We have shifted all our notes to our new website
नेपाल
- सिद्धिचरण श्रेष्ठ
शब्दार्थ
अशेष - सबै, समस्त
वर्ण - रूप, रङ, वर्णमालाका अक्षर
लता - लहरो
लयबद्धं - सङ्गीतमय, लहरमा बाँधिएको ,
पत्र पत्र - पानैपाना
ज्यामी - ज्यालामा काम गर्ने, मजदूर
विपत्ति - आपत्
गुह्य - गोप्य, रहस्यमय
सङ्घर्ष - क्रान्ति, लडाइँ
किसान - खेतीपाती गर्ने व्यक्ति
बहुमूल्य - धेरै मोल पर्ने, अनमोल
छाल - वेगले बग्दा बन्ने पानीको लहर, पानीको उठेको तरङ्ग
विचित्र - रङगीचङगी, विभिन्न रङको, अनौठो
मन्त्र - देवदेवीबाट असांधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य, सिद्धि प्राप्त गर्न जपिने शब्द, वेदका ऋचा
तन्त्र - देवदेवीको उपासना गर्ने विधि भएको शास्त्र वा विद्या, शासन पद्धति
पुर्खा - बाजे बराजु, पहिलेका पुस्ता, पूर्वज
अभ्यास
१. 'नेपाल' कविता
साथीहरूसँग मिली समूहमा लय मिलाएर वाचन गर ।
२. मिल्ने
शब्द छानेर
खाली ठाउँ भर :
सहारा, प्यारो, फाँसी, पसिना, विजय
=> (क) हाम्रो देश बचाउन हामीलाई प्यारो लाग्छ ।
(ख) ज्यामी, सीपाही र किसानहरू यस देशका सहारा हुन् ।
(ग) नेपालको निर्माणमा पुर्खाहरूको पसिना बगेको छ ।
(घ) यो देश बचाउन पुर्खाहरू फाँसी चढ्न समेत तयार भए।
(ङ) वीरहरूले युद्धमा सजिलै विजय प्राप्त गरे।
३.तल दिइएको
कवितांश पुरा गर :
नेपाल प्यारो....................
सौन्दर्य...................अशेष
...............मूल फुटी विशाल
.........लयबद्ध................
ð नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष
सङ्गीतको मूल फुटी विशाल
छल्कीरहे झै लयबद्ध छाल
४. तलका प्रश्नहरूको उत्तर एक वाक्यमा
लेख :
(क) पसिनाका धारा कहाँ बहन्छन्
?
S पसिनाका धारा स्वर्ग छुने दिशामा बहन्छन् ।
(ख) हाम्रा
पर्वतहरू के जस्ता
छन् ?
s हाम्रा पर्वतहरू अक्षर र वृक्षलता जस्ता छन् ।
(ग) हाम्रा
बलिया सहारा को
को हुन् ?
+ होम्रा बलिया सहारा ज्यामी, सीपाही र किसान हुन् ।
(घ) पुर्खाले
यो मुलुकमा जागरण
ल्याउन के गरे ?
Is पुर्खाहरूले यो मुलुकमा जागरण ल्याउन हाँसी हाँसी फाँसी चढ्दै आफू पनि बाँचे र अरूलाई पनि बचाए।
५. तलका प्रश्नहरूको उत्तर देऊ :
(क) कवितामा
कविले नेपालको
प्राकृतिक सुन्दरताको वर्णन कसरी गरेका
छन् स्पष्ट
पार।
ð कवि सिद्धिचरण श्रेष्ठले 'नेपाल' शीर्षक कवितामा वर्णन गरेअनुसारयो देशमा अनेकौं प्राकृतिक सौन्दर्यका धाराहरू बगिरहेका छन् । प्राकृतिक रूपमा निस्किएका विभिन्न आवाजहरूले लयबद्ध सङ्गीतको आभास दिएको पाइन्छ । यस देशमा हजारौं पर्वतहरू, वृक्षहरू, लहराहरू, खोला, नदीहरू, विभिन्न चराचुरुङ्गीहरू, बहुमूल्य किताबका खुला पाना सरह तह तह परेर बसिरहेका पाइन्छन् ।
(ख) कवितामा हाम्रा पुर्खाहरूले देशका
निम्ति दिएको
योगदानलाई केकसरी
वर्णन गरिएको
छ, लेख।
ð कवि सिद्धिचरण श्रेष्ठद्वारा
लेखिएको 'नेपाल' शीर्षक कवितामा नेपालको निर्माणमा पर्खाहरूको महत्वपूर्ण योगदान रहेको कुरालाई विशेष जोड दिइएको छ । यस देशको सिर्जनाको लागि हाम्रा पुर्खाहरूले विभिन्न समयमा आफ्नो पसिना र रगत बगाएको कुरा पनि उल्लेख गरिएको छ । उनीहरूले बगाएको रगत र पसिना अहिले. हाम्रा नसा नसामा बगेर यस देशलाई स्वर्ग छुने दिशामा डोयाउँदै गरेको पनि पाइन्छ ।
६. नेपाल
कविताको मुख्य
भाव लेख।
=> 'नेपाल' कविता कवि सिदिचरण श्रेष्ठद्वारा लेखिएको हो । यस कवितामा
कविद्वारा नेपालको प्राकृतिक सुन्दरता र पुर्खाहरूले गरेको योगदानका बारेमा चर्चा गरिएको छ । यस देशमा अनगिन्ती हिमश्रृङ्खला, पहाड, पर्वत, खोला, नदी, वनस्पति, जीवजन्तुहरू रहेका छन् जसले नेपाल देशलाई सुन्दर बनाएका छन् । यहाँका लता, वृक्ष, खोला, नदी, चराचुरुङ्गीबाट
निस्कने ध्वनि अत्यन्त मीठा र सुनिरहूँ लाग्ने छन् । देश निर्माणका लागि यस देशका ज्यामी, सीपाही, किसान साथै आ-आफ्ना पेशामा रहेका सम्पूर्ण कर्मशील नेपालीहरू यस देशका बलिया सहारा हुन् जसको योगदानले आज देश उन्नतिको शिखरमा चढिरहेछ । यस देशलाई पुर्खाहरूले रगत र पसिना बगाएर सिर्जना गरेका छन् ।
विपत्ति पर्दा हाँसी हाँसी मृत्यु वरण गर्न हर्दम तयार रहने वीर योद्धा, नेपाल आमाका वीर सपूतहरूले आफ्नो जीवन बलिदान गर्दै यस देश र जनतालाई बचाएका थिए । त्यसकारण हामी सम्पूर्ण नेपालीहरूले हाम्रा पुर्खाहरू र वीर सहिदहरूको बलिदानलाई आत्मसात् गर्दै यस देशको उन्नति, प्रगति र सुन्दरतालाई कायम राख्नुपर्छ । देशको इज्जत, मान, सम्मान र प्रतिष्ठालाई
जोगाउनुपर्छ । नेपाल र नेपालीको खुशीलाई हराउन दिनुहुँदैन ।
७. व्याख्या
गर :
ज्यामी, सीपाही
र किसान सारा
छन् आज हाम्रा
बलिया सहारा
।
ð ज्यामी ............
बलिया सहारा । माथि दिइएको कवितांश कक्षा ८ को नेपाली किताको पाठ १ 'नेपाल' कविता शीर्षकबाट लिइएको हो । यस कविताका रचयिता युगकवि सिदिचरण श्रेष्ठ हुन् । उनको जन्म वि.सं. १९६९ सालमा पूर्वी नेपालको ओखलढुङ्गामा भएको थियो । उनले धेरै कविताहरू लेखी नेपाली भाषा र साहित्यको विकासमा योगदान पुयाएका छन्। प्रस्तुत कवितामा नेपालको प्राकृतिक सुन्दरता साथै
नेपाली वीर योद्धा र पुर्खाहरूको योगदानको वर्णन गरिएको छ।
व्याख्याका लागि दिइएका उक्त पतिले नेपालको
उन्नति, प्रगति र विकासमा नेपालीहरूको महत्वपूर्ण स्थान रहेको कुरा उल्लेख गरेको छ । नेपालको विकासका लागि यस देशका ज्यामी, सीपाही, किसानका साथसाथै अन्य पेशामा आवद्ध कर्मशील नेपालीहरूको ठूलो महत्व रहेको छ । देशको इज्जत र प्रतिष्ठा बढाउने काममा सबैले आ-आफ्ना क्षेत्रमा रहेर अनुशासित र इमान्दार बनी कार्य गरेकाले यस देशको प्रगति भएको हो । त्यसकारण देशको विकास र निर्माणमा यस देशका सबै प्रकारका जनशक्तिहरू एकजुट भई कार्य गर्नुपर्ने हुँदा यिनीहरू नै देशका बलिया सहारा हुन् । यिनीहरू विना देश विकासमा अवरोध पुग्ने हुन्छ।
शब्द भण्डार
८. उल्टो
अर्थ आउने शब्दसँग
जोडा मिलाऊ :
जस्तै : नयाँ = पुरानो
इज्जत खुला स्वर्ग चढ्न पवित्र
बन्द ओर्लन
शान्ति
बेइज्जत
नरक अपवित्र
ð इज्जत - बेइज्जत
खुला -
बन्द स्वर्ग - नरक
चढ्न - ओर्लन पवित्र -
अपवित्र
९. तलका शब्दको उस्तै अर्थ दिने शब्द लेख :
=> देश :
राष्ट्र विशाल : ठूलो
पर्वत : पहाड वृक्ष : रुख
ध्वनि : आवाज किसान : कृषक
जित : विजय रक्त : रगत
विपत्ति : दुःख सङघर्ष :
युद्ध
१०. तलका शब्दको
अर्थ खुल्ने
परी वाक्यमा
प्रयोग गर :
प्यारो, मन्त्र, मान, सङगीत, पुर्खा
ð शब्द वाक्य
प्यारो
- मलाई मेरो देश प्यारो
लाग्छ ।
मन्त्र
- देश विकास नै हामी सबै नेपालीहरूको मूल मन्त्र हो।
मान - हामीले हाम्रो देशको इज्जत, मान र प्रतिष्ठालाई
सधैं बढाउने काम गर्नुपर्छ।
सङ्गीत
- उनीहरू गीत सङ्गीत अत्यन्त मन पराउँछन् ।
पर्खा
- पुर्खाहरूले
यस देशमा रगत र पसिना बगाएका छन् ।
उच्चारण र हिज्जे
११. तलका शब्द शुद्धसँग
उच्चारण गर :
तन्त्र, लयबद्ध, गुह्य, ध्वनि, वर्ण
१२. कविताको
तेस्रो श्लोक
शुद्धसँग सार।
=> नयाँ नयाँ जीत अनेक तोड्दै ।
यो देशको इज्जत मान थप्दै ।
ज्यामी, सीपाही र किसान सारा ।
छन् आज हाम्रा बलिया सहारा ।
१३. सुन र लेख :
सौन्दर्य, इज्जत, ज्यामी, वृक्ष, पुर्खा, विपत्ति
१४. तलका जोडी शब्दहरू शुद्धसँग उच्चारण
गर र शिक्षकलाई सोधेर फरक अर्थ बुझ :
देश - द्वेष, लता - लटा, नशा - नसा, दिशा- दिसा, दिन - दीन
ð शब्द अर्थ शब्द अर्थ
देश - राष्ट्र द्वेष - रिस
लता - लहरा लटा - गुजुल्टो
नशा - रक्त नली नसा - मात
दिशा - बाटो दिसा - विष्टा
दिन - उज्यालो दीन - दु:खी
समय.
कार्यमूलक व्याकरण
१५. पढ, बुझ र गर :
.
पाठमा प्रयोग भएका देश, धारा, सङगीत, पाना, पर्वत, वृक्ष, लता, खोला, इज्जत, ज्यामी, सीपाही, किसान, पसिना, रक्त, नसा, स्वर्ग आदि नाम शब्द हुन् । नाम 'शब्दले कुनै व्यक्ति, वस्तु, ठाउँ, नदी, समूह, भाव आदिलाई बुझाउँछन् । नाम पाँच प्रकारका हुन्छन्
जस्तै : व्यक्तिवाचक जातिवाचक समुहवाचक द्रव्यवाचक भाववाचक आशारम, हिमाल, हुल, बथान, सुन, नुन, दया, माया, किताब, गाई, फौज, झुप्पो, ग्याँस; दुध, रिस, जवानी, सविता, गाउँ, सहर, रास, थुप्रो, दही, चिनी, पुण्य, मित्रता,
डोल्मा,
जनक, नेपाल, रुख, मन्दिर, गण, जन्ती, पानी, माटो, गरिबी, भारत, मेची, फल, देवता, सेना, पल्टन, बालुवा, हावा, लेखाइ, सुख, पोखरा, लुम्बिनी, देश, मानिस, बगाल, धुलो, धान, दु:ख, रुवाई, गुल्मी, रामायण, नदी, चरा । बथान, चामल, पिठो, खुसी, यौवन, तिहार, छठ
जनता, सभा दाल, धुवाँ, विश्वास, चाँदी .
शिक्षा माथिको तालिकाको अध्ययन
गरी तालिकामा नपरेका व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक नामका पाँच पाँच ओटा उदाहरण लेखी वाक्यमा प्रयोग गर ।
१६. तिम्रो
कक्षा कोठामा
भएका दस ओटा वस्तुका
नाम शब्द लेखेर कक्षामा सुनाऊ।
ð डेक्स, बेन्च, किताब, कापी, कलम, टेबुल, पङ्खा, झ्याल, ढोका, बत्ती
१७. उदाहरण
हेरी एक वचनलाई
बहु वचन र बहु वचनलाई
एक वचनमा'
परिवर्तन गरी लेख :
उदहरण : म नेपाली हुँ।
हामी नेपाली हौ।
(क)
ऊ नेपाली
बोल्छ।
=> हामी नेपाली बोल्छौँ ।
(ख)
म विद्यार्थी हुँ।
=> हामी विद्यार्थी हाँ।
(ग)
रुख पर्वतमा
छ।
ð रुखहरू पर्वतमा छन् ।
(घ)
म देशलाई माया गर्छ ।
ð हामी देशलाई माया गछौँ।
(ङ)
ज्यामी काम गर्छ।
ð ज्यामीहरू काम गर्छन्।
(च)
प मसिना बगाउँछु ।
ð हामी पसिना बगाउँछौँ।
सिर्जनात्मक अभ्यास
१८. खाली ठाउँमा
उपयुक्त शब्द भरी
तलको कविता
पुरा गर :
कति, स्वाभिमान, देश, सौन्दर्य, पराइ छ
सुन्दर यो कति देश हाम्रो
सौन्दर्य नाना छ हिमाल
राम्रो । खोला र झर्ना
कति छन् मुहान
बचाइराख्छु म त स्वाभिमान।
१९. तिमीलाई
मनपर्ने शीर्षकमा कविता लेखेर शिक्षकलाई देखाऊ।
असल व्यवहार राम्रो काम गर्छ ।
राम्रो लेख्छु पढ्छु ।
पढी लेखी सधैं अघि बढ्छ ।
साथी सँगीलाई राम्रो व्यवहार गर्छ।
ज्ञान प्राप्त गर्न
सधैं अघि सर्छ ।
राम्रो काम गर्न सधैं अघि बढछु ।
असल काम सिक्न विद्यालय जान्छु।
आफ्नै बारीको फलफूल सागपात खान्छु ।
पढ्ने लेख्ने बानी राम्रो भए।
विकास गर्नलाई सबै अघि गए।
पढी र लेखी हुनुपर्छ ज्ञानी।
असल काम गर्नेले पाउँछ राम्रो बिहानी।
स्रोत: यामुना आरु
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.