वसन्त कोकिल


 

 We have shifted all our notes to our new website

 Click here to View







पाठ-८

वसन्त कोकिल

- लेखनाथ पौडया 

शब्दार्थ 

लता      -     लहरा 

वृक्ष        -         रुख विषे : मा, माथि 

टनाटन       -         भरिभराउ

पालुवा       -         कलिला पात 

वसन्त        -         चैत वैशाख महिनामा पर्ने

कलकण्ठ    -         कोइली 

कल             -         कोमल

कण्ठ           -         स्वर 

कोकिल       -         कोइली

प्रमोद          -         आनन्द 

सहकार       -         आँपको रुख

मञ्जरी       -         मुजुरा, पालुवा

मञ्जु          -         मनोहर

दृष्टि           -         आँखा 

समीर          -         हावा

पराग           -         सुगन्ध 

रंङ्ग            -         नशा

रज              -         पुष्प पराग 

साSSनन्द    -        मदले लट्ठ 

गला             -        भाका, लय

बहाडी          -        फरासिलो 

रसिक          -        मन प्रसन्न पार्ने

शीत             -        चिसो 

बाग             -        बगैंचा

नगा            -         नाङ्गो 

वृष्टि           -         वर्षा

सराल         -          आँप वा कटहरको रस, मिठो रस . 

 

 

 

अभ्यास सुनाइ 

१. 'वसन्त कोकिल' कविता सुनेर त्यसैअनुसार पालैपालो वाचन गर्नुहोस् । 

२. कविताको पहिलो र दोस्रो श्लोक सुन्नुहोस् र त्यसका आधारमा निम्न प्रश्नको उत्त दिनुहोस् :

कविताको पहिलो र दोस्रो श्लोक:

भरी लता वृक्ष विष टनाटन

नवीन लाखों फल पालुवाकन ।

वसन्त आया कलकण्ठको अव

सुनिन्छ सारै कलकण्ठ गौरव  

अगाडि जा दिन बनी लकीकन

बिताउँथ्यो केवल दुःखमा दिन ।

अहो ! उही कोकिल हेर आज यो

प्रमोदले पूर्ण महासुखी भया ॥२॥ 

 

(क) रुख तथा लहरामा वसन्त ऋतुमा कस्तो परिवर्तन आउँछ ? 

=> वसन्त ऋतुमा रुख तथा लहरामा नयाँ पालुवा र फुलहरू धेरै आउँछन् ।

 

(ख) कोइलीले वसन्त ऋतुको शोभा कसरी बढाउँछ ? 

=> कलीला पालुवा चपाउँदै मस्त भएर कुहू कुहूको स्वरले कोइलीले वसन्त ऋतुको शोभा बढाउँछ।

 

(ग) वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन कसरी बिताउँथ्यो ? 

=> वसन्त ऋतुभन्दा पहिले कोकिल लुकी लुकी दु:खमा दिन बिताउँथ्यो ।

 

(घ) कोइली वसन्त ऋतुलाई कुन रूपमा लिन्छ ? 

=> कोइली वसन्त ऋतुलाई आनन्द र महासुखीको समयका रूपमा लिन्छ ।

 

३. कविताको तेस्रो र चौथो श्लोक श्रुति लेखन गर्नुहोस् । 

ð  कविताको तेस्रो र चौथो श्लोक : 

बसी बगैंचा बिच मोजमा परी

नयाँ कलीला सहकार मञ्जरी

चपाउँदै मस्त भएर बेसरी

कुहू कुहू गर्दछ त्यो घरी घरी ॥३॥ 

                  चलीरहेको छ सिरीसिरी हवा

                  झलीरहेछन् सब मञ्ज पाल्वा ।

                  जता दियो दृष्टि उतै सुखी मन 

                  प्रमोदले पूर्ण नहोस त्यो किन ॥४॥

 

बोलाइ

१.तलका शब्द उच्चारण गर्नुहोस् : 

कलकण्ठ, रसरङ्ग, प्रसन्नता, वृष्टि, शाखान्तर

 

२. तलका शब्द प्रयोग गरेर साथीसँग कोइलीका बारेमा कुरा गर्नुहोस् : 

सारै, केवल, मोज, शरीर, चुच्चो

 

ð  (रमा र विमला साथी साथी हुन् । उनीहरू कोइलीको विषयमा कुराकानी गरिरहेका छन् । टिफिनको समयमा उनीहरू गफ गरिरहेका छन् ।)

रमा : विमला तिमीलाई कोइलीको स्वर स्कतो लाग्छ ?

विमला : रमा मलाई त कोइलीको स्वर साहै मिठो लाग्छ।

रमा : कोइली त केवल वसन्त ऋतमा रमाउँदोरहेछ ।

विमला : कोइली वसन्तु ऋतुमा बढी रमाउने, मोजमस्ती गर्ने हुँदोरहेछ । 

रमा : कोइलीको शरीर पनि ज्यादै फुर्तिलो हुन्छ हगी।

विमला: रमा, त्यसको त चुच्चो पनि आकर्षक हुन्छ ।

(यत्तिकैमा विद्यालयमा घण्टी लाग्छ र वैजना कक्षामा जान्छन् ।) 

 

३. तलका प्रश्नको उत्तर भन्नुहोस् : " 

 

(क) 'वसन्त कोकिल' कविताका कवि को हुन् ? 

=> वसन्त कोकिल' कविताका कवि शिरोमणि लेखनाथ पौड्याल हुन् ।

 

(ख) कवितामा कुन श्लोक बढी राम्रो लाग्यो र किन ?

=> कवितामा

भरी लता वृक्ष विषे टनाटन

नवीन लाखौँ फल पालुवाकन

वसन्त आयो कलकण्ठको अब

सुनिन्छ साहै कलकण्ठ गौरव ॥१॥

श्लोक मन पर्यो । वसन्त आएपछि सबै विरुवा हरिया हुने र कोइलीको मधा धुन सुनिने भएकाले यो श्लोक मन परेको हो ।

 

(ग) कविताको शीर्षक 'वसन्त कोकिल' कत्तिको उपयुक्त छ र किन ? 

=> कविताको शीर्षक 'वसन्त कोकिल' उपयक्त छ किनभने कवितामा वसन्त ऋतको मनोरम चित्रण र कोइलीको विषयलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ ।

 

(घ) कविले कोइलीलाई के के नाम दिएका छन् ? 

=> कविले कोइलीलाई कलकण्ठ, कोकिल, रसिक, नाम दिएका छन् ।

 

४. पाठका आधारमा वसन्त ऋतुमा देखिने परिवर्तनका बारेमा समूहमा छलफल गर्नुहोस् ।

=> वसन्त ऋतुमा प्रकृति नै हराभरा हुन्छ । नाङ्गा डाँडाहरूमा नयाँ द्वो पलाउँछ । नाङ्गा रुखहरूमा पालुवा पलाएर रमणीय बन्छ । फुलहरू फुल्छन् र वातावरण सुगन्धित हुन्छ । घरमाइलो वातावरणले अझ मानिसलाई रमाइलो बनाउँछ । ‘

 

पढाइ

१.       'टनाटन', 'पालुवाकन' जस्ता अनुप्रायसयुक्त शब्द पाठबाट खोजेर शिक्षकलाई भन्नुहोस् । 

 

ð  अब - गौरव 

लकीकन - दिन

आज या - भयो 

परी - मञ्जरी

बेसरी - घरी 

हवा - पालुवा

मन - किन 

झरी - परी

बेसरी - घरी 

रस - मदालस

गलाकन - वन 

अलीकति- यताउति

तहाँ - महाँ 

मञ्जरी - गरी

पछिल्तिर - पुच्छर 

डर - पिर

गरीकन - मन

 

२.       कविताको चौथो श्लोकका पक्ति पढेर उदाहरणअनुसार लेख्नुहोस् र कक्षामा सुनाउनुहोस् । 

उदाहरणः हावा सिरिसिरी चलिरहेको छ।

ð  मज पालुवा झुलीरहेछन् ।

जता दृष्टि दियो उतै सुखी मन छ ।

त्यो प्रमोदले पूर्ण किन नहोस् ।

 

३.      पाठका सातौँ र आठौँ श्लोक पढी तलका प्रश्नको उत्तर दिनुहोस् :

पाठको सातौँ र आठौं श्लोक:

घरी घरी भुर्र उडी अलीकति

घमेर शाखान्तरमा यताउति ।

बडो बहाडी रसिकै बनी तहाँ

ढलीमली गर्दछ पालुवा महाँ ॥७॥ 

-          चुचो ठड्याईकन चट्टी मञ्जरी

हङ्गेर च्यापीकन देखिने गरी ।

फरक्क फर्कन्छ घरी पछिल्तिर

प्रसन्नता साथ लतारि पुच्छर ॥८॥

 

(क)   कोइलीले आफ्नो प्रसन्नतालाई कसरी व्यक्त गरेको छ ?

ð  कोइलीले फरक्क पछिल्तिर फर्किएर पच्छर लतारी आफ्नो प्रशन्नता व्यक्त गरेको छ।

 

(ख) 'शाखान्तर' 'बहाडी', 'रसिक', 'पालुवा' र 'मञ्जरी' शब्दको अर्थ के हो ?

ð  शाखान्तर - हाँगा हाँगा 

बहाडी - - फराकिलो

रसिक - मन प्रसन्न पार्ने

पालुवा - नयाँ पालुवा 

मञ्जरी - फुलको दल

 

(ख)   'भुर्र', 'चट्ट', 'फरक्क' यी अनुकरणात्मक शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् । 

ð  भुर्र - चरो भुर्र उडेर रुखको हाँगामा बस्यो ।

चट्ट - चट्ट परेको घरमा बस्न कति मज्जा हुन्छ । 

फरक्क - कोइली फरक्क फर्किएर पुच्छर हल्लाउँछन् ।

 

(ग)   'घरिघरि', ढलिमली जस्तै अन्य पाँच ओटा द्वित्व शब्द शिक्षकसँग सोधेर लेख्नुहोस्।

ð  यताउति, परिपरि, वनिबनी, वसिबसी, ढलिमली

 

४.       पाठको पाँचौ र छैटौँ श्लोक पढी छोटो उत्तर आउने तिन ओटा प्रश्न निर्माण गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

ð  पाठको पाँचौ र छैटौँ श्लोकः

समीरले पुष्प-परागको झरी

लगाउँदा त्यो रस रङ्गमा परी ।

झुली रहेको छ शरीर वेसरी 

मछेर तेही रजमा घरी घरी ॥५॥ 

                         पिएर साssनन्द रसालको रस

                         घुमाउँदै नेत्र दुवै मदाssलस ।

                         सहर्ष खोली रिलो गलाकन 

                         घनक्क घन्काउँछ त्यो सबै वन ॥६॥

 लेखाइ

१. पाठका आधारमा उत्तर लेख्नुहोस् : 

(क) वसन्त ऋतुका विशेषताहरू के के हुन् ? 

ð  नाङ्गा डाँडा हरिया हुनु, रूखमा नयाँ पालुवा आउनु, फुल फुल्नु, कोइलीको मन स्वर सुनिनु, वसन्त ऋतुको विशेषता हुन् ।

(ख) वसन्त ऋतुमा कोइलीका दिन कसरी बित्छन् ? 

ð  बगैंचामा मोजसँग नयाँ कलिला सहकार, मञ्जरी चपाउँदै कुहूकुहू गर्दै वसन ऋतुमा कोइलीका दिन बित्छन्।

(ग) वसन्त ऋतु कोइलीका लागि किन रमाइलो हुन्छ ? 

ð  शीत र घामको डर, वर्षाको डर नहुने सम्पूर्ण वन हराभरा हुने भएकाले वसन्त ऋतु कोइलीका रमाइलो हुन्छ।

(घ) कोइलीले वनको शोभा कसरी बढाउँछ ? 

ð  हर्षले सुरिलो भाकामा गीत गाएर कोइलीले वनको शोभा बढाउँछ ।

(ङ) कविले वसन्तको गौरवका रूपमा के के कुरा उल्लेख गरेका छन् ? 

ð  शीत र घामको डर नहुनु, वगैंचा हराभरा हुनु, वृष्टिको डर नहुनु कवि वसन्तको गौरवका रूपमा उल्लेख गरेका छन् ।

 

२. सप्रसङ्ग व्याख्या गर्नुहोस् : 

(क) चपाउँदै मस्त भएर बेसरी 

       कुह कह गर्दछ त्यो घरी घरी।

 

ð  चपाउँदै ……………………………………घरी घरी प्रस्तुत कविताश कक्षा ९ को नेपाली विषय अन्तर्गत पर्ने 'वसन्त का कवितावाट या मार गरिएको हो । यस कवितामा नमक कवि शिरोमणि लस पौड्याल हन । वसन्त मतका समयमा सहकति हराभरा हुन्छ । का पनि आफ्नो मधर स्वरमा वनलाई लाग्छ भन्ने सन्दर्भमा मा कविता आएका हन । न त शीत न त घाम न वगैंचा नाङ्गो, न वृष्टिको पिर पनि नहुने वसन्त ऋतुमा जताततै रमाइलो हुन्छ । सम्पूर्ण प्रकृति हरियो हुन्छ । नाङ्गा डाँडाहरू हराभरा हन्छन् । फलहरू फुलेर सारा वनै सुगन्धित बनाएको हुन्छ । यस्तो रमणीय बेलामा कोइली वनमा मोजसँग बसेको हुन्छ । बगैंचामा बसेर नयाँ कलीला मञ्जरी, मुना चपाउदै कोइली रमाइ रहन्छ । कुहूकुहू गरेर वनै घन्काउँदै वनलाई मनमोहक बनाउछ । यसरी कोइली वसन्त ऋतुमा आफू पनि रमाउँछ र वनलाई पनि रमणीय बनाउँछ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ ।

सरल भाषा पद्य शैली र वसन्त ऋतुमा कोइली मस्त भई आफ्नो कोकिल कण्ठले वन नै गुञ्जयमान बनाउँछ भन्ने भावका कारण माथिको अंश उत्कृष्ट बनेको छ ।

 

(ख) वसन्तको गौरवले गरीकन 

       खुसी छ सारै कलकण्ठको मन ।

 ð  वसन्तको......................... कलकण्ठको मन । 

प्रस्तुत हरफ कक्षा ९ को नेपाली पुस्तक अन्तर्गत पर्ने 'वसन्त कोकिल' कविताबाट साभार गरिएका हो । यस कविताका लेखक कवि शिरोमणि लेखनाथ पौड्याल हुन् । वसन्त ऋतुका समयमा सारा संसार नै रमाइलो हुन्छ भन्ने सन्दर्भमा माथिको कविता आएको हो।

ऋतहरू मध्ये सबैभन्दा राम्रो र रमणीय ऋतु वसन्त ऋतु नै हो । यस ऋतुमा सारा संसार रमणीय हुन्छ । सबै नाङ्गो डाँडाहरू हराभरा हुन्छन् । नाङ्गा रुखहरू सवै पालवाले हराभरा हुन्छन् । फुलहरू प्रसस्त फुल्ने भएकाले वातावरण नै मनमोहक हुन्छ । बगैंचामा नयाँ फुल र मञ्जरी, कलिला मुना, पालुवा खाँदै कोइली उफ्री उफ्री आफ्ना आफ्ना दिन बिताउँछ । हावा र पानी पनि नलाग्ने जताततै खुसी लाग्ने यो समय आनन्दको हुन्छ । जता हेयो उतै रमाइलो मात्रै लाग्ने यो समयमा कोइली पनि विछटै रमाउँछ । एउटा डालीवाट अर्को डालीमा न शीत न घामको डर न त वृष्टिको डर हुने यो समय अत्यन्तै रमणीय रहेको छ । वसन्तमा जताततै रमाइलो हुने र आहारा पनि प्रसस्तै पाइने भएकाले काइली अत्यन्तै रमाएर आफ्नो मधुर ध्वनिका माध्यमबाट वन गुञ्जयमान बनाउँछ । यस्तो वसन्तको गौरवले कोइलीको मन अत्यन्त प्रफुल्लित बनेको छ भन्न भावलाई माथिको अंशमा बताउन खोजिएको छ।

सरल भाषा, पद्य शैली र वसन्त ऋत्को गौरवले कोइलीको मन अत्यन्त प्रफुल्लित भएका छ भन्ने भावका कारण माथिको अंश उत्कष्ट वनको छ ।

 

३.कविले 'वसन्त कोकिल' कवितामा प्रकतिको बयान कन रूपमा गरेका छ्न, विस्तार पूर्वक लेख्नुहोस्। 

 ð  सन्त ऋतुमा सारा वृक्षहरूमा हरियाली हन्छ । लाखौ फलहरू फुल्छन । अगाडि लुकर ताउने कोइली मधुर कण्ठले कहकहको धनमा गीत गाउछन् । वगैचामा नया लुवा आइ फुल फुल्ने भएकाले प्रकृति रमणीय देखिन्छ । नया र कलिला मञ्जरी खादै मस्त भएर कोइली रुख रुखमा उफ्रिन्छ । सिरसिर हावा चल्ने भएकाले पालका झलिरहेको देखिन्छ । जता दष्टि दियो उतै मन सुखी हुन्छ । फुलै फुल फुलेको समय रजगज गरी कोइली रमाएँछ । आनन्दको रसास्वदन गर्दै गर्दै वने घन्किने गरी कोहली गीत गाउँछ । रुखका हाँगाका शाखा शाखामा डुली हिँड्ने कोइली पालुवामा ढलीम गर्दछन् । फयाकफक गरी प्रसन्न भएर पुच्छर हल्लाई हल्लाई कोइली रमाउँछ । त शीत न त घामको डर हुने न त वृष्टिको डर हुने यो समय अत्यन्तै रमणी भनी कविले प्रकृतिको चित्रण गरेका छन् ।

 

४. 'वसन्त कोकिल' कविताको सारांश लेख्नुहोस् । 

ð  वसन्त ऋतु ऋतुहरूमध्ये सारै राम्रो ऋतु हो । वसन्त ऋतुमा प्रकृति हरियो हो । नाङ्गा डॉडा हराभरा हुने भएकाले यो समय उत्कृष्ट समय हो । बगैंचामा थरिथरिका फुलहरू फुल्ने र नाङ्गा रुखहरूमा पालुवा आउने भएकाले प्रकृतिमा रहेका सबै प्राणी खुसी हुन्छन् । न त पानी पर्ने न त घाम लाग्ने न त शीत पर्ने यस्तो मौसममा कोइली बनै घन्कने गरी गीत गाएर रमाउने गर्छ । अन्त्यमा वसन्त ऋतु प्राकृतिक वातावरण र रमणीयताका कारणले उत्कृष्ट ऋतु हो भन्ने भावलाई यस कवितामा व्यक्त गरिएको छ। 

 

५. तलका विविध किसिमका शब्दहरूलाई समूह समूहमा मिली अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् र कक्षामा सुनाउनुहोस् :

(अ) अनेकार्थक शब्द 

(क) कल - मेसिन, कलह, कोमल 

=> - भाइ कलमा काम गर्छ ।

     - सानो छोरो धेरै कल गर्छ । 

     - सानो केटोको कलमा हामीले धेरै स्पर्श गर्न हुँदैन ।

 

(ख) पिर - चिन्ता, कलह, पिर्ने काम गर, सल्लाको पात 

=> - फेल भएँ भनेर पिर नगर अर्को पटक राम्ररी पढेर पास गर्नुपर्छ भना मनिषले मनिषालाई भन्यो। 

     - तिमी घरमा धेरै पिर नगर है सवैलाई तनाव हुन्छ ।

     - यो केटोले सबैलाई पिरेको छ ।

 

(ग) पुरा - पहिले, सम्पन्न, जठो 1

=> - पुरापूर्व कालमा मानिस जङ्गली थिए । 

     - तिमीले गृहकार्य पुरा गयौ । 

     - तिमीले उसको पुरा भात खान होर।

 

(घ) रज - धुलो, पुष्पराग, स्त्रीरज 

=> - बहिनील तरकारीमा मसलाको रजाली। 

     - फुलमा रजगुण हुन्छ। 

 

(आ) श्रुतिसम भिन्नार्थक शब्द 

 

ð  दिन - दिउँसो = आज भाइ दिनभर एक्लै बस्यो। 

दीन - दुखी = हामीले दीनहीनलाई सहयोग गर्नुपर्छ ।

घरि - पटक = घरि घरिको खट्पटीले राजुलाई तनाव दियो।

घरी - डाँठसहितका केराको काइँयाहरूको समूह = आमाले हामीलाई एक घरी केरा पठाइदिनु भयो।

सित - सँग = राजसित भाइ पनि काम गर्न जाऊ है । 

शीत - चिसो = शीतमा बस्नाले बिरामी हुन सकिन्छ ।

 

 

 

 

(इ) विपरीतार्थक शब्द 

=> भरि - आधा = तिमीसँग ट्याङ्की भरि पेट्रोल छ ? 

                         = गाग्रोमा त आधा मात्र पानी रहेछ ।

     अगाडि - पछाडि = रमेश आयुषभन्दा सधैं अगाडि हुन्छ । 

                                = विमलाभन्दा रमिला सधै पछाडि हुन्छ ।

     दुःख – सुख  = रमेश दु:खमा हुर्किएको केटो हो । 

                         = विनाको बाल्यकाल सुखमय थियो ।

     बस्नु - उठ्नु = रमेश जागिरका क्रममा दुई वर्ष धनकुटा बस्यो । 

                          = म सधै पाँच बजे उठ्छु ।

     दिनु - लिनु = हामीले असहायलाई सकेको वस्तु दिनु पर्छ । 

                        = हामीले कसैसँग पनि अनावश्यक केही लिन् हँदैन ।

     नवीन - प्राचीन = वसन्त ऋतुमा नवीन पालुवाहरू रुखभरि आउँछन् । 

                              = प्राचीन कालका सिक्काको महत्त्व अहिले पनि छ ।

     दीन - सुखी = दीनहीन मानिसको सहयोग हामीले गर्नुपर्छ । 

                         = पैसाले मात्र मानिस सुखी बन्न सक्दैन ।

     पूर्ण - अपूर्ण = मानिस कुनै पनि कुरामा पूर्ण हुन सक्दैन । 

                         = हामीले अपूर्ण काम गर्नु हुँदैन ।

     कलिलो - छिप्पिएको = कलिलो निगुरो मिठो हुन्छ। 

                                        = छिप्पिएको इस्कुस मिठो हुन्छ ।

     पछि - अघि = हामीले पछिका कुरा सोचेर काम गर्नु पर्छ । 

                       = तिमी उकालोमा मभन्दा अघि थियौ।

 

(ई) अनुकरणात्मक शब्द 

घनक्क, फरक्क, सिरिसिरी, भुर्र, चट्ट

ð  घनक्क : वनै घनक्क हुने गरी कोइलीले गीत गाई ।

फरक्क : बहिनी हिँड्दा हिँडदै फरकक फर्की ।

सिरिसिरी : जङ्गलमा सिरिसिरी हावा चल्दै थियो ।

भुर्र : सिकारीलाई देखेर चरो भुर्र उड्यो । 

 

५.       पाठमा भएका तलका शब्दहरूलाई प्रचलित वर्ण विन्यासअनुसार सच्याएर कापीमा सार्नुहोस् : 

भरी, चलीरहेको, अलिकति, अलीरहेछन्, लतारि

 

ð  भरि, चलिरहेको, अलिकति, झुलिरहेछन्, लतारी 

 

 

 

व्याकरण

१. विभिन्न समूह बनाई उदाहरणका तल दिइएका वाक्य परिवर्तनको अभ्यास गर्नुहोस् : 

(क) लिङ्ग 

       सानो भाइ आयो।                                    सानी बहिनी आई 

       कालो केटो दौडियो।                                 काली केटी दौडिई।

(ख) वचन 

       भाइ पाठ पढ्छ।                                       भाइहरू पाठ पढ्छन् । 

      रुख अग्लो छ।                                          रुख अग्ला छन् ।

(ग) पुरुष 

      म मावल जान्छु ।                                     तँ मावल जान्छस् ।

      ऊ मावल जान्छ ।                                     हामी मावल जान्छौँ ।

     तिमी हरू मावल जान्छौ।                          उनी हरू मावल जान्छन् । 

     तपाईं हरू मावल जानुहुन्छ ।                    उहाँ हरू मावल जानुहुन्छ ।

(घ) आदर 

    त फुल टिप्छस्।                                         तिमी फुल टिप्छौ टिप्छयौ।

    तपाईं फुल टिप्नहन्छ ।                             ऊ फुल टिप्छ।

    उनी फुल टिप्छन् टिप्छिन्।                      उहाँ फुल टिप्नुहुन्छ ।

    मेरो साथी आयो।                                       मेरा साथी हरू आए।

    मेरा साथी हरू आउनुभयो।                        मेरी साथी आई।

    मेरी साथी आइन्।                                     मेरी साथी आउनभयो ।

(ङ) करण र अकरण 

    स्योग गीत गाउँछ।                                   सुयोग गीत गाउँदैन ।

    सरिताले किताव ल्याइछ।                        सरिताले किताब ल्याइनछ । 

    आज सिद्धार्थ मावल जाला।                   आज सिद्धार्थ मावल नजाला ।

(च) काल र पक्ष 

काल                               भूत                                वर्तमान                                  भविष्यत् 

पक्ष 

सामान्य      =>           केटाकेटी राए।                  केटाकेटी रुन्छन्।                     केटाकटी रन छन् ।

अपर्ण          =>            केटाकेटी रुंदै थिए ।          कटाकेटी रुदै छन् ।                   केटाकेटी रुदे हुन छन् ।

पण             =>            केटाकेटी रोएका थिए ।     कटाकेटी रोएका छन् ।             केटाकेटी रोएका हुने छन् ।

अभ्यस्त     =>           केटाकेटी रुन्थे।     

अज्ञात        =>           केटाकेटी रोएछन् । 

 

 

 

२. दिएका सङ्केतका आधारमा तलका वाक्य परिवर्तन गर्नहोस :

(क) पूर्णमान कविता लेख्छ । (स्त्रीलिङ्ग) 

=> पूर्णकला कविता लेख्छे ।

(ख) माधुरी गीत गाउँछे । (पुलिङ्ग) 

=> मधुर गीत गाउँछ। 

(ग) तिमी कहाँ गएका थियौ ? (स्त्रीलिङ्ग)

=> तिमी कहाँ गएकी थियौ ?

(घ) उसले माछा मार्यो। (बहु वचन) 

=> उनीहरूले माछा मारे ।

(ङ) हामी सिनेमा हेर्न गएका थियौँ । (एक वचन) 

=> म सिनेमा हेर्न गएको थिएँ।

(च) मैले घाँस काट । (तृतीय पुरुष) 

=> उसले घाँस काट्यो ।

(छ) ऊ माइत गई। (अकरण) 

=> ऊ माइत गइन ।

(ज) साथी घर गयो। (उच्च आदर) 

=> साथी घर जानुभयो।

 

३. तलका वाक्यलाई पक्षका आधारमा जोडा मिलाउनुहोस् :

(क) जुनेलीले खसी पालेकी छ।                          अभ्यस्त भूत

(ख) मञ्चला चित्र कोर्दै छिन्।                            अज्ञात भत

(ग) अष्टमान घर गयो।                                     पूर्ण वर्तमान

(घ) आज राती पानी परेछ।                                अपूर्ण वर्तमान

(ङ) मीरा सानामा निकै पढ्थी ।                         सामान्य भविष्यत्

(च) हामी भोलि मामाघर जाने छौँ ।                  सामान्य भूत

 

ð  (क) जुनेलीले खसी पालेकी छ ।         पूर्ण वर्तमान

(ख) मञ्चला चित्र कार्दै छिन् ।           अपूर्ण वर्तमान

(ग) अष्टमान घर गयो ।                    सामान्य भूत

(घ) आज राती पानी परेछ ।               अज्ञात भूत

(ड) मीरा सानामा निकै पढथी।          अभ्यस्त भूत 

              (च) हामी भोलि मामाघर जाने छौ।   सामान्य भविष्यत्

 

 

 

 

४. सामान्य वर्तमानका क्रियापदहरू प्रयोग गरी आफ्नो विद्यालयका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

 ð  मरो विदयाल, मन्दर दलारी नगरपालिकामा छ । मेरो विद्यालयमा १२०० विद्यार्थी छन् । यस विद्यालयमा ४० जना शिक्षकहरू छन् । विद्यालयको अगाडि छ । विद्यार्थीले प्रत्येक दिन ती फुललाई पानी हाल्छन् । ती फलहरू कर टिप्दैनन् । कसैले फलबारीको फुल टिपेमा त्यसलाई कारवाही हुन्छ । यसरी सबैको सहयोगले यो विद्यालय राम्रो बनेको छ।

 

५.       भविष्यत् कालका तिन ओटै पक्षमा दुई दुई ओटा वाक्य लेख्नुहोस् ।

 

=> सामान्य भविष्यत् : 

    - म क्याम्पस जानेछु ।

    - हामी खाजा खानेछौँ । 

 

     अपूर्ण भविष्यत् :

    - भाइ खाना खाँदै हुनेछ ।

    - वहिनी गहकार्य गर्दै हुनेछ ।

 

     पूर्ण भविष्यत् :

     - रमेश र विज्ञानले खाजा खाएका हुनेछन् । 

     - आयुष बजार गएको हुनेछ ।

 

 ६. तलका पद सङ्गति मिलेका वाक्यमा ठिक (V) र पद सङ्गति नमिलेका वाक्यमा ने ठिक (x) चिह्न लगाउनुहोस् : 

(क) साथीको आमा आयो।

(ख) आज विद्यालयमा विद्यार्थी छैनन् ।

(ग) चरो आकासमा उड्छन् ।

(घ) तिनीहरू बिहानै बजार गयो।

(ङ) तिमी नेपाली राम्रो बोल्छौ । 

 ð  (क) साथीका आमा आयो। (x)

(ख) आज विद्यालयमा विद्यार्थी छैनन् । (V)

(ग) चग आकासमा उड़छन् । (x)

(घ) तिनीहरू विहानै बजार गयो। (x)

(ङ) तिमी नेपाली राम्रो बोल्छौ। (V)   

 

७.धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :

(क) कविले कविता ...... । (लेख् : पूर्ण भूत) 

=> कविले कविता लेखेको थियो ।

(ख) गुरुले पाठ ...... । (पढाउ: सामान्य भूत) 

=> गुरुले पाठ पढाउनुभयो।

(ग) उसले खेल ...... । (खेल: अज्ञात भूत) 

=> उसले खेल खेलेछ । 

(घ) भरियाहरू भात ...... । (खा: अपूर्ण भूत) 

=> भरियाहरू भात खादै थिए।

(ङ) हामी मङ्गलबार व्रत ...... । (लिः अभ्यस्त भूत) 

=> हामी मङ्गलबार ब्रत लिन्थ्यौँ ।

 

८. तलको अनुच्छेदबाट ‘सम्' उपसर्ग लागेका शब्द छानेर शिक्षकलाई देखाउनुहोस् : 

लेखनाथ पौड्याल (वि.सं. १९४१-२०२२) कुशल कवि हुन् । उनको जन्म कास्कीको अघोअर्चलेमा भएको थियो । उनले संस्कृत शिक्षामा मध्यमासम्मको अध्ययन गरेका थिए । उनको उदयले नेपाली साहित्यको काव्य विधा निकै समृद्ध भयो । पूर्वीय साहित्य सिद्धान्तअनुसार नेपाली भाषामा काव्य सिर्जना गर्ने कविहरूमा कवि शिरो मणि लेखनाथ पौड्याल अग्र पङ्क्तिमा छन् । उनका कवितामा विशेष गरेर नेपालको सामाजिक अवस्था, सांस्कृतिक परिवेश तथा प्राकृतिक दृश्यको चित्रण पाइन्छ । ऋत् विचार, बुद्धि विनोद, सत्यकलि संवाद, भर्तृहरि निर्वेद, गीताञ्जली, लक्ष्मीपूजा, त्याग र उदयको युगल प्रकाश, सत्यस्मृति, मेरो राम, तरुण तपसी, लालित्य भाग १ र २ का 

उत्कृष्ट कृतिहरू हुन् ।

ð  'सम्' उपसर्ग लागेका शब्दहरू: 

               समृद्ध, संवाद

 

९. उदाहरणअनुसार तलका उपसर्ग लगाएर तिन तिन ओटा शब्द निर्माण गर्नुहोस् :

उदाहरण:

उपसर्ग                           आधार शब्द                      व्युत्पन्न शब्द

उप                  +             वन                          =        उपवन

प्र                    +              बल                         =        प्रबल

सम्                +              वाद                        =         संवाद

सु                   +              मार्ग                       =         स्मार्ग

अनु                +              वाद                        =         अनुवाद 

प्र, वि, अनु, सु, अ, बद, अधि, अभि, उप –

ð   

उपसर्ग                           आधार शब्द                      व्युत्पन्न शब्द 

उप                 +              वन                         =         उपवन

उप                 +              हार                         =         उपहार

उप                 +              हास                        =         उपहास

उप                 +              नाम                       =         उपनाम

प्र                    +               बल                        =          प्रवल

प्र                +               हार                           =          प्रहार 

प्र                +               योग                         =          प्रयोग  

प्र                +               चार                          =          प्रचार 

सम्            +               वाद                          =         संवाद

सम्           +               कल्प                       =          सङ्कल्प

सम्           +               हार                          =          संहार

सम्            +              विधान                    =          संविधान 

सु               +                मार्ग                       =          सुमार्ग

सु               +                कार्य                       =          सुकार्य

 

सिर्जनात्मक अभ्यास

१. तलका शब्दहरूलाई सन्दर्भअनुसार समावेश गरी प्रकृतिका बारेमा अनुच्छेद रचना गर्नुहोस् : 

(क) हस्व 'इ' कार लागेका शब्द : 

भरि, विषे, सनिन्छ, अगाडि, बिताउँथ्यो, दिन, बिच, कलिला, घरि, चलि रहेको छ, झलिरहेका, दियो, दृष्टि, किन, सुरिलो, अलिकति, यताउति, देखिने, . पछिल्तिर, वृष्टि, पिर, पिएर, रसिक

 

ð  वसन्त ऋतरि कोइली कराउँछ । कोइलीको मधुर धन जङ्गलभरि स्निन्छ । वसन्त ऋतु आउन् भन्दा अगाडि कोइली रोएर बिताउँथ्यो । दिनभरि कोइली कलिला मना खाएर हाँगाहाँगामा उफ्रिइरहन्छ । घरी हाँगाको टप्पा घरी हाँगाको बिचमा बसेर सिरसिर हावाको अनुभव गर्दै कोइली रमाउने गर्छ । बगैंचामा 

                                            फलफूल झलिरहेछन । सरिलो भाकामा खुसीको गीत गाएको कोइलीला मैले पनि एक दष्टि दिए । त्यतिखेर उसले मलाई किन हेरेको होला भन्ने भाव हेरिरहयो । म यताउता नदेखिने गरेर पछिल्तिर छलिएँ । जब वर्षाको दष्टि । थाल्छ तब कोइली पिर मानि कराउन थाल्छ । तर जब मौसम खुल्छ, रमा हुन्छ अनि आनन्द पिएर रसिक बन्छ ।

 

(ख) दीर्घ 'ई' कार लागेका शब्दः 

नवीन, दीन, बनी, लुकीकन, उही, महासुखी, बसी, परी, मञ्जरी, बेसरी सिरीसिरी, सुखी, समीर, झरी, शरीर, लतारी, शीत, गरीकन, खुसी

ð  रुखका पालुवामा नवीनता नाचेको बेला दीनदुःखी पनि प्रकृतिदेखि खुसी हुन्छन । त्यतिखेर प्रकृति पनि सिँगारिएकी बेहुली जस्ती हुन्छिन् । सारा दु:ख पीडा लुकीकन । खुसी मात्र देखा पर्छ । त्यतिखेर कोइली महासुखी भएर बसिरहन्छ । प्रकृतिमा रमणीय स्थान पाएर ऊ बेसरी नाच्छ र मञ्जरी खान्छ । सिरिसिरी हावा चलेको बेला कोइली संसारको खुसी प्राणी बन्छ । झरी परेका बेला आफ्नो शरीर भिजेर पखेटा लतारिरहने कोइलीलाई शीत परेको त्यति मन पर्दैन ।

 

२. 'वसन्त कोकिल' कविताको ढाँचामा वर्षा ऋतु शीर्षकमा कविता रचेर कक्षामा सुनाउनुहोस् । 

ð  वर्षा ऋतु

ð   वर्षा सुरु भो अब वारि पारि

घांस पलाए सब सानन्द सरि

आयो घनघटा बाढ, खोला

लग्यो सबै तुलफुल होला 

 

आएर पन्छी गुपाका समीप

रुझेर वाला आफू 0 भिजेर

कोकिल कराइ फल खानलाई

सवै भिजिगो अब जानलाई 

 

आएछ, वा पृथ्वी रुजाइ

सारर सारा लतावृक्ष लतारी

पाकेको फल भयो मट्टी माथि

मानाको पाथी भयो मठी भरी 

 

घुमेर सारा वाले भिजायो

धर्ती भरि नै सानन्द छायो

प्राणी लके सव वासस्थान

हामी लाग्यौं फल थन्क्याउन । 

 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
close