुठी सास जोगाउन त पशुले पनि जानेको छ भन्दै मानिसले त त्यो भन्दा बढी भिन्न जीवन ... न त भन्ने भावलाई निबन्धकारले व्यक्त गरेकी छिन् । - द. बाँच्न लेखकले प्रकृति, चराचुरुङ्गी, आमाबुबा, दु:खी पीडित मानिस 11|दवाट केही न केही चोरेको प्रसङ्ग उठाएकी छिन् । उनले फुलवाट मुस्कान, आँसु क्षणिकता, बादलवाट गम्भीरता, सकारात्मक गाली, पहाडबाट नथाक्ने, नगल्ने । धैर्य, सल्लाधारीवाट छटपटी र विश्वास, पहिरोबाट भित्र उकुस मुकुस भाव, नदीबार सगीत, चराचुरुङ्गीबाट उनीहरूका कथा उत्सुकता प्रकृतिवाट हराभरा चोई भनी लेखकले भनेकी छिन् । आमाबुबावाट त झन् लेखक़ले सबैभन्दा वढी चोरेक छिन् । आमावाट उनले आमाभाव, माया, ममता, सन्तान पीडाको बोध, संसारलाई हेर्ने ममान 'भाव, लैगिक समानताको भाव, छोरीले सङ्घर्ष गर्नैपर्छ भन्ने भाव चोरेक छिन् भने वावबाट सघर्प, निर्भिकता, स्वाभिमान जस्ता कुराहरू चोरेकी छिन् । त्यस्तै आफन्तबाट पनि उनले विभिन्न भाव चोरेकी छिन् । त्यस्तै उनले दु:खी मानिसबार पीडा, क्रन्दन चोरेकी छिन् । उनले साहित्यवाट दुःखान्तक वा सुखान्तक भाव चोरेकी छिन् । उनले दन्त्यकथावाट उपमा चोरेकी छिन् । यसरी सबैतिरबाट चोरेक भावहरू उनी साहित्यका माध्यमवाट व्यक्त गर्छिन् ।

यसरी मानिसले जीवनभरि केही न केही, कोही न कोहीबाट सिक्नै पर्छ । मानिसले प्रकृतिवाट कति धेरै कुरा सिक्न सक्छ तर मानिसले त्यसलाई त्यति वास्ता गर्दैन । सान भन्दा साना कुराबाट पनि मानिसले धेरै कुरा सिक्न सक्छ भन्ने आसयलाई निवन्धकारले यस निबन्धमा व्यक्त गरेकी छिन् ।

 

३. व्याख्या गर्नुहोस् । 

(क) प्रकृति त प्रकृति नै भयो, उसलाई कसले चाहिँ चोरेको, ठगेको, लुटेको छैन र ?

 

ð  संसारमा प्रकतिभन्दा ठलो केही छैन । मानिस पनि प्रकृति कै एउटा सानो अंश हो । प्रकृतिमा अथाहा चिज वा वस्तु छन् । हामीले त्यसबाट धेरै कुरा सिक्नु पर्छ । प्रकृतिमा भएका वस्तुवाट मानिसले नयाँ जीवनका रहस्यहरू पत्ता लगाउन सक्छ । प्रकृतिमा विभिन्न प्रकारका बोटविरुवा, खोलानाला, जनावर छन् ती प्रत्ये कबाट हामी मानवले धेरै कुरा सिकेर जीवनलाई सहज बनाउन सक्छौँ । मानिसले प्रकृतिसँग जति जे लिए वा चोरे पनि त्यहाँबाट केही सकिदैन । जो जो मानिसले जे जे चोरे पनि हुन्छ । जो सँग जति दिद र विवेक हुन्छ उसले प्रकतिबाट त्यति नै चोर्न सक्छ । तसर्थ हामीले पनि जीवनलाई सहज बनाउन प्रकृतिबाट थुप्रै चिज चोर्नुपर्छ ।

 

(ख) आमाबाबाबाहेक मेरो अर्को ईश्वर छैन ।

 

ð  आमावावुकै कारण हामीले यो संसार देखेका हौँ । वालबालिकाको पहिलो पाठशाला नै घर हो र पहिलो शिक्षक नै वाबुआमा हुन् । वालवालिकाले हरेक कुरा सिक्ने सुरुवात आफ्नै बावुआमाबाट हुन्छ । वाबुआमाले आफ्ना छोरा छोरीलाई जस्तोसुकै असहज परिस्थितिमा पनि साथ दिन्छन् । ) . ( बालबालिकाले सिक्ने कुराको सुरुवात आफ्नै आमाबाबुवाट सुरु गरेका हुन्छन् । . आमाबाबुले प्रत्येक बालबालिकालाई संस्कार सिकाएको हुन्छ । लेखकले आफ्नी आमाबाट आमाभाव वा ममता सिकेकी छिन् । सन्तान वियोगको पीडा सिकेकी छिन् (संसारलाई हेर्ने भाव पनि उनले लेखकबाटै सिकेकी छिन्) (छोरा र छोरीलाई समान आँखाले हेर्ने भाव सिक्नु पर्छ । छोरीले समाजमा गरेर देखाउनु पर्छ भन्ने भाव आमावाटै सिकिन्छ ) शान्त र पवित्र भाव आमाबाटै सिक्नुपर्छ । वाबुवाट सरलता, निर्भिकता, स्वाभिमान र पितृभाव जस्ता कुराहरू सिक्न सकिन्छ। यसरी जीवनका धेरै त्यस्ता पक्षहरू बाबुआमावाट सिक्न सकिने हुनाले यी दुवै ईश्वर हुन वा ईश्वरभन्दा कम छैनन् । )

 

४. 'म फुल हुँ' शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् । 

'म फुल हुँ'

 म फल हूँ । मलाई सबैले सजाएर राख्छन् । म संधै हाँस्छ । मलाई गोडमेल गरेर राम्ररी राख्ने हो भने सदा मानिसलाई खुसी दिन्छु । मलाई मानिसले सदा आँखा र मनले स्पर्श गर्छन् । प्रकृतिप्रेमी मानिस त म भनेपछि हुरुक्क हुन्छन् । म बाट मानिसले मुस्कान चोर्छन् । म बाट मानिसले जीवको क्षणिकताको रहस्य थाहा पाउँछन् । जीवनमा फुल जसरी हाँस्नुपर्छ भन्ने भाव मानिसले म बाटै सिकेका हुन् । जीवन छोटो छ, यो छोटो समयलाई सदुपयोग गरी मरेर गए पनि फुल जस्तै हाँस्न पाइयोस् भनेर मानिसले धेरै मेहनत पनि गरेका छन् । म जस्तो सुकै अवस्थामा पनि हासिरहन्छु त्यसैले मानिस पनि दु:खमा आत्तिनु हुँदैन भन्ने पाठ सिकेका छन् । मेरो जीवन अरूको लागि हो ।। आफू दु:खी भए पनि अरूलाई सदा हँसाइरहन्छ । त्यसैले मलाई सबैले आफ्नो नजिक राख्छन् । म फुल हुँ ।

 

५. 'मेरा सपनाहरू' भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बँदाहरू प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त ती बँदालाई निबन्धका रूपमा लेख्नुहोस् ।

 

ð  शिक्षकबाट प्राप्त बँदाहरू:

-          जीवनमा केही गर्छ भन्ने लक्ष्य सपना, 

-          हरेक मानिसको एउटा एउटा सपना हुनु,

-          आफ्नो जीवनको सपनालाई पूरा गर्न कडा मिहिनेत गर्नुपर्ने,

-          आफ्नो सपना आफैं तय गर्नुपर्ने,

-          परिश्रम र मिहिनेतले मानिसको सपनाहरू साकार हुने .

मेरो सपनाहरू

जीवनमा केही गर्छ भन्ने लक्ष्यहरू नै सपना हुन् । हरेक मानिसले जीवनमा के गर्ने भन्ने सपना देखेको हुन्छ । मानिसले आफ्नो सपना पूरा गर्न कडा परिश्रम र मिहिनेत गर्नुपर्छ । परिश्रम र मिहिनेत विना जीवनमा सफलता पाउन सकिँदैन । मानिसले जीवनको लक्ष्य राख्नुपर्छ, सपना देख्नुपर्छ अनि मात्र जीवन सफल बन्न सक्छ। अधिकांश बालबालिकाहरू डाक्टर, इन्जिनियर हुने सपना देख्दारहेछन् तर मैले यस्तो सपना कहिल्यै देखिन् । किनभने मैले जुन ठाउँबाट प्रारम्भिक शिक्षा प्राप्त गर्दै त्यहाँ यस्तो प्रकारको वातावरण हुँदै थिएन । त्यहाँ डाक्टर कोही थिएनन् केवल रोगी मात्रै थिए । त्यहाँ इन्जिनियर कोही थिएनन् केवल कामदार मात्रै थिए । त्यसैले सेतो कोट लगाउने डाक्टरहरू तथा हातमा नक्सा बोकेर कामदारहरूलाई हप्काउँदै हिँड्ने इन्जिनियरहरूको मान मैले कहिल्यै देख्न पाइँन । मेरो अगाडि त उधिएको भोटो अनि च्यातिएको कछाड लगाएर अभावै अभावका अनुहार देखाउने दाजुभाइहरूको जमात थियो अनि चप्पल पनि लगाउन नपाउने तथा कपी र कलमका अभावमा पाटी र खरीले मात्र काम चलाउने आफ्नै साथीभाइ विद्यार्थीको अनुहार मात्रै थियो । बढ्दै गएपछि मलाई लाग्यो मैले यस्तो काम गर्नुपर्छ, राष्ट्रभित्र बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई पेटभरि खाने व्यवस्था गर्न सकियोस्, जसले लगाउने र औषधोपचार गर्ने क्षमता दिलाउन सकियोस् र हाम्रो यस्तो दयनीय अवस्थालाई उचालेर संसारमा विकसित भनिएका राष्ट्रहरूभन्दा पनि माथि पुऱ्याउन सकियोस् त्यसैले मैले सारा विकृतिको जडलाई जरैदेखि उखेलेर फ्याँकी सुन्दर राष्ट्रको निर्माणका खातिर समाज सेवामा लागेर अहिले विग्रिरहेको राष्ट्रको छविलाई पनि उजिल्याउने सपना मैले देखेको छु । तसर्थ मैले देखेको यो सपना साकार पार्न म हरसम्भव मेहनत र परिश्रम गरी सफलतामा पुग्ने प्रयास गर्छ । 

 

६. 'शारदीय आकाश' शीर्षकमा बँदा तयार पारी एउटा आत्मपरक निबन्ध रचना गर्नुहोस् ।

 

ð  बँदाहरू: 

-          शरदकालको आकाश, असोज कार्तिकको समय

-          जताततै घमाइलो समय, रमणीय समय

-          शरदकालमा आकाशमा कुनै प्रकारको अवरोध नभएको

-          वातावरण रमाइलो भएको,

असोज कार्तिकको समय नै शरद ऋतुको समय हो । यस ऋतुको सुरुवातसँगै रमाइलो वातावरणको आगमन हुन्छ । खुला आकाश, नत घामको पीर न त पानीको पीर हने यस समयमा जताततै घमाइलो हुन्छ ।

रमणीय समय हुने हुनाले शरद ऋतुमा सबै प्राणीहरू रमाउँछन् । हिन्दूहरूको महान चाड दसैं, तिार पनि यस समयमा पर्ने हुनाले यसको महत्त्व झन बढेको छ । यस समयमा आकाश सबैतिर खुल्ने भएकाले यो अत्यन्तै रमणीय समय हो । नवरात्रीको पूजा पनि यस समयमा नै हुन्छ ।

तसर्थ 'शरदीय आकाश सालिन र मनमोहक हुन्छ । खुला, धुलो मैलो नहुने भएकाले शरदीय आकाशं सबैका लागि आकर्षक हुन्छ ।

 

७. रेखाङ्कित शब्दलाई तल दिइएका अर्थसँग जोडा मिलाउनुहोस् :

असमानता, कला, घनिष्ठ, सुमधुर, अनित्य । 

....... १. मलाई निश्छल, निष्कपट, पवित्र, स्निग्ध मायाको सागरमा चुर्लुम्म डुबाएका छन् ।

....... २. फुलको सौन्दर्यबाट शिल्प चोरेकी छु । 

……..३. जीवन क्षणिक छ यस क्षणिकताबाट म सन्तुष्ट छैन । 

……..४. मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् ।

....... ५. उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भाव चोरें।

 

ð  सुमधुर   १. मलाई निश्छल, निष्कपट, पवित्र, स्निग्ध मायाको सागरमा चुर्लुम्म डुबाएका छन् ।

कला      २. फुलको सौन्दर्यबाट शिल्प चोरेकी छु ।

अनित्य ३. जीवन क्षणिक छ यस क्षणिकताबाट म सन्तुष्ट छैन ।

घनिष्ठ ४. मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् । 

असमानता ५. उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भाव चोरें।

 

८. निबन्ध पढी तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : 

 

(क) चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलाग्नुको कारण के हो ? 

 

=> लेखकले चोरी गर्ने कुरा मागेर पाइँदैनन् र आफूसँग त्यस्ता कुराहरू पर्याप्त नहुनाले लेखकले चोरी गरेकी हुन् । लेखकले चोरी गरेको कुरा चोरी होइन् त्यो त साधना हो मेहनत हो । त्यसैले मानिसलाई बाँच्न सिकाउँछ । लेखकले प्रकृति, वातावरण, आमावावु, दु:खी मानिससँग के बाट केही सिकेकी छिन् जसले जीवन बाँच्न सहज बनाउँछ त्यसैले चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलागेको हो।

 

(ख) लेखक किन चोरी गर्न बाध्य छिन् ? 

 

ð  लेखकले चोरी गर्न लागेका कुराहरू मागेर पाइँदैनन् । जुन कुरा लेखक चोर्न खोजिरहेकी छिन् ती कुरा लेखकमा छैनन् भए पनि पर्याप्त छैनन् त्यसैले लेखक चोरी गर्न बाध्य छिन् । पशुभन्दा अलिकति माथि उठेर वाँच्न लेखक चोरी गर्न वाध्य छिन् ।

 

(ग) लेखकले चोर्ने कुराहरू के के हुन् ? 

 

ð  लेखकले चोर्ने कुरा फुलबाट मुस्कान, आँसु, जीवनको क्षणिकता, बादलवाट सकारात्मक गाली, पहाडवाट, अटलता, स्थिरता, सल्लाघारीवाट छटपटी, पहिरोवाट, पहाडको चोट, नदीबाट सङ्गति, चराचुरुङ्गीवाट उनीहरूका कथा, उन्मुक्तता, आमाबाट ममता, समानता, वाबुवाट निर्भीकता, स्वाभिमान, दु:खी मानिसवाट पीडा, दु:ख, वालकबाट निश्छलता, पवित्रता, साहित्यवाट दुःखान्त, सुखान्त भाव आदि हुन् ।

 

(घ) आमा र बाबाबाट लेखकले के के चोरी गरिन् ? 

 

ð  लेखकले आमावाट आमाभाव, सन्तान वियोगको पीडा, संसार हेर्ने भाव, छोरा छोरीलाई हेर्ने समान आँखाको भाव र पवित्रता र वावुवाट निर्भीकता, स्वाभिमान, पितृभाव, चोरेकी छिन् ।

 

(ङ) लेखकले बालकहरूसँग किन मित्रता गाँसेकी छन् ? 

 

ð  वालकहरूले लेखकलाई निश्छलता, निश्कपटता, पवित्रता, स्निग्धमाया पाउने भएकाले लेखकले वालकहरूसँग मित्रता गासेकी हुन् ।

 

९. 'म को हुँ' निबन्धमा निबन्धकारले आफूलाई कसरी चिनाएकी छन्, वर्णन गर्नुहोस् ।

 

ð  'म को हुँ' निवन्धमा निबन्धकारले आफूलाई एउटा चोर भनेर चिनाएकी छिन् । उनले पाठकका मनमा अनेक खल्दली भरिदिएकी छिन् । उनले चोरेका वस्तु चिज चोरेर प्राप्त गरिन वस्तु होइन ती त साधन र मेहनतले मात्र प्राप्त गर्न सकिन्छ ।

निबन्धकार त्रिपाठीले एउटा चोर व्यक्तिका रूपमा आफूलाई पाठक सामु चिनाएकी मात्र होइन प्रमाणित नै गरेकी छिन । उनले पशको जीवनभन्दा अलिकति माथि उठेर बाँच्नलाई यी सबै कुराको चोरी गरेको स्वीकारेकी छिन् । आफूसँग मात्र भएका वस्तु वा चिजलं वाँच्न सकस भएपछि उनले यी सारा कुरा चोरेको हो । वाँच्न त पशुले पनि वाँचेको छ तर पशुभन्दा एक तह उठेर बाँच्ने रहरका निम्ति लेखकले चोरी गरेकी छिन्  उनले प्रकृति, आमाबाबु, दु:खी मानिस, बालक आदिबाट भिन्न भिन्न कुरा चोरेकी छिन् । फलबाट उनले मुस्कान, जीवनको क्षणिकता, चोरेकी छिन् । बादलबाट सकारात्मक गाली, पहाडबाट, अटलता, सल्लाधारीबाट छटपटी पहिरोबाट पहाडको चोट, नदीनालाबाट सङ्गीत, चराचुरुङ्गीवाट उन्मुक्तता र उनीहरूको कथा, आमाबाट, आमाभाव, मातृत्व, स्नेह, सन्तानको माया, पिताबाट निर्भीकता, स्वभिमान, पितृभाव, दु:खी मानिसबाट दु:ख, पीडा, क्रन्दन, बालबालिकावाट, निश्छल, निप्कपट, पवित्र स्निग्ध माया चोरेकी छिन् । यसरी लेखकले विभिन्न स्थानमा रहेका विभिन्न चिजवाट जीवनलाई सहज बनाउन चोरी गरेको स्वीकारेकी छिन् । उनले चोरेका चिजहरू चोरी नै हैनन् ती त मेहनत हन, साधना हुन् तसर्थ उनी धेरै मेहनत गर्ने साधना गर्ने प्रकृतिलाई माया गर्ने, आमावबाप्रति सम्मान गर्ने, गरिव, बालक बृद्धलाई माया र सहयोग गर्ने निवन्धकारका रूपमा उनले आफूलाई चिनाएकी छिन् ।

 

 व्याकरण

१0.तलको अनुच्छेदका रेखाङ्कित शब्दहरू सर्वनाम हुन्, तिनलाई अभ्यास पुस्तिकामा 

सार्नुहोस् :

म बाटामा थिएँ । वाटामा सीमा र स्वरूप पनि भेटिए । उनीहरू बजार हिँडेका थिए । अब हामी सँगै भयौँ । बजारमा सीमाले आफूलाई जुत्ता किनिन् । म चाहिँ कलम किन्न चाहन्थें । पसलमा पुगेर स्वरूपले भन्यो, “कलम किन्ने भए त्यो राम्रो छ ।" "खोइ कुन चाहिँ हो ?" सीमाले सोधिन् । “जुन राम्रो छ त्यही किन्छु”, मैले भनें । बजारका विचमा को को भेटिए, के के देखिए पत्तै भएन । कोही खाँदै थिए । कुनै कुनै पसलमा - भिड थिए । "तपाईंहरू भेटिएर रमाइलो भयो” अन्त्यमा मैले भनें । हामीहरूले आज रमाइलो गयौँ ।

ð  सर्वनामहरू । 

म, को को, उनीहरू, के के, हामी, कोही, आफू, कुनै कुनै, त्यो, तपाईं, कुन, हामीहरू

 

२. पाठको पहिलोदेखि तेस्रो अनुच्छेदसम्म प्रयोग भएका सर्वनाम शब्दहरू टिप्नुहोस् । 

=> पाठको पहिलोदेखि तेस्रो अनुच्छेदसम्म प्रयोग भएका सर्वनामहरू: 

म, तपाईं, आफू, त्यो, यति, यहाँ, तँ

 

३.म, हामी, उनी, त्यो, आफू, जुन, कुन, के, को जस्ता सर्वनाम प्रयोग गरी एउटा अनुच्छेद रचना गर्नुहोस्।

 

ð  म कक्षा ९ मा अध्ययनरत विद्यार्थी हु । मेरो साथीको नाम आभाष हो । आभाषकी बहिनीको नाम आभा हो । उनी चार वर्षकी छिन् । हामी पढ्दा आभा आएर 'म पनि पढ्छ' भनी बस्छिन् । एक दिन हामी घुम्न भनेर बेलबारीको बेतना सिमसार गयौँ । त्यो आभाषलाई अत्यन्तै मनपर्यो । आफूले डुलेको ठाउँका बारेमा डायरी बनाउने बानी आभाषको रहेछ जुन मलाई पनि मन पर्यो । आभाषाले गरेका काम कुन मन पर्दैनन् मलाई र ? एकदिन हामी पढिरहेका थियौँ बहिनीले के बोकेर आई अनि हामीले उनलाई सोध्यौँ । अर्को पटक उनी कोसँग हात समातेर आइन् अनि हामीले कोसँग आयौ भनी सोद्धा उनले साथी भनी हाँसिन् ।

 

४.तलको अनुच्छेदबाट दस ओटा सर्वनाम नदोहोऱ्याई टिप्नुहोस् : 

म राम नेपाली हुँ । श्यामा र कमल मेरा साथी हुन् । हामी मिलेर पढ्छौँ । म आफू जातले दलित हुँ । श्यामा राई र कलम बाहुन हुन् । उनीहरू मसँगै खान्छन् । त्यो दलित, यो. राई, तिमी बाहुन भन्ने भाव हामीसँग छैन । कुन दलित, कुन बाहुन भन्ने कुरा सामाजिक विभेद हो । तपाईंमा पनि कुनै प्रकारको विभेदको भाव हुनुहुन्न । जोसुकै भए पनि हामी मानिस हौँ । प्रत्येकले यसरी नै सोचे समाजबाट जातीय विभेद आफै हराउँछ ।

 

ð  म, हामी, आफू, उनीहरू, त्यो, यो, तिमी, कुन, तपाईं, कुनै, जोसुकै, प्रत्येकं

 

५.तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरू नामयोगी हुन्, तिनलाई अभ्यास पुस्तिकामा 

सार्नुहोस् :

कर्णालीभित्र जुम्ला छ । धेरै वर्षसम्म जुम्लामा गाडी पुगेन । जुम्लाभन्दा पछि गाडी पुग्ने जिल्ला पनि छन् । जुम्लामाथि हिमाल छ । जुम्लाभित्र तिला नदी छ । नदीपारि स्याउखेती छ । यसपालि स्याउ राम्रो फलेछ । पुससम्म पखंदा दाम पनि आएछ । व्यापारीसँग किसानले पैसा मागे । पैसासहित पुगेका व्यापारीसँग उनीहरूले पैसा बेगर स्याउ नै दिएनन् । मागेअनुसार पैसा पाएपछि उनीहरूले डोकाभरि स्याउ टिपे। डोकोसमेत साहुलाई दिए । व्यापारी पनि किसानसँग दङ्ग परे । उनीहरूले घर माथिसम्म गाडी पुयाए । घर अगाडिबाट स्याउ बोकाए । बिच बजारमा पुयाए । गाडीभित्र स्याउ हाली नेपालगन्जसम्म पुयाएर नाफा कमाए । किसानका घरभित्र पनि खुसियाली छायो। - => नामयोगीः 

भित्र                 सँग            सम्म          सहित             भन्दा        अनुसार          माथि 

भरि                 भित्र            समेत          पारि              सम्म         पालि             अगाडि       सम्म

 

६.निबन्धबाट दस ओटा नामयोगी शब्द छानी अभ्यास पुस्तिकामा लेख्नुहोस् । 

विना, सम्म, माथि, सँग, भर, बाट, सम्म, चोटि, तर्फ, तिर

 

७. सँग, बिना, भित्र, बमोजिम, बाहेक, वापत, भरि, निम्ति, समेत, देखि, माथि, बिच 

जस्ता नामयोगी प्रयोग गरी आफ्ना बारेमा वर्णन गर्नुहोस् ।

 

ð  म सानो हुँदा मसँग कहिल्यै पैसा हुँदैनथ्यो । पैसाबिना बजार जान मन लाग्दैन्थ्यो । . बजारभित्र थुप्रै खानेकुरा हुन्थे । पैसा भए भने बमोजिमका सामान पाइन्थे तर पैसा वाहेक पसलेले धेरै बेर हेर्न पनि दिदैनथ्यो । खानेकुरा हेरेवापत हामी गाली खान्थ्यौं अनि मनभरि दु:ख बोकेर घर फर्कन्थ्यौँ । घरमा हामीलाई खानका निम्ति बासी भात हुन्थ्यो त्यसमा मोहीसमेत हालेर खान्थ्यौँ । कहिलेकाहीं विद्यालयदेखि घर आइपुग्न धेरै समय लाग्थ्यो । शनिवारका दिन हामी डाँडामाथि गोरु चराउन जान्थ्यौं । साथीहरूबीच रुमाल लुकाइ खेल हुन्थ्यो । यसरी हामीले अभाव तर सन्तुष्टिमा हाम्रो बाल्यकाल बितायौँ । 

 

८.तलको अनुच्छेदबाट १५ ओटा नामयोगी शब्द नदोहोऱ्याई छानेर लेख्नुहोस् : 

रमासँग पुस्तक छ । उनी टेबलमाथि पुस्तक राख्छिन् । उनको घर तमोपारि छ । उनलाई गुरुप्रति विश्वास छ । एक दिन उनी गुरुकहाँ गइन् । गुरुसमक्ष आफूले नजान्ने करा सोधिन् । उनलाई जीवन पर्यन्त नबिर्सने गरी पढ्ने मन थियो । त्यसैले पढ्नसम्म पढिन् । पुस्तकभित्रका कुरा सोधिन् । अभ्यासअनुसारका प्रश्न गरिन् । गुरु पनि उनको पढाइप्रतिको जाँगरसँग परिचित हुनुभयो । दिनभरि पढाउनुभयो । रमाले आफ्नो अपेक्षा पुरा गरिन् । त्यस बापत उनीसँग धन्यवाद दिनुभन्दा बढी कुरा थिएन । उनले गुरुबाट स्वाबासीसमेत पाइन् । बिहान दस वजेदेखि साँझ पाँच बजेसम्म पढिन् । गुरुआमासँग पनि चिनजान गरिन् । गुरुमाथिको भरोसा पनि व्यक्त गरिन् । गुरुआमाले पनि उनलाई घरमुनि लिएर जानुभयो । गुरुमार्फत उनले कति कुरा सिकिन् त्यो पनि भनिन् । यस अतिरिक्त उनले गुरुकी छोरीलाई पनि भेटिन् । आफूभन्दा ठुली भए पनि उनीसित 

कुराकानी गरिन् । पाँच बजेपछि उनी घर फर्किन् । 

 

ð  नामयोगी: 

सँग, पारि, प्रति, समक्ष, पर्यन्त, सम्म, भत्रि, अनुसार प्रति, भरि, समेत, माथि, मुनि, . मार्फत्, भन्दा

 

९.तिलका रेखाङ्कित शब्दमध्ये संयोजक र निपातलाई छुट्टाछुट्टै तालिकामा लेख्नुहोस् : 

शर्मिला चौधरी र राधेश यादव साथी हुन् । शर्मिला धनी गाउँ तथा राधेश बनी गाउँका हन् । शर्मिला खुबै पढछिन् किनभने उनी राम्रो भविष्य बनाउन चाहन्छिन् । “आ ! धेरै पढेर के पो हुन्छ र ?” राधेश भन्छन् । “जे पनि हुन्छ नि” शर्मिला भन्छिन् । राधेश विहान उठ्छन् अनि खेल्न जान्छन् । शर्मिला पनि विहानै उच्छिन् तर खेल्न जान्नन् । उनी त खेल्नमा त्यति रुचि नै राख्दिनन् परन्तु एकछिन बारीमा चाहिँ डल्छिन। राधेश थोरै पढ्छन् तैपनि परीक्षामा राम्रो गर्छन् । “पढ्नु पनि पर्छ खेल्न पनि पर्छ" उनी भन्छन । एक दिन शर्मिलाले भनिन् “लौ त तिमी नपढ ।” “खै तिमी त यसो पो भन्न थाल्यौ" राधेशले भन्यो । “ल म कि प्रथम हुन्छ कि द्वितीय अथवा पहिलो वा दोस्रो भएरै छाडछ” उसले थप्यो । “पहिलो अथवा दोस्रो नै त सबै कुरा होइन, मुख्य कुरा त पढ्नु हो रे, सरले भनेको” शर्मिलाले भनिन् । त्यसपछि राधेश पनि मन लगाएर पढ्न थाल्यो। -

ð  संयोजक                                                                     निपात

र, तथा, किनभने, अनि, तर                                       पो, र, नि, त, नै, चाहिँ

परन्तु, तैपनि, पनि, कि, वा ।

 

१०. पाठको चौथो अनुच्छेदबाट पाँच ओटा संयोजक र चार ओटा निपात टिप्नुहोस् ।

 

ð  पाठको चौथो अनुच्छेदः 

वल्ल अब चाहिँ अलिकति खुसी लाग्यो मलाई, किनभने अब तपाईंले मेरा करा अलिकति पत्याउन थालेको भाव तपाईंको अनुहारमा देखा पर्न थालेको छ । विन्ती, त्यस भावलाई बलेको दियो मैं अझ उकास्नुहोस् । पख्नुहोस्, तपाईंलाई म पनि सघाउँछु । तपाईंको मनमा मैले के के चोर भन्ने खुल्दुली जागे जस्तो छ । धैर्य गर्नहोस, म भ्याएजति कुराहरू तपाईलाई सुनाउँछु तर तपाईं फुर्सदी पो हुनुहुन्छ के ? भैगो, तपाईंको फुर्सदले जति थेग्न सक्छ, त्यति मात्रै सुनाउँछु । लौ हेर, किन त्यति विधि चञ्चल हुनुभएको ? सासलाई किन त्यति छिटो तान्दै छाड्दै गर्नुभएको ? म अहिले तपाईंलाई केही सुनाउँदै नसुनाई भाग भने नि ? ए, लघार्ने पो ! भइहाल्यो, अब तपाईंलाई दुःख दिन्न तर मैले बोल्दाबोल्दै विचमा कुनै प्रश्न नगर्नुहोला । सोधे पनि मैले सबै कुरा बताइसके पछि मात्र सोध्नुहोला।

संयोजक                                                                                      निपात

किनभने, भन्ने, तर,                                                                    पो, चाहिँ, लौ, नि 

              जति-त्यति, पनि

 

११. र, वा, अनि, पनि, किनकि, तर, किन्तु जस्ता संयोजक प्रयोग गरी आफ्नो कक्षाकोठाको वर्णन गर्नुहोस् ।

 

ð  मेरो नाम आभाष खनाल हो । म साजीलाल उ.मा.विद्यालयमा पढ्छु । कहिलेकाहीं म र मेरी बहिनी सँगै विद्यालय जान्छौँ । म वा बहिनी एकजनालाई मेरो साथीले साइकलमा ल्याउँछ अनि अर्को जनालाई बाबाले । बाबासँगै दुवैजना आउँदा पनि हुन्छ तर दुवैजना वस्न कठिन हुन्छ किन्तु हामी चाहिँ हाँसेर वस्छौं।

 

१२. न, नि, है, रे, त, पो, कि, लौ, खै जस्ता निपात प्रयोग गरी आफ्नो मिल्ने साथीको वर्णन गर्नुहोस् ।

 

ð  आभा मेरी मिल्ने साथी हुन् । म आभाको घरमा गएकी थिएँ । उनी त लौ न नि कत्रो सर्प भन्दै बाहिर निस्किइन् । त्यतिखेरै आमाले तिमीहरू वस्दै गर है भनी वजार जानुभयो । आभाले आमालाई चटपटे ल्याइदिनु है भनेर भनिन । आमाले 'आज ववाले तँलाई लुगा ल्याइदिने रे' भन्दै हुनुहुन्थ्यो एकछिनमा त्यो सर्प फेरि पो आयो अनि म र मेरी साथी के पो गर्ने लौ भन्दै रणभुल्लमा पौ । आभासँग एकदिन गएर वसेको खै के भयो के हौ।

 

परियोजना कार्य

 

(क) 'नेपालमा जलस्रोतको उपयोग' शीर्षकका सामग्री खोजी मुख्य मुख्य बुंदा निर्माण गर्नुहोस् । ती बँदा शिक्षकलाई देखाई उक्त शीर्षकमा एउटा निबन्ध तयार पार्नुहोस् ।

 

ð  जलस्रोतको दृष्टिले विश्वमा ब्राजिल पछि दोस्रो र एसियामा प्रथम स्थान आएको नेपालमा उत्तरतर्फको हिमशिखरवाट अविरल वहने नदीहरूले विशेषत: महत्त्व राखेका छन् । हिउँ, नदीनाला, पोखरी, मल र वर्षाको पानी नै पानीको मूल स्रोत वनेको पाइन्छ । यस स्रोतलाई नेपालले सदुपयोग गर्न सके नेपाल निक्कै माथि उठ्थ्यो। नेपालमा वर्षेनी पेट्रोलियम पदार्थ आयत गर्दा ठूलो धनरासी खर्च गर्नु परेको छ । यस्तो अवस्थामा नेपालमा प्रसस्त विद्युत उत्पादन गर्न सकेमा राष्ट्रिय आयको एउटा ठुलो माध्यम हुन सक्थ्यो । विद्युत उत्पादनले वन जङ्गल, कोइला आदि ऊर्जाको वचत एवम् संरक्षण भई वैकल्पिक ऊर्जाको स्रोतको सिर्जना हुन्छ । यसको उत्पादनवाट र यातायातका साधनहरूको सञ्चालन गरी पेट्रोलियम पदार्थको वैकल्पिक कर्जाको रूपमा प्रयोग गर्न सकिन्छ। नेपालमा रहेको जलस्रोतलाई उपयोग गर्ने हो भने नेपाल देश परनिर्भर भएर न आत्मनिर्भर हुन्छ । त्यसैले अब सरकार र सबै जनता मिलेर नेपालमा भएको जलस्रोतलाई उपयोग गरी समृद्ध राष्ट्र बन्नुपर्छ । 

 

(ख) कक्षाका सबै विद्यार्थीको चार ओटा समूह निर्माण गर्नुहोस् । पहिलो समूहले सर्वनम, होमो समहले नामयोगी, तेस्रो समूहले संयोजक र चौथो समूहले निपात शब्दको सुचीयार पार्नहोस् । ती सूचीमध्ये समूहका साथीहरूले निश्चित शब्द बाँड्नुहोस् र तिनलाई पयोग गरी एउटा एउटा अनुच्छेद तयार पारी कक्षामा टाँस्नुहोस ।

 

पहिलो समूह (सर्वनाम)                                                                               दोस्रो समूह (नामयोगी) 

म                                                                                                                  सँग

हामी                                                                                                             बिना 

तिमी                                                                                                            भित्र

तपाईं                                                                                                            बमोजिम

ऊ                                                                                                                  वाहेक

यिनी                                                                                                             भरि  

उनी                                                                                                              निम्ति

 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
close