निद्रा


 




 We have shifted all our notes to our new website

 Click here to View







निद्रा

शब्दार्थ

बेचैनी                  :             अशान्ति, व्याकुलता

प्राय                    :             धेरैजसो

बिनसित्तीमा           :             बिनाकारण, त्यत्तिकै, बित्थामा

मुख्तियार              :              प्रधान मन्त्री सरह अधिकार पाएको व्यक्ति

जङ्गलीलाठ          :              राणा शासन कालको सेना प्रमुख, सेनापति

रोलक्रम                :              माथिल्लो पदमा जाने पालो  

राजीनामा              :             पद छाड्ने काम

हजुरिया                :             राणा कालमा श्री ३ को साथमा रहने प्रमुख व्यक्ति

शङ्काल              :              शङ्का गर्ने बानी भएको

सिट्ठो                  :              दुब्लाएर वा सुकेर हाड छाला मात्र रहेको

फिस्टे                 :              फिस्टो जस्तो सानो, साना कदको, दुब्लो

बर्खास्त              :               निकाला, खारेज 

पदच्युत              :              पदबाट हटाउने काम

आकर्षित            :              लोभएिको, झुम्मिएको, आफूतिर तानिएको

विभूषण             :              अलङ्कार, आभूषण

पिपा                 :               सेनालाई काममा सघाउने तल्लो तहको जागिरे

राज्यकोष            :              सरकारी ढुकुटी, राज्यको आम्दानी जम्मा हुने ठाउँ

प्रायश्चित             :               पाप वा अपराधको दोष मेटाउने कार्य

षड्यन्त्र                   :                   छलकपट, जालझेल, अर्काको अनिष्ट गर्ने योग्य जालबाजी

सती प्रथा            :               श्रीमान्को लाससँगै जलेर मर्ने परम्परा

कलङ्क             :              दोष, दाग, लाञ्छना

दास प्रथा            :              घरेलु कामदारका लागि मानिसको किनवेच गरेर काममा लगाउने परम्परा

स्लेभ कमिसन      :              राष्ट सङ्घले विश्वबाट दास प्रथा हटाउनका लागि सन् १९२३ मा बनाएको आयोग

उन्मूलन             :               जरैदेखि उखेल्ने क्रिया प्रतिष्ठा मान, कीर्ति, यश, गौरव 

 

अभ्यास

सुनाइ

 

१. पाठको पहिलो र दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस् : 

पाठको पहिलो अनुच्छेद : 

श्री ३ वडामहारानीका रूपमा दरबारमा भित्रिएको केही दिनमै बालकमारी देवील आ ८४ पनि महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देखिन् । चन्द्रशमशेर राती रासरी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे। पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन, "इजर किन रासरी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पाए हुन्थ्यो ।” जवाफमा चन्द्रशमशेरले भने, “मैले कलकत्ताका ठुला डाक्टरहरूसँग जॅचाइसकेको छ । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन ।”

पाठको दोस्रो अनुच्छेद :

चन्द्रशमशेर प्राय: रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरूसँग पनि झर्कोफर्को गरेर बोल्थे। उनी राम्ररी खाना पनि खाँदैनथे । यसको यस्तो वानी देखेर वालकुमारीले भनिन, “हजुर बिनसित्तीमा रिसाइबक्सिन्छ, झर्कोफर्को गरिबक्सिन्छ । त्यत्रा त्यत्रा मुख्तियार, जङ्गीलाठ भइसकेका भाइहरूलाई गाली गरिबक्सिन्छ । किन होला, मैले त केही बुझनै सकिनँ ।”

 

(क) बालकुमारी देवी श्री ५ बडामहारानीका रूपमा दरबारमा भित्रिएकी थिइन् । . 

=> बेठिक

 

(ख) बालकुमारीले चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देखिन् । 

=> ठिक

 

(ग) चन्द्रशमशेर निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । 

=> ठिक

 

(घ) चन्द्रशमशेरले नेपालका ठुला डाक्टरहरूसँग अँचाइसकेका थिए । 

=> बेठिक

 

(ङ) चन्द्रशमशेर मुख्तियार, जङ्गीलाठ भइसकेका भाइहरूलाई गाली गर्थे । 

=> ठिक

 

२. पाठको तेस्रो र चौथो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् : 

पाठको तेस्रो अनुच्छेद :

बालकुमारीका कुरा सुनेर चन्द्रशमशेरले लामो सुस्केरा हाल्दै भने, “खै, किन हो मलाई भाइ भतिजाहरू देख्दै रिस उठ्छ । उनीहरू कसैप्रति मलाई पटक्कै विश्वास छैन । यिनीहरूको काम राम्रो छैन । सबैलाई रोलक्रममा माथि जानु छ । यस्तै हो भने भोलि के हुन्छ भन्न सकिदैन ।” पाठको चौथो अनुच्छेद : "बिचरा । त्यस्ता इमानदार फत्य बाबलाई हरियाबाट हटाइबक्स्यो । गेहेन्द्र भतिजलाई यहाँ आउनै रोक लगाइबक्सेको छ । दाइले मलाई गाली गरिरहनुहुन्छ, यस्तै हो भने एक दिन राजीनामा दिएर हिँडछ भनेर भीम बाब भन्नुहुन्छ रे । यसरी आफ्नैलाई चिढाएर कसरी राजकाज गर्न सकिन्छ होला र ?" बालकुमारीले भनिन् ।

 

(क) चन्द्रशमशेर भाइ भतिजासँग कसरी बोल्थे ? 

=> चन्द्रशमशेर भाइ भतिजासँग झर्कोफर्को गरेर बोल्थे ।

 

(ख) किन चन्द्रशमशेरमा भाइहरूप्रति विश्वास थिएन ? 

=> सबै भाइहरूलाई रोलक्रममा माथि जानुपर्ने भएकाले चन्द्रशमशेरमा भाइहरूप्रति विश्वास थिएन ।

 

(ग) चन्द्रशमशेरले फत्य र गेहेन्द्रलाई के के गरे ? 

=> चन्द्रशमशेरले फत्यलाई हजुरियाबाट हटाए भने गहेन्द्रलाई त्यहाँ आउनै रोक लगाएका थिए।

 

(घ) चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा कस्तो नाता सम्बन्ध थियो ? 

=> चन्द्रशमशेर काका र गेहेन्द्रशमशेर भतिजा थिए ।

 

(ङ) भीमशमशेरले किन राजीनामा दिन्छु भनेका थिए ? 

- चन्द्र शमशेरले गाली गरिरहने भएकाले भीम शमशेरले राजीनामा दिन्छ भनेका थिए।

 

३. पाठको सातौँ अनुच्छेद श्रुति लेखन गर्नुहोस् । 

=> पाठको सातौँ अनुच्छेद : 

वीरशमशेर र देवशमशेरका हक्रिया भएर काम गरेका फत्यजङलाई चन्द्रशमशेरल पनि सरुमा आफ्नो हजरिया बनाएका थिए । पछि खै के ठानेर उनलाई हजुरियावाट बर्खास्त गरे । यो बर्खास्तीसंगै पिर र चिन्तामा डुबेका फत्यजङको एक दिन अचानक मृत्यु भयो । उता गेहेन्द्रशमशेर पनि एक बेलुकी रक्सीको एक घुट्को पिउनासाथ बेहोस भएर मरे । यसरी देवशमशेरलाई पदच्यत गरी चन्द्रशमशेरलाई सत्तामा पुयाउन सहयोग गर्ने फत्य र गेहेन्द्रको रहस्यमय मृत्यु भयो । उनीहरू दुवैको मृत्यु चन्द्रशमशेरकै कारण भएको हो भन्ने गाइँगुइँ हल्ला चल्यो । यस्तो हल्ला बालकुमारीले पनि सुनिन् तर आफ्नो श्रीमान्सँग सोध्ने आट भने गरिनन् । उता चन्द्रशमशेरको बेचैनी उस्तै थियो ।

 

बोलाइ

 

१. तलका शब्दहरूको शुद्ध उच्चारण गर्नुहोस् : 

बर्बराउनु, मुख्तियार, शकालु, बर्खास्त, पदच्युत, रहस्यमय, गाइँगुइँ, आकर्षित विभूषण, षड्यन्त्र, कलक, चिढाउनु ढुकुटी, उन्मूलन, प्रतिष्ठा

 

२. पाठका आठौँ, नवौँ र दसौँ अनुच्छेदका आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस्: 

पाठको आठौँ अनुच्छेद : एक दिन चन्द्रशमशेरले त्रिभुवन चन्द्र (त्रि चन्द्र) कलेजको उद्घाटन गरे । “कल खोलेर मैले आफ्ना खुट्टामा आफैंले बन्चरो हाने।" दिउँसो भाषणमा भनेको कुरा उन बेलुका रानी बालकुमारीसँग पनि दोहोऱ्याए ।

 

पाठको नवौँ अनुच्छेद

"महाराज पनि कस्तो कुरा गरिबक्सन्छ । कलेज खोलेर त झन् राम्रो भयो नि, हाम्रा मान्छेले पढ्न पाउने भए ।” बालकुमारीले भनिन् ।

 

 

पाठको दसौं अनुच्छेद : 

दी पढन पाउछन र को बिग्रिन्छ नि । पढे लेखेका शिक्षितहरूले संसारमा के कस्ता शासन व्यवस्था छन् भन्ने थाहा पाउँछन् । अहिले संसारभरि हाम्रो जस्तो पारिवारिक र जहानिया शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन चल्दै छ । यहाँका पढे लेखेकाहरू पनि त्यस्तो आन्दोलनतिर आकर्षित हुन सक्छन् । त्यस्तो भयो भने राणा वंशको शासन समाप्त हुने के बेर र !” चन्द्रशमशेरले लामो सुस्केरा हालेर भने ।

(क) चन्द्रशमशेरले कुन कलेजको उद्घाटन गरे ? 

=> चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे ।

 

(ख) कलेजको उद्घाटनमा चन्द्रशमशेरले के भने ? 

=> कलेजको उद्घाटनमा चन्द्रशमशेरले “कलेज खोलेर मैले आफ्ना खुट्टामा आफै बन्चरो हाने ” भने ।

 

(ग) बालकुमारीका अनुसार कलेज खोल्दा किन राम्रो हुन्छ ? 

=> बालकुमारीका अनुसार कलेज खोल्दा आफ्ना मान्छेहरूले पढ्न पाउँछन् त्यसैले त्यो काम राम्रो हो भनेकी हुन् ।

 

(घ) पढे लेखेका शिक्षितहरू के थाहा पाउँछन् ? 

=> पढे लेखेका शिक्षितहरूले संसारमा के कस्ता शासन व्यवस्था छन् भन्ने थाहा पाउँछन् ।

 

(ङ) राणा वंशको शासन समाप्त हुने कारण के हो ? 

=> पढेलेखेकाहरू पनि प्रजातान्त्रिक आन्दोलनतिर आकर्षित हुनु राणा वंश शासन समाप्त हुने कारण हो।

 

३. पाठको सत्रौँ अनुच्छेदमा उल्लेख भएका पात्रहरू चन्द्रशमशेरका सपनामा किन आएका होलान् ? समूहमा छलफल गर्नुहोस् र छलफलबाट निकालिएको निष्कर्ष कक्षामा सुनाउनुहोस्।

 ð चन्द्रशमशेरले पहिले धेरै गल्ती गरेका कारण र ती पात्रहरूले दुःख पाएका वा मृत्युवरण गरेका कारण पाठको सत्रौं अनुच्छेदमा उल्लेख भएका पात्रहरू चन्द्रशमशेर का सपनामा आएका होलान् ।

 

४. तपाईले सुनेको वा पढेको कुनै कथा साथीलाई छोटकरीमा सुनाउनुहोस् । 

ð एकादशमा एउटा व्यापारी थियो । उसको सेवक एउटा बाँदर थियो । एकदिन व्यापारी खाटमा पल्टेर आराम गरिरहेको थियो । थकाइका कारण ऊ निदाएको थियो । पइखा हम्कर बादर व्यापारीको सेवा गरिरहेको थियो । एउटा झिगो व्यापारीको नाकमा बारम्बार आएर बस्न थाल्यो । धपाउँदा धपाउँदा वादर हैरान भयो । त्यसैले बाँदर माया । उसले भित्र गएर तरवार लिएर आयो । झिगाले व्यापारीको नाकमा बस्ने पात्तकै रिसले बाँदरले तरवार निकालेर व्यापारीको नाकमा हान्यो । झिगा साना भएकाले त्यतिखेरै भागिहाल्यो । तरबारले व्यापारीको नाक काटियो । तसर्थ मन सङ्गत सधैं हानिकारक हुन्छ ।

 पढाइ

१. पाठका अनुच्छेदहरू हाउभाउसहित पालैपालो पढ्नुहोस् ।

२. पाठका तेरौंदेखि सोरौं अनुच्छेदसम्म पढी सारांश लेख्नुहोस् । 

=> पाठको तेरौंदेखि सोरौं अनुच्छेदः 

चन्द्रशमशेरले आफ्ना छोराहरूको रोलक्रमलाई पनि सुरक्षित पारे । उनले छिमेकी भारतमा रहेको अङ्ग्रेज सरकारसँग राम्रो सम्बन्ध बनाए । पहिलो विश्व युद्धमा लास नेपाली युवाहरूलाई पठाए बापत उनको निजी कोषमा लाखौँ नगद जम्मा भयो । उनी अन्तर्राष्ट्रिय स्तरका विभूषण पनि पाए । उनले सिपाही र पिपाहरूलाई खटाएर यि दरबार बनाए र राज्यकोषबाट दुई करोड रुपैयाँ लिए । उनले करोडौँ मूल्यका सन चाँदी, हिराहरू अनि करोडौँ रुपैयाँ विदेशी बैङकमा जम्मा गरे । त्यति हुँदा पनि उनक बेचैन र छटपटी हटेन, बरु बढ्दै गयो। 

चन्द्रशमशेरको बेचैनी र छटपटाहट धेरै बढेको देखी एक बेलका बालकुमारीले भनिन “अब त अति भयो महाराज, एक पटक कलकत्ताबाट डाक्टरलाई झिकाएर देखाउन हो कि !"

“डाक्टरले निको पार्ने रोग भए त कलकत्ताबाट होइन, लन्डनबाटै झिकाउन सकिन्न नि ! लन्डनमै गएर उपचार गरे पनि हुन्छ, तर मेरो यो रोग कुनै डाक्टरले उपचार गर्न सक्तैन ।” चन्द्रशमशेरले लामो सुस्केरा हाल्दै भने ।

“महाराज, हजुर आफ्नो सत्ता अस्रक्षित छ भनेर डराइबक्सेको हो । यो हजरको भ्रम मात्र हो । हामी विरुद्ध कसले षड्यन्त्र गर्न सक्छ र? रोलक्रममा रहेका भीम र जुदा बाबुहरूले त्यस्तो गर्न सक्ने कुनै सम्भावना छैन । अनि किन चिन्ता लिइरहनुपर्यो ! बालकुमारीले भनिन्।

सारांश

चन्द्रशमशेर बाठा र ज्यादै धूर्त भएकाले आफ्ना छोराहरूलाई रोलक्रम, छमेकीसंग राम्रो सम्बन्ध, पहिलो विश्वयुद्धमा नेपाली युवा पठाएर निजी कोषमा लाखौं नगद जम्मा अन्तर्राष्ट्रिय विभूषण, सम्पत्ति विदेशी बैङ्कमा सुरक्षित गरेपनि उनको वेचैनी हट र कलकत्ता गएर डाक्टर देखाउने सल्लाह बालकुमारीले दिइन् । डाक्टरले उपचार गर्ने रोग आफूलाई नलागेको भन्दै आफू जिउँदा भाइभतिजासँग होइन मरेकाहरूसंग डराउन लागेको अभिव्यक्ति दिन्छन् ।

 

३. पाठका अठारौँदेखि एक्काइसौँ अनुच्छेदसम्म पढी कुनै पाँच ओटा प्रश्न बनाउनुहोस् । 

=> पाठका अठारौँदेखि एक्काइसौं अनुच्छेदः 

"भित्री मनमा लुकेका कुरा सपनामा देखिन्छ भन्छन् । हजुर तिनै मान्छेका बारेम सोचिबक्सिन्छ होला, अनि सपनामा आउँछन् । बिर्सनु क्या तिनीहरूलाई बालकुमारीले भनिन् । 

न त खोज्छ नि तर कहाँ सक्छ र । शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक भन्ने सानियो र मान्यजन पनि भनिएन, आफन्त पनि भनिएन । अहिले सम्झंदा डर लाग्छ, मरेपछि यमदतले घिसार्दै नरक लैजान्छन् होला जस्तो लाग्छ । दान दक्षिणा र पाठपूजा त गरेका छौं तर त्यसले सबै कुराको प्रायश्चित्त गर्ला जस्तो लाग्दैन ।” चन्द्रशमशेरले भने। "हजर नराम्रा कुरा मात्रै सोचिबक्सन्छ । आफूले गरेका राम्रा काम पनि त छन्, तिनलाई सम्झेर ढुक्क भइबक्स्योस् न ।” बालकुमारीले भनिन् । “खै खाली भाइ भतिजाले षड्यन्त्र गर्लान् कि भन्ने त्रासमा रहियो । यत्रो श्री ३ महाराजा भएछि अलिकति सम्पत्तिको जोहो गर्नपर्छ भनेर त्यतातिर ध्यान गयो । पछिसम्म कीर्ति राख्ने कामतिर त ध्यानै गएनछ । धन्न सती प्रथा हटाउने एउटा राम्रो काम गरिएछ र मात्र, नत्र इतिहासमा कलकै कलङ्क बोक्नुपर्ने रहेछ ।” चन्द्रशमशेरले उदास भएर भने 

प्रश्नहरू: 

(क) चन्द्रशमशेरले के लाई सबै थोक ठाने ?

=> चन्द्रशमशेरले शक्ति, सत्ता र पैसा नै सबैथोक ठाने ।

 

(ख) मरेपछि कसले कसरी आफूलाई लान्छ होला भन्ने शङ्का चन्द्रशमशेरले गरे ? 

=> मरेपछि यमदुतले घिसार्दै नरक लाग्छ होला भन्ने शङ्का गरे ।

 

(ग) चन्द्रशमशेरलाई के केले सबै कुराको प्रायश्चित गर्दैन भन्ने लाग्यो ? 

=> चन्द्रशमशेरलाई दान दक्षिणा र पाठपूजाले मात्र सबै कुराको प्रायश्चित गर्दैन भन्ने लाग्यो।

 

(घ) बालकुमारीले चन्द्रशमशेरलाई कसरी ढुक्क हुन भनिन् ? 

=> बालकुमारीले चन्द्रशमशेरलाई आफूले गरेका राम्रा काम सम्झिएर ढुक्क हुन भनिन् ।

 

(ङ) चन्द्रशमशेरले गरेको एउटा राम्रो काम के हो ? 

=> चन्द्रशमशेरले गरेको एउटा राम्रो काम सतीप्रथा उन्मूलन हो।

 

४. पाठका बाइसौंदेखि अन्तिम अनुच्छेदसम्म पढी मुख्य मुख्य घटना टिप्नुहोस ।

पाठका बाइसौंदेखि अन्तिम अनुच्छेदः

 

“सती प्रथा हटाउने जस्तै अरू राम्रा काम पनि त गर्न सकिन्छ नि । हजरले गर्न चाहेको काम कसैले रोक्न सक्ने होइन क्यारे !” वालकुमारीले भनिन् ।

“यो त ठिकै भन्यौ । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेल्न थालेका छन् । अमेरि कामा दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत छ । भारतमा पनि या प्रथा हटिसक्यो । संसारबाटै दास प्रथा हट्नुपर्छ भनेर अन्तर्राष्टिय रूपमा स्लेभ कमिसन पनि बनेको छ भन्ने सुन्दै छु । अब हामीले यो प्रथा राखिराख्यौँ भने संसारभरि हाम्रो बेइज्जत पनि हुन्छ । त्यसैले अब दास प्रथा त हटाउनै पर्छ तर दास मालिकहरू रिसाउलान् कि भन्ने डर छ ।” चन्द्रशमशेरले भने । 

"दास मालिकहरू किन रिसाउनु नि ! दुई चार सय दिएर पुस्तौँ पुस्तासम्म काम लगाउन पाएका छन् । अझै कति काम लगाई राख्नुपर्ने उनीहरूलाई !” बालकुमारीले भनिन । "त्यसो नभन, दास मालिक भनेका सबै हाम्रा मान्छे हुन्, उनीहरूलाई पनि चिढाउन हुँदैन । राज्यकोषबाट क्षतिपूर्ति दिएर भए पनि यो प्रथा चाहिँ हटाउनुपर्छ क्यारे । चन्द्रशमशेरले भने ।

श्री ३ चन्द्रशमशेरले हँडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषणा गरे । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिको मालिकहरूलाई दासदासीको मूल्य चक्ता गरियो । यसरी नेपालभरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भए। दासप्रथा उन्मूलनको घोषणापछि चन्द्रशमशेर आनन्दले निदाउन थाले । छयाङा उज्यालो हुँदासम्म पनि उनी मस्त निदाइरहेका हुन्थे । चन्द्रशमशेरसँग बालकमारीको बिहे भएर आएको दुई दशक भयो । यस बिचमा पहिलो पटक चन्द्रशमशेर यसरी आनन्दले निदाएको देखेर बालकमारी खुसी भइन् । यस्तो देखेर उनले मनमनै भनिन “सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछ ।”

 

मुख्य मुख्य घटना :

-         सती प्रथा बाहेक अरू राम्रा काम पनि गर्न सकिन्छ भनी बालकुमारीले चन्द्रशमशेर लाई भनिन्छ,

-         सबैतिर दासप्रथा हटेको छ, अब हामीले नि हटाउनु पर्छ भनी चन्द्रशमशेरले भन्नु

-         दास मालिकहरूलाई पनि नचिढ्याई यो प्रथा हटाउने व्यवस्थाका विषयमा चन्द्रले सोच्नु

-         दास मालिक आफ्ना मान्छे भएकाले उनीहरूलाई केही रकम दिएर यो प्रथा हटाउने विचार चन्द्रले गर्नु,

-         टुडिखेलमा आयोजित एक कार्यक्रममा पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकेर दासदासीको मूल्य चुक्ता गरियो र नेपालबाट दासमुक्त भएको घोषणा गरियो,

-         दासप्रथा उन्मूलनको घोषणापश्चात् चन्द्रशमशेर निदाउन थाले,

-         आफूलाई विवाह गरेर ल्याएको दुई दशकमा नि चन्द्रशमशेर यसरी ननिदाउनु तर अहिले यसरी निदाएको देखेर बालकुमारी दङ्ग पर्नु,

-         सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछ भन्ने निष्कर्ष बालकुमारीले निकाल्नु,

 

४.तलको लघुकथा पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

फाटेको मैलो लुगा लगाएको एक माग्ने खाली खुट्टामा एक नव धनाढ्यकहाँ माग्द पुग्यो । नव धनाढ्यले एक मुठी भिक्षा दिनुको सट्टा एक जोर नयाँ लुगा नै दियो। माग्नेले सर्ट उठाएर हेयो र त्यही राख्यो, जहाँबाट उठाएको थियो । प्यान्ट उठायो, 

त्यही राख्यो । त्यसरी आफूले दिएको सामानलाई तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड्केर भन्यो, “हैन, के खोजेको तँले ? माग्न हिँड्ने, दिएको नलिने ?" ले सकरुण भन्यो, “मालिक, मलाई बस, एक पेट अन्न चाहिएको छ, जसले पेट भर्न सके। यतिका लुगा लगाएर हिँडे मलाई कसले दिन्छ फेरि ? त्यसैले यी लगा लगाउन बाध्य गराएर मेरो पेटमा लात किन हान्नुहुन्छ ? मैले हजुरको के पो बिराएको छु र ?" कपिल लामिछाने, ‘माग्ने' शीर्षकको लघुकथाबाट)

 

(क) माग्नेलाई धनी व्यक्तिले के दियो ? 

=> माग्नेलाई धनी व्यक्तिले एक जोर नयाँ लुगा दियो ।

 

(ख) धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले किन लिन मानेन ? 

=> आफूलाई लुगाभन्दा भोकाएका कारण खानेकुरा चाहिएकाले धनाढ्य व्यक्तिले दिएको कुरा माग्नले लिन मानेन ।

 

(ग) माग्नेले धनाढ्य व्यक्तिलाई ‘मेरो पेटमा लात किन हान्नहन्छ ?' भन्नुको तात्पर्य के हो ?

=> नयाँ लुगा लगाएर माग्न जाँदा कसैले नि भिक्षा नदिने भएकाले मालिकले दिएको नयाँ लुगा लगाउन असमर्थ छु भन्नु नै मान्नेले धनाढ्य व्यक्तिलाई 'मेरो पेटमा लात किन हान्नुहुन्छ ' भन्नु हो।

 

(घ) माथिको अनुच्छेदमा रेखाङ्कित शब्दहरूको अर्थ के के हुन् ? 

- रेखाङ्कित शब्दहरूको अर्थ: 

भिक्षा = दान

तिरस्कार = अपहेलना 

सकरुण = विनयपूर्वक

 

 

(ङ) यस लघुकथाबाट तपाईले कस्तो सन्देश पाउनुभयो ? 

के यस लघुकथाबाट मैले 'मानिसले जति मागेको हो त्यही दिनुपर्छ त्यसभन्दा बढी दिनु हुन्न' भन्ने सन्देश पाएँ ।

 

६. पाठको पाँचौँ र छैठौं अनुच्छेद पढ्नुहोस् र जोडा मिलाउनुहोस् : 

पाठको पाँचौ अनुच्छेद :

 

“तिमी जाजरकोटे ठकरीकी छोरी, नेपाल दरबारको सबै करा थाहा पाएकी छैनौ । जगवहादुरले बाँधेको थितिमा यही कमजोरी छ, शासनमा रहनेले आफ्नै भाइ भातजासंग डराउनुपर्छ । दाजपछि भाइहरूमा र भाइहरूपछि भतिजाहरूमा रोलक्रम जान भएपछि आफ्नै भाइ भतिजा त 'शत्रु हुँदा रहेछन् । रणोद्दीप, जगतजङका शत्रु का भए ? देव दाइका शत्रु को भए ? तिमीलाई थाहा छैन र ? त्यसैले मैले फत्यलाई हजुरियाबाट निकालेको हो । तिमीले असल भनेको गेहेन्द्र कम घमन्डी छ । एउटा मेसिन गन के बनाएको थियो, आफलाई नेपालकै पहिलो वैज्ञानिक भन्ठान्छ । अस्ति त्यसले. मलाई देखाउन होइन, तर्साउनका लागि पेस्तोल बोकेर आएको हो।” चन्द्रशमशेरले भने । 

पाठको छैठौँ अनुच्छेद :

बालकमारीले भनिन, “हजुरको नचाहिँदो शङ्का मात्र हो । मलाई हजुरकाश भतिजाबाट त्यस्तो कुनै खतरा छ जस्तो लाग्दैन । अनावश्यक शङ्कालु बानीले गई हजुरलाई खान नरुचेको हो, निद्रा नआएको हो । शकाले लङ्का जलाउँछ भन्छन । शङ्काले गर्दा दब्लाएर सिट्ठो भइबक्स्यो । हजुरलाई थाहा छ, कुरा काट्नेहरू लाई फिस्टे महाराज भनेर हँस्सी मजाक गर्छन् रे ।”

 

बालकुमारी देवी                                        'फिस्टे महाराज' भनेर हँस्सी मजाक गर्छन

फत्य                                                     जाजरकोटे ठकुरीकी छोरी

जङ्गबहादुरले बाँधेको थिति                          हजुरियाबाट निकालिएको

कुरा काट्नेहरू                                         मेसिन गन बनाउने

दुब्लाएर                                                आफ्नै भाइ, भनिजासँग डराउनुपर्छ

गेहेन्द्र                                                        सिट्ठो भइबक्स्यो

 

ð जोडा मिलाइएको :

बालकुमारी देवी                                   जाजरकोटे ठकुरीकी छोरी

फत्य                                               हजुरियाबाट निकालिएको

जङ्गबहादुरले बाँधेको थिति                    आफ्नै भाइ भतिजासँग डराउनुपर्छ 

कुरा काट्नेहरू                                    'फिस्टे महाराज' भनेर हँस्सी मजाक गर्छन

दुब्लाएर                                           सिट्ठो भइबक्स्यो

गेहेन्द्र                                              मेसिन गन बनाउने

 

लेखाइ

 

१. तलका प्रश्नको उत्तर छोटकरीमा लेख्नुहोस् : 

 

(क)   बिहे भएर आएको केही दिनमै बालकुमारी देवीले चन्द्रशमशेरका बारेमा के कुरा थाहा पाइन् ?

ð बिहे भएर आएको केही दिनमै बालकमारी देवीले चन्द्रशमशेर राती राम्ररी ननिदाउने, निदाए पनि निद्रामै बर्बराउने, दारा किट्ने, एक्कासी बिउँझिने जस्ता बेचैनी र छटपटाहट थाहा पाइन् ।

 

(ख)   चन्द्रशमशेर आफ्ना भाइ भतिजाहरूसँग कस्तो व्यवहार गर्थे , 

ð आफ्ना भाइ भनिजाहरूसँग चन्द्रशमशेर झर्कोफर्को गरेर बोल्थे । मख्तियार जङ्गीलाठ भइसकेका भाइहरूलाई पनि गाली गरिरहने जस्ता व्यवहार गर्दथे ।

 

(ग)     चन्द्रशमशेरलाई किन आफ्नै भाइ भतिजाप्रति शङ्का थियो ? 

ð आफ्नो पछाडि भाइ भतिजाहरूको रोल क्रम आउने भएकाले पदको लागि समयभन्दा अगाडि नै कुनै षडयन्त्र गरी पदच्यूत वा मार्लान भन्ने डरको शङ्क चन्द्रशमशेरलाई आफ्नै भाइभतिजाहरूप्रति थियो। 

  

(घ)    चन्द्रशमशेरले कसरी आफ्नो शासनलाई बलियो बनाएका थिए ? 

ð आफ्ना मातहतमा रहेका भाइभतिजाहरूलाई हप्काएर गाली गरेर चन्द्रशमशेरले आफ्नो शासनलाई बलियो बनाएका थिए । मुख्तियार, जङ्गीलाठ भइसकेका भाइहरूलाई पनि आफ्नो काबुका राखी आफ्नो शासन बलियो बनाएका थिए ।

 

(ङ)    चन्द्रशमशेरलाई सपनामा ककसले केके गर्थे ? 

ð चन्द्रशमशेरलाई रणोद्दीप आएर गाली गर्ने, जगतजहरू आएर डर देखाउने, गेहेन्द्र र फत्यहरू आएर औंला ठड्याउने, कृष्णलाल आएर मकैको खेती किताब देखाउदै गिज्याउने, विश्वयुद्धमा मारिएका लाखौं मानिस आएर हाम्रो ज्यान वेचेर कति कति कमाइस भनेर औंला ठड्याउने गर्थे ।

 

२. शिक्षकलाई सोधेर सती प्रथाका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

 

ð आफ्नो श्रीमान मरेपछि श्रीमतीले पतिको चिताको छेउमा अर्को चितामा जिउँदै जलेर मर्ने प्रथा सती प्रथा हो । यो प्रथालाई धर्मसँग जोडेर महिलालाई दुःख दिने काम हुन्थ्यो । एउटै पुरुषले धेरै महिलालाई विवाह गर्ने प्रचलनले यो समस्या झन पीडादायक बन्यो । यस्तो हुँदा एउटै पुरुष मर्दा धेरै महिलाहरूले जिउँदै जलेर मर्नुपर्ने आगोले पोल्दा पनि सहजै सहेर मर्न तयार हुनुपर्ने, बाहिर निस्किएर भागेमा मलामीले कुटेर, किचेर मार्ने व्यवहार यस प्रथामा हुने गर्थ्यो । यस प्रथाको जताततै विरोध हुन थाले पछि चन्द्रशमशेरको पालामा यो प्रथा अन्त्य भयो र नेपाली चेलीहरूले अकालमा मर्न परेन ।

३. भाव विस्तार गर्नुहोस् :

 

(क)   जङ्गबहादुरले बाँधेको थितिमा यही कमजोरी छ, शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ ।

ð नेपालमा जङ्गबहादुर राणाले रााणशासनलाई मजबुद बनाए । आफ्ना भाइ भतिजालाई रोलक्रम अनुसार शासन गर्ने अभिभारा दिए । जङ्गबहादुर राणाले बनाएको यो नियमले राणाहरूको शक्ति त बढ्यो तर सङ्गसङ्गै अविश्वास पनि बढेर गयो । पद र प्रतिष्ठाका लागि एक भाइले अर्को भाइलाई मार्ने काम हुन थाल्यो । रोलक्रममा आफ्नो पालो अगाडि ल्याउन उनीहरूले आफूभन्दा अगाडिका अग्रजलाई विभिन्न बहानामा पदच्यूत गर्ने वा मार्ने जस्ता कार्य भएको पाइन्छ । तसर्थ जङ्गबहादुरले आफ्ना भाइ भतिजाहरूलाई शासन सुम्पने काम त गरे त्यसमा एउटा नियम बनाए। रोलक्रमको नियमले राणाहरू एक अर्काका शत्रु भए । एकले अर्कालाई मार्ने धम्क्याउने वा एउटा भाइ अर्को भाइसँग डराउनुपर्ने भयो।

 

(ख)   कलेज खोलेर मैले आफ्ना खुट्टामा आफैंले बन्चरो हानँ । 

ð राणाहरूले सुरुमा नेपाली जनतालाई शिक्षाको ज्योतिबाट बञ्चित गराएका थिए । जनतामा एक खालको आक्रोश बढ्दै जान थालेको थियो । विश्वमा शिक्षाको व्यापक चर्चा परिचर्चा हुन थालेको थियो । कन देशका शासकले त्यहाँका जनतालाई कति शिक्षित बनाए भन्ने निगरानी अन्तर्राष्ट्रिय समुदायले निगरानी गरिरहेको थियो । त्यसैले चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे त्रिचन्द्र कलेजको उद्घाटनका दिन उनले आफूले आफ्नै खुट्टोमा बन्चरो हा भने । यसबाट पनि राणाहरू नेपाली जनताले पाएको शिक्षाप्रति कति अनुदार शि भन्ने पुष्टि हुन्छ । त्यस क्याम्पसले नेपाली जनताको त हित होला तर राणाहरून अहित हन्छ भन्ने अभिव्यक्तिले पनि राणाहरू नेपाली शिक्षाप्रति उनीहरू अनता रहेको पुष्टि हुन्छ।

 

(ग)     शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक भन्ने ठानियो र मान्यजन पनि भनिन आफन्त पनि भनिएन ।

ð शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक भन्ने मानिस कहिल्यै सुखी हुँदैन । शनि सत्ता र सम्पत्तिलाई ठुलो ठान्ने मानिसले कहिल्यै अरूको हितमा काम ग जान्दैन । ऊ सधै आफ्नो शक्ति कसरी दह्रो बनाउने, कसरी सत्ता टिका आफ्नो सत्तामा कसैले नराम्रो आँखा लाएका छन् कि भनेर त्यसैको बारेमा मात्र सोचिरहन्छ । आफ्नो सम्पत्ति कसरी बढाउने भन्ने विषयमा मात्र सोचिरहन्छ । मानिस शक्तिको सत्ता र सम्पत्तिको पछि लागेको छ भने आफ्नो सम्पत्ति, शक्ति र सत्तालाई जोगाउन आफ्ना अग्रजहरूलाई बली दिन पनि तयार हुन्छ । यी कुराको मात मानिसमा चढेको छ भने उसले आफ्ना मान्यजन, आफन केही नभनी ती नै वस्तु र चिजको माया गरिरहन्छ । तर यी र यस्ता चिज मानिसमा कहिल्यै शान्ति ल्याउँदैन, बेचैनी बढाउँछ । तसर्थ परहितमा नै सच्चा शान्ति र आनन्द छ भन्ने भाव माथिको अंशमा रहेको छ।

 

(घ)    सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हँदो रहेछ।

ð मानिसलाई सम्पत्ति, सत्ता र शक्तिले एक्लो बनाउँछ । ऊ जतिखेर पनि त्यही कुरा मात्र सम्झन्छ । उसले त्यसको प्राप्तिका लागि जे जस्तो मूल्य पनि चकाउँछ । उसलाई सधैं तीनै कराको मात्र चिन्ता हुन्छ जनको पछि लागेको हुन्छ । उसलाई ती कराले सधै तनाव मात्र दिइरहन्छ । सुख र सत्त कहिल्यै पाउँदैन । सुख र सन्तुष्टि किनेर पाइने वस्तु होइनन् । यिनलाई प्राप्त गर्न सम्पत्ति पद र प्रतिष्ठा होइन असल काम हो । अरूको हित हुने कार्य मानिसलाई आत्मिक आनन्द मिल्छ जन सम्पत्ति खर्च गरेर पाउन सकिदैन । मानिसको जीवन छोटो छ । यो छोटो जीवनलाई मल्यवान बनाउन हामी परोपकारमा ध्यान पुयाउन् पर्छ । असल काम गरेमा मानिसलाई खुस मिल्छ । त्यो खुसी नै जीवनको सार्थकता हो । साना साना कुरामा पनि खुसी भेटिन त्यो खसी परोपकार र राम्रा कामबाट पाउन सकिन्छ भन्ने भाव माथिको अंशम रहेको छ।

 

४. पाठको सारांश लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् । 

=> चन्द्रशमशेरमा बढेको बेचैनी र छटपटाहटले उनलाई रातभर निद्रा लाग्दैनथ्यो । डाक्टर जान्ने झाँक्री देखाउँदा हुन्छ कि भनी श्रीमतीले भन्दा डाक्टरले निको पार्ने बिमा हैन भन्थे उनी । उनी आफ्ना माथिल्लो पदमा पुगेका भाइ भतिजालाई गाली गरिरहन्थे। भाइभतिजामा कुनै विश्वास नभएको कुरा उनी भन्थे। उनलाई आफ्ना भाइहरूले मार्छन र आफ्नो पद, सम्पत्ति खोस्छन् भन्ने डर मात्र थियो । आफ्ना अग्रज जङ्गबहादुर राणाले बनाएको रोलक्रमको नियमलाई कमजोरी सम्झन्थे । आफूले बनाएका हजुरीया भाइलाई पनि उनी पछि पार्दथे । आफ्ना विपक्षमा कोही आए भने त्यसलाई उनी बाँकी राख्दैनथे । त्रि-चन्द्र कलेज खोल्दा उनले आफ्नो खुट्टामा आफैं बन्चरो हाँने भने । जनता शिक्षित भए भने आफ्नो सत्ता टिक्दैन भन्ने शङ्का उनमा थियो । चन्द्रशमशेरले आफ्ना छोराहरूको रोलक्रम सुरक्षित गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो बनाएका थिए। पहिलो विश्वयुद्धमा नेपाली जवान पठाएर उनले लाखौं पैसा जम्मा गरेका थिए। उनी आफ्ना जिउँदा भाइहरूभन्दा पनि मरेका आफन्तबाट बढी त्रसित हुन्थे । मरेकाले उसका गल्ती कमजोरी औंल्याउदै तसाउँथे । पहिले सत्ताको पछि लागेका चन्द्रशमशेर पछिल्लो चरणमा आत्मसन्तुष्टि हुने बाटो खोज्न थाले । उनले नेपालबाट सतिप्रथा र दासप्रथालाई हटाई आनन्दको सास लिए।

 

४.अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :

बेचैनी, बिनासित्तीमा, रोलक्रम, राजीनामा, पदच्युत, आकर्षित, विभूषण, प्रायश्चित्त, षड्यन्त्र, उन्मूलन, प्रतिष्ठा

 

ð बेचैनी : चन्द्रशमशेरमा ठूलो बेचैनी र छटपटाहट देखिन्थ्यो। 

बिनासित्तीमा : हामीले कसैसँग पनि बिनासित्तीमा रिसाउनु हुँदैन ।

रोलक्रम : राणाहरूमा रोलक्रमको नियम जङ्गबहादुर राणाले राखिदिए ।

राजीनामा : चन्द्रशमशेरको शासन खप्न नसकेर भाइहरू मुख्तियार, जङ्गीलाठ जस्ता पदबाट राजीनामा दिन्छु भन्थे । पदच्युत : आफ्नो पालो छिटो आओस् भनेर धेरै राणाहरूले आफ्नै दाज, काका, बडावालाई पदच्युत गरेका छन् । आकर्षित : विद्यार्थीले राजनीतिमा बढी आकर्षित हुनुहुँदैन ।

विभूषण : चन्द्रशमशेरले स्वदेश तथा विदेशमा धेरै खाले विभूषण पाएका थिए।

प्रायश्चित : हामीले नराम्रो कामको प्रायश्चित गर्नैपर्छ ।

षड्यन्त्र : आफू पदमा पुग्नको लागि राणाहरू आफ्नै आफन्तलाई षड्यन्त्रको जालमा पार्थे । 

उन्मलन : चन्द्रशमशेरले सतीप्रथा र दासप्रथाको उन्मूलन गरे।

प्रतिष्ठा : पैसा र सम्पत्तिले मानिसको प्रतिष्ठा किन्न सकिन्न ।

 

६.निम्न लिखित अनुकरणात्मक शब्दहरूको प्रयोग गरी वनभोज जाँदाको अनुभव लेख्नुहोस् :

जुरुक्क, सरासर, ढकमक्क, थपक्क, खुरुक्क, कलकल, खलखली, हुरुक्क, खलबल, चिरबिर, सरंसर आदि।  

 

ð आज बिहान ५ बजे नै म जरुक्क उठे । चिया खाजा खाएर ६ बजेतिर म सरासर विदयालतिर गएं । विद्यालयमा सबै साथीहरू आइसकेका रहेछन् । साथीहरूलाई गाडी खुरुखुर गाडीमा चढाई हामी चार जना साथीहरू चाहिँ थपक्क पछाडि बस्यौँ । गाडी हिंडिरहेको थियो । मलाई कलकल धाराको पानी खाएको याद आयो । नभन्दै बनभोज खाने ठाउँमा पुग्यौँ । त्यहाँबाट हामी गुराँस टिप्न उकालो चढयौँ ।। चढ्दा खलखली पसिना आयो । चराचुरुङ्गी र झ्याउँकिरीको चिरबिर र खल हामीलाई एक प्रकारको सङ्गीत दिइरहेको थियो । डाँडामा वनभोज खाने ठाउँमा सर्रसर हावा चल्दै थियो । हामीले वनभोजबाट फर्कदा ढकमक्क फुलेका गराँस हा ल्यायौँ ।

 

७. पाठबाट हलन्त प्रयोग भएका शब्दहरू खोजेर लेख्नुहोस् ।

=> काट्ने, सिट्ठो, भनिन्, आफ्नो, रहेछन्, श्रीमान्, गरिनन्, खुट्टा, पढ्न, छन्, विरुदध लङ्का, घुट्को, आदि

 

८. पाठका शब्दार्थ पढी उही अर्थ आउने शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् । 

=> बेचैनी     : चैन नभएको

    प्राय       : बढी 

     राजीनामा : आफ्नो काम छोड्नु

    हजरिया   : राणाकालीन एक पद

    सिट्ठी      : दुब्लो

 

९. पाठ पढ्दा दोहोरो उद्धरण चिह्नको प्रयोगमा ध्यान दिनुहोस् र यस्तो चिह्न प्रयोग गरी छोटो संवाद लेख्नुहोस् ।

 

ð (आयुष र आयुषा दाजु वहिनी हुन् उनीहरू खेलिरहेका छन् । दुवैजना गफ गरिरहेका छन् । 

आयुषा : “दादा मलाई भोक लाग्यो ।”

आयुष : “बहिनी आज ममी बाबा हुनुहुन्न, भित्र हिँड्न खानेकुरा खाऔं ।” ।

आयुषा : “दादा मलाई चकलेट किनिदिनुन ।”

आयुष : “बहिनी मसँग पैसा छैन, भित्र गएर कोला विस्कुट दुधं खाऔं न ।” 

       आयुषा: “नाइ दादा मलाई जसरी नि चकलेट ल्याइदिनु ।"

     आयुष : “नरौ वहिनी ढोकाको चावी पनि छैन ममी बाबा आए पछि चकलेट अनि अरू थोक पनि खाऔं ल ।”

(बल्लबल्ल दाजु बहिनीलाई फकाउन सफल हुन्छन् र खाजा खान्छन् ।

 

व्याकरण

 

१.      तलको अनुच्छेदमा वर्तमान काल जनाउने क्रियापदलाई रेखाङ्कन गरिएको छ, तिनलाई भूतकालमा रूपान्तरण गरी कापीमा सार्नुहोस् :

सदर्शन र स्वस्तिका उठिसकेका छन् । अहिले उनीहरू खाजा खाँदै छन् । जेनिस । आशुतोष पनि आँखा मिच्दै उठ्छन् । सुजन र युजन कपडा लगाउँदै छन् । करुणा नारायण ठिक परिसकेका छन् । अनिता, प्रतिसा, प्रतीक र सचिन पनि जम्मा हुन्छन् । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाउँछन् । पुजन क्यामेरा बोक्छन् मनाल गितार भिर्छन् । आज उनीहरू वनभोज जाँदै छन् । सबैको चेहेरामा खुसी देखिन्छ ।

 

ð सुदर्शन र स्वस्तिका उठिसकेका थिए । अहिले उनीहरू खाजा खाँदै थिए । जेनिस र शतोष पनि आँखा मिच्दै उठे। सुजन र युजन कपडा लगाउँदै थिए । करुणा र नारायण ठिक परिसकेका थिए । अनिता, प्रनिसा, प्रतीक र सचिन पनि जम्मा भए । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाए । पुजनले क्यामेरा बोके । मुनालले गितार भिरे। आज उनीहरू वनभोज जाँदै थिए । सबैको चेहरामा खुसी देखियो।

२.      तलको अनुच्छेद पढी वर्तमान कालका पक्षहरूको पहिचान गर्नुहोस् र हरेक पक्षका वाक्यलाई अलग अलग तालिकामा राख्नुहोस् :

 

=> (सामान्य वर्तमान) ।

- डोल्मा, रेखा, हसिना र शान्ति मेरा मिल्ने साथी हुन्

- सुम्निमा, चित्रलेखा, हाकुमायासँग पनि म सारै मिल्छु ।

- उनीहरू पनि मसँग असाध्यै मिलछन् ।

- हामीहरू मेचीदेखि महाकालीसम्म अनि हिमाल, पहाड, मधेस. तराई सबैतिरका छौँ ।

 

      (अपूर्ण वर्तमान)

             - अपरेश, रामकृष्ण सुवास, सलिम, अष्टमान, प्रवीण,पासाङ, योगन्द्रहरूसँग हामी सँगै पढ्दै छौँ ।

             - उनीहरू पनि मेरा राम्रा साथी वद्र छन् ।

 

       (पूर्ण वर्तमान)

          - जात, संस्कार, मातृभाषा, वेषभूषा अलग अलग भए पनि हामी सबै नेपाली हौँ भन्ने हामीले थाहा पाएका छौँ ।

          - यसैल हामी सबै आपसमा मिलेर बसेका छौँ ।

          - एक अर्काको भावनाको कदर गरेका छौं ।

 

३.      पाठको पहिलो अनुच्छेदलाई सामान्य वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् । "

ð श्री ३ वडामहारानीका रूपमा दरवारमा भित्रिएको केही दिनमै बालकमारीदेवीले आफ्ना महाराज चन्द्रशमशेरमा गहिरो वेचैनी र छटपटाहट देख्छिन् । चन्द्रशमशर राम्ररी निदाउँदैनन् । उनी निद्रामै बर्बराउने, दारा किट्न र एक्कासि विउझिन पातका यस्तो व्यवहार देखेर वालकमारीले एक दिन चन्द्रशमशेरसँग भन्छिन्, "हजर किन राम्ररी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पाए हुन्न । जब चन्द्रशमशेरले भन्छन्, “मैले कलकत्ताका ठुला डाक्टरहरूसँग जचाइरहेको छ । कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन ।”

 

४.      पाठको तेइसौँ अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस। 

पाठको तेइसौँ अनुच्छेद :

“यो त ठिकै भन्यौ । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेल्न थालेका न अमेरिकामा दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत छ । भारतमा पनि यो प्रथा हटिसक्यो । संसारबाटै दास प्रथा हट्नुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा स्लेभ कमिसन पनि बनेको छ भन्ने सुन्दै छु । अब हामीले यो प्रथा राखिराख्यौँ भने संसारभरि हाम्रो बेइज्जत पनि हुन्छ । त्यसैले अब दास प्रथा त हटाउनै पर्छ तर दास मालिकहरू रिसाउलान् कि भन्ने डर छ ।” चन्द्रशमशेरले भने। - “यो त ठिकै भन्दै छौ । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेल्न थाल्दै छ । अमेरिकामा दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत हुँदै छ । भार तमा पनि यो प्राथ हट्दै छ । संसारबाटै दास प्रथा हट्नुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा स्लेभ कमिसन पनि बन्दैछ भन्ने सन्दै छ । अब हामीले यो प्रथा राखिराख्यौँ भने संसार भरि हाम्रो बेइज्जत पनि हुँदै जान्छ । त्यसैले अब दास प्रथा त हटाउनै पर्छ तर दास मालिकहरू रिसाउलान् कि भन्ने डर हुँदैछ । चन्द्रशमशेर भन्दै छन् ।

 

५. पाठको छब्बिसौँ अनुच्छेदलाई पूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् । 

पाठको छब्बिसौँ अनुच्छेद :

 

श्री ३ चन्द्रशमशेरले टुंडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषणा गरे । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकेर मालिकहरूलाई दासदासीको मूल्य चुक्ता गरियो । यसरी नेपालभरिबाट उनन्साठी हजार 

आठ सय त्रिपन्न दासदासीहरू मुक्त भए। - श्री ३ चन्द्रशमशेरले टुडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको 

घोषणा गर्छन् । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकर मालिकहरूलाई दाससाथीको मूल्य चुक्ता गरेको छ । यसरी नेपाल भरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका छन् ।

 

६. कोष्ठकमा दिएको सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस् : 

(क) जसदीप पढाइका साथसाथै घरको काममा पनि सहयोग ... । (गर् - सामान्य बतन 

=> जसदीप पढाइका साथसाथै घरको काममा पनि सहयोग गर्छ ।

 

(ख) कृतिका कक्षा ९ मा ...... । (पढ्-अपूर्ण वर्तमान)

=> जतिका कक्षा ९ मा पढ्दै छिन् ।

 

(ग) आडकाजी आज काठमाडौं ....... । (जा - पूर्ण वर्तमान) 

=> आङकाजी आज काठमाडौं गएको छ।

 

(घ) लछमनियाँ बिदाका दिन लुम्बिनी ...... । (घुम् - सामान्य वर्तमान) 

=> लछमनियाँ बिदाका दिन लुम्बिनी घुम्छिन् ।

 

(ड) महेश गीत ....... । (गाउ - अपूर्ण वर्तमान) 

=> महेश गीत गाउँदै छ।

 

(च) खालिदाले चित्र ...... । (बन् - पूर्ण वर्तमान) 

=> खालिदाले चित्र बनाएकी छिन् ।

 

७.तलको अनुच्छेदबाट विशेषण र क्रियापद छानी अलग अलग तालिकामा लेख्नुहोस् :

हामी गाँसे पाखातिर लाग्यौँ । उकालो बाटो, मोटो मान्छेलाई उकालो बाटो चढ्न धेरै गारो हुँदोरहेछ, केही शिक्षकलाई सारै गारो भयो । बाँकी हामी दुब्ला, पातला भए पनि फुर्तिला थियौँ । खासै गारो भएन । पाखैभरि राता ग्रॉस फलेका अनि साना, ठला र रङ्गीविरङ्गी चरा चुरुङ्गीको चिरबिराहटले गर्दा मनै आनन्द भयो । डाँडाको शिखरमा पुग्दा चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता विभिन्न आकार र रङका दङ्गाहरू थुपारेर बनाएको दउरालीलाई फुलपाती र सेता कपडाको ध्वजा चढायौँ । शिखरमा पुग्दा हामीलाई ठूलो विजय हासिल गरेको महसुस भयो । 

 

ð विशेषण

गुरासे, उकालो, मोटो, धेरै, केही, दुब्ला, पातला, फुर्तिला, राता, साना, ठुला, रङगीविरङ्गी, चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता, सेता, ठूलो 

 

            क्रिया 

         लाग्यौं, हुँदोरहेछ, भयो, भएन, भयो, चढायौँ, भयो

 

८. समूह समूह बनाई पाठबाट विशेषण शब्दहरू छान्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

ð गहिरो, ठूला, लामो, एउटा, पहिलो फिस्टे, आफ्नो, हाम्रा, जहानिया 

पढेलेखेका, लामो, जिउँदा, मरेका भित्री, राम्रा, दुई, चार, उनन्साठी

 

९. पाठको अन्तिम अनुच्छेदमा प्रयोग भएका क्रियापदहरू वाक्यमा प्रयोग गरी कापीमा सार्नुहोस्।

 

ð पाठको अन्तिम अनुच्छेद : 

दासप्रथा उन्मलनको घोषणापछि चन्द्रशमशेर आनन्दले निदाउन थाले । छयाङ्ग उज्याला हुदासम्म पनि उनी मस्त निदाइरहेका हुन्थे । चन्द्रशमशेरसंग बालकुमारीको विह भाएर आएको दई दशक भयो । यस विचमा पहिलो पटक चन्द्रशमशेर यसरी आनन्दल निदाएको दयर वालकमारी खसी भइन् । यस्ता देखेर उनले मनमनै भनिन्, "सुख र सन्तुष्टि भन्ने करा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हँदो रहेछ ।” 

2 comments:

  1. There's no any answer in व्याकरणको number 9 र त्यहाँ सिर्जनात्मक लेखनको उत्तरहरु पनि छैन।

    ReplyDelete

Note: Only a member of this blog may post a comment.

 
close