मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व ।


 We have shifted all our notes to our new website

 Click here to View




 







शब्दार्थ

दायित्व                :              कर्तव्य                                                          वक्ता           :              बोल्ने मान्छे

उल्लङ्घन            :              नाघ्ने काम                                                   प्रपञ्च          :             जालझेल

तिरस्कृत             :              अपहेलित                                                     अश्लील        :             छाडा

जोखिम               :               खतरा                                                           दर्दनाक        :             दु:खपूर्ण

गाम्भीर्य              :               गहिराइ, गहनता                                         प्रतिबद्धता  :             अठोट, प्रतिज्ञा

निवारण              :               हटाउने काम                                                सचेतना        :             चेतनासहित

देह व्यापार          :               शरीरको व्यापार, यौन व्यवसाय                    प्रलोभन        :             बढी लोभ,  तस्कर                 :            अवैध काम गर्ने व्यक्ति

जघन्य                :               अत्यन्त नराम्रो, अरूलाई घात गर्ने

पुनर्स्थापना        :               फेरि व्यवस्थाप गर्ने काम

उन्मूलन             :               जरैसँग हटाउने काम

अपराध               :              गर्न नहुने काम, कसैको नोक्सानी हुने काम

भोक्तावादी         :              खानपिन, भोगविलास र मोजमस्तीमा

                                           रमाउनुपर्छ भन्ने मान्यता भएको

संवाहक               :              राम्ररी वहन गर्ने, राम्रो नेतृत्व कर्ता

निकृष्ट                :             तुच्छ, नीच

परिवेश                :              ठाउँ, समय र वातावरण

विश्वास घात       :             विश्वास भङ्ग गर्ने काम

विचित्र                 :             अनौठो, अचम्मको

पुनर्मिलन           :              फेरि भेटट गर्ने वा मिल्ने काम

दुष्कार्य               :              नराम्रो काम

अभिवृद्धि         :              राम्ररी बढाउने काम 

 

अभ्यास

 सुनाइ

 

 १. चौविसौं अनुच्छेद सुनेका आधारमा मिलेको भनाइका अगाडि ठिक चिह्न दिनुहोस् : 

पाठको चौबिसौं अनुच्छेद :

कुनै पनि समस्याले समाधान आफै बोकेर आएको हुन्छ भनिन्छ । त्यस्तै मानव वेचविखनको समस्या पनि कुनै प्राकृतिक समस्या होइन । यो नितान्त मानव समाजबाट सिर्जित समस्या हो । त्यसैले यसको समाधान पनि हामी सबै तह र तप्काका मानिसले नै मिलेर गर्नुपर्छ । यसका लागि राज्यका संयन्त्रलाई सशक्त बनाइनुपर्छ । शिक्षा र 

चेतनाका लहरहरू हाम्रा हरेक वस्ती वस्तीमा पुग्नुपर्छ । विद्यार्थीहरू पनि चेतना विस्तारका संवाहकहरू हुन् । यसैले यस किसिमको निकष्ट र मानवताहीन कार्यका विरुद्ध सक्रिय हुन सम्पूर्ण विद्यार्थीलाई आहवान गर्छ । धन्यवाद ।

(क) कुनै पनि समस्याले समाधान आफै बोकेर आएको हुन्छ । 

=> ठिक

 

(ख) मानव बेचबिखनको समस्या प्राकृतिक होइन । 

=> ठिक

 

(ग) मानव बेचबिखनको समस्या समाधान गर्न राज्य जुर्मुराए पुग्छ।

=> बेठिक

 

(घ) मानव बेचबिखनको समस्या समाधानमा विद्यार्थीको कुनै भूमिका हुँदैन । 

=> बेठिक

 

(ङ) मानव बेचबिखन निन्दनीय कार्य हो । 

=> ठिक

 

२. पाठको प्रारम्भिक अनुच्छेद शिक्षकबाट सुनेका आधारमा निम्न लिखित प्रश्नहरूको 2मौखिक जवाफ दिनुहोस् : . पाठको प्रारम्भिक अनुच्छेद : 

(आज आजाद उच्च माध्यमिक विद्यालय (उमावि) बनेपामा वक्तृत्व प्रतियोगिता छ । प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत चार जना द्यिार्थीहरूले भाग लिएका छन् । विद्यालयका प्रधानाध्यापक मिलन चेपाङले प्रतियोगिताको अध्यक्षता गर्नुभएको छ । प्रमुख अतिथिका आसनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक श्रेष्ठ हुनुहुन्छ । समय सचेतमा कक्षा ९ की विद्यार्थी प्रमिला शेरचन रहनुभएको छ । निर्णायक मण्डलमा नेपाली, सामाजिक र अङ्ग्रेजी विषयका तिन जना शिक्षक रहनुभएको छ । शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति छ । कक्षा ९ का विद्यार्थी सुमन मिजार उद्घोषण गर्दै हुनुहुन्छ ।

 

(क) वक्तृताको विषय के हो ? 

=> वक्तृताको विषय 'मानव बेचविखन विरुद्ध हाम्रो दायित्व' हो।

 

(ख) वक्तृत्व प्रतियोगिता कसको सभाध्यक्षतामा सञ्चालन भएको छ ? 

=> वक्तृत्व प्रतियोगिता विद्यालयका प्रधानाध्यापक मिलन चेपाङको अध्यक्षतामा सञ्चालन भएको छ ।

 

(ग) निर्णायक मण्डलमा कति जना सदस्यहरू छन् ? 

=> निर्णायक मण्डलमा तिन जना सदस्य छन् ।

 

(घ) उद्घोषण गर्ने व्यक्ति को हुन् ? 

=> उद्घोषण गर्ने व्यक्ति कक्षा ९ कि सुमन मिजार हुन् ।

 

(ङ) वक्तृत्व प्रतियोगितामा कति जना वक्ता तोकिएका छन् ? 

=> वक्तृत्व प्रतियोगितामा ४ जना वक्ता तोकिएका छन् ।

 

३. वक्तृत्व प्रतियोगिताका नियमहरूको श्रुति लेखन गर्नुहोस् । 

 

ð  (क) हरेक वक्तालाई पाँच मिनेटको समय दिइने छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताले आफ्नो भनाइ रोक्नुपर्ने छ।

(ख) समाज र राष्ट्र विरोधी भावना फैलाउने र व्यक्तिगत आक्षेप लाग्ने किसिमका विचारहरू प्रस्तुत गर्न पाइने छैन ।

(ग) कुनै पनि प्रकारका लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।

(घ) निर्णायक मण्डलको निर्णय अन्तिम हुने छ ।

 

बोलाइ

 

१. तल दिइएका शब्दहरू शुद्ध र स्पष्ट रूपमा उच्चारण गर्नुहोस् :  

सभाध्यक्ष, अङ्गप्रत्यङ्ग, दुर्व्यसन, दुष्प्रवृत्ति, पुनर्स्थापना, कलङ्कित, प्रत्यारोपण, बहिष्कृत, उल्लङ्घन, दुर्व्यवहार, पुनर्मिलन

 

२. तलका उखान टुक्काहरूलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् : 

आडै जिरिङ्ग हुनु, सिधै स्वर्ग पुयाउनु, लहैलहैमा लाग्नु, घाम जस्तै छर्लङ्ग हुनु, न्याल चुहाउनु, सुइँको पाउनु, एक थुकी सुकी; सय थुकी नदी, हुने बिरुवाको चिल्लो पात ।

 

ð  आडै जिरिङ्ग हुनु : आज वाटामा देखेको वस दुर्घटनाले मेरो आडै जिरिङ्ग वनायो।

सिधै स्वर्ग पुयाउनु : आजसम्म मरेका मानिस सिधै स्वर्ग पुग्छन् भनेर कसले भन्न सक्छ र ।

लहैलहैमा लाग्नु : हामीले कहिल्यै पनि अरूको लहैलहैमा लाग्नु हुँदैन ।

घाम जस्तै छर्लङ्ग हुनु : आफूले मिहिनेत नगरी कहिल्यै सफल हुन सकिदैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

याल चुहाउनु : अर्काको सम्पत्तिमा आज पनि विपिन याल चुहाउँछ हौ ।

सुइको पाउनु : रहेकले गरेको गलत कामको सुइको उसको वुवाले पाउनु भएको छ ।

एक थुकी सुकी सय थुकी नदी : एक थुकी सुकी, सय थुकी नदी भने झै हामीले थोरै थोरै वचत गर्ने वानीले एकदिन हामीलाई ठुलो काम गर्ने बनाउँछ ।

हुने विरुवाको चिल्लो पात : हुने विरुवाको चिल्लो पात भने मैं विक्रम सानै उमेरदेखि लगनशील र मिहिनेती थियो त्यसैले ऊ अहिले ठुलो मानिस बन्यो ।

 

३. तपाईलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जनामध्ये कसको विचार राम्रो लाग्यो ? कारणसहित भन्नुहोस् । -

 

=> मलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जना मध्ये अन्तिम वक्ता रमा सापकोटाके विचार राम्रो लाग्यो किनकि उनले उठाएको परिवर्तन आफैबाट सुरु गर्नुपर्छ' भन्ने भनाइले म अत्यन्त प्रभावित भएँ । मानव बेचबिखन विरुद्धको अभियानमा आजैबाट प्रत्यक मानिस लाग्ने हो भने यो समस्या समाधान हुन्छ । त्यसैले म उनको विचारबाट प्रभावित भएँ । 

 

४. 'विद्यालय शान्ति क्षेत्र हुन्' भन्ने विषयमा समूहमा छलफल गर्नुहोस् र निष्कर्ष प्रस्तुत गर्नुहोस् । 

 

ð  'विद्यालय शान्ति क्षेत्र हुन्' भन्ने विषयमा समूहमा छलफल गरी निस्किएको निष्कर्ष : 'विद्यालय शान्ति क्षेत्र हुन् ।' विद्यालयमा विद्यार्थीहरू अध्ययन गर्न आउँछन् । उनीहरूले पढ्न पाउने अधिकारबाट उनीहरू कुनै पनि बहानमा वञ्चित हुनु हुँदैन । विद्यालयमा कुनै प्रकारको बाह्य हस्तक्षेप हुनुहुँदैन । वालवालिका हिँडडल गर्ने वाटोघाटोमा कुनै प्रकारको वन्द अवरोध हुनु हुँदैन । वालवालिका चढेका गाडीहरू कहिल्यै तोडफोड हुनु हुँदैन । विद्यालयमा अध्ययन अध्यापनका, खेलकुदका विषय र करा ह्नपर्छ । विद्यालयमा स-साना वालवालिका आफ्नो भविष्य कोर्न आएका हुन्छन त्यसैले विद्यालय शान्ति क्षेत्र हुन् । 

 

पढाइ 

१. माथिको वक्तृताका अनुच्छेदलाई हाउभाउसहित पालैपालो पढ्नुहोस् ।

२. माथिको वक्तृता पढेका आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् : : 

 

(क) लहैलहैमा लाग्नुको अर्थ के हो ? 

=> अरूको इसारामा हिँड्नु लहैलहैमा लाग्नुको अर्थ हो।

 

(ख) मानव बेचबिखनमा परेका मान्छेहरूलाई कस्ता काममा लगाइएको पाइन्छ ? 

=> मानव बेचविखनमा परेका मान्छेहरूलाई वेश्यावृत्ति, मजदुर, मानव अङ्गको,ओसारपसार, लागु औषधको

व्यापार, अश्लिल चलचत्रिमा काम, सर्कसमा काममा लगाइएको पाइन्छ।

 

(ग) बेचबिखनबाट उम्केर आएका मानिसहरू कसरी बाँच्न बाध्य छन् ? 

=> वेचविखनबाट उम्केर आएका मानिसहरू परिवार तथा समाजवाट तिरस्कृत भएर वाँच्न वाध्य छन् ।

 

३. लेख्य चिह्नहरूलाई ख्याल गरी तलको अनुच्छेद पढ्नुहोस् : 

कस्ता खराब मानिसहरू ! मान्छेले मान्छेलाई बेच्ने । के संसारमा पैसाभन्दा अर्को ठलो कुरा केही छैन र ? सत्कर्म गरेर खानु, कसैलाई दुख नदिनु र केही गर्न नसके मागेर खानुमा जीवनको सार्थकता छ । हे ईश्वर ! तिमीहरूको सद्बुद्धि आओस् ! मानवता मग्मगाओस् ।

 

४. वक्तृताको छैटौँ अनुच्छेदलाई मनमनै पढ्नुहोस् र त्यसमा अभिव्यक्त भएका विचार हरूलाई आफ्नै मौलिक शैलीमा लेख्नुहोस् ।

वक्तृताको छैटौँ अनुच्छेद : - नेपालमा रोजगारीको न्यून अवसर, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिका कारण मानिसहरू वेर्चावखनको चपेटामा परेका छन् । मानव तस्करहरूले सिधासादा मानिसहरूलाई अनेकौ प्रलोभन र अठा आश्वासनहरू बाँड़ने गर्छन् । कतिपय महिलाहरू बनावटी मायाजालमा अथवा नक्कली विवाहको प्रपञ्चमा फस्न पुग्छन् र बेचिन्छन् । यसरी बेचिन पुगेका मानिसहरू विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगका सिकार हुन्छन् । घर फर्केपछि पनि उनीहरूले परिवार तथा समाजबाट तिरस्कृत हुनुपर्छ ।

 

ð  मानव तस्करहरूले गाउँघरका सोझासाझा महिलाहरूलाई अनेक प्रकारको प्रलोभन देखाएर वा विवाहको नाटक गरेर बेचविखन गर्ने गर्छन् । समजमा रोजगारीको कमी, अज्ञानता, आर्थिक अवस्था न्यून हुनु आदि कारणले समाजका,सोझा साझा जनता झटो जालमा पर्ने गरेका छन् ।

 

लेखाइ

१.       तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर लेख्नुहोस् : 

 (क) मानव बेचबिखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरू केके हुन् ? 

 => मानव बेचविखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरू निम्नानुसार छन् : 

- रोजगारीको न्यून अवसर

- अज्ञानता आर्थिक विपन्नता,

- भेदभावपूर्ण सामाजिक संरचना,

- बनावटी मायाजालमा पार्नु, 

- नक्कली विवाह गर्नु,

 (ख) मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस किन गर्छ ? . 

 => मानिसले मानिसलाई नै बेच्ने दुस्साहस गर्नुका कारणहरू निम्नानुसार छन् : 

- महिलाहरूलाई देह व्यापारमा लगाउन,

- बालबालिकाहरूलाई श्रममा लगाउनु, घरायसी दास वनाउन,

- मानव अङ्ग वेचविखन गर्नु,

 

(ग) मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपाय के के हुन् ? 

 ð  मानव वेचविखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्न निम्नानुसारका उपायहरू गर्न सकिन्छ :

 

- समाजमा रोजगारीको अवसर सिर्जना हुनुपर्छ,

- पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्छ,

- पारिवारिक पुनर्मिलन गराउने कार्य गर्नुपर्छ, 

- मानव वेचविखनमा संलग्न हुनेलाई कडा भन्दा कडा कारवाही गर्नपर्छ,

- हरेक सचेत मानिसले मानव वेचविखन जस्तो अमानवीय दप्कार्यका विरुद्ध लाग्नुपर्छ,

- प्रत्येक मानिसले परिवर्तन आफैवाट सुरु गर्नुपर्छ। 

 

 (घ) तपाई कानुन बनाउने ठाउँमा हुनुभएको भए यस्तो अपराध गर्नेलाई कस्तो सजायको व्यवस्था गर्नुहुन्थ्यो ?

 

ð  म कानन वनाउने ठाउँमा भएको भए यस प्रकारको मानव वेचविखनमा लाग्ने मानिसलाई उम्कनै नसक्ने गरी संजाय दिन्थे । जुन सजाय पाएपछि त्यो मानिस, कहिल्यै त्यस्तो कार्य गर्न कहिल्यै अग्रसर हुँदैन । मानव वेचबिखन गर्ने मानिसलाई राष्ट्रको सबैभन्दा ठुलो अपराधी वनाएर जीवनभर उम्कन नपाउने गरीको सजाय दिन्थें ।

 (ङ) मानव बेचबिखन र ओसारपसार किन जल्दोबल्दो विषय मानिन्छ ? 

 

ð  मानवव वेर्चावखन र ओसारपसार अहिलको एकदमै जल्दाबल्दो विषय हो किनभने पैसाको लालचमा मानिसले मानिसलाई नै वेचिरहेको छ । समाजमा रोजगारी छैन, अशिक्षा, गरिवी आदिका कारण पनि मानिस यस प्रकारका घृणित कार्य गर्न पछि हटेको छैन । विभिन्न प्रलोभन देखाइ गाउका सोझा साझा चेलीहरूलाई तस्करहरूले वर्चावखन · गरिरहेका छन । घरायसी कामकाजका रूपमा वालवालिकालाई पनि वेविखन गरिरहेका छन् । त्यस्तै कतिपयलाई मानव अइग वेचविखनमा पनि प्रयोग गरेको पाइन्छ । तसर्थ अहिले यो समस्या जल्दोबल्दो रूपमा रहेको छ।

 

२.       मानव बेचबिखनका विरुद्ध सचेतना अभियान सञ्चालन गर्दा जुलुसमा लगाउन सकिने उपयुक्त कुनै पाँच ओटा नाराहरू लेख्नुहोस् ।

 

=> १. मानव वेचविखन जगन्य अपग हा ।

     २. मानव वेचविखन वन्द गरौं ।

     ३. मानव वेचविखनमा संलग्नलाइ फादी दे ।

     ४. मानव वेचविखन विरुद्ध एकजुट भएर लागौ । 

     ५. मानव वेचविखनलाई जरैवाट फालौं ।

 ३.       पाठको सातौँ अनुच्छेदबाट मुख्य चार ओटा बँदाहरू टिपोट गर्नुहोस् ।

पाठको सातौँ अनुच्छेदः 

संभाध्यक्ष महोदय, मानव वेचविखनका समस्यावाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने विषयमा सवैले ध्यान दिन आवश्यक छ । यस किसिमको जघन्य अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक सङ्घ संस्था, स्थानीय निकाय र सरकारसम्मको साथ र सहयोग आवश्यक पर्छ । मानव वेचविखनका वारेमा सवैलाई सचेत गराउन आवश्यक छ । यसक लागि लक्षिण समुदायसम्म रोजगारीमूलक शिक्षाका अवसरहरू र गरिवी निवारणका कार्यक्रमहरूको व्यवस्था गरिनुपर्छ । मानव बेर्चाबखनका विरुद्ध लाग्ने यक्तिहरूलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्छ । मानव तस्करहरूलाई सामाजिक वहिप्कार र कडा सजायको व्यवस्था गरिनुपर्छ । 

बँदाहरू: 

१.       मानव बेचविखनको समस्याबाट मुक्ति पाउन प्रत्येक मानवले ध्यान दिनुपर्ने,

२.       मानव वेचविखनको बारेमा सबैलाई सचेत बनाउने,

३.       लक्षित समूहलाई शिक्षा, रोजगारी आदिको अवसर दिनुपर्ने, 

४.       मानव बेचविखन विरुद्ध लाग्ने मानिसलाई राज्यले प्रोत्साहन गर्नुपर्ने ।

 

 ४. पाठको अठारौं अनुच्छेदलाई एक तृतीयांश हुने गरी सक्षेपीकरण गर्नुहोस् । 

ð  पाठको अठारौं अनुच्छेदः 

हाम्रा शैक्षिक पाठ्यक्रमहरूलाई व्यावसायिक र रोजगारमूलक बनाउनुपर्छ । सरकार पनि रोजगारी दिने कार्यक्रमहरूको तर्जुमा गर्नुपर्छ । हामी विद्यार्थीहरूवाट पनि सचेतनाका कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । गरिवी निवारणका बारेमा स्थानीय निकायदेखि माथिल्लो तहसम्म संवेदनशील हुनुपर्छ । गैर सरकारी संस्थाहरूलाई सचेतना फैलाउने कामको जिम्मेवारी दिनुपर्छ । यसो गर्न सकियो भने यस अवराधलाई पूर्ण रूपमा नियन्त्रण गर्न पक्कै सकिन्छ । यति भन्दै म आफ्नो भनाइलाई पूर्ण विराम दिन्छ ।

सारांश 

शैक्षिक पाठ्यक्रमलाई व्यावसायिक र रोजगारमूलक वनाउँदै विद्यार्थी, गैरसरकारी संस्थालाई मानव वेचविखन विरुद्ध सचेतना कार्यक्रम फैलाउन लगाउने हो भने यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

 

५.       'सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ' भन्ने विषयमा ५० शब्दसम्मको एउटा अनुच्छेद लेख्नुहोस् ।

ð  सही बाटोमा हिँडने मानिसको जमातले नै समाजलाई सभ्य र सुसांस्कृत बनाउँछ। वालवालिकाहरूले पनि राम्रो संस्कार पाए भने समाज राम्रो हुन्छ । एउटा व्यक्तिरं समाजको एउटा समूहलाई नै परिवर्तन गर्न सक्छ भने समाजमा सत्मार्गमा हिंड्न मानिसको समह छ भने समाजमा शान्ति नै शान्ति हुन्छ । तसर्थ सत्मार्ग र शान्ति नै समाजलाई सभ्य बनाउछ ।

 व्याकरण 

२. तलका अनुच्छेदमा रेखाकित क्रियायोगी शब्दलाई कापीमा टिपोट गर्नहोस र त्यस्तै प्रकारका अरू दस ओटा क्रियायोगी शब्दहरू खोजेर शिक्षकलाई देखाउनुहोस् । 

स्वर्ण जयन्ती

विद्यालयको स्वर्ण जयन्ती मनाउने समय त पोहार थियो । तयारी राम्रो नभएकाले आधौँ गरौंला भनियो । यस वर्षको तयारी एक महिनाअघि नै सकियो । निमन्त्रणा कार्ड वाड़ने काम अस्ति किया । हिजो मञ्चको सजावटको काम पनि सम्पन्न भयो । काम गर्दागर्दै साझ परेछ । मुख्य रमाइलो त भोलि पो हुन्छ ।

म आज विहान सवरे विदयालय पग । कोही मान्छ भित्र थिए भने कोही वाहिरैथिए । साना केटाकेटीहरू कोही यता र काही उता खन्दै थिए । काम गर्नेहरू तल र माथि गर्दै थिए । मञ्चमा माइक अगाडि थियो भने सोफाहरू पछाडिपटि सजाइएका थिए । विद्युतीय सामग्रीहरू मञ्चको मनि थिए । तारणहरूलाई राम्ररी वाधेर सवैतिर फन्फनी घमाइएको थियो । हावा पनि मन्दमन्द र सिरसिर चलिरहेको थियो । अभिभावक । पनि खुरुखरु आउदै थिए । सङ्गीतका धन चारै सनिदा थियो भन अन्य हल्ला र थियो । त्यसैले होला सङ्गीतका आवाज अलिकति बढाइया । या स्नर सवै रमाए । मिला मिसले एकपल्ट त्यहाको तयारी हरी फर्कन भया । मुख्य अतिथि पनि टप्लक्क आइपरन भया । तालीका आवाज घन्कियो । उदघांपव चिटिक्क परेर आए र कार्यक्रम विस्तार सा भया । कसैल विदयालयका इतिहास सगी पद भन कसैले विदयालयका राम्रा गतिविधि का मच्चीमच्ची प्रशंसा गरे । कसैल सुधार गर्न पर्ने पक्षका वारेमा फाट्टफट बाल । पुरस्कार र सम्मान पाउनेहरूलाई टिलिवक सिंगायिका थियो र उनीहरू खसील गदगद थिए । सास्कतिक कार्यक्रममा साथीहरू नान्दै थिए भने बाजागाजाहरू घनघन घाव था। । यस्तै रमझम गरी दिन वित्या । बलकी घर बत्ती बाली विदयालयलाई झिलिमिली पारिया र स्वर्ण जयन्ती कार्यक्रम धमधामसग सम्पन्न भयो ।  

 

ð    क्रियायोगी

              विहान                                                          झिलिमिली

              माथि                                                            धमधामसंग

              अगाडि                                                         छमछम

              खरुखुरु                                                        चिटिक्क

              अस्ति                                                          पिलिक्क 

              समसम                                                       घनघन 

              भित्र 

              पछाडिपटिट

              हिजो 

              पारि  

              राम्ररी 

              अलिकति

              उता 

              गदगद

 

४.       तल दिइएका विस्मयादिबोधक शब्दहरूको प्रयोग गरी वाक्य निर्माण गर्नुहोस् : 

 ओहो, हरे, कठैबरा, आबुइ, छ्या, थुक्क, आत्था

ð  ओहो : ओहो ! कत्रो सर्प रहेछ।

 हरे ! रमेशले कत्ति गल्ति गरेको हो।

कठैबरा : कठैबरा ! त्यति सानो रोगले नि अब्दललाई लगेछ हौ ।

आबुइ : आवुइ ! कति धेरै खटिरा आएका यो बच्चालाई ।

छ्या : छया ! कस्तो स्याउँस्याउँ किरा परेको सिनो रहेछ ।

थुक्क : थुक्क ! वजिया कस्तो घीनलाग्दो शब्द प्रयोग गरेको। 

आत्था : आत्था ! कति सारो तातो तेलले पोल्यो हौ ।.

 

४. तलका वाक्यबाट क्रियापद, क्रियायोगी र विस्मयादिबोधक शब्दहरू टिप्नुहोस् : 

 

(क) राम सधैं मेहनतमा नै विश्वास गर्ने हुँदा उसको राम्रो प्रगति भयो ।

(ख) गरिब मानिसहरू गरिबीसँग जुधिरहेका छन्, धनीहरू भने धनसँग खेलिरहेका छन।

(ग) तिमी जोमसोम घुम्न गयौ भने रमणीय स्थलहरूको अवलोकन गर्न पाउने छौ।

(घ) मेहनती किसानले मेहनत नगरे हामी के खाएर बाँचौला ?

(ङ) अध्ययनशील विद्यार्थीले आफ्नो स्तर उठाउन सधैं नियमित रूपमा अध्ययन गर्नुपर्छ ।

(च) विचरा, सानो बाबु हिजो कान्लाबाट खसेछ ।

(छ) छि ! कस्तो फोहरी मान्छे रहेछ, ऊ त हातै नधोई सपासप भात खान थाल्यो। 

(ज) ओहो, तिमी त भर्खर आएछौ।

 

ð  क्रियापद                                   क्रियायोगी                   विस्मयादिबोधक . 

भयो                                          राम्रो                             विचरा ! 

              छन                                            खाएर                           छि!

              गयौ                                           सधैं                              ओहो !

              पाउने छौ                                   हिजो

              वांचौला                                     सपासप

              गर्नुपर्छ                                     भर्खर

              खसेछ                                      

              रहेछ, 

              थाल्यो 

              आएछौ

 

 

५.       तलको तालिकाका उदाहरणहरूबाट वाक्य विश्लेषण र संश्लेषणमा हने फरक पत्ता लगाउनुहोस् ।

 

    वाक्य विश्लेषण                                            वाक्य संश्लेषण                                       वाक्यको किसि

=>दिलमाया घर आउछिन् ।                दिलमाया घर आएर गृहकार्य गर्छिन् ।                 सरल वाक्य

    उनी गृहकार्य गर्छिन । 

    दिलमाया घर आउँछिन् ।                जब दिलमाया घर आउँछिन् तब 

    उनी गृहकार्य गर्छिन् । ।                 गृहकार्य गर्छिन्।                                                   मिश्र वाक्य

    दिलमाया घर आउँछिन् ।                दिलमाया घर आउँछिन् अनि गृहकार्य                 संयुक्त वाम 

    उनी गृहकार्य गर्छिन्। ।                                                                                                      


६.तिलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् : 

 (क) मेरी बहिनी सबेरै उछिन् । उनी चिया पकाउँछिन् । (सरल वाक्य) 

=> मेरी बहिनी सबेरै उठेर चिया पकाउँछिन् ।

 

(ख) सत्यनारायण विद्यालय जान्छन् । उनी राम्ररी पढ्छन् । उनी नआएको कुरा गुरुसँग सोध्छन् । (संयुक्त वाक्य)

=> सत्यनारायण विद्यालय जान्छन्, राम्ररी पढ्छन् र नआएको कुरा गुरुसँग सोध्छन् ।

 

(ग) पानी पर्यो। बाटो हिलो भयो । (मिश्र वाक्य) 

=> जब पानी पर्यो तव बाटो हिलो भयो ।

 

(घ) छिरिङ दोर्जे बिहेमा गयो । उसले भोज खायो । ऊ एकछिन नाच्यो । (संयुक्त वाक्य)

=> छिरिङ दोर्जे बिहेमा गयो, भोज खायो र एकछिन नाच्यो । 

 

(ङ) उसले रामलखनसँग पैसा माग्यो । सोनवाले खुरुक्क पैसा दिइन् । (मिश्र वाक्य) 

=> जब उसले रामलखनसँग पैसा माग्यो तब सोनवाले खुरुक्क पैसा दिइन् ।

 

७. तलका वाक्यहरूको विश्लेषण गर्नुहोस् :

 

(क) ऊ र म दिनहुँ गृहकार्य गरेर एकछिन् पढ्छौ र केही समय खेल्छौ अनि साँझ पर्नासाथ घर फर्कन्छौ ।

 

=> - ऊ र म दिनहुँ गृहकार्य गछौं । 

     - ऊ र म एकछिन् पढ्छौँ ।

     - ऊ र म केही समय खेल्छौँ । 

     - ऊ र म साँझ पर्नासाथ घर फर्कन्छौं ।

 

(ख) चमेलीले चाउचाउ किनेर ल्याई तर आमाले त्यसको सट्टा चिउरा खान भन्दा चमेली रिसाएर हिँडी ।

 

=>- चमेलीले चाउचाउ किनेर ल्याई ।

     - माल त्यसको सट्टा चिउरा खान दिनुभयो । 

     - सुरक्षा रिसाएर हिँडी .

 

(ग) मेरो टाउको गर्मीमा धेरै दुख्ने भएकाले म बढी मात्रामा पानी पिउने गर्छ । 

 

=> - मरो टाउको गर्मीमा धेरै दुख्छ । 

     - बढी मात्रामा पानी पिउँछु ।

 

(घ) जब भुइँचालो आउँछ तब मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन् । 

 

=> - भुइँचालो आउँछ । 

     - मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन् ।

 

(ङ) जसले मह काढ्छ, उसले हात चाट्छ । 

 

=> - मह काढ्छ । 

     - हात चाट्छ ।

 

सिर्जनात्मक कार्य

 

तलका विषयमा वक्तृता तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् :

 

(क) भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्व 

=> आदरणीय सभापति महोदय, 

     निर्णायक मण्डल, 

     गुरुवर्ग

     प्रतियोगी तथा अप्रतियोगी साथीहरू ।

आज हुन गइरहेको वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउँदा म अत्यन्तै खुसी लागिरहेको छ। 11 म विषयतर्फ लाग्छ। गर्वप्रथम भूकम्प पन्नालंक मिन्छन तब स्थिर भई वसंक। दुइ चल्न थाल्छ या चल हुन्छ; त्यस अवस्थाल! गमी भुइँचाला भन्छौँ । यस्तो अवस्थामा जमीन काप्छ । अब यस्तो अवस्थामा हामी के गछौं वा यस्तो अवस्थाबाट बाँच्न हामी के गर्न सक्छौं । भकम्पबाट पर्ने डर आघात र पीडाको असर धेरै लामो हुन्छ । त्यस्तो असर अरूका तलनामा बालबालिकामा बढी हुन्छ । त्यसमा पनि परिवारका सदस्यहरूको निधन भएका वा घर भत्किएका बालबालिकामा अरू बढी हुन्छ । भुइँचालोको मुख्य धक्काभन्दा । पछि अनुभव हुने पराकम्पनहरूको प्रभाव पनि अरूमा भन्दा बालबालिकामा बढी पर्छ । भूकम्पको धक्का अनुभव गरेका र त्यसबाट गम्भीर क्षति व्यहोरेका बालबालिकामा देखिने असर यसप्रकार छन् :

 

- आफ्नो, बाबुआमाको वा परिवारका सदस्यहरूको मृत्यु होला भन्ने डर, 

- परिवारबाट छुट्टिनुपर्ला भन्ने डर,

- छट्पटी र अस्थिरता,

- एकाग्रतामा कमी

- काम गर्न नसक्ने, 

- भावनात्मक रूपमा कमजोर,

- विनाकारण टाउको दुख्ने,

- विभिन्न प्रकारका अम्मलको बानी,

अव म भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्वका सम्बन्धमा केही कुरा भन्न गइरहेको छु । भूकम्प कुनै पनि बेला, विनासूचना आउने र भाग्न नदिई ज्यान र धन लिने विपत्ति हो । यसबाट जोगिने एउटै उपाय छ त्यो हो त्यससित बाँच्न सिक्नु जसरी जापानीहरूले सिकेका छन् । यसबाट उत्पन्न हुने त्रासबाट बालबालिकाहरूको मनोभावलाई खलवलाउन दिनु हुँदैन । आउँदा दिनमा आफ्ना अभिभावक तथा शिक्षकहरूले आफ्ना बालबालिका र विद्यार्थीलाई भूकम्पबारे ज्ञान, विज्ञान र मनोविज्ञानका कुराहरू खोजी गरी समयमै शिक्षा प्रदान गर्न सक्नुपर्छ ।

 

जनाउ घन्टी बज्छ :

 तसर्थ, भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्वलाई बुझ्नुपर्छ । हामीले भूकम्प आएका बखत आफ्ना तथा अन्य कसैलाई पनि तत्काल वाँच्ने उपाय सिकाउनु पर्छ भने भूकमप आइसकेको अवस्था हो भने त्यस्तो मानसिक असरलाई न्यून गर्ने उपाय अवलम्वन गर्नुपर्छ भन्दै मेरा दुई शब्द यही बन्द गर्न चाहन्छु । धन्यवाद ।

 

(ख) अपाङ्ग मैत्री व्यवहारका लागि सामाजिक सचेतना 

 

ð  आदरणीय सभापति 

निर्णायक मण्डल, 

गुरुवर्ग प्रतियोगी तथा अप्रतियोगी मेरा साथीहरू ।

आज हुन लागिरहेको क्क्तृत्वकला प्रतियोगितामा मैले पनि भाग लिन पाएकोमा

आयोजक मण्डललाई धन्यवाद दिन चाहन्छु । आजको वक्तृताको विषय छ 'अपाङ्गमैत्री व्यवहारका लागि सामाजिक चेतना' । सभापतिसँग अनुमति माग्दै म आफ्नो अभिव्यक्ति अगाडि बढाउन चाहन्छु । सर्वप्रथम म मानिस अपाङ्ग बन्नुपर्ने स्थितिका सम्बन्धमा प्रकाश पार्न चाहन्छ । मानिस आफ्नो इच्छाले अपाङ्ग बन्दैन । विभिन्न दुर्घटना, अज्ञानता वा भवितव्यका कारणबाट मानिस अपाङ्ग बन्दछ । जो जसरी अपाङ्ग बनेपनि उनीहरू हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुन । उनीहरूमा पनि अरू जस्तै इच्छा आकाङ्क्षा, भावना वा चाहनाहरू हुन्छन् । हामीले उनीहरूलाई छिः छि र दुरदुर गर्ने होइन सम्मानित र मर्यादित जीवन बाँच्न अवमा दिनुपर्छ । अपाङ्ग बन्ने वित्तिकै उसका सोचाइ, कल्पनाशीलता र कार्यदक्षता . पा. पाङ्ग हुन्छन् भन्ने सोच्नु मूर्खता बाहेक केही होइन । . सभापति महोदय अपाङ्ग त हाम्रा राष्ट्रका गहना हुन् । उनीहरूलाई सही अर्थमा आत्मबल बढाउने हो भने हामी उनीहरूबाट बढी भन्दा बढी फाइदा उठाउन सक्छौँ । हामीले गर्ने गरेका हरेक कामहरू अपाङ्गमैत्री बनाउनु पर्छ । समाजमा रहेका हरेक सङ्घ संस्था, कार्यालय आदिमा अपाङ्गको उचित सम्मान हुनुपर्छ । समाजका प्रत्येक स्थल मात्र होइन घरका स्थानहरू पनि अव अपाङ्गमैत्री हुन जरुरी छ । हामी कसले देखेका छौँ कसको घरमा को अपाङ्ग वन्दैछ । सामाजिक रूपमा हामीले अपाङ्गमैत्री व्यवहारलाई अगाडि बढाउने हो भने हाम्रो समाज अपाङ्गमैत्री बन्छ । अब त राज्यले वा कानुनले पनि अपाङ्गलाई समान व्यवहार र दर्जा दिएको छ त्यसैले हामीले अब अपाङ्गमैत्री व्यवहार आफूबाट सुरु गर्नुपर्छ । जनाउ घन्टी लाग्छ कुनै पनि नयाँ कामको थालनी आफूबाटै गर्नुपर्छ । त्यसैले यो अभियान अब समाजमा मबाटै सुरु गर्छ र अरूलाई पनि अपाङ्गमैत्री व्यवहारका विषयमा बताउँछु भन्दै मेरा 

दुई शब्द यहीं बन्द गर्न चाहन्छु । धन्यवाद ।

 

(ग) छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका 

 

ð  आदरणीय सभापति महोदय, 

निर्णायक मण्डल,

शिक्षक वर्ग र मेरा प्रतियोगी तथा अप्रतियोगी साथीहरू। 

आज यस विदयालयमा हुन गइरहेको वक्तृत्वकला प्रतियोगितामा मैले बोल्ने अवसर पाएकोमा म ज्यादै हर्षित छु । मलाई आफ्ना भनाइ राख्ने अवसर दिनुभएकोमा म आयोजक मण्डलीप्रति आभारी छ । आजको वक्तृताको विषय 'छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका' रहेको छ। 

सर्वप्रथम म छवाछुत भन्नाले के बुझिन्छ भन्ने कुरा बताउन चाहन्छु । जात, धर्म कार आदिका कारण मानिसले मानिसलाई गर्ने नै छुवाछत हो । विशेष गरी या जातमा रहेको छ । आफूलाई ठूला भन्नेहरूले आफू र आफ्नो व्यवहारलाई उच्च बनाएर आफूभन्दा तल्ला बनाइएकालाई आफूभन्दा सदा तलै राख्ने परम्परावादी सोच नै छवाछुत व्यवस्थाको वीज हो भन्ने मलाई लाग्दछ । वास्तवमा. जात त कार्यका आधारमा विभाजन हुनुपर्ने हो, जसले जस्तो काम गर्छ उसले त्यस्तै जातको पगरी पाउनुपर्ने हो तर त्यसको गलत व्याख्या भएर नै होला टाठाबाठाले आफू र आफ्ना सन्तान अनुकूल जातीय व्यवस्था बनाएको । आफूलाई माथिल्ले वर्गका ठान्नेले तल्ला वर्गका कुरा बुझ्दैनन् । आफ्नो स्वार्थ पूर्ति हुने ठाउँमा तिनलाई जातको कुरा चाहिँदैन अन्याय, अत्याचार, शोषण गर्नुपर्यो भने जातको कुरा निकालेर यिनीहरू अगाडि आउँदछन् । अव यो जातीय छुवाछुत उन्मुलनमा विद्यार्थीको भूमिकाका विषयमा केही कुरा भन्न गइरहेको छ । विश्व एउटा घर हो यहाँ बस्ने प्रत्येक मानव वन्धुवान्धव हुन् । प्रत्येक मानिसको रगत रातो छ र प्रत्येक मानवको हड्डी सेतो छ । शिक्षाका माध्यमवाट मानिस शिक्षित हुन्छ चेतनशील हुन्छ । हामी जस्ता विद्यार्थीहरूले पनि आ-आफ्नो स्थानवाट यस्तो व्यवस्थालाई हटाउन पहल गर्नुपर्छ । हामीले आ-आफ्नो स्थानवाट समाजमा जनचेतना फैलाउने काम गर्यो भने यो व्यवस्थाको न्यूनीकरणमा केही टेवा मिल्न सक्छ । यस्ता काममा हामी आफैवाट सुरुवात गर्ने हो भने नहुने करे छैन ।

जनाउ घन्टी लाग्छ तसर्थ,

अन्त्यमा म के भन्न चाहन्छ भने परिवर्तन सधैं आफैबाट गर्नुपर्छ भन्ने मान्यतासाथ हामी विद्यार्थीले यो व्यवस्थालाई हटाउने समाजमा जनचेतना फैलाउ। काममा लाग्ने हो भने हामी सफल हुन सक्छौँ भन्ने निष्कर्ष सहित मेरा भनाइ यही टुङ्ग्याउँछ । धन्यवाद । 

 

1 comment:

Note: Only a member of this blog may post a comment.

 
close