बहिनीलाई चिठी


  We have shifted all our notes to our new website

 Click here to View







पाठ ६

बहिनीलाई चिठी

. 

शब्दार्थ

व्यस्तता                    :                 बेफुर्सदी                                             मधुमेह             :          चिनी रोग

अर्बुद                          :                 क्यान्सर                                           रक्तचाप           :         रगतको दबाब

ऋताहार                     :                 ऋतुअनुसारको खानपान                \  हिताकार           :         हितकारी भोजन

मिताहार                    :                 ठिक मात्राको खानपान                       सेवन                 :         प्रयोग

श्रेयस्कर                    :                 उपयोगी                                             उवा                   :         हिमाली अन्न

संयमित                    :                 नियन्त्रित                                

सिटामोल                  :                ज्वरो घटाउने औषधी

पेन किलर                 :                दुखाइ कम गर्ने औषधी                     

एन्टिबायोटिक           :               प्रतिरोधात्मक औषधी 

प्रतिकूल                    :                 उल्टो                                                 

प्रचार प्रसार               :                फैलावट, फैलाउने काम श

ल्य चिकित्सा            :                 चिरफार गरी गर्ने उपचार                 

पक्षाघात                   :                 शरीरका अङ्ग नचल्ने वा बाङ्गिने रोग

हृदयाघात                 :                 मुटुको चालमा अचानक पर्ने बाधा 

 

अभ्यास

सुनाइ

 

 १. चिठीको तेस्रो अनुच्छेद सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् : 

=> तेस्रो अनुच्छेद : 

नानी ! तिमी पनि घरका भन्दा बाहिरका खानेकुरा वढी खान्छ्यौ अरे ! चेतनाको अभावले हिजोआज बढी मात्रामा अग्निमान्द्य खानेकुराहरू साने प्रवृत्ति छ । यसभित्र बढी मात्रामा माछा मासु, तारेका, मसलादार र बजारिया खाना पर्दछन् । यसरी स्वाद, रूप, रङ र गन्धलाई मात्र महत्त्व दिएर खाना खाने गर्नाले विभिनन खालका रोग लाग्छन् । हामीले विशेष गरी क्षार प्रधान खानाहरूलाई वढी जोड दिनुपर्दछ । क्षार प्रधान खानामा मौसमी तरकारी, फलफुल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन् । मान्छेले मिलाएर खान जान्यों न सन्तुलित र संयमित आहार नै उत्तम औषधी हो ।

 

(क) ...... को अभावले मानिसहरू बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् । (बुद्धि/ चेतना)

=> चेतनाको अभावले मानिसहरू वढी मात्रामा अग्निमान्दग खाना खान्छन्।

 

(ख) बजारिया खानेकुराहरू ...... खानेकुराभित्र पर्दछन् । (अग्निमान्द्य अप्रशोधित)

=> बजारिया खानेकुराहरू अग्निमान्दय खानेकुराभित्र पर्दछन ।

 

(ग) हामीले विशेष गरी ......... खानामा जोड दिनुपर्ने रहेछ। (क्षार प्रधान मसलादा)

=> हामीले विशेप गरी क्षार प्रधान खानामा जोड दिनुपर्ने रहेछ ।

 

(घ) क्षार प्रधान खानामा ......... पर्दछ । (मकै/मासु)

र क्षार प्रधान खानामा मकै पर्दछ।

 

(ङ) ......... आहार नै उत्तम औषधी हो । (संयमित / प्रशोधित) 

=> संयमित आहार नै उत्तम औषधी हो।

 

२. चिठीको चौथो अनुच्छेद शिक्षकबाट सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : 

चौथो अनुच्छेद :

 

तिमीले पोहोर साल आफैं जान्ने भएर पसलबाट औषधी किनेर खाँदा विरामी भएको कुरा सम्झेकै छयौ कि बिर्सियौ कुन्नि ! हिजोआज चिकित्सकको परीक्षण र पुर्जा बिना हचुवाका भरमा औषधी किनेर खाने विकृति बढ्दो छ । टाउको दुख्दैमा सिटामोल, पेट दुख्दैमा पेन किलर र सामान्य ज्वरो आउँदा सोझै एन्टिवायोटिक खाने प्रवृत्ति जतातते देखिन्छ । यसरी आफ्नै अन्दाजमा औषधी खाँदा तत्काललाई त रोग निको भए जस्तो देखिन्छ । पछि गएर भने त्यसले शरीरका अन्य अङ्ग प्रत्यङगमा प्रतिकूल प्रभाव पार्ने सम्भावना धेरै नै हुन्छ । यसमा पनि धेरैलाई पक्षाघात हुने, मिर्गौलाले काम नगर्ने र विविध प्रकारका अपाङ्गता हुने डर हुन्छ । यस्ता कतिपय घातक रोगको उपचार शल्य चिकित्साको माध्यमबाट पनि सम्भव हुँदैन रहेनछ । अर्को जान्नुपर्ने कुरा कुनै पनि औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।

 

(क) वर्तमान समाजमा के कस्ता औषधीजन्य विकृतिहरू पाइन्छन् ? 

=> चिकित्सकको परीक्षण र पुर्जा विना हचुवाका भरमा औषधी किनेर खाने विकृति पाइन्छ ।

 

(ख) डाक्टरको सल्लाहबिना औषधी खाँदा कस्तो प्रभाव पर्न सक्ने सम्भावना हुने रहेछ ?

=> डाक्टरको सल्लाहविना औषधी खाँदा शरीरका अन्य अङ्ग प्रत्यगमा प्रतिकल प्रभाव पार्ने सम्भावना धेरै हुन्छ।

 

(ग) कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सनै नहुने कुरा के हो ?

=> कुनै पनि औषधी सेवन गर्नुपूर्व विर्सनै नहुने कुरा औक्षधीको म्याद समाप्त भए. नभएको हेर्ने हो ।

 

बोलाइ

 

१. तलका शब्दहरूको उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस : 

 

व्यस्तता: ब्यस्.त.ता

रक्तचाप रक्त.चाप

हृदयाघात, अर्बुद, क्षार प्रधान, चिकित्सक, परीक्षण

ð  हृदयघात : ह.द.य.घात्

अर्बुद : अर.बुद्

क्षार. : क्षार्

प्रधान : प्र.धान्

चिकित्सक - : चि.कित.सक 

परीक्षण : प.रिक.छण

 

३. चिठीमा भनेअनुसार तपाईंका आसपासका बजारमा पाइने खानै नहुने प्रकारका के वस्तुहरू पर्दा रहेछन् ? समूहमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

=>  - बजारमा पाइने खानै नहने वस्तहरूः 

- विपादी हालेकों सब्जीहरू

- धेरै दिनदेखि एउटै तेलमा पकाएको वा तारेको खानेकुरा 

- विभिन्न रङ्ग लगाएका सब्जी तथा खाद्यान्न

- म्याद सकिएका औषधी

- प्याकेटका खानेकुरा 

 

८. जथाभावी औषधी खाँदा पर्ने प्रभावका बारेमा समहमा छलफल गरी त्यसको कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

ð   जथाभावी औषधी खादा पर्ने प्रभावका विषयमा गरिएको कक्षागत छलफलबाट निास्थ 

निष्कर्ष :

- औषधीय नकागत्मक असर गर्न सक्ने, 

- डाक्टरका गल्लाह विना औषधी खानाले शरीरका अन्य अङ्गप्रत्यङ्गला असर गर्ने,

- पक्षाघात, मिर्गौलाले काम नगर्ने, अपाङ्ग हुने, 

- अनुहार तथा शरीरका अन्य अङ्गमा गाँठा आउने ।

 

५. चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रदधा नेपालीले आयुवद पनि महत्त्व दिएकामा तपाइंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहार ।

 

ð  चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रदधा नेपालीले आयुवद पनि महत्त्व दिएकोमा मलाई राम्रो लाग्यो । स्वास्थ्य नै जीवन हो । मालिले आयुर्वेद विज्ञानल आयुर्वेद विज्ञान 1 हा । मानिस रहन सक्यो भने जे पनि गर्न सक्छ । आधुनिक चिकित्सा पढेकी श्रद्धालाई आयुर्वेदप्रति पनि विश्वास रहेको छ । आयुर्वेदिक औषधिमा कुनै प्रकारको नकारात्मक मिसावट छैन भन्ने भएकाले उनको कुरा ठिक लागेको हो । आयुर्वेदिक औषधिको गलत प्रयोगले पनि शरीरलाई कुनै प्रकारको नकारात्मक असर नगर्ने भएकाले पनि आयुर्वेद विज्ञानलाई . श्रद्धाले मन पराएको कुरा ठिक छ।

 

६. चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार कस्तो होला ? चिठी पढेका आधारमा कक्षामा छलफल गर्नुहोस् ।

 

=> चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार राम्रो होला किनभने स्वास्थ्यलाई सवै भन्दा ठूलो ठान्ने दिदीको व्यवहार पनि त्यस्तै छ । वहाँले आयुर्वेदिक विज्ञानलाई प्राथमिकता दिएको, खानपिनमा धेरै ख्याल गरेको, बजारका राम्रा देखिने तर स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खानपिन प्रति सचेत रहेकी, अनावश्यक डाक्टरको सल्लाहबिना . . औषधी खान हुन्न भन्ने श्रद्धा विषादी प्रयोग नगरिएका खानेकुरा खानुपर्छ भन्ने पक्षमा छिन् । यसरी राम्रो र सफा विचार व्यक्त गरेकीले उनको बानी तथा व्यवहार राम्रो छ भन्ने हामीलाई लाग्यो ।

 

 पढाइ

 

१. माथिको चिठी पालैपालो सस्वर पठन गरी कक्षामा सुनाउनुहोस् ।

२. पाठका आधारमा तलका वाक्यको क्रम मिलाउनुहोस् :

(क) स्वास्थ्य नै जीवनको पहिलो धन हो।

(ख) खासै नौलो खबर त केही छैन ।

(ग) आजलाई कलम यहीं बन्द गर्दछु ।

(घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।

(ङ) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् ।

 

=> (क) खासै नौलो खवर त केही छैन । . 

     (ख) स्वास्थ्य नै जीवनको पहिलो धन हों।

     (ग) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् ।

     (घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ । 

     (ङ) आजलाई कलम यहीँ बन्द गर्दछु ।

 

३. तल दिइएको अनुच्छेद राम्ररी पढ्नुहोस् र तल सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : 

जान पुस्तकमा मात्र सीमित हुँदैन । प्रकृतिमा, जनताका जीवनमा र तिनका सुख दु:खमा ठुला ज्ञान हुन्छ । तिनीहरूसँग भिजेर ज्ञानको उपार्जन गर्न सकिन्छ । समाजका कटाकेटी, वुढाबुढीसँग सम्पर्क राख्नाले र लेकवेसी, गाउँघर, खेतखलो, मेला उत्सवमा घुम्ने फिर्ने गर्नाले पनि धेरै अनुभवी तथा पारखी वनाउँछ । लोक साहित्यमा चलेका राम्रा राम्रा गीत, उखान टुक्का, लोककथा, गाउँखाने कथा आदि सुन्ने, बटुल्ने गर्नाल लाक साहित्यको संवर्धन र विकासमा मदत पनि हुन्छ । कुनै चिज, घटना वा दृश्य दख्दा उठेका विचार र मनमा आएका भावहरूलाई अभिव्यक्त गर्नुपर्छ । यो वास्तविक अनुभूति यथार्थ पनि हुन्छ । यसरी नै नयाँ चिज खोज्ने उत्सुकता र नयाँ चिज ग्रहण गर्ने संस्कार बसाउनुपर्छ, पर्यवेक्षण र कल्पना गर्ने शक्ति बढाउनुपर्छ । लेखन कलाको सम्बन्धमा अर्नेस्ट हेमिङ्वे भन्छन्, “वर्णन मात्र गर्नुको साटो त्यसलाई मम्झदै खदिली आधार दिनुपर्छ, जीवन दिनुपर्छ र त्यो रचिन्छ, वर्णन गरिन्न । त्यो तिम्रो सिर्जनात्मक योग्यताको सीमासम्म सत्य एवम् उन्मुक्त हुन्छ ।"

(कृष्णप्रसाद पराजुली: राम्रो रचना मिठो नेपाली) 

प्रश्नहरू

(क)   हामीले ठुलो ज्ञान कहाँबाट प्राप्त गर्न सक्छौँ ?

ð  प्रकृति, जनताका जीवन र तिनका सुख दुःखमा हामी ठुलो ज्ञान प्राप्त गर्दछौं । 

 

(ख)   लोक साहित्यको संवर्धन र विकासमा कसरी मदत पुयाउन सकिन्छ ?

ð  राम्रा राम्रा गीत, उखान टुक्का लोककथा, गाउँखाने कथा आदि सुन्ने बटुल्ने गर्नाले लोकसाहित्यको प्रवर्द्धन र विकास गर्न सकिन्छ ।

 

(ग)   'संस्कार' र 'पर्यवेक्षण' शब्दको अर्थ लेख्नुहोस् । 

ð  संस्कार र पर्यवेक्षणको अर्थ क्रमश: परम्परादेखि चलिआएको र खोजी गर्ने काम हुन्।

 

(घ)    माथिको अनुच्छेदका लागि उपयुक्त शीर्षक के हुन सक्ला, लेख्नुहोस् ।

ð  माथिको अनुच्छेदका लागि उपयुक्त शीर्षक 'लोकसाहित्य' हुनसक्छ । 

 

लेखाइ

 

 १. निम्नलिखित प्रश्नहरूको उत्तर लेख्नुहोस् : 

 

(क) यो चिठी कसले कसलाई लेखेको हो ?

=> यो चिठी दिदी श्रद्धा नेपालीले हिनी अनुपमा नेपालीलाई लखेको हो । 

 

(ख) श्रद्धाले बहिनीलाई चिठी लेख्नुको मुख्य उद्देश्य के देखिन्छ ? 

=> श्रद्धाले बहिनीलाई चिठी लेख्नका मुख्य उद्दश्य 'स्वास्थ्य जीवनका रहस्य बताउन हो।

 

(ग) आफूलाई स्वस्थ राख्न हामीले कुन कुन कुराहरू गर्नुपर्छ ? 

=> आफूलाई स्वस्थ राख्न हामील स्वस्थ खानपान, दाक्टरको सल्लाहअन्भार औपा र व्यायाम गर्नुपर्छ।

 

(घ) तपाई श्रद्धाको स्थानमा भएको भए कुन विषयमा बहिनीलाई चिठी लेख्नुहुन्थ्या, किन ?

=> म श्रदधाको स्थानमा भएको भए बहिनीलाई व्यायाम. खानपिन र संस्कारवा विषयमा चिठी लेख्थें ।

 

(ङ) माथिको चिठीलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।

=> माथिको चिठीलाई अझ राम्रो पार्न खाद्यान्नमा के कस्ता विषादीको प्रयोग गर्छन् र ती विषादीयुक्त खानेकुराले मानिसलाई कसरी असर गरेको हुन्छ भन्ने विषयलाई राख्न सकिन्छ ।

 

२. व्याख्या गर्नुहोस् :

 

स्वास्थ्य नै जीवनको पहिलो धन हो ।

 

ð  स्वस्थ मानिसले जे जस्तो प्रयास र प्रयत्न गर्न सक्छ तर अस्वस्थ मानिसले त्यति गर्न सक्दैन जति स्वस्थले गर्छ । अस्वस्थ मानिसको मन आफ्नो स्वास्थ्य स्थिति वा पीडामा नै हुन्छ । तर स्वस्थ मानिसको ध्यान त्यता जाँदैन । अस्वस्थ मानिसको धन पनि कम हुँदै जान्छ । स्वास्थ्य रहियो भने जे जस्ता काम गर्न नि सकिन्छ । त्यसैले मानिस सर्वप्रथम स्वस्थ हुन जरुरी छ । स्वास्थ्य नै जीवनको पहिलो धन हो । स्वस्थ हुन सकिएन भने मानिसले केही सोचेजस्तो उन्नति र प्रगति गर्न सक्दैन । मानिस स्वस्थ रहन नियमित व्यायाम गर्ने, बिरामी हुँदा डाक्टरको सल्लाहले औषधी खाने आदि जस्ता काम गर्न सकिन्छ । स्वस्थ जीवन छ त सब थोक छ अन्यथा सबै कुरा गुम्दै जान्छ ।

 

३. आजकालको मोबाइल, इमेल र इन्टरनेटका जमानामा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको तपाईलाई कत्तिको उपयुक्त लाग्यो ? आफ्नो प्रतिक्रिया एउटा अनुच्छेदमा लेख्नुहोस् ।

 

ð   आजकालको मोबाइल, इमले र इन्टरनेटका जमानामा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको मलाई मन पयो । दिदी श्रद्धा र बहिनी अनुपमा दुवै विद्यार्थी हुन् विद्यार्थीले कपी र कलमलाई नै माया गर्नुपर्छ । अर्को कुरा श्रद्धालाई आफ्नो क्याम्पसमा मोबाइल चलाउन बन्देज हुन सक्छ र बहिनीसँग मोबाइल वा इन्टरनेटको पहुँच नहुन सक्छ तसर्थ श्रद्धाले हुलाकबाट पठाएको चिठी मलाई मन पर्यो।

 

४. बाल बालिकालाई बजारिया खाना खाजाका रूपमा नदिई घरेलु खानेकुरामा नै जोड दिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएका मामालाई चिठी लेख्नुहोस् । 

मिति : २०७३. १.१ 

इटहरी-४, आवशीय मार्ग

 

आदरीय मामा

सादर नमस्कार

यहा म लगायत हामी सबै परिवारलाई सन्चै छ । त्यहाँ मामा, माइज, भाइ बहिनी सर्व लाइ सन्चै छ होला भन्ने मैले ठानेको छ । मामा यसपटक धान कति भयो ? फलाई न राम्र थियो । आल कस्ता र कति भए ? गहुँ, मकै कस्तो छ ? तोरी पनि उखल्न भया हाला । मामा तपाईं त सबै खाद्यान्नको उब्जनी आफै गर्नुहुन्छ । त्यसैमा " वस्थ जीवन छ । बाहिर किनेका सागसब्जीमा त अत्यन्तै विषादीको प्रयोग पाइन्छ 

त्यसैले मामा भाइबहिनीलाई बजारीया खाना खान नदिनु होला । भाइबहिनीलाई विद्यालय जाँदा नास्ता स्वरूप घरमै बनाइएका रोटी, तरकारी, मकै, भटमास, सात गिलो भात, आदि जस्ता खाद्यान्न लगिदिनु । उनीहरूलाई प्याकेटको तथा बजारमा राखेका सामग्री खान नदिनुहोला । ती खाद्यान्नले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ। अन्तमा मामा बजारमा देखिएका राम्रा प्याकेटका खानेकुरा भन्दा तपाईंले उत्पादन गरेको सामग्री हितकर र स्वस्थकर हुन्छन् । त्यसैले भाइबहिनीलाई भरसक आफले उत्पादन गरेका खानेकुरा खान दिएर स्वस्थ बनाउनुहोला । स्वास्थ्य नै जीवनको सबै भन्दा ठूलो धन हो । अव धेरै के लेखं मामा, अरू कुरा अर्को चिठीमा लेख्ने छ । आजलाई यति मै कलम बन्द गर्न चाहन्छ । 

उही तपाईंको प्यारो भान्जा 


५. चिठी पढेका आधारमा मिल्दो पर्यायवाची शब्द खोजी जोडा मिलाउनुहोस् : 

 

आराम                   सन्चो

अल्पाहार              बेफुर्सदी

व्यस्तता               उल्टो

मिहेनत                परिश्रम  

प्रतिकूल               अल्प भोजन

आराम सन्चो 

 

ð           आराम                   सन्चो                  अल्पाहार            अल्प भोजन

         व्यस्तता               बेफुर्सदी                मिहेनत              परिश्रमी

         प्रतिकूल                उल्टो

६. तलका शब्दहरूलाई वाक्यमा प्रयोग गरेर कक्षामा सुनाउनुहोस् : 

 

अल्पाहार, छाउपडी, क्षार प्रधान, श्रेयस्कर, सेवन, शल्य चिकित्सा

 

अल्पाहार : मेरी हजुरआमा प्राय बेलुका अल्पाहार बस्नुहुन्छ ।

छाउपडी: अहिले पनि नेपालका कतिपय स्थानहरूमा छाउपडी प्रथा कायम छ । 

भार प्रधान : हामीले विशेष गरेर भार प्रधान खानामा जोड दिनुपर्छ ।

श्रेयस्कर : विद्यार्थी जीवनमा मेहनत गर्नु नै सबैभन्दा बढी श्रेयस्कर हुन्छ ।

सेवन : हामीले डाक्टरको सल्लाहबिना कुनै पनि औषधीको सेवन गर्न हुँदैन । 

शल्य चिकित्सा : सल्य चिकित्सा अध्ययन अध्यापन गर्न कठिन हुन्छ ।

 

७. तल दिइएका शब्दको फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् : 

तर, फुल, जाल, साँचो, साल, काल, मास, पेटी, उत्तर, कर, हार

 

ð  तर : मेरो भाइलाई तर मिठो लाग्छ।

तर : बहिनी यो साँघ तर है। फुल : गुलाबको फुलमा काँडा छ।

फुल : मेरो भाइ हाँसको फुल खाँदैन ।

जाल : माझीले माछा मार्न जालको प्रयोग गर्छ ।

जाल : नेताले जालसाजी गरेकाले जनताले दुःख पाए।

साँचो : म घरमा ठुलो साँचो लाउँछु ।

साँचो : हामीले हरेक समय साँचो बोल्नु पर्छ ।

साल : यस सालमा शिक्षक सेवा आयोग खुल्दैन कि के हो ?

साल : काठमा सबैभन्दा राम्रो साललाई मानिन्छ।

काल : रमेशलाई काल गतिले नै लगेछ ।

काल : विज्ञानका लागि यो काल ठिक छैन ।

मास : आज हामीले मासको दाल खायौँ ।

मास : हामीले अनावश्यक पैसा मास्न हुँदैन ।

पेटी : भाइले कम्मरमा पेटी बाँधेको छ ।

पेटी : हामीले सधैं हिँड्दा पेटीबाट हिड्नु पर्छ ।

उत्तर : मेरो घर बाटोदेखि उत्तरतर्फ पर्छ ।

उत्तर : आज मैले दिएको उत्तर मिलेन ।

कर : हामीले कसैलाई पनि करमा पारेर काम लगाउन हुँदैन ।

कर : हामीले हाम्रा करमा विश्वास गर्नुपर्छ । हार : हारले नारीको सौन्दर्य बढाउँछ । 

हार : जीवनमा हार र जीत त भइरहन्छ ।

 

 

८. दुई दुई जनाको समूहमा बसी तलका वाक्यहरूलाई सुद्ध गरी कापीमा सार्नुहोस् : 

 

मलाई विस्वास छ, तीमीले यस्टा जानेका कुराहरू लाई आफूनो जिनमा उतारने छउ । आफ्ना साथीभाइ र गाउघरमा पनि प्रचार गर्नेछौ । आसा छ, हाम्रा गाउलेहरू ल यसटा नया जानकारि प्राप्त गरदै जान्या छन् ।

 

ð  मलाई विश्वास छ, तिमीले यस्ता जानेका कराहरूलाई आफ्नो जीवनमा उतार्ने छौ । आफ्ना साथीभाइ र गाउँघरमा पनि प्रसार गर्नेछौ । आशा छ, हाम्रा गाउलेहरूले यस्ता नयाँ जानकारी प्राप्त गर्दै जानेछन् । लाई

 

९. तपाईको आफ्नो संस्कृतिअनुसार निम्न लिखित नातागोतालाई घरायसी चिठी लेखक सुरुमा के भनेर सम्बोधन र अभिवादन गर्नुहुन्छ, लेख्नुहोस् : -

 

नातागोता                                          सुरुको सम्बोधन                              अभिवादन 

माता 

पिता

दाजु 

दिदी 

बहिनी

 

=>नातागोता                                     सुरुको सम्बोधन                                अभिवादन 

 

माता                                                 पुजनीय                                                दण्डवत् 

पिता                                                 पुजनीय                                                दण्डवत् 

दाजु                                                 आदरणीय                                             नमस्कार

दिदी                                                आदरणीय                                              नमस्कार                 

बहिनी                                             प्यारी                                                     शुभाशीर्वाद 

 

 

व्याकरण

१. पाठमा प्रयुक्त भविष्यत् कालका कुनै चार ओटा वाक्य टिप्नुहोस् । 

 

=> १. तिमीले जानेका यस्तै कुराहरूलाई आफ्नो जीवनमा उतार्ने छयौ । 

     २. आफ्ना साथीभाइ र गाउँघरमा पनि प्रचार प्रसार गर्ने छयौ ।

     ३. तिमीमार्फत् अरूले पनि यस्ता नयाँ जानकारी प्राप्त गर्दै जाने छन् ।

     ४. कसैले पनि जथाभावी औषधी सेवन गरेका हुने छैनन् ।

 

२.तलका वाक्यहरू भविष्यत् कालका कुन कुन पक्षहरूसँग सम्बन्धित छन्, लेख्नुहोस् ।

 

(क) लक्ष्मण थारुले माघी पर्व मनाउने छन् । => सामान्य भविष्यत्

(ख) नमिता लामाले सिलाई सिकेकी हुने छन् ।=> पूर्ण भविष्यत्

(ग) रामनाथ नयाँ घर बनाउँदै हुने छन् । => अपूर्ण भविष्यत्

(घ) अलिमिया अन्सारी आगामी महिनाबाट कपडा व्यापार गर्दै हुने छन् । => अपर्ण भविष्यत

(ट) धलिखेल महोत्सवमा पर्यटकहरू रमाएका हने छन् । => पूर्ण भविष्यत्

(च) महेन्द्र यादवले सगरमाथा आरोहण गर्ने छन् । => सामान्य भविष्यत् 

 

३. भविष्यत कालका प्रत्येक पक्षका पाँच पाँच ओटा वाक्य लेख्नहोस ।

 

ð   सामान्य भविष्यत् :                                             अपूर्ण भविष्यत्:

(क) म बजार जानेछु ।                                          (क) भाइ खाजा खाँदै हुनेछ ।

(ख) बुबा क्याम्पस जानुहुनेछ।                            (ख) बुबा विदेश जाँदै हनहनेछ ।

(ग) तँ खेल्न जानेछस्।                                         (ग) विशाल पाठ पढ्दै हुनेछ । 

(घ) भाइ खाजा खानेछ।                                        (घ) आभाष खनाल विद्यालय जादै हुनेछ ।

(ङ) उनीहरू घाँस काट्नेछन् ।                               (ङ) बहिनी नर्सिङ पढ्दै हुनेछ ।

 

पूर्ण भविष्यत् :

(क) भाइले खाना खाएको हुनेछ ।

(ख) बहिनी परीक्षामा पास भएकी हुनेछ ।

(ग) भाइ र बहिनी छुट्टीमा मावल गएका हुनेछन् ।

(घ) आभाले घर बनाएकी हुनेछ ।

(ङ) उनीहरूले जागिर पाएका हुनेछन् ।

 

सिर्जनात्मक अभ्यास

 

४. आफन्तको निधनमा लेखिने समवेदना पत्रको नमुना तयार पार्नुहोस् । 

मिति : २०७२.१2.१५

 श्री सन्तोष भट्टराई

शिवगञ्ज-८, झापा 

विषय : हार्दिक समवेदना

 

तपाईंका पूजनीय पिता, हाम्रा आदरणीय मामा, समाजसेवी गोविन्दप्रसाद भट्टराईको ७२ वर्षको उमेरमा मिति २०७२/५/१९ गते असामयिक निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत भएका छौं । तपाईंका पिता स्वर्गीय गोविन्द भट्टराईज्यूको स्थानीय विकास र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको छ । वहाँले यस क्षेत्रमा बाटोघाटो, विद्यालय भवन, स्वास्थ्य केन्द्रको निर्माण तथा खानेपानीको व्यवस्था जस्ता सामजिक तथा सार्वजनिक हितमा अविस्मरणीय कार्य गर्न भएको छ । वहाँको निधनले तपाईं र तपाईंका परिवारलाई शोकाकुबनाउनुका साथै हामी सबैलाई मर्माहत तुल्याएको छ । हामी सबैका अभिभावकका रूपमा रहनु भएका तपाईंका पिता वा हाम्रा मामा यस समाजका एक अनुकरणीय व्यक्त्वित्व हुनुहुन्थ्यो । वहाँको निधन यस समाजका निम्ति अपूरणीय क्षति हो । यो दु:खत घडीमा हामी स्वर्गीय गोबिन्द भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तपाईं र तपाईंका सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । 

आयुष खनाल आयुषा खनाल

आभा खनाल आभाष खनाल

एवम् समस्त खनाल परिवार 

 


No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
close