We have shifted all our notes to our new website
पाठ ९
जैविक खेती
शब्दार्थ
मोट नाशक - किरा नाश गर्ने
विषादी
- विषयुक्त, विष भएको
पराग सेचन -
फुलबाट फल बन्ने प्रक्रिया
प्रतिरोधात्मक - रोगसँग लड्न सक्ने
चक - गोलो नाङ्लो जस्तो वस्तु, घमिरहने प्रक्रिया
अस्तित्व -
छ अथवा हो भन्ने अर्थ, हुनाको भाव
निर्वाहमखी
- सामान्य काम चलाउने खालको
व्यावसायीकरण - पेसा वा व्यवसायका रूपमा विकास गर्ने काम
पुख्यौली - पुर्खाका पालादेखि चलिआएको
परनिर्भरता - अरूको भर पर्नुपर्ने अवस्था
संस्कृति - परम्परादेखि चलिआएको रीतिरिवाज, संस्कार
प्रवर्धन - वृद्धि गर्ने काम, बढाउने
समन्नत
- उच्च, राम्ररी माथि उठेको हेला, उपेक्षा
अभ्यास
सुनाइ
१. पाठको
पहिलो अनुच्छेद
सुन्नुहोस् र ठिक बेठिक
छुट्याउनुहोस् :
पाठको पहिलो
अनुच्छेद :
खतीका दुई तरिका छन्, रासायनिक र जैविक । रासायनिक मल तथा कीट नाशक विपादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो । परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक हो । जीवसँग सम्बन्धित कुरालाई जैविक भनिन्छ । जा जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई बाँच्नका लागि खाना, पानी र हावा चाहिन्छ, त्यहा ने जीव हो । विषादीलगायतका
हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक । । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्त्वको प्रयोग हुँदैन । आफ्नै स्वशमा पाइने वनस्पति, जडीवुटी तथा अन्य वस्तुवाट जैविक खेतीका सामग्री तयार परन्छ । यी सामग्री जीवनका लागि हानिकारक नभई लाभदायक हुन्छन् । यो पूर्णत:
गारिक मलमा आधारित हुने हुनाले यसलाई प्राङ्गारिक खेती पनि भनिन्छ ।
(क) रासायनिक
मल र कीट नाशक विषादीको
प्रयोग भएको खेती रासायन
ð ठिक
(ख) रासायनिक
मल र कीट नाशक विषादीको
प्रयोग नभएको
खेती जैविक भएको खेती जैविक
हो।
ð ठिक
(ग) जैविक र प्राङ्गारिक अलग अलग खेती प्रणाली हुन् ।
ð
बेठिक
(घ) जैविक खेतीमा प्राङ्गारिक मलको प्रयोग हुँदैन ।
ð
बेठिक
(ङ) मानिस, पशुपन्छी, कीट पतङ्ग र वनस्पतिमा निर्भर खेती नै जैविक खेती
ð ठिक
२. पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् :
पाठको दोस्रो अनुच्छेद :
कृषि युगको आरम्भसँगै जैविक खेतीको सुरुआत भएको हो । उद्योग बन विकाससँगै जनसङ्ख्याको ठूलो हिस्सा कृषिबाट विमुख भयो । थोरैले काम गरेर पाल्नुपर्ने भयो । यसैले थोरै जमिनमै धेरै उत्पादन गर्ने उपायका रूपमा १० शताब्दीमा रासायनिक मलको आविष्कार भयो । रासायनिक मलमा बाली विन लागि अधिक मात्रामा चाहिने नाइंट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तल्ला मिश्रण गरिएकाले उत्पादन बढ्न थाल्यो । यसै गरी २० औं शताब्दीदेखि बालीना लाग्ने कीट पतङ्गहरूलाई नियन्त्रण गर्न विषादीको पनि प्रयोग हुन थाल्यो । रासायनिक मलबाट उत्पदन बढ्ने, विषादीको प्रयोगबाट रोग र किरा नियन्त्रण हुने भाषण थोरै जमिनमा धेरै उत्पादन हुनु स्वाभाविक हो । यसरी थोरै मिहेनतबाट धेरै उम दिन सकेकाले रासायनिक खेती चाँडै लोकप्रिय हुन थाल्यो । रासायनिक खेतीमा । फाइदा भएर पनि यसका बेफाइदा पनि देखा पर्न थाले । यसले गर्दा रासार्यान खेतीका विषयमा अनुसन्धान र अध्ययन गर्नुपर्ने अवस्था आयो । यसका नकारात असरहरूका बारेमा हुन थालेको अध्ययनले यसको विकल्पको खोजी गर्नपर्ने तथ्यलाई पुन गयो । पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वानस्पतिक चक्रमा आएको सङ्कटले की रासायनिक खेती प्रतिकुल हुन्छ भन्ने निष्कर्ष प्रस्तुत भयो ।
(क) जैविक खेतीको सुरुआत कहिले भयो ?
=> जैविक खेतीको सरुवात कषि युगको आरम्भसँगै भएको हो ।
(ख) उद्योग धन्दाको सुरुआतपछि के भयो ?
=> उद्योग धन्दाको सुरुआत पनि ठुलो जनसङ्ख्या कृषिबाट विमुख भयो।
(ग) रासायनिक मलका रूपमा कस्ता खाद्य तत्त्वहरू उत्पादन गरिन्छ ?
=> रासायनिक मलका रूपमा विरुवालाई चाहिने नाइटोजन, फोस्फोरस, पाटास खाद्य तत्वहरू उत्पादन गरिन्छ ।
(घ) कारणले थोरै जमिनमा धेरै उब्जनी हुन थाल्यो ?
=> रासायनिक मल र विषादीको प्रयोगले थोरै जमिनबाट धेरै उब्जनी हुन थाल्यो। \
(ङ) रासायनिक खेती कसरी लोकप्रिय भयो ?
=> थोरै मेहेनतबाट धेरै उब्जनी दिन सकिने भएकाले रासायनिक खेती लोकप्रिय बन्यो।
३. पाठको छैटौं अनुच्छेदको श्रुति लेखन गर्नुहोस् ।
=> पाठको छैटौँ अनुच्छेद
:
जैविक खेतीमा प्राङ्गारिक मलको प्रयोग गरिन्छ । प्राङ्गारिक मलले वातावरणलाई कनै असर गर्दैन । यसबाट माटो, पानी र वायु प्रदूषणलाई घटाउन सहयोग मिल्दछ । यस्तो खेतीले माटाको उर्वरा शक्ति कायम राख्छ र मानिस तथा पशुपन्छीबाट निस्कने फोहोर मैलाको व्यवस्थापनमा सहयोग गर्छ । यसैले ठुलो धनराशि खर्चेर रासायनिक मल उत्पादन गर्नुभन्दा गाउँ सहरमा खेर जाने वस्तु र वनस्पतिबाट सामान्य तरिकाले प्राङ्गारिक मल बनाउनु धेरे श्रेयस्कर छ । यसले सहर सफा राख्न, मल उत्पादनको खर्च घटाउन र अन्तत: वातावरण जोगाउन सहयोग गर्छ ।
बोलाइ
१.
तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस्
:
प्राङ्गारिक,
औद्योगिक, पृष्ठभूमि, आविष्कार, प्रतिरोधात्मक, अम्लीयपन, पर्यावरणीय,
कृत्रिम, पुख्यौली, प्रवर्धन
२.
रासायनिक खेतीका फाइदा र बेफाइदाबारे कक्षामा छलफल गर्नुहोस् ।
ð रासायनिक खेतीका फाइदाहरू:
-
विरुवालाई चाहिने खाद्य पदार्थ पाइने,
-
उत्पादन बढ़ने,
-
विषादीको प्रयोगले रोग नियन्त्रण
-
थोरै मिहिनेतबाट धेरै उत्पादन
रासायनिक खेतीका बेफाइदाहरू:
-
पृथ्वीको पर्यावरण प्रदुषित हुने,
-
मानव स्वास्थ्यमा असर,
-
वानस्पतिक चक्रमा असर,
-
माटोको उर्वरा शक्ति नाश
-
विषादीले अन्य जीवको मृत्यु
-
३.
जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने किरा र रोगको निदान कसरी गर्न सकिन्छ वषयमा आफूले जानेका कुराहरू कक्षामा सुनाउनुहोस् ।
ð
जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने किरा र रोगको निदान निम्नानुसार गर्न सकिन्छ:
-
समयमा बाली लगाउँदा विरुवामा रोग लाग्दैन ।
-
देखिएका किरालाई हातले टिपेर वा जालीको प्रयोग गरेर फाल्नाले वा जलाय. किरा लागेको ठाउँमा गाईवस्तुको गहुँत प्रयोग गरेर,
-
किरा आउने समयमा बत्ती बालेर,
-
टासिने पदार्थ राखेर,
-
मित्र किराको उत्पादन गरेर,
-
विभिन्न विरुवाका रस किरा लागेको ठाउँमा लगाएर ।
पढाइ
१. शिक्षकले निर्देशन दिएअनुसार पाठका अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्नुहोस्।
२. पाठको नवौँ अनुच्छेद पढी ठिक बेठिक छुट्याउनुहोस् ।
पाठको नवौँ अनुच्छेद:
नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि | अनुकूल छ । प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले नेपालमा व्यावसायिक रूपमा गाई, भैंसी, बाखा, भेडा, कुखुरा, सुँगुर, माछा जस्ता पशुपन्छी पाल्न सकिन्छ । यसबाट पर्याप्त मात्रामा दुध, दही, घिउ, ऊन, मह, चिज आदिको उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन हुन्छ । पानीको स्रोत उपयोग गरेर सिँचाइको । राम्रो व्यवस्था गर्न सकिन्छ । बहुसङ्ख्यक नेपालीको पुख्यौली व्यवसाय जैविक खेती नै । भएकाले त्यसलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ । अब नेपालका गाउ । गाउँसम्म सडक यातायात पुग्न थालेको छ । उत्पादित वस्तुलाई बजारसम्म पुयाउन सहज बन्दै छ । जैविक खाद्य वस्तु देशभित्र र विदेशमा पनि महँगो मूल्यमा सजिले बिक्री हुन्छ । बर्सेनि अरवौँ रुपियाँको खाद्य पदार्थ आयात गर्न अहिलेको नेपालका बाध्यता बनेको छ । निर्वाहमुखी र परम्परागत खेतीका कारण यस्तो भएको हो । जैविक । खेतीलाई बृहत् अभियानका रूपमा अगाडि बढाउन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सक्छ।
(क) नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ ।
=> ठिक
(ख) नेपालमा व्यावसायिक रूपमा पशु पालन गर्न सकिन्छ ।
=> ठिक
(ग) नेपालमा कम्पोस्ट मल बनाउने कच्चा सामग्रीको अभाव छ ।
=> बेठिक
(घ) नेपालका बहु सङ्ख्यक मानिसहरूको पुख्यौली व्यवसाय व्यापार हो ।
=> बेठिक
(ङ)नेपालमा जैविक खेतीलाई खेतीलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ ।
=> ठिक
(च) नेपालका गाउँ गाउँसम्म सडक यातायात पुग्न थालेको छ।
=> ठिक
(छ) नेपालबाट बर्सेनि अरबौँ रुपियाँको खाद्य पदार्थ निर्यात हुने गरेको छ।
=> बेठिक
३. पाठको तेसो अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस् :
पाठको तेस्रो अनुच्छेद
:
सायनिक मलले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्छ । जैविक तत्त्वको कमी हुँदा जमिन मरुभूमिमा परिणत हुन बेर लाग्दैन । बाली बिरुवालाई सखाप पार्ने कीट पतङ्गलाई कतिपय किरा, फट्याङ्ग्रा, चरा चुरुङ्गीहरूले खाएर, धपाएर सहयोग पुयाइरहेका हुन्छन् । त्यस्तै मौरी, बारुला, पतली. झिगालगायतका कीट पतङ्गले बालीको पराग सेचन प्रक्रियामा सहयोग पुयाई उत्पादन बढाउँछन् । रासायनिक खेतीले बाली बिरुवाका मित्रलाई पनि असर गर्दछ । अर्कातिर शत्रु किराहरूको प्रतिरोधात्मक क्षमता बढ्छ र कडाभन्दा कडा खालका विषादीको प्रयोग गर्नुपर्ने अवस्था आउँछ । विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । यसले क्यान्सर, उच्च रक्तचाप, हृदयघात, मुटु, कलेजो र फोक्सो बिग्रने खालका रोगलाई निम्त्याउँछ । यसरी रासायनिक खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट सिर्जना गर्दछ । यसैले पछिल्लो समयमा रासायनिक खेतीको विकल्प सोच्न थालिएको छ । रासायनिक खेतीको एउटै विकल्प भनेको जैविक खेती नै हो।
(क) रासायनिक
खेतीले माटालाई
के गर्छ ?
=> रासायनिक खेतीले माटोको अम्लीयपन बढाएर प्राकतिक बनावट विगार्छ ।
(ख) मित्र
किराहरूले बाली बिरुवालाई कसरी सहयोग
पुयाउँछ ?
=> मित्र किराहरूले बाली विरुवालाई सखाप पार्ने कीटपतङ्गलाई खाएर धपाएर सहयोग गरेका हुन्छन् ।
(ग) पराग सेचन प्रक्रियालाई
ककसले सहयोग पुऱ्याउँछन् ?
=> मौरी, बारुला, पतली, झिंगा जस्ता कीटले परागसेचन प्रक्रियालाई
सह पुयाउँछन् ।
(घ) किन रासायनिक खेतीको विकल्प सोच्न
थालिएको हो ?
=> रासायनिक खेतीले मानव स्वास्थ्य पर्यावरणीय सन्तलन र जैविक विविधतामा गम्भीर सङ्कट सिर्जना हने भएकाले यसको विकल्प सोच्न थालिएको हो ।
(ङ) उर्वरा
शक्ति, पराग सेचन, प्रतिरोधात्मक क्षमता, पर्यावरणीय सन्तुलन र जैविक
विविधताको अर्थ बताउनुहोस्।
=> उर्वरा शक्ति = उब्जनी गर्न सक्ने क्षमता
पराग सेचन - फुलबाट फल बन्ने प्रक्रिया
प्रतिरोधात्मक क्षमता - रोगसँग लड्न सक्ने क्षमता
पर्यावरणीय सन्तुलन = वातावरणको सन्तुलन
जैविक विविधता = विभिन्न प्रकारका हानीकारक किरालाई अन्य किस माध्यमबाट नाश गर्ने कार्य
४. पाठमा
प्रयोग भएका प्राङ्गारिक, उर्वरा
शक्ति, पराग सेचन जस्ता
प्राविधिक टिपोट गर्नुहोस्।
=> कीट नाशक, विषादी, जैविक, वनस्पति, रासायनिक, अम्लीय, जैविक खेती. मन व्यावसायीकरण, ओखती, कृषि
लेखाइ
१. पाठका
आधारमा उत्तर
दिनुहोस् :
(क) रासायनिक
खेती र जैविक
खेतीका बिचमा
के फरक छ ?
=> रासायनिक मलहरूको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो । विरुवालाई चाहिने नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता तत्त्वहरू रासायनिक मलमा मिसिने भएकाले विरुवाको उत्पादन बढ्छ । यसबाट उत्पादन बढ्ने, थोरै जमिनमा धेरै उत्पादन हुने भएकाले यो खेती लोकप्रिय बनेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर गरिने खेती जैविक खेती हुन् । मानिसले आफैले घरमा पातपतिङ्गर कहाएर बनाइएको मल प्रयोग गरी गरिने खेती जैविक खेती हो ।
(ख) रासायनिक खेतीका बेफाइदाहरू के के हुन् ? .
=> रासायनिक खेतीका बेफाइदाहरू निम्नानुसार छन् :
माटोको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्नु, जैविक तत्त्वको कमी हुँदा जमिन मरुभूमिका परिणत हुनु, विरुवामा हालेको विषादीले अन्य जीवलाई नाश गर्नु, मानव स्वास्थ्यमा गम्भीर असर पर्नु, वर्यावरणीय र जैविक विविधतामा गम्भीर सङ्कट ल्याउनु आदि ।
(ग) विषादीको प्रयोगले मानवव स्वास्थ्यमा के कस्तो असर गर्दछ ?
=> विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्छ । यसले क्यान्सर, उ रक्तचाप, हृदयघात, मुटु, कलेजो र फोक्सो बिग्रने खालका रोगलाई निम्त्याउछ
(घ) पर्यावरणीय सन्तुलन र जैविक विविधताका बिचमा के अन्तर छ ?
=> पृथ्वीमा रहेका बोट बिरुवा, कीट पतङ्ग, चराचरुङगी जनावर र मा परम्परामा निर्भर हुने कार्य नै पर्यावरणीय सन्तलन हो । बोटविरुवाला गर्ने खराब जीवलाई यहीँ पाइने अन्य प्रकारका जीवहरू प्रयोग गरर नास्ने प्रक्रिया नै जैविक विविधता हो ।
(ङ) जैविक
खेतीबाट कसरी आत्म निर्भरता बढाउन सकिन्छ ?
=> जैविक खेतीलाई व्यावसायीकरण र आधुनिकीकरण गर्न सकेमा त्यसबाट निर्भर हुन सकिन्छ । यसका लागि माटोको परीक्षण गरी त्यसमा भएका आवश्यक तत्त्वहरूलाई सुधार गर्नुपर्छ । माटोको प्रकृति अनुसार हावापानी अनसार खेती लगाएर आवश्यक मल, विउ, सिँचाइको व्यवस्था जैविक विधिबाट गरी उत्पादन बढाएर हामी आत्मनिर्भर हुन सक्छौं ।
(च) ज्पाठको सातौँ अनुच्छेद अनुलेखन गर्नुहोस् ।
=> पाठको सातौँ अनुच्छेद :
जैविक विधिबाट रोग तथा किरा नियन्त्रण गर्ने अनेकौँ उपायहरू छन् । राम्ररी खनजोत गरी समयमा बाली लगाउँदा र उचित मलजलको प्रयोग गर्दा बाली बिरुवाको प्रतिरोधक क्षमता बढ्छ । यसबाट बाली बिरुवामा रोग र किराहरूको आक्रमणमा कमी आउँछ । कतिपय किराहरूलाई हातले टिपेर, जालीको प्रयोग गरेर, बत्ती बालिदिएर र टाँसिने पदार्थ राखेर पनि नियन्त्रण गर्न सकिन्छ । मित्र किराको उत्पादन गरेर पनि हानिकारक किरा नियन्त्रण गर्न सकिन्छ । तितो, पिरो, अमिलो, टर्रो आदि वनस्पतिको झोल र धुलो प्रयोग गर्नाले अधिकांश किरा र कीटाणुलाई भगाउन र नियन्त्रण गर्न सकिन्छ । यस्ता वनस्पतिमा तितेपाती, निम, बकाइनु, सुर्ती, असुरो, सरिफा, बोझो, मौवा, धतुरो, सिमाली, अदुवा, बेसार, टिम्मुर, तुलसी आदि पर्दछन् । त्यसो त यस्ता जडीबुटीजन्य वनस्पतिमा पनि विषादीको मात्रा हुन्छ । त्यो वातावरणमा चाँडै नष्ट पनि हुन्छ । यस्ता जडीबुटीजन्य विषादीको प्रयोग भएका खाद्य पदार्थ केही दिनमै खानयोग्य हुन्छन् ।
४.
'नेपाललाई
रसायन र विषादी
मुक्त राष्ट्र
बनाऔं' शीर्षकमा एउटा अनुच्छेद
लेख्नुहोस् ।
ð
नेपाललाई
रसायन र विषादी मुक्त राष्ट्र बनाऔं
नेपाल भौगोलिक रूपमा विविधता भएको राष्ट्र हो । यहाँ भिन्न ठाउँमा भिन्न प्रकृतिका बोटविरुवा लगाउन सकिन्छ । हामीले रासायनिक र विषादीको प्रयोग गरेर तत्काल त फाइदा लिन सक्छौं तर दीर्घकालमा यसले असर नै असर गर्दछ । विभिन्न प्रकारका रोग लाग्ने, माटोको उर्वरा शक्ति घट्ने, उत्पादित वस्तुको स्वाद नहुने भएकाले अब हामीले एउटा प्रण गर्नैपर्ने भएको छ । अबको परिवर्तन म बाटै गर्छ भनेर लाग्ने बेला आएको छ । नेपालमा हामी सबैले रसायनको प्रयोग र विषादीको प्रयोग नगर्ने हा भने हामी, हाम्रा सन्तति र सिङ्गो राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अब हामीले नेपाललाई रसायन र विषादी मुक्त राष्ट्र बनाऔं ।
४. व्याख्या
गर्नुहोस् :
(क) पृथ्वीका प्राणी र वनस्पतिबिचमा लिने दिने प्रक्रिया चक्र मैं घुमिरहन्छ ।
=> पृथ्वीमा रहेका प्राणी, बोटविरुवा र वातावरणमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । पृथ्वीमा रहेका बोटविरुवा, कीटपतङ्ग, चरा, चुङ्गी, जनावर र मानिस परम्परमा निर्भर छन् । प्राणीहरूले आवश्यक खाद्यतत्त्व अक्सिजन बोटविरुवाबाट लिन्छन् । बोटविरुवाले पनि आफूलाई चाहिने हावा र खानेकुरा जीवजन्त लिन्छन् । मानिस वा अन्य जीवले फालेको कार्वनडाइअक्साइड लिएर बोटवि बाँचेको हुन्छ । मानिस तथा जनावरहरूका मलमूत्र बोटविरुवाका उत्तम । हुन् । सडेगलेका पात पतिङ्गर कुहाएर बोट विरुवाका लागि खान योग्य बनाउने काम कीटपतङ्गहरूले
गर्छन् । यसरी पृथ्वीका प्राणी र वनया बीचमा लेनदेन प्रक्रिया चलिरहन्छ । यो लेनदेन प्रक्रिया विग्रियो भने वातावरण
सन्तुलन पनि विग्रन्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।
(ख) प्राणी
र वनस्पतिका बिचमा
रहेको अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवनको अस्तित्व सम्भव भएको हो। => मानिसका लागि बोटविरुवा र बोटविरुवाका लागि मानिस अपरिहार्य हुन मानिसको मलमूत्रले बोटविरुवा सप्रने र बोटविरुवाबाट
आएको अक्सिजन मानिस बाँच्ने भएकाले यी दुवै एक अर्काका परिपुरक बनेका छन् । मानिसको मलमूत्र वा कुनै जीवको शरीर कुहिएर माटो मलिलो बन्ने र त्यही माटोमा विरुवा हर्किएर मानिसलाई अक्सिजन दिने भएकाले यी दुवै एक अर्काका लागि अपरिहार्य छन् । यी दुवैको सम्बन्धले पृथ्वीमा जीवको अस्तित्व रहेको हो । यो क्रम वा प्रक्रिया विग्रने हो भने जीवको अस्तित्व नै सङ्कटमा पर्ने थियो भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।
५. नेपालमा
व्यावसायिक रूपमा
जैविक खेतीको
सम्भावनाका बारेमा
एउटा निबन्ध लेख्नुहोस्।
=> नेपाल भौगोलिक रूपमा विविधता भएको मुलुक हो । नेपालको प्राकृतिक, भौगोलिक,
सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि योग्य मानिन्छ । प्रशस्त मात्रामा जङ्गल हुनु, गाईवस्तुलाई चरन सुविधा हुनु, पानीको स्रोत प्रशस्त हुन, आदि कुराले पनि नेपालमा जैविक खेतीको सम्भावना प्रशस्त छ भन्ने पुष्टि गर्छ । यहाँ व्यावसायिक रूपमा गाई, भैंसी, बाखा, भेडा, कुखुरा, सुँगुर, माछा जस्ता पशुपन्छी पाल्न सकिन्छ । यसबाट पर्याप्त मात्रामा उत्पादन लिई ती कुरामा आत्मनिर्भर हुन सकिन्छ।
यहाँका बहुसङ्ख्यक जनताको पुख्र्यौली व्यवसाय जैविक खेती नै भएकाले त्यसलाई थार मात्रामा आधुनिक र व्यावसायिक बनाइदिए हुन्छ । यसरी खेती गर्दा एकातिर हाना आत्मनिर्भर हुन सक्छौँ भने अर्कोतिर हामीलाई रोजगार पंनि मिल्छ।
उत्पादित वस्तुलाई विक्रीवितरण गर्ने कुरामा 'सरकारले बजारको व्यवस्था गा पर्छ । बाटोघाटोको व्यवस्थामा सरकारले चासो दिएमा राष्ट निक्कै उन थियो । राष्ट्रले उत्पादन योग्य जमिनलाई कुनै पनि नाममा त्यतिकै बाँझा हँदैन । गरिब किसानलाई थोरै वा सस्तो व्याजदरमा ऋण प्रवाह गरेर जाव लागि प्रशिक्षणको व्यवस्था गरिदिने हो भने यहाँ जैविक खेतीको सम्भावन रहेको छ।
५.
प्रयोग भएका पर्यायवाची शब्दहरूको सूची बनाउनुहोस् ।
शब्द पर्यायवाची शब्द
हिस्सा अंश, भाग
विषादी विष भएको
पंजी उद्योगमा लगाउन सकिने धन
प्रवर्धन बढाउने
हेय हेला, आदि
६.
तलका शब्दलाई फरक फरक अर्थ आउने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
तर, तिर, कल, अर्थ, फुल, फल, बस
ð तर - तिमी त्यो साँघु तर त।
तिर - कलमा धरै चिप्लो छ त्यसैले तिमी कलतिर नजानु है ।
कल - बहिनीले धेरै कल गरिन् भने बाबाले कुट्नु हुन्छ है ।
कल - माहिला दाइ कल चलाउँछन् ।
अर्थ - नेपालको अर्थ व्यवस्था कमजोर छ ।
फल - मैले बारीमा राम्राराम्रा फुलहरू रोपेको छ ।
फल - आमा ब्रतको दिन फलमात्र खानुहुन्छ ।
बस - भाइ तिमी यहीं बस है।
बस - आज म बसमा चढेर क्याम्पस गएँ ।
७.
तलका शब्दको विपरीत अर्थ हुने शब्द लेख्नुहोस् :
ठुलो, शत्रु, सफा, मरुभूमि, कृत्रिम, निर्यात, सकारात्मक, आधुनिक
ð
शब्द विपरीतार्थक शब्द
ठुलो सानो
सफा फोहोर
मरुभूमि हरियाली मित्र
कृत्रिम प्राकृतिक
निर्यात आयात
सकारात्मक नकारात्मक
८.
पाठको तेस्रो अनुच्छेदबाट सुरु, बिचमा र अन्त्यमा दीर्घ हुने पाँच पाँच शब्द खोजी कापीमा लेख्नुहोस् ।
ð
शुरुमा दीर्घ हुने शब्दहरू : भूमि, कीट
बिचमा दीर्घ हुने : अम्लीयपन, गम्भीर, पर्यावरणीय
अन्त्यमा दीर्घ हुने : कमी, बाली, मौरी, पुतली, खेती
१०. पाठबाट 'श' को प्रयोग भएका शब्दहरू खोजी लेख्नुहोस् ।
=> शताब्दी, शक्ति, पशुपन्छी, धनराशी, अधिकांश, आवश्यक, देश, विदेश
व्याकरण
१. उदाहरणका आधारमा प्रत्येक कारक र विभक्तिको उचित प्रयोग गरी एक एक वाक्य बनाउनुहोस् :
(क) कर्ता कारक र प्रथमा विभक्तिको प्रयोग
हसिना हाँसिन् । म कविता लेख्छु । रामले खाना खायो । नानीमैयाँले कविता लेखिन ।
ð
हसिना हाँसिन् । म कविता लेख्छ।
- विमला आइन् । - हामी क्याम्पस जान्छौँ ।
रामले खाना खायो। नानीमैयाँले कविता लेखिन् ।
- बहिनीले खाजा खाई। -आयुषाले पाठ पढिन् ।
(ख) कर्म कारक र द्वितीया विभक्तिको प्रयोग
मैले आँप खाएँ । पासाङले सीतालाई किताब पढायो । आमाले रामलाई बोलाउनुभयो।
ð
मैले आँप खाएँ। पासाङले सीतालाई किताब पढायो ।
- भाइले खाजा आयो। - गुरुले बहिनीलाई पिट्नुभयो ।
आमाले रामलाई बोलानुभयो।
- मैले बहिनीलाई झोला किनिदिएँ ।
(ग) करण कारक र तृतीया विभक्तिको प्रयोग
मैले लाठाले आँप झारे । हरिले खुकुरीले दाउरा चिरे । गुरुआमाले हामीलाई प्रोजेक्टरले पढाउनुभयो।
ð
मैले लाठाले आँप झार। हरिले खुकुरीले दाउरा चिरे ।
- बुवाले कलमले चिठी लेख्नुभयो। - बुवाले वन्चरोले दाउरा चिर्नुभयो ।
गुरुआमाले हामीलाई प्रोजेक्टरले पढाउनुभयो ।
- बुवाले हमीलाई चित्रले सिकाउनुभयो ।
(घ) सम्प्रदान कारक र चतुर्थी विभक्तिको प्रयोग
मैले सिर्जनालाई उपहार दिएँ । हाकमैयाले रञ्जनादेवीलाई रुमाल दिइ" सुलोचनाले हामीलाई गीत सुनाइन् ।
ð
मैले सिर्जनालाई उपहार दिएँ ।
- बुबाले बहिनीलाई झोला किनिदिनुभयो ।
हाकुमैयाले रञ्जनादेवीलाई रुमाल दिइन ।
- दिदीले भाइलाई गन्जी किनिदिनुभयो ।
सुलोचनाले हामीलाई गीत सुनाइन् ।
- गायकले हामीलाई गीत सुनाए।
(ङ) अपादान कारक र पञ्चमी विभक्तिको प्रयोग
मैले रूखबाट सन्तला झारे । हरिले बिहानैदेखि केही खाएको छैन । सम्निमाले झोलाबाट किताब निकालेर मैयाँलाई दिइन् ।
=> मैले रुखबाट सुन्तला झारें।
- भाइले रूखबाट पात झायो ।
हरिले बिहानैदेखि केही खाएको छैन ।
- म दुईघण्टादेखि तिमीलाई पर्खिरहेको छु ।
हरिले बिहानैदेखि केही खाएको छैन ।
- आमाले हिजैदेखि काम गरिरहन् भएको छ।
सम्निमाले झोलाबाट किताब निकालेर मैयालाई दिइन् ।
- भाइले घरबाट किताब ल्यायो।
(च) षष्ठी विभक्तिको प्रयोग
मेरा एक एक जना बहिनी र भाइ छन् । मेरो भाइको नाम भोगेन्द्र हो । रञ्जना मेरी बहिनी हुन् । सरिता, सन्देश र गेल्बु भाइका मिल्ने साथी हुन् । बहिनीकी मिल्ने साथी चित्रलेखा हुन् । रञ्जना र भोगेन्द्र दुवै जना आआफ्ना सामानको हिफाजत गर्न सिपालु छन् । आफ्नो भाइ र आफ्नी बहिनीको यस्तो राम्रो बानी देख्दा मलाई खुसी लाग्छ । => मेरा एक एक छोरा र छोरी छन् । मेरो छोराको नाम आयुष हो । आयुषा मेरी छोरी हुन् । आभाष, आभा र आयाम छोराका साथी हुन् । छोरीकी मिल्ने साथी समा हुन् । आयुष र आयुषा दुवै जना आ-आफ्ना सामानको हिफाजत गर्न सिपाल् छन् । आफ्नो भाइ र आफ्नी बहिनीको यस्तो राम्रो बानी देख्दा मलाई खुसी लाग्छ ।
(छ) अधिकरण कारक र सप्तमी विभक्ति
बेगम नेपालगञ्जमा बस्छिन् । मञ्जु दार्चुला पुगिन् । उनको मनमा पाप छैन ।
=> बेगम नेपालगञ्जमा बस्छिन् । मञ् दार्चुला पुगिन् ।
- भाइ विदेशमा बस्छ। - भाइ घर पुग्यो।
उनको मनमा पाप छैन ।
- भाइको शरीरमा राम्रो लुगा छ ।
२. तलको अनुच्छेदमा रहेका कारक र विभक्ति पहिल्याई शिक्षकलाई देखाउनुहोस् :
निनामा धेरै मेहनती छन । उनी अत्यन्त दयालु र सहयोगी पनि छन् । उनी दु:खी पारवहरूलाई सहयोग गर्छिन् । उनी बेला बेलामा असहायहरूलाई खानेकुरा र कपडा दान्छन् । निनामाका बाब अमरबहादुर चाम्लिङ अवकास प्राप्त बेलायती सैनिक हुन् । उनी श्रमलाई धेरै महत्त्व दिन्छन् र धेरैजसो कोदालाले बारी खनिरहेका भाटन्छन् । उनी रुखबाट डाले घाँस झार्न र बाँसबाट चोया काढ्न पनि उत्तिकै सिपाल छन् । निनामाकी आमा धनशोभा याक्खा कलेजमा पढाउछिन् । आमाकै छत्रछायामा रहर निनामाले पढाइमा धेरै राम्रो गरेकी छन् । पढाइका अतिरिक्त घरको काममा पनि निनामा उत्तिकै जाँगरिली छन । बगैंचामा जाने, पाकेका फलफुल रुखबाट टिपेर जा गर्ने, बजारमा लगेर बेच्ने आदि काममा उनी सिपालु छिन् । त्यसो ल कविता ले चित्र बनाउने कलामा पनि उनी निपुण छिन् । |
ð कर्ता कर्म करण
सम्प्रदान अपादान अधिकरण
निनामा खानेकुरा कोदालो असहाय रुखबाट बगैंचामा
उनी कपडा
बाँसबाट बजारमा
अमरबहादुर डाले घाँस
कलामा
धनशोभा
३. पाठको दसौँ अनुच्छेदमा प्रयुक्त फरक फरक विभक्ति चिह्न प्रयोग भएका शर टिपोट गर्नुहोस्।
ð पाठको दसौं अनुच्छेद :
नेपालमा व्यावसायिक जैविक खेतीलाई रोजगारीको मुख्य आधार बनाउन सकिन्छ। स्वदेशमै रोजगारी सिर्जन गर्न सके युवाहरू बिदेसिनु पर्दैन । युवाहरू स्वदशेमै रहँदा राष्ट्र विकासमा सकारात्मक प्रभाव पर्छ । परनिर्भरता घट्न जाँदा स्वावलम्बी संस्कतिको विकास र राष्ट्रियता पनि बलियो बन्छ । निर्यात बढाउन सक्दा पूँजी निर्माण हन गई औद्योगिक लगानीको बाटो खुल्छ । जैविक खेतीबाट वातावरण संरक्षण हुन्छ र मानव स्वास्थ्यमा पनि अनुकूल प्रभाव पर्छ । यसबाट वातावरण र स्वास्थ्यका क्षेत्रमा गरिने लगानी बचत हुन्छ । त्यस बचतलाई अन्य उत्पादनमूलक क्षेत्रमा लगाउन सकिन्छ । कृषिमा आत्मनिर्भर बन्दै जलस्रोत, पर्यटन जस्ता उद्योगलाई प्रवर्धन गर्न सके नेपाल संसारकै समन्नत र सुखी मुलुक बन्ने छ ।
विभक्ति चिह्नः
नेपालमा, खेतीलाई, विकासमा, खेतीबाट, स्वास्थ्यमा,
बचतलाई
४. सबै प्रकारका कारकको प्रयोग गरी एक अनुच्छेद लेख्नहोस ।
ð
मेरो नाम आयष खनाल हो । म कक्षा ९ मा पढ्छ । मेरी एउटी बहिनी छे । म बहिनीलाई झोला ल्याइदिन्छ । हामी दुवै विद्यालयबाट चार बजे फर्कन्छौँ । घरमा आइपुग्दा हामीलाई खाजा राखिदिएको हुन्छ । बहिनी पेन्सिलले कपीमा लेख्छिन् भने म चाहिँ कलमले लेख्छ।
सिर्जनात्मक कार्य
निम्न लिखित बँदाहरूका आधारमा
‘सूचना विस्तार र आजको विश्व' शीर्षकमा लेख्नुहोस् :
ð
पहिले पहिले परेवा, काग, कुकुरका आवाजका आधारमा सचना अनुमान - पठाउने चलनको सुरुआत - टेलिफोन, रेडियो, टेलिभिजन, ताररहित टेलिाम कम्प्युटरको आविष्कार - अन्तरिक्षमा मानिसको पहुँच - भउपग्रहवाट सूचना विस्तार - इन्टरनेट प्रविधि र त्यसभित्र विभिन्न सामाजिक सञ्जाल - छपार अनुमान - पछि चिठी हत टेलिभिजन, फ्याक्स -सूचना सङकलन छपाइ वा मद्रणका नयाँ प्रविधिको विकास - सूचना विस्तारसँगै आजको विश्व साँगरिएको - विश्वभरका सलाई साथी बनाउन, भावना आदान प्रदान गर्न, कुनै विचार वा घटनाप्रति तत्काल प्रतिक्रिया व्यक्त गर्न, विश्व प्रसिद्ध कृति पढ्न सकिने -
प्रविधिको विकास अभिशाप पनि - प्रविधिको सदुपयोग जीवनका लागि बरदान ।
सूचना र आजको विश्व
पहिले पहिले परेवा, काग, कुकुरका आवाजका आधारमा सूचनाको अनुमान गरिन्थ्यो । केही समयपछि चिठी पठाउने चलनको सुरुवात भयो । आधनिकताको सुरुवातसँगै टेलिफोन, रेडियो, टेलिभिजन, ताररहित टेलिभिजन,
फ्याक्स, कम्प्युटरको आविष्कार भएको छ । जसले हाम्रो जीवन सरल र सहज बनाइदिएको छ । अहिले त विज्ञान र प्रविधिको प्रयोगले अन्तरिक्षमा मानिसको पहुँच पुग्न थालेको छ । अहिले भूउपग्रहका माध्यमबाट सूचना सङ्कलन र विस्तार गर्न थालिएको छ । इन्टरनेट प्रविधि र त्यसभित्र विभिन्न सामाजिक सञ्जाल रहेका छन् । अहिले छपाइ र मुद्रणका नयाँ नयाँ प्रविधिको विकास हुन थालेको छ । सूचना र प्रविधिको विस्तारसँगै आजको विश्व साँगुरिएको छ । विश्वभरका मानिसलाई साथी बनाउन, भावना आदान प्रदान गर्न, कुनै विचार वा घटनाप्रति तत्काल प्रतिक्रिया व्यक्त गर्न विश्वप्रशिद्ध कृति पढ्न सकिने भएको छ । यति धेरै फाइदा हुँदा हुँदै पनि यसका बे फाइदा पनि छन् । एकातर्फ प्रविधिले हाम्रो जीवन सहज बनाएको छ भने अर्कोतिर त्यो अभिशाप पनि भएको छ। यसरी सूचना र प्रविधिले आज हाम्रो समाजलाई र जीवनलाई सहज र सुखी बनाएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.